माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना विरुद्ध लेख लेखेको भन्दै तरुण साप्ताहिकलाई तीन महिनापछि मुद्दा हालेका छन् । तरुणको गत साउन २६ को अंकमा प्रकाशित प्रसाईको 'देशद्रोहीका विरूद्धमा खाँडो जगाऔं' शीर्षक लेखमा माओवादी नेता भट्टराईले भारतीय चाहना पूरा गर्न लागिपरेका भन्नै आशयको लेख छापिएको रैछ । भट्टराईलै मुद्दा दिएपछि गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले विपक्षीका नाममा म्याद जारी गरेको छ । अदालतले पत्रिकाका प्रकाशक/सम्पादक परशु घिमिरे, सहसम्पादक विन्दुकान्त घिमिरे, लेखक दीर्घराज प्रसाई र प्रबन्ध निर्देशक सीबी खड्कालाई अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ ।
नागरिक दैनिकले जनाए बमोजिम आफूले बोल्दै नबोलेको वाक्य आफूसँग जोडी लेखिएकाले इज्जत, मानमर्यादा र सार्वजनिक जीवनमा प्रत्यक्ष असर परेको र ख्यातिमा अपूरणीय क्षति पुर्याउने योजनाले लेख प्रकाशित गरेको मुद्दामा उल्लेख छ। उनले गाली बेइज्जती ऐन ०१६ बमोजिम हदैसम्मको कारबाही माग गरेका छन्। उनले उक्त पत्रिका छाप्ने अन्नपूर्ण प्रेस तथा बिक्रीवितरण गर्ने तरूण प्रकाशन प्रालिलाई दफा ६ बमोजिम कारबाही माग गरेका छन्।
उक्त ऐनको दफा ५ बमोजिम गाली बेइज्जती गरेको ठहरे ५ हजार रुपैयाँ जरिवाना र दुई वर्षसम्म कैद सजाय हुन सक्छ। यस्तै, दफा ६ मा यस्ता सामग्री प्रकाशित भएको पत्रिका जानिजानी बिक्रीवितरण गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुनसक्छ।
राष्ट्रिय अखण्डता, स्वाधीनताप्रति आफ्नो योगदानलाई निस्तेज बनाउन जानिजानी त्यस्तो लेख छापेकाले आफूलाई अधिकतम क्षतिपूर्ति भराउन पनि उनले अदालतसमक्ष माग गरेका छन्।
तरुण साप्ताहिक कांग्रेस निकटको पत्रिका भएको कारणले पनि भट्टराईको उछितो काडेको होला । भट्टराईको आरोप सहि वा गलत के हो ? त्यो त अदालतले छिनोफाने गर्ला । तर नेपालका साप्ताहिक पत्रिकामा देखिएको विकॄतिलाई भट्टराईको यो कदमले केहि हच्काईदिएकौ चाहि अवश्य हो । मन नपरेको मान्छेलाई पत्रकारिताकौ माध्यमबाट तथानाम गाली गर्ने बार्गेिनंग गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।
तर भट्टराई पनि चोखा चाहि छैनन् है अरुको मानमर्दन गर्न र गाली गर्ने सवालमा । उनीहरुले जनपक्षिय पत्रकारिता भन्दै मान्दै आएको जनादेश जनदिशा जस्ता पत्रिकाले आफ्ना राजनीतिक विरोधिलाई गर्ने गाली र भट्टराई आफैले अरु नेतालाई गर्ने गालीका विरुद्ध सबै अदालत गए भने चाहि के होला नि फेरि ?
तरुण साप्ताहिकले सजाय भोग्न पर्यो भने प्रेस स्वतन्त्रता भन्दै पत्रकार महासंघ सडकमा ओर्लन बेर लाग्दैन ऋषि धमलाको पक्षमा झैं । अरु बेला पत्रिकामा प्रकाशित समाचार र विचारलाई त्यति महत्व दिनै चलन न नेताले गर्थे न जनताले । विदेशमा त पत्रिकामा प्रकाशित समाचार र विचारको आधारमा जनताले जानकारी पाउने चलन छ । तर नेताले जे बोल्छन् पत्रिकाले उल्टो लेख्छन् । पत्रिकाले जे लेख्छन् नेताले उल्टो बोलिदिन्छन् । अस्ति भर्खर नया पत्रिकामा एमाले उपाध्यक्ष अशोक राईको भनाईलाई आधार बनाएर एउटा समाचार छापियो कांग्रेसले संविधान सभा विघटन गर्ने प्रस्ताव ल्याएकौ भनेर । तर भोलिपल्टै अशोक राईको खण्डन आयो नागरिक दैनिकमा मैले यसो भनेकै छैन भनेर । पत्रिका नै गलत हो कि नेताको बोलि गलत हो हिम्मत भए एमाले उपाध्यक्ष अशोक राईले पनि नया पत्रिकालाई मुद्धा हाले हुन्थ्यो नि । तर डाक्टरसाहेबले चाहि तरुण साप्ताहिकलाई मुद्धा हालेर देखाईदिएका छन् । अब चाहि पत्रकारको कलम समाचार र विचार लेख्ने बेलामा एकैछिन भएपनि घोरिन्छ कि ?
Hamro desh ka neta ko k kura garnu kura aauta kam aarko
ReplyDeleteooooooooo sir kata ho ?
ReplyDeletedai yo des ma yastai ho, hami journalist le real lekhako kaha neta lai man par6 ra?
ReplyDeletethikai cha jati comment diye pani tyestai ho hami sabai lai thulo hunu parcha.
ReplyDeletemanche ko ho k ho bhanera na buje kasaile pani kasaiko biridha ma lekhna 1000 palta sochera lekhnu parcha.
Free wrriting ko artha jpt lekha pani ta haina ni aafo kartabya puryaune ho tyesko pratikriya bhaneko j pani aauna sakcha hamile dherai comment na hanu............
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।