• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, February 8, 2010

    वीरेन्द्रको ४० रोपनी जग्गाको वाषिर्क भाडा १ रुपैयाँ

    भुवन शर्मा
    दिवंगत राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं गोकर्णस्थित ४० रोपनी १३ आना जग्गामा वल्र्ड युथ इन्टरनेसनल सेकेन्डरी स्कुल सञ्चालन भइरहेको छ । स्कुलले भाडा तिर्छ, वर्षको जम्मा एक रुपैयाँ । 
    ०५६ सालदेखि स्कुलले जग्गा प्रयोग गरेको छ, तर १० पैसा भाडा पनि तिर्नुपरेको छैन । 'भाडा त दिन्थ्यौँ हामी, तर वीरेन्द्र परिवारका कोही पनि छैनन्, कसलाई दिने ?' पि्रन्सिपल गंगाबहादुर अधिकारीले  नयाँ पत्रिकासँग भने, 'तपाइर्ंलाई थाहा छ भने भनिदिनुहोस् न ।'
    राजा वीरेन्द्रकै पाला स्कुलले भाडामा लिन सम्झौता गरेको थियो । तर, वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकारी निर्णयसँग गोकर्णको जग्गा पनि नेपाल ट्रस्टको नाममा आइसकेको छ । तर, जग्गा नेपाल ट्रस्टको हो भनेर कोही पनि गएको छैन ।
    स्वामित्व नेपाल ट्रस्टमा सरे पनि जग्गा छोड्ने मनस्थितिमा छैनन् स्कुल सञ्चालक । 'त्यसमा हामीलाई के सरोकार ? करारअनुसार भाडा -१० पैसा) तिर्न तयार छौँ,' पि्रन्सिपल अधिकारीले भने । 
    - छाउनीमा सात हजार ६ सय ६४ वर्गमिटर जग्गा अहिले पनि वीरेन्द्रको नाममा छ, तर भोगचलन गरिरहेकी छिन् ज्ञानेन्द्रकी छोरी प्रेरणाले । प्रेरणाको घरसँगै रहेको जग्गालाई नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन खोजेको छ, तर सकेको छैन ।
    महाराजगञ्ज, निर्मलनिवाससँगै वीरेन्द्रको नाममा रहेको एक रोपनी सात आना जग्गा ज्ञानेन्द्रका सुरक्षाकर्मीले प्रयोग गरेका छन् । जग्गालाई नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन सकेको छैन ।
    - भक्तपुर, कटुन्जेमा अरनिको राजमार्गमा जोडिएको एक सय आठ रोपनी जग्गा भोगचलन गर्न पनि हानथाप भइरहेको छ । कटुन्जे- ९ को एक नम्बर कित्ताको सो जग्गामा क्याम्पस बनाउने पक्षमा छन् स्थानीय बासिन्दा । तर, वाणिज्य मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउन जग्ग्ाा माग गरेको छ । केही स्थानीय युवाले यसलाई खेलमैदान बनाउन माग गरिरहेका छन् ।
    - काठमाडौैं फर्पिङको त्रिभुवन आदर्श स्कुलले वीरेन्द्रकै नाममा रहेको ६८ रोपनी जग्गा प्रयोग गरिरहेको छ । जग्गा नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन खोजेको छ तर स्कुलले मानेको छैन । ट्रस्ट स्रोतका अनुसार जग्गाको भाडाबापत स्कुलले एक रुपैयाँ पनि दिएको छैन, बरु स्वामित्व नै आफ्नो नाममा सार्न माग गरेको छ ।
    - धनकुटाको चुलीवन- ५ मा वीरेन्द्रको नाममा रहेको एक सय ९४ रोपनी जग्गा बेवारिसे छ । तारबार चुँडालेर अतिक्रमण भइरहेको छ । तर, अतिक्रमण रोक्न कसैले चासो दिएको छैन । 
    काठमाडौंको मातातीर्थ, बालाजु, सतुंगल र थानकोटमा वीरेन्द्रको नाममा एक सय ७३ रोपनी आठ आना जग्गा छ । यी जग्गाका मोहीले स्वामित्व आफ्नो नाममा सार्न माग गरिरहेका छन् । नेपाल ट्रस्टले कुनै निर्णय गर्न सकेको छैन । 
    हेटौंडा नगरपालिका- १० मा रहेको एक नम्बर कित्तामा पर्ने २६ रोपनी एक आना क्षेत्रफल जग्गा चारैतिर कम्पाउन्डले घेरिएको छ । जग्गा खाली छ, तर पनि नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
    दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायतका परिवारको सम्पत्ति खोजेर राष्ट्रियकरण गर्न नेपाल ट्रस्ट स्थापना गरिएको हो । तर, ट्रस्टले कतिपय सम्पत्ति खोज्नै सकेको छैन, कतिपय नामसारी गर्न सकेको छैन । नामसारी भएको सम्पत्ति पनि अन्य पक्षबाट दुरुपयोग भइरहेको छ । 
    ट्रस्टले हालसम्म वीरेन्द्र परिवार र दरबारको स्वामित्वमा रहेको करिब तीन्ा हजार ६ सय ५४ रोपनी जग्गा आफ्नो स्वामित्वमा सारेको छ । उनको नाममा ठ्याक्कै कति सम्पत्ति थियो भन्ने पत्ता लागेको छैन । 
    ट्रस्टले काठमाडाैंको तीन हजार दुई सय ५० रोपनी, भक्तपुर कटुन्जेको एक सय आठ रोपनी, नुवाकोट थानसिंहको ६५ रोपनी, धनकुटा चुलीवनको एक सय ९४ रोपनी, हेटौंडाको २६ रोपनी र काभ्रेे पाँचखालमा रहेको नौ रोपनी आफ्नो नाममा ल्याएको छ । 
    प्रधानमन्त्री संरक्षक र गृहमन्त्री सचिव रहेको ट्रस्टले आफ्नो नाममा ल्याएको सम्पत्तिको दुरुपयोग रोक्न सकेको छैन । 'जग्गा सदुपयोग कसरी गर्ने भन्ने नीति बनाउनुपर्छ, नीति बनाउने काम सरकारको हो,' ट्रस्टका सदस्यसचिव दिनेशहरि अधिकारीले नयाँ पत्रिकासित भने । ट्रस्टले प्राप्त गरेका सम्पत्ति तथा जग्गा विद्यालय, विश्वविद्यालय, अस्पताल वा स्वास्थ्यचौकीका लागि प्रयोग गर्न सकिने भए पनि त्यस्तो कुनै तयारी भएको छैन । 
    मोहीको नाममा रहेको जग्गाको स्वामित्व ट्रस्टले आफ्नो दायरामा ल्याउन सकेको छैन । वीरेन्द्रको नाममा रहेका जग्गा आफ्नो नाममा सार्न माग गर्दै मोहीहरू ट्रस्ट धाइरहेका छन्, यो विषयमा पनि ट्रस्टले कुनै निर्णय गर्न सकेको छैन । 'यस विषयमा हामी केही गर्न सक्दैनौँ । सरकारले नै नीति बनाउनुपर्छ,' सदस्यसचिव अधिकारीले भने । 
    नारायणहिटी दरबारअगाडि रहेको सिन्दुर ब्युटिपार्लरलाई भने ट्रस्टले हटाएको छ । त्यहाँ अहिले ट्रस्टको आफ्नै कार्यालय छ । भाडा दिन आनाकानी गरेपछि ब्युटिपार्लरलाई हटाइएको ट्रस्ट स्रोतले बतायो । 
    विगतमा दरबारसँग भएका सम्झौतामा पनि ट्रस्टले 'पार्टी' परिवर्तन गराएर आफ्नो नाममा ल्याएको छ ।     टेकुमा रहेको टाउन प्लाजा, कमलादीको काठमाडौं प्लाजा, सोल्टी होटेल परिसरका सटरहरूमा ट्रस्टले स्वामित्व परिवर्तन गरिसकेको छ ।
    टेकुमा रहेको टाउन डेभलपर प्रालिले ३० वर्षका लागि बिजनेस पार्क निर्माण गर्न जग्गा भाडामा लिएको थियो । यसैगरी दरबारमार्गको करिब ६ रोपनी १३ आना जग्गा १६ वर्षका लागि भाडामा लिन स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दरबारसँग विगतमा सम्झौता गरेको थियो । अब सम्झौतापत्रमा वीरेन्द्रको सट्टा ट्रस्टको नाम लेखिएको छ । 
    कन्सेप्ट डेभलपर्सले कमलादीको पाँच रोपनी जग्गा २७ वर्षका लागि भाडामा लिई काठमाडाैं प्लाजा बनाएको थियो । त्यस्तै, सोल्टी होटल परिसरमा रहेको आठवटा पसल पनि ट्रस्टले सम्झौता नवीकरण गर्न लागेको छ । ती पसलले वाषिर्क १५ लाख ५६ हजार भाडा दरबारलाई बुझाउने सहमति छ । कार्यालयको कोषमा हालसम्म भाडाबापत पाँच करोड ४६ लाख ५३ हजार ज्ाम्मा भइसकेको छ ।
    गोकर्णको गल्फ रिसोर्टको जग्गाको सम्झौतामा पनि 'पार्टी'को नाम ट्रस्ट बनाउने प्रयास भइरहेको ट्रस्टले जनाएको छ । गोकर्णमा रहेको करिब दुई हजार आठ सय रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर एलएम सभिर ब्रदर्श नेपालले दरबारसँग सम्झौता गरेको थियो । 
    राजा वीरेन्द्रको नाममा रहेको नबिल बैंकमा रहेको ५७ हजार तीन सय ३० कित्ता, दरबारमार्गस्थित होटल अन्नपूर्णको १५ हजार तीन सय ६० कित्ता र नेपाल औद्योगिक निगमका ६ हजार सात सय ५० कित्ता सेयर पनि     ट्रस्टले आफ्नो नाममा सारिसकेको छ । 
    ६ वर्षअघि बेलायतको एक कम्पनीलाई वीरेन्द्रको नामबाट तत्कालीन राजा ज्ञानेन्द्रले स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत पठाएको एक करोड २८ लाख रुपैयाँबारे ट्रस्टले खोजबिन गरिरहेको छ । 'के प्रयोजनका लागि रकम पठाइयो भन्नेबारेमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमार्फत खोजबिन भइरहेको छ,' सदस्यसचिव अधिकारीले भने 

    No comments:

    Post a Comment