• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, September 20, 2009

    मसान जगाउन सजिलो छ, बसाउन गाह्रो छ ः एमाले नेता ओली


    हरिप्रसाद पोखरेल, नागोया एमालेका प्रभावशाली नेता एवम् पोलिटव्यरो सदस्य केपी शर्मा ओलीले विगतमा माओवादीले जगाएका मसानलाई अहिले बसाउन गाह्रो भएको बताएका छन् । नेपालमा भईरहेको जात, क्षेत्र, धर्म र भाषाको लडाईको मसानलाई माओवादीले जगाएको टिप्पणी गर्दै ओलीले भने, ”अहिले यो मसानले हामीलाई सिध्याउन थालेको छ । किनभने मसान जगाउन सजिलो छ, बसाउन गाह्रो छ ।” एमाले जापान प्रवास कमिटिको निमन्त्रणामा बुधवार जापान आएका ओलीले शनिवार र आईतावार नागोयामा आयोजित दई दिने अन्तरक्रिया र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने,”यस्ता मसान जागिरहँदा देश खरानी हुन्छ । अनि खरानीमाथि हामीसंगै ती मसानहरु पनि हुनेछन् । यसैले अहिले हामीले भु वनोटको आधारमा राजनीति गर्न छाडौं ।
    देश संक्रमणकालमा छ, लोकतान्त्रिक प्रणालीमार्फत नै यो संक्रमणकाललाई टुंग्याउने प्रयत्न गरौं ।” अन्तर्राष्टिय मुल्य मान्यता, जनताको सम्मान र सुरक्षाको प्रत्याभुतिका लागि सबैलाई एकजुट हुनपनि ओलीको आग्रह थियो । अहिले जताजतै हिंसाको मुल फुट्दा १ सय १३ वटा हिंसाका विउ रोप्नेहरु जन्मिएका छन् भन्दै ओलीले भने, ”वैसठ्ठी वटा हिंसाका समुहलाई त मैले पनि चिन्छु ।” माओवादीले भन्दै आएको नयाँ नेपाल र वैज्ञानिक चमत्कारलाई ओलीले घुमाउरो पारामा व्यंग्य पनि गरे ।”पढाई लैखाई छैन, यो कस्तो नयाँ नेपाल हो ? मान्छे मार्ने, काट्ने र हड्डी फुटाउने माओवादीको यो कस्तो विज्ञान र राजनीतिक संस्कार हो ?” ओलीको प्रश्न थियो ।
    यसैले अन्धविश्वासको होईन, निष्ठाको वैज्ञानिक चमत्कार गर्न माओवादीलाई ओलीले सुझाव पनि दिए ।
    अन्तरिम संविधान संसोधन गर्ने सहमति दलहरुले दिने भए सदन चल्न दिने भन्ने माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो भनाईलाई ओलीले वेतुकको माग भनि तर्क गरै ।
    ”पुष्पकमल दाहालका वेतुकका मागलाई संवोधन गरेर बस्ने बेला होइन यो । एउटा समस्या संबोधन गरिदियो भने उनले फेरि अर्को समस्या निकालेर दुख दिन्छन् ।” उनको कथन थियो । ”संविधान संसोधन गरेर मात्रै पारा लाग्ने भए किन चाहियो नयाँ संविधान ? किन चाहियो संविधान सभा ?”ओलीको प्रश्न थियो । अस्तव्यस्तताले कसैलाई फाइदा गर्दैन भन्दै उनले भने, ”दैशको नियम कानन र संविधान भुपी शेरचनको कविता जस्तो केर्ने, मैट्ने र संशोधन गर्ने चिज हो र ? ” राज्य संयन्त्र र एकताका सबै तन्तुलाई तहसनहस गर्ने अभियानमा माओवादी लागिरहेको उल्लेख गर्दै ओलीले भने,” जे कामका लागि हो, त्यहि कामका लागि लागौं । आजको आवश्यकता भनेको नयाँ संविधान निर्माण हो ।” मओवादीको राष्टिय झण्डा फेर्ने प्रस्तावलाई कार्यक्रममा ओलीलै कडा प्रतिवाद गरै । झण्डा कुनै राजा महाराजाले बनाएको होईन । कसैले अगुवाई गरैको पनि होईन । नैपाली झण्डा नेपाली जनताले बनाएको हो र यसको छुट्टै विशेषता छ भन्दै ओलीले प्रश्न गरे, ”देश मानिन्छ भने नेपाली झण्डा किन नमान्ने ?” केहि मान्छेले झण्डा जलाउन थालेपछि आफुले योे झण्डालाई आफ्नौ टैबुलमा राखेको स्मरण गर्दै औलीले राष्टिय झण्डाको वहसलाई काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भनेजस्तै हो पनि भने । ओली नेपाली राजनीतिमा माओवादीको कडा आलोचकका रुपमा चिनिंदै आएका छन् । यसैले माओवादीलाई तह लगाउन खोज्दा अरुले यसलाई झगडा भनेपनि आफले यसलाई प्रतिवादकौ रुपमा लिएको ओलीको भनाई छ ।”अरुले हान्दा म चुप लागे भने ठिक हन्छ ? यसैले प्रश्न झगडाको होईन, प्रतिवादकौ हो । स्वतन्त्रताको हक कुण्ठित गरिन्छ भने जनता प्रतिवादमा उत्रन्छ । वेठिक कुरालाई वेठिक भन्न सक्नुपर्छ ।” उनले प्रष्ट पारे । गुणस्तर, समय, निर्यात, मल्य र प्रतिष्पर्धामा विचार नपुर्याइएकोले नेपालको आर्थिक क्षेत्र तहसनहस भएको हुँदा विदेशमा भएमा नेपालीलाई छिट्टै आफ्नो उद्देश्य पुरा गरेर नेपाल फर्कन पनि ओलीले शुभकामना दिए । अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका राष्टिय संयोजक डा सुदिपसिह अधिकारीले देश निर्माण र नयाँ संविधानकौ लक्ष्य अनुसार चल्न पार्टीका जिम्मेवार नेताहरुलाई सुझाव दिए । इन्जिनियरिंग एशोसियसन जापान च्याप्टरका पुर्व अध्यक्ष वसन्त गौतमले देशको चरम निराशा र अराजकताले विदेशमा बस्ने सबै नेपालीलाई चिन्तित बनाएकौ विचार व्यक्त गरे ।
    एमाले जापान प्रवास कमिटिका सचिव सुर्य पाठकले अराजकता र दण्डहिनताका कारण लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसकेको टिप्पणी गरे । कमिटिका उपसचिव डा दिलिपचन्द्र घिमिरेले नेपाली राजनीतिक लडाईको कमजोरी खेल्नेले भन्दा हेर्नेलै बढि देख्ने भएकाले गैर आवासीय नेपालीहरुबाट आएका सल्लाह र सुझावलाई पनि मनन गरिनुपर्ने राय व्यक्त गरेका थिए । नागोयामा दईदिनसम्म कार्यक्रम भएको थियो । शनिवार साँझ खुल्ला अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने आईतबार विहानको कार्यक्रममा एमालो विदेश विभाग विभाग प्रमुख समेत रहेका नेता केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएका थिए ।
    कार्यक्रममा एमाले जापान प्रवास कमिटिका सल्लाहकार लोकनाथ वस्ती, संगठन विभाग प्रमख कृष्ण खड्का, टोयोटा शाखा सचिव बलराम भुषाल, नागोया शाखा सचिव विनोद खनाल, मुल कमिटि सदस्य डा किशोरचन्द्र खनाल, विजय खनाल लगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन डा दिलिपचन्द्र घिमिरेले गरेका थिए । जपानमा एमाले नेता ओली निकै व्यस्त छन् । उनले जापानमा विभिन्न कार्यक्रममा सरिक हुनुका साथै जापानी नेतासंगको भेटघाटलाई पनि तिब्रता दिएका छन् । यद्दपि नेता ओलीबाट आफ्नै कार्यकर्तालाई पर्याप्त समय नदिएकोमा भने नागोयाका एमाले कार्यकर्ताहरु निराश देखिएका थिए ।

    16 comments:

    1. Oli is a nuisance... he IS the Masaan... a devil..

      ReplyDelete
    2. oli is honest leader

      ReplyDelete
    3. मसान जसले उठायो, उसले मात्र बसाउन सक्छ भन्ने सामान्य कुरा पनि नबुझेका रहेछन् र एमाले बरिष्ठ नेता केपी ओलीले । अधिकार प्राप्तिको आन्दोलन कसैका लागि मसान भए पनि कसैका लागि त मसानघाट पुर्याइन थालिएको अधिकार फर्काउने जबबको अस्त्र पनि त हो नि

      ReplyDelete
    4. oli is greater then RAJA gyanendra. what he say that is absolutly true.

      ReplyDelete
    5. Mr. Oli is Absolutely Right.

      ReplyDelete
    6. Oli ku kura satya ho... Masan jageko chha maobadile garda... Sabaile sena banaune, manchhelai lutne-katne-kutne-marne... Yo basne wala chha jasto dekhindaina kinabhane maobadika masanharu le naya naya parti kholna thale, aafnai sena banauna thale...

      ReplyDelete
    7. I THINK YOU SAMPADAK..IS THE PUPPET OF OLI THATS WAY U DONT LIKE PUBLISH MY COMMENT BITTER BUT TRUTH.

      ReplyDelete
    8. dalit,janajati,adibhasi ko hak ra adhikar lai kunthit garna khoijne esta pratigami, pandit euta kunama karyera nai marcha.desh, jamana, youg kaha pogi sake thachaina afnai partyma jhad khayera halla gare jasto ho sabai kura..

      ReplyDelete
    9. you are the ghost of nepalese people thats way you modnath and pradip nepal always against of janajaati but i warn you wait and watch

      ReplyDelete
    10. नैतिक मन्चका सी ग्रेड्का जोकर हु भनेर भन । तिमीले पनि झापामा निर्दोष किसानको बिना चेतावनी टाउको गिडेको हौ र जेल बसेको हौ । कुनै राम्रो काम गरेर हैन यदी यसैलाई तिमी ज्यानमारा यही नै तिम्रो बडे नेताको सर्टीफिकेट हो भने तिमी भन्दा अरु धेरै ज्यान मारेर लामो जेल बसेका छ्न उ तिम्रो राजनैतीक गुरु हुन सक्छ ।

      तिमीले हामी थिचिएका पिसिएका जाती जनजातिलाई अधिकारको लागी लड्दा आवज उठाउदा हामी मसान भयौ,तिम्रो यो बिषालु लहरे खोकिको उपचार गरेनौ भने यस्ले हुतु र तुत्सिको जन्मौनेछ । याद गरेस

      ReplyDelete
    11. satik pratikriya diyeko ma bahai cha Oli lai....

      ReplyDelete
    12. oli ko boli jasto ramro kunai kura chaina.

      ReplyDelete
    13. Mr. Oli,
      I have one question with you. Why you have brought the name of Poet Bhupi Sherchan with in the stupidity of your political hoax? It is strange that you took just one name other than Maoist that is Bhupi Sherchan. Did'nt you find any example without taking the name of such highly respected personality of Nepalese literature. I hope no body will make main issue of this and your political height will go down gradually to Ganges plain....

      ReplyDelete
    14. Oli ko boli banduk ko goli ... kya nishana takera hanya tham mai lagne ,........ maobadi ka aruu kei chaan ta bakheda haru..... desh ko jhanda ferne tak ma....tut ....
      Oli ko boli sunera (padhera) maobadi haru ko kehi buddii palayo ki ...... ...... 14 barsha ke ko puchher dhungra ma rakhyoo jasta ko testae ho ki???? samaye cha hai cha samaye mai buddhi puryaunush maobadi kamred haru...

      ReplyDelete
    15. dinesh pokherel ,durga1datta@yahoo.com ,September 21, 2009 at 9:24 PM

      oli dai ko vanaela ta mulukma jatijanajati bivinnavasavasi haru lai ghor apaman gari braman haikambadko jhakri prabriti vayan ra oli dai?

      ReplyDelete
    16. gopal khadka, jetinkc@yahoo.comSeptember 21, 2009 at 9:25 PM

      K.p ji tapai ahile ko pariesthiti ma pani rajnaitik bektibad bhanda desh ra janta ko abasekta ko bare ma badi samaye dinu bhayo bhane sahed ramro hune thiyo ki,.

      ReplyDelete