• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, June 2, 2010

    तपाईँको 'फेसबुक' उनीहरुको पैसा कमाउने माध्यम


    सान फ्रान्सिस्को, वैशाख ३१- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत विचार उनीहरुको अनुमति बिना अरु वेबसाइटहरुले पनि प्रकाशन गर्न पाउने सुविधा थप्न लागेको छ। यसले गोपनीयताको अधिकार हनन् हुने भन्दै फेसबुकविरुद्ध आलोचना गर्नेहरु खनिन थालेका छन्।
    फेसबुकले बिहीबार यो विषयमा छलफल गर्न आफ्ना कर्मचारीहरुको आन्तरिक बैठक डाकेको थियो। 
    फेसबुकले यो सुविधा थप्यो भने यसका ४० करोड प्रयोगकर्ताहरुको भित्री कुरा थाहा पाउन सकिनेछ र यसले थप विज्ञापन पनि आकर्षित गर्न सक्नेछ। अनलाइन विज्ञापनमा अग्र स्थानमा रहेको गुगललाई पनि यसले उछिन्ने अनुमान छ।
    अमेरिकाका चार जना सिनेटरहरुले यसमा चासो राख्दै फेसबुकलाई आफ्ना नीति परिवर्तन गरी प्रयोगकर्ताहरुको जानकारी गोपनीय नै राख्‍न र प्रयोगकर्ताहरु आफैले चाहे मात्र उनीहरुको स्वीकृतिमा अरुलाई बाँड्न मिल्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
    न्युयोर्क विश्वविद्यालयका चार जना विद्यार्थीले त फेसबुकको कदमबाट क्रुद्ध भएर यसको विकल्पका रुपमा अर्को साइट बनाउन एक लाख अमेरिकी डलरभन्दा बढी संकलन गरिसकेका छन्। एक न्यु मिडिया मार्केटिङविज्ञले जुन महिनाको ६ तारिखका लागि अनलाइन विरोध गर्ने योजना बनाएका छन्। उनको यो कदमलाई बिहीबार मध्याह्नसम्ममा ६३२ जनाले साथ दिएका छन्।
    फेसबुक प्ल्याटफर्मका निर्देशक ब्रेट टेलर भन्छन्- हामी यो विषयमा संवेदनशील छौँ र यसलाई गम्भीर रुपमा लिएका छौँ। उनले फेसबुकले फिचर्सहरु र गोपनीयतासम्बन्धी सेटिङहरु थप्न लागेको बताए। यो प्रयोगकर्ताहरुका लागि जटिल हुने उनले स्वीकारे तर नयाँ नयाँ फिचर्सहरुको परीक्षण सदस्यहरुलाई गर्न लगाउने र उनीहरुको अनुभव लिने क्रम जारी रहने उनको कथन थियो।
    फेसबुकले अहिले भइरहेको आलोचनाहरुलाई त्यति वास्ता गर्ने संकेत देखाएको छैन। यो पहिलेका विरोधहरुभन्दा कमजोर पनि छ, फेसबुकले बतायो। फेसबुकले सामान्य लेआउट मात्रै परिवर्तन गर्दा पनि त्यसको विरोधमा २० लाख प्रयोगकर्ता जुटेका थिए।
    फेसबुकले यो नयाँ  फिचर्स अप्रिल महिनाको अन्तिममा थपेको थियो र यसले एक करोड सदस्यलाई यसमा राखिसकेको छ। पुराना प्रयोगकर्ताहरुलाई यो फिचर्समा हालसम्म जोडिएको छैन।
    फेसबुकका करोडौँ प्रयोगकर्ताहरुको भीडमा अल्पमतमा परेका केही भने फेसबुकले प्रयोगकर्ताहरुलाई धोका दिएको भन्दै चित्त दुखाइरहेका छन्। गैरनाफामुखी संस्था सेफ इन्टरनेट अलायन्सकी अध्यक्ष लिन्डा क्रिडल भन्छिन्- ग्राहकहरुलाई एउटा कुरा सुनाएर सदस्य बनाउने, अनि आफ्ना नीतिलाई परिवर्तन गर्ने, यसमा हाम्रो आपत्ति छ। उनी गोपनीयता सम्बन्धी सेटिङहरु फेसबुकमा दर्ता हुँदा नै प्रयोगकर्ताहरुलाई सरल ढंगले बुझाउनु पर्ने सुझाव दिन्छिन्।
    बिहीबारै फेसबुकले स्पाम र अरु आक्रमणहरुसँग जुध्न नयाँ सुरक्षा सुविधाको घोषणा गरेको छ। यसले तपाईँले फेसबुक लग इन गर्न अक्सर प्रयोग गर्ने उपकरणहरु (कम्प्युटर, मोबाइल) लाई अनुमति प्रदान गर्ने सुविधा दिन्छ। यदि तपाईँले अनुमति नदिएको उपकरणको प्रयोग गरी तपाईँको खातामा लग इन गर्न खोजे तपाईँलाई यसले सूचना दिनेछ। (स्रोतः युएसएटुडे)

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete