• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 5, 2010

    जापानमा नेपाल महोत्सव, एनआरएन जापानद्वारा धन्यवाद ज्ञापन

    नेपाल महोत्सवका आयोजकहरुको सहयोगमा गैर आवासीय नेपाली संघ जापानले गरिबी र पछौटेपनका कारण विद्यालय नगैरहेका बालबालिकाहरुलाई खाजाको व्यवस्था गरेर पढ्न प्रेरित गर्ने कार्यक्रमका लागि नेपाल महोसत्वका अवसरमा सहयोग संकलन गरेको छ ।
    एनआरन जापानका प्रवक्ता डा राजेन्द्र प्रसाद पराजुली एक वक्तव्य जारी गरी चेपाङजातिको बाहुल्य रहेको चितवनको शक्तिखोर गाविसस्थित श्री शिद्ध प्राविमा गत एकवर्षदेखि उक्त कार्यक्रम संचालन गर्दै आएको छ उल्लेख गर्दै सहयोग संकलनको पहिलो दिन ब्याबसायिक स्टलहरुबाट ७६,३७० येन र दोश्रो दिन महोत्सवका सहभागीहरुबाट १,४०,६८० गरी जम्मा २,१४,०५० येन जम्मा भएको जानकारी दिनुभएको छ । उक्त रकमको निष्ठापूर्बक सही सदुपयोग गर्ने गैर आवासीय नेपाली संघ जापान प्रतिबद्धता ब्यक्त गर्दै सहयोग गर्नुहुने महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ ।
    बक्तव्यमा आउदो नेपाल भ्रमण बर्ष २०११ र  नेपाली संस्कृतिको प्रवर्धनको लागि आयोजित नेपाल महोत्सवको आयोजन गर्ने आयोजकहरु प्रति कार्यक्रम भब्यताका साथ सफल गरेकोमा गैर आबसीय नेपाली संघ जापान हार्दिक बधाई ज्ञापन गरिएको छ । साथै अहोरात्र सेवामा तल्लीन हुनुभएका स्वयमसेबक साथीहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै अन्त्यमा टाढा टाढाबाट हिबिया पार्कको भ्रमण गरी नेपाल महोत्सब सफल बनाउनु हुने संपूर्ण नेपाली जापानी तथा अन्य विदेशी अतिथि आगंतुक महानुभाबहरुलाई धन्यवाद ब्यक्त गरिएको छ।
    उक्त महोत्सवमा गैर आबसीय नेपाली संघ जापानद्वारा संघको स्टलमा आउनु हुने जापानी नागरिकलाई उहाँहरुको नाम नेपालीमा लेखेर गैर आबसीय नेपाली संघ जापानको पोस्ट कार्ड को साथमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने पोस्टरहरु समेत बितरण गरिएको  थियो । साथै स्टलमा गैर आवासीय नेपाली संघ जापानका क्रियाकलापको फोटो प्रदर्शनी गरिएको थियो । सबै अभियानमा गैर आबसीय नेपाली संघ जापानका वर्तमान साथी पूर्व कार्यसमितिका पदाधिकारुहरुको सक्रिय सहभागिता रहेको थियो भने स्टलमा गैर आबसीय नेपाली संघ जापानलाई सुझाब संकलन, सदस्यको परिचय पत्र वितरण र नयाँ सदस्यता वितरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete