• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, December 6, 2009

    चितवनमा ब्राह्मण समुदायद्वारा छुट्टै राज्यको माग

    काहिँलाहरू पनि संगठित भए , अब पानी मन्तरेहरुको पालो

    रत्ननगर (चितवन), मंसिर २१- चितवन जिल्लालगायत आसपास क्षेत्रका ब्राह्मण जातिले छुट्टै प्रान्तीय राज्यको माग गरेका छन्। 
    ब्राम्हण जातिको उल्लेख्य उपस्थिति हुँदाहुँदै चितवनलाई विभिन्न जातिले आफ्नै राज्यको माग राख्न थालेपछि ब्राम्हण समाज, चितवनले भरतपुरमा एक कार्यक्रमको आयोजना गरी छुट्टै राज्यको माग गरेको हो।
    चितवन, नवलपरासी र मकवानपुरका केही क्षेत्रसहित समेटेर छुट्टै राज्य हुनुपर्नेमा उनीहरुले जोड दिए।
    समाजले नवलपरासीको दाउन्ने डाँडादेखि चितवनसहित पूर्वी मकवानपुरको गढीसम्म नारायणी प्रान्त्ाको माग गरेको हो।
    ब्राह्मणलगायत क्षेत्री र ठकुरी जातिको आवाज हालसम्म कुनै तर्फबाट नआएको भन्दै समाजले आफूहरु सङ्गठित भएर हकअधिकारका लागि अगाडि आउनु परेको समाजका अध्यक्ष काशिराम पौडेलले बताउनुभयो।
    समाजले कुनै जातिविशेषको प्रदेश हुन नहुने समेत स्पष्ट पारेको छ। समाजले आफूहरु जातीय सद्भावमा दृढ रहेको र समानुपातिक हिसाबमा सङ्घीय हुनपर्नेमा जोड दिएको छ।
    जिल्ला विकास समिति, चितवनले दिएको जानकारीअनुसार चितवनमा ब्राम्हण समुदायको सङ्ख्या दुईलाखको हाराहारीमा रहेको छ। समाजले ब्राम्हण समुदायबाहेक उल्लेख्य जनसङ्ख्या रहेको क्षेत्री र ठकुरी समुदाय पनि एक रहेको बताएको छ। चितवनमा करिब पाँचलाख जनसङ्ख्या रहेको छ।
     काहिँलाहरूको अस्तित्व खतरामा रे
    काइला छोराहरु लोप हुन लगेको भन्दै संरक्षण गनुपर्ने मान्यताका साथ शनिबार पोखरा प्रथम राष्ट्रिय काइला भेला सम्पन्न भएको छ। परिवार नियोजनका कारण छोराछोरी कम जन्माउन थालेपछि काइला छोराहरुको अस्तित्व संकटमा पदै गएको भन्दै भेला तथा वनभोजको आयोजना गरिएको हो।भेलामा पोखरामा रहेका काइरालाहरुको सहभागिता रहेको थियो। हरेक वर्ष भेलाकेा आयोजना गरिने संयोजक चन्द्र प्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार अर्को वर्ष बृहत सम्मेलन गर्ने योजना रहेकेा छ। काइला छोराहरु हराउदै गएपछि पोखरामा रहेकाहरुबीच भेटघाट र सम्वन्ध विस्तारका लागि भेला आयोजना गरिएको संयोजक गुरुङले जानकारी दिए।
    पहिलो सम्मेलन भएकाले सवैलाई समेटन नसकेको बताउँदै आगामी वर्ष कास्कीमा रहेका काइलाहरुलाई समेटने केही वर्ष पछि देश भरका काइलाहरुलाई पोखरामा जम्मा पार्ने गुरुङले बताउनु भयो। पोखराको शान्ती वनबाटिकामा भएको भेलामा करिब एक सय जनाको सहभागिता रहेको थियो।  काइँलासम्म पुगाउन त जम्मा पाँच वटा छोरा जन्म दिए हुन्छ तर पानी मन्तरेहरु पनि संगठित भएर आन्दोलन थाले भने के होला?
    http://www.mysansar.com/archives/2009/12/id/7477#more-7477

    No comments:

    Post a Comment