तीज बितेको एक महिना भएको छैन, घर–घरमा दशैंको जमरा टुसाउँन थालिसकेको छ। दशैंका अगाडि …बडा' जोडेर यसलाई ठूलो महत्व दिएपनि एक कुराले भने यो तीजभन्दा कम प्रभावकारी बनेको छ। महिला अधिकार र लैङ्गिक समानताका लागि जति महत्व तीजले पाएको छ, त्यति दशैंतिर कसैको ध्यान गएको छैन।
सामाजिक रुपान्तरणका लागि तीजलाई महिला अधिकारकर्मीले राम्ररी सदुपयोग गर्ने गरेका छन् भने दशैंलाई त्यस दृष्टिकोणले हेरेका छैनन्। नारी सम्मान, उनीहरूको शक्ति र योग्यतालाई धर्मले स्वीकार गरेको यस पर्वलाई पितृसत्ताको चपेटामा रहेको यस मुलुकका अधिकारकर्मीहरूले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण हो।
बडा दशैं पूर्णतः महिला जातिको सम्मानमा आधारित पर्व हो। यसको धार्मिक महत्वलाई स्वीकार गर्ने वा नगर्ने जो कोही होस् उसले बडा दशैंमा दुर्गा पूजा हुनेगरेको पाएको छ। महिला–मूर्तिलाई सिँगारेर रथारोहण गरेको र भक्तहरू वरिपरि झुम्मिएको देखेको छ। तीजको भन्दा सकारात्मक आधार यसमा के छ भने, तीजमा लिइने व्रतः पुरुषका लागि हो भने नवरात्रमा गरिने पूजा एक नारीको सम्मानमा हो। दुवै पर्वका धार्मिक आधार छन्– पहिलोलाई सदुपयोग गर्दै महिलाले नारीमुक्तिका रुपमा प्रयोग गरेका छन् भने दोस्रोमा त्योभन्दा बलियो आधार देख्दादेख्दै पनि चुपचाप बसेका छन्।
बडादशैंमा नौरथाभरि पाठ गरिने देवी महात्म्यको कथामा महिला शक्ति उजागर भएको छ। दुर्गा सप्तशतीको कथा यस्तो छ– मन्वन्तर राज्यमा सुरथ नामका एक राजा थिए। प्रजापालक भएकाले सर्वसाधारण जनता त उनीसँग खुशी थिए तर मोजमस्ती गरेर खान चाहने कोलाविध्वंसीहरू खुशी थिएनन्। अन्ततः कोलाविध्वंसीहरू आफै राजा भए र सुरथलाई जंगतिर लखेटे।
राजपाठ गुमाएर विरक्त बनेका राजा सुरथले कुटीनजिक एक किराँतलाई भेटे। किराँत श्रीमती र छोराहरूबाट धपाइएका व्यक्ति थिए। दुवैबीच मित्रता भयो। समस्याबाट मुक्ति पाउनका लागि दुवै मार्कण्डेय ऋषिको आश्रममा गए। मार्कण्डेय ऋषिले दुर्गा भवानीको महिमा वर्णन गरेर उनीहरूलाई सुनाए। कथा सुनेपछि राजा र किराँत दुवैले नदीकिनारमा तीन वर्ष तपस्या गरे र एकसाथ देवीको दर्शन पाए। वरदानमा सुरथलाई गुमेको राज्य र अर्को जुनीमा सावर्णी मनु भएर जन्मिदा पनि पुनः सोही सुविधा प्राप्त भटयो भने। त्यस्तै, किराँतले मायामोहबाट सदाका लागि मुक्ति चाहेअनुसार उनलाई मोक्ष प्राप्त भयो। उनले पुनर्जन्म लिइरहनु परेन।
मार्कण्डेय ऋषिले सुनाएको कथाअनुसार राक्षसबाट पराजित भएका देवताहरूलाई देवीले सहायता गरिन्। सृष्टिको प्रारम्भमै मधु र कैटभलाई उनले सखाप पारिन्, पछि इन्द्रजीत महिषासुरलाई धराशयी बनाइन् र अन्त्यमा शुम्भ–निशुम्भ नामका महावली दाजुभाइलाई परमधाम पुर्याइन्।
दुर्गा सप्तशतीको कथाको वैज्ञानिक तथा सामाजिक पक्ष के छ भने यसले महिला र पुरुष मिलेर अघि बढे मात्र शत्रुमाथि विजय प्राप्त हुन्छ भन्ने सन्देश दिएको छ। देवताहरूका शक्ति–पुञ्ज दुर्गाभवानी हुन् जसलाई शक्तिशाली बनाउन सबैले मिलिजुली हतियार प्रदान गरेका छन्। सहयोग भन्ने कुरा दोहोरो हुन्छ र शत्रुमाथिको विजय फुटेर होइन एकतापूर्ण अभियान अघि बढाएपछि मात्र सम्भव हुन्छ भन्ने गुढ रहस्य देवीमहात्म्यमा छ।
देवीको कथा आजको नेपालमा अत्यन्त सान्दर्भिक देखिन्छ। एक दशक लामो गृहयुद्धपछि मुलुक सङ्क्रमणकालीन अवस्थामा छ। राज्य सञ्चालनमा अगुवाइ गर्ने पुरुषहरू दलीय स्वार्थमा यति चुर्लुम्म डुबेका छन् कि आगामी जेठ १४ गते संविधान घोषणा होला भन्नेमा खास विश्वास छैन। यदि तोकिएको मितिमा संविधान जारी भएन भने सङ्क्रमणकाल लम्बिने मात्र होइन पुनः भयानक सङ्कटको पुनरागमन हुनेछ। माओवादीले सशस्त्र विद्रोह तीव्र पारेका बेला जसरी दैनिक सात–आठ नेपालीले अकाल मृत्यु वहन गर्नुपर्थ्यो, त्यही अवस्था दोहोरिन सक्नेछ।
पुरुष नेतृत्व पराजित भैरहेको यस बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् निर्णय नम्बर १३२५ को स्मरण हुनु स्वाभाविक हुन आउँछ। सशस्त्र द्वन्द्वपछिको सङ्क्रमणकालमा महिलाले खेल्नसक्ने भूमिका पुरुषको भन्दा बढी सक्षम मानिन्छ। मेलमिलाप गराउन र मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न महिलाले पुरुषलाई उछिन्नसक्छन् भन्ने तथ्य विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन्। पौराणिक कालको देवीको वीरोचित चरित्र देखाउने अवसर नेपाली महिलाको काँधमा आएको छ। यसका लागि उनीहरू तत्पर रहनु एकातिर अनिवार्य छ भने अर्कातिर पुरुषले देवताको गुण देखाउनु पनि आवश्यक छ।
महिलाविरुद्धका सबै प्रकारका विभेद उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ ले देखाएको बाटोमा तीव्र गतिले अघि बढ्ने होभने महिला अधिकार तथा लैङ्गिक समानताका पक्षपातीहरूले बडा दशैंलाई सामाजिक अभियानको एक अवसरका रुपमा मनाउनु बुद्धिमानी हुनेछ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, महिला दिवस वा यस्तै अवसरमा महिलाका अधिकारका कुरा उठाउँदा समाजका धर्मका ठेकेदारहरूलाई त्यति बढी प्रभावित पार्न सकिन्न। तर उनीहरूले नै महत्व दिएको पर्व भएका कारण नौरथालाई महिला शक्ति र अधिकारका लागि अवसरको रूपमा सदुपयोग गर्न सके पितृसत्ताका पक्षपाती र परम्परावादीलाई पनि प्रभावित पार्न सकिनेछ। अन्ततोगत्वा महिलालाई शक्तिशाली बनाउन सके लाभान्वित हुने सम्पूर्ण समाज नै हो– जसरी देवीलाई शक्तिशाली बनाउँदा देवता पनि लाभान्वित भएका थिए।
बडा दशैंको अवसर पारेर धार्मिक तथा सामाजिक पक्षबाट महिला अधिकारलाई उजागर गर्न सकिनेछ। यस अवसरमा देहायबमोजिमका कार्यक्रम प्रस्तावित गर्न सकिन्छ–
* चण्डीको कथा र १३२५ को मर्म मिसाएर नाटक मञ्चन गर्न सकिन्छ।
* महिला र पुरुषको मिलनमा नै समाजको उन्नति हुनसक्ने प्रेरणा दिन अन्तरक्रिया र परिसंवाद कार्यक्रम चलाउनु प्रासंगिक हुन्छ।
* महिला–पुरुष सहकार्यका सम्बन्धमा सडक–नाटक, टेलिफिल्म, कविता वाचन, साँगीतिक प्रतियोगिता आदि गर्न सकिन्छ।
* सामाजिक सद्भाव बढाउने कार्टुन, चित्र, पर्चा, व्यानर, पोष्टर टाँस्न मिल्छ।
* 'लैङ्गिक समानताका लागि दशैं,' 'नारीलाई शक्तिशाली बनाऊँ, नयाँ नेपालमा नयाँ शैलीको दशैं मनाऊँ' जस्ता नारा दिएर अभियान चलाउन सकिन्छ।
* महिला सशक्तीकरणका सत्यकथा गाउँ–शहरबाट खोजेर उजागर गर्नसके बडा दशैं हिन्दुहरूको चाडमा मात्र सीमित रहने छैन।
महिला अधिकार तथा उनीहरूको सशक्तीकरणका सम्बन्धमा भवानी दुर्गाको कथालाई उजागर गर्दा ध्यान दिनुपर्ने पक्ष के छ भने, धार्मिक कथा बढी हिंसात्मक छ। रक्तपात र हिंसालाई भने महिला आन्दोलनमा साभार गर्न सकिन्न। अहिंसात्मक आन्दोलनका रुपमा दशैं मनाउन सकियो भने सारा समाजका लागि यो युगान्तकारी शुभकामना सावित हुनेछ।कपिल काफ्ले

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete