-रवि बलामी-
उच्च शिक्षाका लागि भन्दै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरु त्यहाँको सरकारलाई समेत टेन्सनको विषय बन्न पुगेको छ। अस्ट्रेलिया सरकारले नेपालमा रहेका आफ्ना राजदूत सुसन ग्रेसलाई यससम्बन्धी चासो नेपाल सरकारलाई पुर्याउन अर्हाएको छ। त्यसै अनुसार राजदूत ग्रेसले अस्ति बुधबार परराष्ट्र मन्त्रालयका सहसचिव मोहनकृष्ण श्रेष्ठलाई भेटी यसबारे अवगत गराइन्।
नेपाली विद्यार्थी सडकपेटी र पार्कहरुमा जथाभावी सुत्ने गरेको र ‘खराब’ क्रियाकलापमा समेत सहभागी हुने गरेपछि अस्ट्रेलिया सरकारलाई टेन्सन भएको गुनासो राजदूतले गरिन्। राजदूत ग्रेसले म्यानपावर कम्पनी जस्ता बनेका एजुकेसनल कन्सलट्यान्सीहरुले भए नभएका आश्वासन दिएर प्रलोभनका पारी विद्यार्थीहरु अस्ट्रेलिया पठाउनाले समस्या निम्तिएको बताएकी थिइन्।
हुन पनि अहिले कन्सलट्यान्सीको बजार एकदमै फस्टाएको छ। पुतलीसडकमा जानुस्, घरैपिच्छे यस्ता कन्सलट्यान्सी भेटिन्छन्। अझ कुनै घरमा त तीन चार वटासम्म कन्सलट्यान्सी बसेको देखिन्छ। कुनै जमाना थियो, जतिबेला कान्तिपुर जस्ता पत्रिकामा सबैभन्दा बढी विज्ञापन श्रद्धाञ्जलिका हुन्थे। तर अहिले हेर्नुस् त पानैपिच्छे कन्सलट्यान्सीका विज्ञापन हुन्छन्।
यस्ता कन्सलट्यान्सीहरुको प्रलोभनमा परी विद्यार्थीहरु अस्ट्रेलिया पुग्छन्। अनि भने अनुसारको रोजगारी र बस्ने ठाउँ पाउँदैनन्। अनि जथाभावी सडकपेटी र पार्कमा सुत्नुको विकल्प के रह्यो र। केही महिनाअघि अस्ट्रेलियास्थित नेपाली राजदूतले पनि सरकारलाई यो समस्याप्रति गम्भीर हुन आग्रह गर्दै पत्र पठाएको थियो। पत्रमा नेपाली महिला विद्यार्थीहरुले काम नपाएर देहव्यापार जस्तो पेशा पनि अपनाउन बाध्य भइरहेको उल्लेख छ भन्दै पत्रपत्रिकामा समाचार छापिएपछि हंगामा मच्चिएको थियो। यस पटक भने नेपाली राजदूतले नभएर अस्ट्रेलिया कै राजदूतले सरकारलाई झकझकाएका छन्। तर सरकार सचेत हुने हो कि हैन ?
अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई झुक्याउने भ्रष्ट निजी कलेजहरुमाथि कारबाही गर्ने क्रममा यो कलेजको अनुमति पत्र खारेज गरिएको हो। गत वर्ष सिडनीको ग्लोबल कलेज बन्द भएयता यो सबैभन्दा ठूलो कलेज बन्द भएको घटना हो।
अधिकारीहरुले यो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अर्को कलेजमा स्थानान्तरण गर्न दिइने बताएका छन्। यसका लागि के गर्ने भन्ने विषयमा आज विद्यार्थीहरुको आपतकालीन छलफल कार्यक्रम डाकिएको थियो।
यो कलेजलाई राज्य सरकारले सन् २००७ देखि नै निगरानी गरिरहेको थियो। क्लासै नलिए पनि बढी पैसा तिर्ने विद्यार्थीहरुलाई पास गराइदिने गरेको गुनासोमाथि सरकारले छानबिन गरिरहेको थियो।
No comments:
Post a Comment