• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, October 2, 2009

    गहिरो आर्थिक मन्दी सकियोः मुद्रा कोष

    इस्तानाबुल असोज १५ (रोयटर्स)- अन्तराष्ट्रिय मुद्रा कोषले एशियाको अर्थतन्त्र सुधारले अन्तत विश्व अर्थतन्त्र गहिरो आर्थिक मन्दीवाट मुक्त भएको प्रतिवेदन सार्वजनिक गरेको छ। कोषले बिहीवार सार्वजनिक गरेको विश्व आर्थिक परिदृष्यमा मन्दी सकिए पनि आर्थिक बृद्धिदर भने सुस्त नै रहेको उल्लेख छ। प्रतिवेदनले विश्व आर्थिक संकट सकिएको घोषणा गरेको छ। 

    पुर्नउत्थान सुरु भएको छ, धेरै देशका वित्तीय बजार सुधार उन्मुख छन् सन् २०१० मा अझ सकरात्मक प्रभाव पर्ने देखिएको छ' कोषका प्रमुख अर्थशास्त्री ओलिभर ब्लानचार्डले कोष र विश्व बैंक समुहको बैठक सुरु भन्दा अघि आयोजित पत्रकार सम्मेलनमा भने।

    कोषले विश्व अर्थतन्त्र सन् २०१० मा ३ दशमलव १ प्रतिशते विस्तार हुने पुर्व अनुमान सार्वजनिक गरेको छ। यो यस अघिको प्रक्षेपण भन्दा बढी हो। ब्लानचार्डले विश्व अर्थतन्त्र कस सन्तुलनमा आउंछ यसमा आर्थिक बृद्धि निर्भर रहेको बताए। 'विशेषग चीन जस्ता निर्यातमुखी देशको आन्तरिक उपभोगमा बृद्धि र बढी खर्च गर्ने अमेरिकाको बचतमा पुर्नउत्थान निर्भर छ' उनले भने।
    जी -२० समुह भित्र आवद्ध देशले आर्थिक बृद्धिलाई सन्तुलन बनाउन पहल गर्न सहमत भएका थिए।  कोषले आउने बर्ष चीनको अर्थतन्त्र ९ प्रतिशतले बृद्धि हुने अनुमान सार्वजनिक गरेको छ। यो यस अघिको अनुमान भन्दा बढी हो। यस्तै जापानको अर्थतन्त्रपनि सुधार प्याकेजले गर्दा १ दशमलव ७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ। अमेरिका र युरो क्षेत्रको बृद्धि सकरात्मक भए पनि सुस्त हुने कोषको अनुमान छ। कोषले मन्दीवाट बढी प्रभावित पुर्वी युरोपको अर्थतन्त्रमा पनि पुर्नउत्थान हुने प्रक्षेपण गरेको छ।
    सरका हस्तक्षेपले गर्दा विश्वमा आर्थिक सुधार देखि पनि यो रोकिंदा पुन पुरानो स्थितिमा फर्खिने जोखिम रहेको प्रतिवेदनमा छ।




    No comments:

    Post a Comment