• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, November 23, 2009

    चितवनलाई राजधानी बनाउन अभियान

    चितवन जिल्लालाई गणतान्त्रिक नेपालको नयाँ राजधानीका रुपमा स्थापित गर्न चितवनबासीले अभियान सुरु गरेका छन् ।
    अभियानका लागि राजधानी स्थापना पहल समिति मार्फत भएका हरेक गतिविधिहरुको तथ्यांकलाई अभिलेखीकरण गरी सूचना केन्द्र मार्फत सार्वजनिकीकरण गरिने प्रचार समितिका अनिल शर्मा विरहीले जानकारी दिनुभयो । पहल समिति अन्तर्गत गठित प्रचार-प्रसार समितिको बुधबार भरतपुरमा सम्पन्न बैठकले चितवनलाई राजधानी बनाउने विषय सबैको सरोकारका विषय भएकाले स्थानीय संचारमाध्यमहरुलाई पनि प्राथमिकता दिनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
    उप-समितिका संयोजक तथा एकीकृत माओवादीका चितवन जिल्ला इन्चार्ज अनिल शर्मा विरहीको अध्यक्षतामा बसेको बैठकले राजधानी निर्माणका लागि आउने दिनहरुमा गरिने प्रचारात्मक अभियानलाई अगाडि बढाउने भन्ने विषयमा छलफल गरेको छ । अभियानका लागि आगामी बुधबार स्थानीय सबै संचारमाध्यमका प्रमुखहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
    बैठकले राजधानी निर्माणका लागि अहिलेसम्म भएका सबै अभियान, छलफल, बैठक, अन्तरक्रिया, भेटघाट लगायतका गतिविधिहरुलाई तथ्यांकका रुपमा राख्नका लागि उपलब्ध गराई दिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै चाहिएको बेलामा सबैले सूचना तथा जानकारी पाउन सक्ने गरी सूचना केन्द्रको स्थापना तथा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete