• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, May 20, 2010

    प्रश्नमाथि मात्रै प्रश्नै प्रश्न

    रमेशकुमार पौडेल
    डा.भक्तमान श्रेष्ठ काम सकेर बेलैमा घर पुगेनन् । मंगलबार राती १० या साढे १० बजेको आसपासमा उनी घरपुगिसक्नु पर्दथ्यो । तर नगएपछि बुधबार बिहानसम्म भक्तमान अपहरित भएको खवर चितवनकाघरघरमा पुगिसकेको थियो । अप्रेसन गर्न चितवन अस्पतालको थिएटरमा पस्नुअघि साँझ सवा ८ बजे उनलेश्रीमतीलाई फोन गरे आफु अलि ढिला राती १० बजेसम्म क्वाटर आइपुग्ने बताएका रहेछन् । त्यसपछि नभक्तमानले कसैलाई फोन गरेर न अरुले गरेका बेलामा उनले फोन उठाए । न भक्तमानको अवस्था यस्तो होभनेर कसैले कतै फोन गर् यो ।
    नेपालको सुविधा सम्पन्न क्यान्सर अस्पताल भरतपुरको वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमाअढाइ वर्षअघि देखि महत्वपूर्ण कार्यकारी निर्देशकको पद समेत सम्हाल्दै आएका छन् श्रेष्ठले । उनी बस्नेपनि क्यान्सर अस्पतालकै चिकित्सक क्वाटरमा हो । अस्पताल राम्रोसँग संचालनमा नआउँदै उनी क्यान्सरअस्पतालमा सेवा गर्न आएका चिकित्सक हुन् । तर क्यान्सर अस्पतालभन्दा झण्डै तीन किलो मिटर पूर्वमारहेको चितवन अस्पतालमा विरामीको शल्यकि्रया भ्याएर क्वाटर जान हिडेका भक्तमान कता गए कताबिहिबार बिहानसम्म प्रश्न मात्रै बनेर रहेको छ ।
    सवैभन्दा ठूलो प्रश्न भक्तमानलाई के भएको हो भन्ने छ । चितवन प्रहरी हाललाई भक्तमान हराएका हुन भन्नेपक्का भएको छ अरु केही भन्न सकिदैन भनेर तर्किन्छ । त्यसैले संचार माध्यमहरुले भक्तमान सम्पर्कबाहिर रहेको भन्ने समाचार दिइरहे । तर समाचारलाई केही बलियो बनाउन अनुमान मात्रैको आधारमाअपहरणको आशंका भन्ने शब्द राखेर एउटा वाक्य थप्न पनि छाडेनन् मिडियाहरुले । ल उनको अपहरण नैभएको हो भने बुधबार एका बिहानैबाट मिडियामा यो खवर आएको छ तर जिम्मा लिन त कोही तम्सनु पर् यो नि । परिवारलाई भक्तमान सम्पर्क बाहिर हुँदाको दिनसम्म न यस्तो धम्कि आएको थियो न उनी घरफर्केर नआएपछि कसैले यस्तो कुरा गरेको छ ।
    कसैले चर्चा चलायो भक्तमान चिकित्सक साथै पैसा कमाउन थप अर्को पेशामा पनि थिए । त्यो पेशामाहालैका दिन केही अपुठ्यारो देखा परेकाले उनी टेन्सनमा आएर एकाएक गायब भएका हुन् । उनी त्यतालागका थिए भने परिवारलाई त उनले यसका बारेमा केही भनेर दुईचार दिन कतै जान्थे होला नि । आखिरउनको महत्वपूर्ण पेशा त चिकित्सा नै हो । अर्को पेशाका कारण झमेला आए पनि अपहरणसम्मको आशंकाफैलने गरेर सम्पर्क बाहिर त्यत्तिकै बस्दा भोलि उनको चिकित्सा पेशामा नै धक्का लाग्न सक्ने कुराकोख्याल उनलाई पक्कै छ । अर्थात अरु केही कारणले कतै जानु परेको भए परिवारमा कुरा गरेरै जान्थे होलान। अपहरणको आशंकाको हल्ला चल्नै पाउथेन । यो कुराको हेक्का नभएको पक्कै होइन होला उनलाई ।
    भक्तमानको चिकित्सक पेशाभन्दा बाहिरको त्यो व्यवसायसँग सम्बिन्धित कसैले उनलाई जर्वजस्तिउठाएको हो भने चितवनको प्रहरीले यसको मेसो त पाउनु पर्ने हो नि । किन सुस्त देखियो त एसपी धिरुबस्नेतको चाल यो काण्डमा । उनी अनेका नाममा अप्रेशन चलाउँदै आएका छन् । तर चिकित्सक हराएको२४ घण्टाभन्दा बढी समयसम्म घटनाको गुह्य कुरा थाहा पाउन नसक्नु कस्तो विडम्वना । उनी चढॆको कारपोखरामा फेला पर् यो । प्रहरीले भेट्टाएको होइन स्थानीयले देखेर खवर गरेपछि बल्ल प्रहरी आएको रे ।प्रहरी पछाडी नै परेको छ घटनाको नजिक जाने सन्दर्भमा ।
    क्यान्सर अस्पतालको जागिर र पदका सवैका लागि आकर्षणको केन्द्र बन्ने गर्छ । तर त्यहाँको पदविवादित पनि रहन्छ सधै भरी । कार्यकारी निर्देशक रहेका बेला डा।सम्पुर्णानन्द ढुंगनाले कालोमोसो पनिबेहोर्नु पर् यो । त्यसपछि उनी हानिए अमेरिका । क्यान्सर अस्पतालमा पदका लागि हुने खिचातानी र खुट्टातानातानले भक्तमानलाई सम्पर्क बिहिन हुने गरेर विरक्तिने पो बनायो कि रु यो प्रश्न पनि किन नगर्ने । तरखाना कुरेर बसेको श्रीमान घर नआउँदा श्रमतीलाई परेको बेदना हामीले अन्दाज पनि गर्न सक्दैनौ । यस्तोबेलामा अनेक प्रश्न राखेर मर्महात मनसँग खेलवाड गर्नु पनि भएन । प्रहरीले चाडोभन्दा चाडै डा।भक्तमानलाई खोज्नु पर् यो । धेरै प्रनको उत्तर उनैले देलान । दिन बाँकी केही प्रश्नको उत्तर विस्तारै समयले नैदेला ।
    http://nifiri.blogspot.com/2010/05/blog-post_19.html 

    2 comments:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete
    2. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete