• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 15, 2009

    युनिटीको गैरकानुनी करामत

    सामुदायिक अस्पताल, खाद्य भण्डार,  सहकारी संस्था, साबुन, पर्यटन उद्योगलगायतका विभिन्न उद्योग सञ्चालनमा ल्याई समाजसेवा गरेको दाबा गर्ने युनिटीले आफ्नो दुईवर्षे कार्यकाल पूरा गरेको उपलक्ष्य भनेर स्मारिका निकालेको छ। स्मारिका हेर्दा युनिटी कहीँ सहकारी, कहीँ सामुदायिक संस्था त कहीँ पब्लिक र प्राइभेट कम्पनीका रूपमा परिभाषित छ। एउटै संस्थालाई फरक(फरक हिसाबले अर्थ्याइएको छ। 
     
    युनिटी समूहभित्रका चार कम्पनीको प्रमाणपत्रको छायाप्रति देखाइएकोमा उक्त प्रमाणपत्रको तल कम्पनी दर्तालाई नै कारोबार गर्ने अनुमति नभएको र अनुमति लिनुपर्नेमा लिई कारोबार गर्न निर्देशन दिएकोलाई युनिटी समूहले देखेको छैन। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा र सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा कम्पनी वा संस्था दर्ता हुन सक्छ। यस्तै सहकारी कार्यालयमा सहकारी संस्था दर्ता हुन्छ। तर, युनिटी समूहभित्र चार कम्पनीको प्रमाणपत्रको छायाप्रति देखाइएकोमा ती सबै कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रालि कम्पनीका रूपमा दर्ता भएका छन्। युनिटीले खुलमखुला बीमा व्यवसाय सञ्चालन गरेकोमा बीमा समिति र नेपाल राष्ट्र्र बैंकले त्यसरी बीमा व्यवसाय सञ्चालन गर्न पाइँदैन भनेर पत्रिकामा सूचना प्रकाशन गराएर जिम्मेवारी पूरा गरेको ठानेको छ। तर, युनिटीले न बीमा समिति न नेपाल राष्ट्र बैंक कहीँ कतैबाट अनुमति लिएको देखिँदैन। कम्पनी रजिस्ट्रारको प्रमाणपत्रलाई मुखपत्रमा छपाउने युनिटीका सञ्चालकले बीमाको सामान्य सिद्धान्तसमेत बुझ्न र लागू गर्न चाहेका छैनन्। बीमाको नाममा गैरबीमा व्यवसाय गरिरहेको युनिटी नेपाल राष्ट्र बैंक र बीमा समितिमा आफू बीमा एजेन्ट मात्र भएको दाबा गर्छ। तर, त्यस्तो एजेन्टमा अन्य कम्पनी नियुक्त हुन पाउने कानुनी प्रावधान भने कहीँ कतै छैन। अझ उदेकलाग्दो कुरा त के छ भने ओरियन्टलले निर्जीवन बीमाको मात्र अनुमति पाएको छ, तर युनिटी सदस्यको चाहिँ जीवन बीमा नै गरिदिन्छ। 
     
    कोही अर्थशास्त्री ज्ञाता पनि उक्त संस्थामा हुनुहुन्छ भने दुई हजारमा बीमा, ब्याजलगायतका योजना फिजिबिलिटी बनाएर देखाउन सक्नुपर्योर। हिसाब गरेर आफ्नो व्यवसायको नाफा(घाटा प्रमाणित गर्ने आँट छैन युनिटीसँग। यदि दुई हजार रुपैयाँका दरले पाँच हजार मानिसबाट रकम संकलन गर्दा दस लाख हुन्छ। दुई वर्षदेखि ५५ वर्षबीचका मानिसको बीमा गर्ने हो भने पाँच वर्षमा सरदर कति मानिसको मृत्यु हुन्छ भन्ने आँकडा हुनुपर्छ। 
     
    यस्तै, युनिटीले १३ हजार रुपैयाँ १५(२० वर्षका लागि खातामा जम्मा गर्दा सोको साँवा र ब्याज एकमुष्ठ दिने योजना र कारोबार वित्तीय कारोबार हो, त्यस्तो वित्तीय कारोबार गर्न प्रचलित ऐनबमोजिम नेपाल राष्ट्र बैंकसँग अनुमति लिनुपर्ने हुन्छ। तर, त्यस्तो अनुमति नलिई वित्तीय कारोबार गर्दा नियमकारी निकाय नेपाल राष्ट्र बैंकसमेत मतियार रहेको हुनुपर्छ। युनिटीको धुर्त्याइँको पराकाष्ठा यहाँसम्म छ कि आफ्नो स्मारिकामा अर्थमन्त्रीको हैसियतले शुभकामना दिएका पूर्वअर्थमन्त्री रामशरण महतलाई पनि आफ्नो पक्षमा बोल्न लगाउन सफल देखिन्छन्। मन्त्रीले नै शुभकामना दिएपछि सबै कुरा कानुनसम्मत होला भनेर सर्वसाधारणले ठानुन् भन्ने भान पार्न सफल छन्, युनिटी सञ्चालक। पत्रकारले त्यस्तो कालो व्यवसायको धज्जी उडाउलान् भनेर उपत्यकाका पत्रकारलाई निःशुल्क बीमाको प्रलोभन देखाइएको छ। 
     
        युनिटीले उसको योजनाको विरोध गर्नेलाई युनिटी स्मारिकामा शत्रु भनेको छ। यो व्यापारिक धर्मविरुद्धको कुरा हो। कसैको व्यापारको स्वतन्त्र विश्लेषण नै गर्न नपाई अन्य कसैलाई लगानी गराउनुहुँदैन। तर, युनिटीले आलोचना गर्नेलाई शत्रुका रूपमा देखेको छ। केही प्रतिवाद नै नगरी युनिटीको सदस्य हुनेलाई मात्र युनिटीले सच्चा मित्र मानेको छ। राम्रो गर्छु भन्नेलाई नियम(कानुनको ठेली तेर्स्याउने नेपाल सरकार र उसका प्रशासकसमेत मतियार छन् यस विषयमा। नेपाल राष्ट्र बैंक, बीमा समिति र उद्योग विभागका कर्मचारी युनिटीका उपल्ला मतियार हुन्।-जनआस्था

    No comments:

    Post a Comment