• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, June 4, 2010

    बेलायतमा नेपालीका रेस्टुराँ सुके

    नवीन पोखरेल 
    लन्डन, जेष्ठ २१ -  रेस्टुराँ बन्द ! भाडा तिर्न नसकेर रेस्टुराँमा ताला ! रेस्टुराँ बिक्रीमा छ ! यी र यस्तै खबर अचेल सामान्य ठान्छन् नेपाली रेस्टुराँ व्यवसायी । आर्थिक मन्दी र बढ्दो प्रतिस्पर्धाका कारण निरन्तर घाटाले अधिकांश रेस्टुराँ व्यवसायी कि त यसबाट निस्किइरहेका छन्, कि प्रतिष्ठाका लागि घाटा सहेरै जेनतेन धानिरहेका छन् ।
    युवा व्यवसायी दीपेन्द्र कार्कीका दुई वर्षयता उषा, हिमाल स्पाइसी, मन्टिज एक्टन, मन्टिज इलिङ ब्रोडवे र मन्टिज हङ्स्लो बन्द भए । लन्डन हङ्स्लोस्थित मन्टिज खुलेको तीन महिनामै बन्द भएपछि सञ्चालक दीपेन्द्र कार्कीको मन अहिले बेचैन छ । कार्कीले ती रेस्टुराँ बन्द हुनुको कारणमा एकैपटक धेरै रेस्टुराँ चलाउनु तर व्यापार शून्य भएको जनाए । व्यसायबाट झन्डै १० लाख पाउन्ड गत वर्ष त्यसै महिना यो संख्या २५ हजार १ सय २९ थियो । घाटा बेहोरेका कार्की अब एक वर्ष व्यापारमै हात नहाल्ने मनस्थितिमा छन् । 'मन्दी नसकिईकन केही नगर्ने सोचमा छु,' कार्की भन्छन् ।
    २२ वर्ष रेस्टुराँ व्यवसायमा बिताएका अजय शेखर प्रधानले धान्नै गाह्रो भएपछि भर्खर मात्र आफ्नो रेस्टुराँ बिक्री गरे । 'युकेको कर्जा संकट तत्काल सुध्रने नदेखेपछि घाटा सहनुभन्दा बिक्री गर्न उचित देखें,' उनले भने, 'केही साथीहरू बाहेक समग्रमा धेरैको स्थिति नाजुक छ । अब म अर्कै व्यापार गर्ने तयारीमा छु ।' वेम्ली ट्रायङ्गलस्थित नेपाली रेस्टुराँमा भाडा तिर्न नसकेरै ताला झुन्डिएको झन्डै तीन महिना हुन लाग्यो ।
    ७ वर्षअघि स्थापित 'एभरेस्ट ५३' का प्रोप्राइटर चिरञ्जीवी ढकालको अनुभवमा दुई वर्षयता यो व्यवसाय संकटमा छ । कुनै बेला उनको रेस्टुराँमा प्रत्येक साता आउने नियमित ग्राहक आर्थिक मन्दीले अहिले दुई सातामा एकपटक झुल्किन्छन् । 'अहिले हामी संघर्षका दिन गुजारिरहेका छौं,' ढकाल भन्छन्, 'भ्याट अलावा १७.५ प्रतिशत कर, कर्मचारी, भाडा र अन्य खर्चले 'ब्रेक इभन' हुन मुस्किल छ । यस्तै अवस्था रहिरहे व्यवसायबाट हात झिक्नुपर्ने निश्चित छ ।' फाइन डाइनिङभन्दा फास्ट फुड रेस्टुराँ सस्तो भएकाले आर्थिक मन्दीका बेला ग्राहक उतै लोभिएको उनको अनुभव छ ।
    'फेरि समर सिजनमा बेलायतीहरू प्रायः 'करी हाउस' छिर्दैनन् । बरु उनीहरू हाम्रो मसलेदार खानाभन्दा पवमा गएर बियर र हल्का सलाद खान रुचाउँछन्,' ढकालले भने ।
    नेपलिज क्याटरर एसोसिएसन युके अध्यक्ष ध्रुव केसीका अनुसार अहिले पुराना रेस्टुराँको व्यवसाय समेत ३० प्रतिशतले घटेको छ भने नयाँ रेस्टुराँ बन्द हुने क्रम जारी छ । 'हामी नेपाली इमान्दार र कडा परिश्रम गर्छौं तर अनुभवबिना देखासिकीमा मात्र रेस्टुराँ खोल्दा आफैं डुबिरहेका छौं,' वेम्ली तन्दुरीका मालिक केसी भन्छन् । नेपाल पर्यटन बोर्डका युके प्रतिनिधिसमेत रहेका केसीले रेस्टुराँबाट नेपालको पर्यटन प्रवर्द्धनमा भने सघाउ पुगिरहेको उल्लेख गरे ।
    बेलायतमा नेपालीद्वारा सञ्चालित रेस्टुराँ संख्या डेढ सय हाराहारी र उनीहरूको वाषिर्क कारोबार टर्नओभर करिब ८० लाख पाउन्ड -करिब १ अर्ब रुपैयाँ) भएको उनको अनुमान छ । यो व्यवसाय अहिले लन्डन मात्र होइन, युकेका प्रमुख सहरहरू फानबरो, अल्डरसट, रेडिङ, प्लमस्टिड, केन्ट, कोलचेस्टर, ननिटन, स्कटल्यान्ड, वेल्स, आयरल्यान्ड लगायतसम्म फैलिएको छ । प्राom यी रेस्टुराँमा चिकेन टिक्का मसाला, मम, तन्दुरी चिकेन, सिख कबाब, किङ प्राउन आदि लोकपि्रय मानिन्छन् ।
    इलिङ, केन्ट र एक्टनमा तीनवटा रेस्टुराँ हाँकिरहेका ओरियन्टल बफेट क्लवका प्रोप्राइटर माधवलाल श्रेष्ठले रेस्टुराँ व्यवसाय गर्न अहिले बैंकले ऋण समेत नदिने भएपछि व्यसायीलाई झन् कठिन भएको बताए ।
    यसअघि बेलायतमा तीन एवं मस्को, कतार र काठमाडौंमा छिट्टै खुल्न गइरहेको चेन रेस्टुराँ 'सो एसिया' का प|mेन्चाइज डेभलप्मेन्ट कोअर्डिनेटर रमेश सराङकोटी नेपालीमा प्रमोसन र मार्केट सर्भेमा पटक्कै ध्यान नदिने बानी र कर्मचारी व्यवस्थापन राम्रो नहुँदा नेपाली रेस्टुराँ संकटतर्फ गइरहेका तर्क गर्छन् । केही वर्षयता रेस्टुराँलाई नियमित चाहिने सम्पूर्ण खाद्यान्न, पेय पदार्थ एवं लन्ड्री सामानको मूल्य बढेको छ तर प्रतिस्पर्धाले ती रेस्टुराँ आफ्नो 'मेनु' मूल्य बढाउन नसक्दा घाटा सहन बाध्य भएको उनको बुझाइ छ ।
    रेस्टुराँले कानुनी प्रक्रियातर्फ पनि उत्तिकै ध्यान दिन जरुरी छ । काउन्सिलअन्तर्गत 'फुड एन्ड हाइजिन डिपार्ट' को निगरानी भइरहने हुँदा गुणस्तरमा ध्यान दिनुपर्ने र प्रत्येक रेस्टुराँले भित्तामा देखिने गरी 'फुड एन्ड हाइजिन' पास भएको सर्टिफिकेट अनिवार्य रूपमा झुन्ड्याउनुपर्छ ।
    'भ्याट, कर तलमाथि र १८ वर्ष मुनिका -अन्डर एज) लाई अल्कोहल, चुरोट वा मादक पदार्थ बिक्री गरे हजारौं पाउन्ड जरिवानासहित रेस्टुराँ नै बन्द गरिदिन सक्ने प्रावधानले त्यतातर्फ पनि ध्यान दिनुपर्छ,' ढकाल भन्छन् । कतिपय नयाँ व्यवसायीमा सामान्य ज्ञानसमेत नहुँदा हजारौं जरिवाना तिर्न बाध्य भएको गुनासो आफूहरूले पाएको नेपलिज बिजनेस एसोसिएसन युकेका अध्यक्ष नरेन्द्र कँडेलले बताए । 'पेस्ट कन्ट्रोल, लिज र एकाउन्टिङ सवालमा समेत धेरै अलमलिरहेको पाइएको छ,' ७ वर्ष लन्डनस्थित पट्नीमा 'काठमाडौं भ्याली' रेस्टुराँ चलाइसकेका कँडेल भन्छन् ।
    नयाँ रेस्टुराँले असफलता खेप्नुपरे पनि पुराना नेपाली रेस्टुराँ भने यथास्थितिमा चलिरहेको २० वर्षअघि खुलेको मुनाल नेपलिज रेस्टुराँका निर्देशक विजय थापा बताउँछन् । 'लामो समय नियमित चलाउँदा उनीहरूले आफ्ना ग्राहकबाट विश्वास बटुलिसकेका हुन्छन्, जसले गर्दा अप्ठेरो छैन्,' थापाले भने ।
    सन् १९६५/६६ देखिमात्र होटल, रेस्टुराँमा काम गर्न नेपालीहरू बेलायत प्रवेश गरेको इतिहास छ । इलिङ तन्दुरी चलाउने कृष्णबहादुर थापा वर्क परमिटमा बेलायत छिर्ने पहिलो नेपाली हुन् भने भारतीय मुलका रिजुमल भगवानानीसँग मिलेर लन्डनमा 'नटराज' रेस्टुराँ खोल्ने ईश्वर मानन्धर पहिलो व्यवसायी हुन् । कालुराम तामाङ, जयकृष्ण तामाङ, लक्ष्मण थापा, मदन थापा, धु्रव केसी र रामप्रसाद मानन्धर मिलेर सन् १९७७ मा खुलेको 'लाइट अफ नेपाल' नेपालीको मात्र पूर्ण स्वामित्वमा खुलेको पहिलो रेस्टुराँ थियो ।
    http://www.ekantipur.com/np/2067/2/21/full-news/312581/

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete