• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 24, 2009

    शुभकामनाको मन र शब्दहरू

    प्रदीप नेपाल 
    राष्ट्रिय महाधिवेशनपछि पार्टीमा रौनक आउला, पार्टीले नया“ गति लेला भन्ने सयौ“ कार्यकर्ताको मन नराम्ररी उदासिएको छ यतिबेला । पार्टीलाई एक सूत्रमा बा“ध्ने जिम्मेवारी पाएका अध्यक्ष, उपाध्यक्ष, महासचिवहरूले गर्न के चाहेको हो भन्ने चिन्ताले सबैलाई पोलेको छ । नियमित रूपमा बैठक बोलाउनु, कमिटीभित्रै छलफल चलाउनु, लेनदेन गर्नुपर्ने कुनै कुराहरू छन् भने कमिटीभित्रैबाट सल्ट्याउने काम गर्नुपर्ने अहम् जिम्मेवारीलाई बेवास्ता गरेर पत्रपत्रिकाका प्रथम पृष्ठहरू रङ्ग्याउ“दै फलानालाई कारबाही गर्छु, फलानाले गुटबन्दी गरेको छ भनेर आफ्नै कमिटीभित्रका, आफ्नै कोअर्डिनेसन कालदेखिका सहयात्रीलाई किन गाली गरिरा’ होला भन्ने चासो यतिबेला चिन्तामा रूपान्तरित भएको छ † लौ एकजनाको त हुकुमी चेतना भयो होला भन्ने ठानौ“ । तर, त्यही स्थायी कमिटीका सदस्य रहेका, उहिले हामीले राजनीति थाल्दादेखि स“गस“गै हि“डेका केपी ओलीले पनि कमिटीभित्र बहस नगरेर किन बाहिर–बाहिर गीत गाउ“दै हि“डेको होला भन्ने चिन्ता पनि पुराना र खासगरेर झापाली कार्यकर्ताहरूमा छ । यतिबेला हाम्रो नेकपा (एमाले) पार्टी, पञ्चमीका पाइला गन्दै अगाडि बढ्दैछ । धेरै नेपालीले विश्वास पालेको, मुलुकको मध्यमवर्गीय वुद्धिजीवीसमेतले गर्छ भने यही एमालेले गर्ने रहेछ भनेर अपेक्षा राखेको, एमाले प्रवेश गर्न पाइला उचालेर उभिएका माओवादीका विभिन्न जिल्लाका कार्यकर्ताहरूले पनि मनमनै सम्मान गरिरहेको नेकपा (एमाले) केन्द्रीय नेताहरूको चालबाट वाक्क भएको छ । विस्तारिन हौसिएका पाइलालाई खुम्च्याएर टुसुक्क बसेको छ । पार्टीभित्र व्यक्ति–व्यक्तिका बीचमा अन्तरविरोध देखा पर्नुलाई नराम्रो पक्ष भन्न मिल्दैन । पितापुर्खाको भनाइ नै छ, ‘वादे वादे जायते तŒवबोध ।’ अर्थात्, छलफल र बहसले नै चुरो कुरो निकाल्छ । यो एक्काईसौ“ शताब्दीको राजनीति, केन्द्रीयता लादिने जनवादको ढा“चाबाट चलाउन खोज्नुहु“दैन । व्यक्तिलाई बोल्न दिनुपर्छ, तर निर्णय चाहि“ बाध्यकारी हुनुपर्छ । पार्टी सञ्चालनको सही तरिका भनेको पार्टीको प्रमुख वा पार्टीका प्रमुखहरू गुटनिरपेक्ष हुन सक्नुपर्छ, आफ्ना कामहरूमार्फत नै पार्टीमा स्थापित हुने कोसिस गर्नुपर्छ । राजनीति गर्नेहरूमा आकाङ्क्षा हुन्छ र त्यो बेला–बेलामा जङ्गली पनि हुनसक्छ । तर, त्यो आकाङ्क्षाले आपूm र पार्टी दुबैलाई हानी पु¥याउ“छ ।
    पार्टी चलाउने भनेको विधानको आधारमा हो, आदेशको आधारमा होइन । कारबाही गरेर आपूmलाई ठूलो बनाउने चेतना पनि लोकतान्त्रिक चेतनासम्मत हु“दैन । उसै पनि अबको नेकपा (एमाले)मा माओवादी शैलीमा सहकर्मीमाथि ठाडो कारबाही गर्न मिल्दैन । पार्टीभित्र अनुशासनको शिक्षा दिन र कारबाही प्रक्रिया सञ्चालन गर्न सिङ्गो अनुशासन आयोग नै निर्वाचित गरिएको छ । यस्तो अवस्थामा विवादका मुद्दाहरू केलाएर तिनैमा मथिङ्गल खियाउने तरिका नै पार्टी सञ्चालनको सही तरिका हो । अहिले पार्टी अध्यक्ष नै एकपाखे भएर पार्टीभित्रको अर्को पक्षमाथि खनिनुभएको छ । त्यो गलत हो । पार्टीको प्रमुख भइसकेपछि पार्टी स्थायी कमिटीका सदस्यहरू, पार्टी पोलिटब्युरोका सदस्यहरू स“गै पार्टी केन्द्रीय कमिटीका सदस्यहरूस“ग बेला–बेलामा औपचारिक÷अनौपचारिक छलफल गर्ने अभ्यास गर्नु पार्टी अध्यक्षको दायित्व हुन्छ । हाम्रो पार्टीभित्र यस्तो काम फिटिक्कै भइरहेको छैन । पोलिटब्युरोका सदस्यहरू महिना दिनमा एक घण्टा पनि अध्यक्षस“ग छलफल गर्न पाउ“दैनन् । महासचिवको सचिवालयले समेत पोलिटब्युरोका सदस्यलाई भेटघाट गराउन सक्दैन । यस्तो अवस्थामा पार्टीको अग्रगतिको परिकल्पना कसरी गर्न सकिन्छ ? अध्यक्ष र महासचिवको राम्रो टिम बनाइदिएर आठौ“ महाधिवेशनका प्रतिनिधिहरूले राम्रै काम गरेका थिए । तर, त्यो राम्रो कामको प्रतिफल साह्रै रामरी स्याहार्न पाइएला जस्तो छैन । अध्यक्ष र महासचिव गुटगत चेतनाबाट मुक्त हुनुप¥यो ।
    अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरूको चयनले कार्यविभाजन सजिलो होला भन्ने चाहना पनि आठौ“ महाधिवेशनको मञ्चले गरेको थियो । तर, त्यो पनि हुन सकेन । असन्तुष्टिको पोको कुन दिन छताछुल्ल होला भन्ने त्राहीमाममा हामीजस्ता नेताले समेत बा“चिरहनु परेको छ । भोलिदेखि दशै“को मनोभावना हुर्किन थाल्छ र त्यो पर्वगत चेतना असौज महिनाभरि रहनेछ । यही अवधिमा सार्वजनिक भएर कार्यकर्ता र शुभेच्छुकको मन दुखाइरहेको ओठयुद्ध समाप्त होस् । पार्टीले राहत पाओस्, अग्रगति पाओस् । यसका लागि पार्टीका सबै पदाधिकारीले माक्र्स–एङ्गेल्सको कम्युनिस्ट पार्टीको घोषणापत्र, जर्मन विचारधारा, ड्रापर हलद्वारा सम्पादित समाजवादका आत्माहरू अनि रोजा लक्जम्बर्गका रचनाहरूको अध्ययन गर्नुभएमा नेकपा (एमाले) नाम गरेको पार्टीको ठूलो कल्याण हुने थियो । नेकपा (एमाले)को कल्याण हुनु भनेको मातृभूमिको समेत कल्याण हुने कुरो हुने थियो । दशै“को पूर्वसन्ध्यामा यही शुभकामना ।

    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete