• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, May 5, 2010

    एमाले जापानको १७ औं अधिवेशन सम्पन्न

    नेकपा एमाले जापान प्रवास कमिटिको १७ औं अधिवेशनले डा। दिलिपचन्द्र घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । घिमिरे चितवनका वासिन्दा हन् । अधिवेशनको बन्द सत्रले अबदेखि प्रवास कमिटिको नाम परिवर्तन गरि नेपाली लोकतान्त्रिक माच एनडिएफ जापान बनाएको छ ।
    एनडीएफ जापानको कार्यसमितिको उपाध्यक्षमा जीवन अर्याल महासचिवमा स्वतन्त्र पौडेल सचिवमा मिलन घिमिरे र कोषाध्यक्षमा सागर रिजाल चयन भएका छन् । यसैगरि नवराज अधिकारी दिनेशराज ज्ञवाली रामप्रसाद घले दामोदर लम्साल सृजना काफ्ले महेन्द्र श्रेष्ठ मोहन रायमाझी पदम गुरुङ महेन्द्र भण्डारी केशव गिरी जयराम पोखरेल र टि।एन। घिमिरे कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

    अधिवेशनले डा। राजेन्द्र पराजुलीलाई माचको प्रमुख सल्लाहकारमा चयन गरेको छ । यसैगरि डा। राम गिरी मेघराज नेपाल डा। किशोरचन्द्र खनाल र धर्म लामा सल्लाहकारमा चयन भएका छन् । 
    यस्तै अनुशासन कमिटीमा भने धर्म लामा डा। राजेन्द्र पराजुली र सरोज कंडेल छन् ।
    मानव अधिकारलाई प्रवद्र्धन र सम्बर्धन गदैै्र नेपालको लोकतन्त्रलाई सस्थागत गर्न एनडीएफ नेपालले आफ्ना कार्यक्रम अगाडि बढाउने लक्ष्य अधिवेशनले लिएको छ । नेपालमा दिगो शान्ती स्थापना गर्दै नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन पनि माचले महत्वपूर्ण भूमिका खेल्ने जनाईएको छ ।
    टोक्योको तोगोसी कोयन एभरेष्ट हलमा सोमबार सम्पन्न अधिवेनको उद्घाटन जापान प्रवास कमिटिका सल्लाहकार शालिकराम भण्डारीले गरेका थिए । अधिवेशनलाई एमाले अध्यक्ष झलनाथ खनालले टेलिफोनबाटै शुभकामना मन्तव्य दिएका थिए । अधिवेशन सम्पन्न गर्न एमाले नेतृत्व जापान जाने कार्यक्रम रहेपनि देशको विद्यमान राजनीतिक समस्याका कारण उपस्थित हुन नसकेको प्रवास कमिटिले जनाएको छ ।
    अधिवेशमा जापानका लागि नेपाली राजदुत गणेश योाजन तामाङ प्रमुख अतिथि थिए । यसैगरि अधिवेशनमा एनआरएन जापानका अध्यक्ष भवन भट्ट आदिवासी जनजातीका अध्यक्ष ध्रुव भट्टचन नेसाजका अध्यक्ष सरोज कँडेल ओनो जापानका अध्यक्ष रघुदीप खड्का जनसम्पर्क समितिका उपाध्यक्ष चिराजीवी थापा जनप्रगतिशिल माच जापानका उपाध्यक्ष बेलु थापा पिडिएनएफका भुषण घिमिरे तामाङ संघका अध्यक्ष रेख व्लोन तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन स्वतन्त्र पौडेलबाट भएको थियो भने स्वागत मन्तव्य जीवन अर्यालले दिएका थिए ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete