• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, July 20, 2009

    मलेशियामा महिला कामदार शोषित



    रूद्र खड्का, क्वालालाम्पुर (मलेशिया), साउन ५- जोहार बरोमा घरेलु कामदारको रुपमा कार्यरत रुपा सुब्बा (नाम परिवर्तन) ले मालिकको अत्याचार बढ्दै गएपछि मलेशियामा क्रियाशिल नेपाली मोर्चाका पदाधिकारीहरूलाई दैनिक फोन गरी उद्धार गरिदिन आग्रह गरिरहेको एक महिना बितेको छ।

    मालिकको कुटाई र दूब्र्यबहारबाट बच्न उद्धारको पहल गर्ने रुपाले यदि चाडै काम गरिरहेको घर नछाडने हो भने आफू आत्महत्या गर्न बाध्य हुने मोर्चाका पदाधिकारीहरूलाई जानकारी पनि गराई सकेकी छन्। पर्यटक भिसामा मलेशिया छिरेकी रुपाको बसाई अवधि सकिसकेको हुँदा राजदुतावास मार्फत उद्धार गर्न गाह्रो छ।

    काम गर्दै आइरहेको घर छाडने हो भने रुपा अवैधानिक रुपले मलेशियामा बसेको आरोपमा पक्राउ पर्न सक्छिन्। र, त्यही घरमा बस्ने हो भने उनले अझै अत्याचार सहनै पर्छ। रुपाले पटक पटक उद्धार गरिदिन आग्रह गर्दै आएका नेपाली मोर्चाका बिनो लामाका अनुसार रुपाले उद्धार नगरिए आत्महत्या गर्छु भनी रहेकी छन्। मालिकको घरबाट कसरी छुटाउने छलफल भइरहेको लामाले बताए । तीन महिना अघि पनि तीन जना महिलालाई यस्तै समस्या पर्दा उद्धार गरेर नेपाल पठाएको लामाले जानकारी दिए।

    मलेशियामा पुगेका धेरैजसो नेपाली महिलाहरू घरेलु कामदारको रुपमा काम गर्ने र शोषणमा पर्ने घटना वृद्धि हुन थालेपछि राजदुतावासले महिलालाई नपठाउन सरकारलाई पटक पटक पत्राचार गर्दै आएपनि सरकारले वास्ता नगर्दा मलेशिया पुगेका महिलाहरू समस्यामा पर्ने गरेका छन्। नेपाली राजदुत डा. ऋषि अधिकारीका अनुसार घरेलु कामदारका रुपमा रहेका महिलाहरू समस्यामा परेको जानकारी पाइएपछि मलेशिया नेपाली महिलाका लागि सुरक्षित छैन भनेर सरकारलाई जानकारी दिइरहादा पनि मलेशियामा काम गर्न नेपाली महिलालाई रोक लगाइएको छैन। अधिकारीले भने, 'वास्तविकता जानकारी गराउँदा गराउँदा हैरान भइयो तैपनि महिला आइरहन्छन्।' कामका लागि विदेश पुग्ने नेपालीहरूको सहजताका लागि मन्त्रालयलले विमानस्थलमा श्रम डेस्कको स्थापना समेत गरेको छ। तर महिला जोखिममा परेको देशमा खुरुखुरु महिला गइरहादा त्यो डेस्क के हेरेर बस्छ भन्ने प्रश्न पनि गर्न थालिएको छ।

    घरेलु कामदारमा रहेका महिलाहरू पीडित हुने देशमा मलेशिया अग्रणी मानिन्छ। इन्डानेशियाका करिब ३ लाख महिला मलेशियामा घरेलु कामदारको रुपमा छन्। इन्डोनेशियन सरकारले घरेलु कामदारका रुपमा रहेका महिलाहरू पीडित हुने क्रम बढेपछि ६ महिना अघि मलेशियामा आफना महिला पठाउन रोक लगाएको छ। मलेशियामा घरेलु कामदार महिला पठाउने अर्को देश फिलिपिन्स हो। फिलिपिन्सका २५ हजार महिला मलेशियामा घरेलु कामदारको रुपमा छन्।

    नेपालका कति महिलाहरू मलेशियामा घरेलु कामदारका रुपमा छन भन्ने जानकारी राजदुतावाससाग नभएपनि विभिन्न अध्ययन अनुसार २ हजार बढी महिला मलेशियामा घरेलु कामदारको रुपमा रहेको अनुमान छ। मुख्य रुपमा पर्यटक भीसा र भिजिट भीसामा मलेशिया पसेका महिलाहरू घरेलु कामदारको रुपमा रहने गरेको पाइएको छ। यसको अलवा केही महिलाहरू नेपालीहरूले सन्चालन गरेका रेष्टुरेन्टमा पनि काम गर्छन्। झापा, शिवनगर घर भई यहाँको कोतरायामा सन्चालित द गोर्खाज रेष्टुरेन्टमा काम गरिरहेकी दुर्गा उप्रेतीका अनुसार चिनेजानेको रेष्टुरेन्टमा काम पाउने नेपाली महिलाहरूका लागि त्यत्ति धेरै समस्या नभएपनि अधिकांश महिलाहरूले दुःख पाएको सुनिन्छ।

    उप्रेतीका श्रीमान पहिलेदेखि नै मलेशियामा काम गरिरहेकका कारण उनी भिजिट भिसामा आएर काम खोजेकी थिइन। तीन वर्ष अघि मलेशिया आएकी उप्रतीले विदेशी जिवन बाध्यतापुर्ण रहेकेँ उल्लेख गर्दै भनिन्, 'नआउनु आइ हालियो अब दशैमा घर गएपछि फर्केर आइदैन।' दुई महिनाको भिजिट भिसा पाएकी उप्रेतीले भिसा थप गर्न ९० हजार खर्च गरेकी थिइन। नेपालमै पनि त्यत्ति बराबर उनको रकम भिसाका लागि खर्च भएको थियो।

    महिलाहरूले भोग्ने हिंसाका घटना बढ्दै गएपनि राजदुतावास भने अलमलमा परे झै छ। राजदुत डा. अधिकारी भन्छन्, 'को मान्छे कसरी आउँछन भन्ने बारेमा राजदुतावासलाई जानकारी दिने कुनै सिस्टम नभएका कारण नेपालीहरूको यर्थात विवरण पाउन सकिदैन।' दुःख पाएर पुगेपछि मात्र राजदुतावासलाई जानकारी हुने गरेको डा. अधिकारीले जनाए।

    मलेशियामा महिलाहरूका घरेलु हिंसाका घटना बढ्न थालेपछि ६ महिनाअघि सर्वाधिक घरेलु कामदार उपलब्ध गराएको मुलुक इन्डोनेशियाले महिला पठाउन रोकेपछि यत्तिखेर धेरैको ध्यान नेपाली महिलातर्फ खिचिएको छ। इन्डोनेशियाले महिला कामदार रोकेको अवस्थामा नेपाली महिलाहरूलाई भित्र्याउन अनेक प्रयास भइरहेको बेला नेपाल सरकारले समस्याप्रति बेवास्ता गर्दै नेपाली महिलाहरूलाई कहाँ र कसरी जान लागेका हुन भन्ने बारेमा बुभ\mदै नबुझी सहजै मलेशिया पस्न दिने हो भने पछि समस्यामा परेका महिलालाई उकास्न राज्यका लागि थप चुनौती हुने यहाँ कार्यरत नेपालीहरूको बुझाइ छ।

    कतिपय अवस्थामा गम्भीर र अत्यावश्यक रुपमा मलेशिया पुग्नै पर्ने ब्यक्तिहरूलाई अध्यागमन र श्रम डेष्कले रोक्ने गरेका पनि छन्। तर धेरै महिलाहरू मलेशिया जानु पर्ने प्रयाप्त आधार नभई अध्यागमन र श्रम डेस्क पार गरेर विदेशिएका छन्। श्रीमानले मलेशियामा काम गरिरहेकेँ जनाउँदै तीन वर्ष अघि मलेशिया पस्न खोज्ने झापाकी दुर्गा उप्रेतीलाई पहिलो पटक रोकेको अध्यागमले दोस्रो पटक पनि अनुमति दिएको थियो।nagarik

    No comments:

    Post a Comment