• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 19, 2009

    देउसीभैलोको 'राजनीतिकरण'

    गजेन्द्र बोहरा, दाङ, कात्तिक १- पार्टीका झन्डा र राजनीतिक नारा लिएर देउसी भैलो खेल्ने यहाँका दलहरुले परम्परालाई समेत राजनीतिकरण गरेका छन्। दाङ जिल्लाका राजनीतिक दलहरुले यसपालिको तिहारमा छुट्टाछुट्टै भैलो निकालेका छन्।
    यहाँ सबैभन्दा पहिले नेकपा एमालेले भैलो खेल्न सुरु गरेको हो। उसले शुक्रबारैदेखि भैलो खेल्न सुरु गरेको हो। कसैले संस्थागतरुपमै वर्षौँदेखि भैलो खेल्ने परम्परालाई निरन्तरता दिएका छन् भने कसैले यसपालिदेखि भैलो कार्यक्रमको आयोजना गरेका छन्। भैलोका उद्देश्य भने सबैका एकै छन् 'आपसी सदभाव कायम राख्ने र जनतामाझ पुग्ने।' योसँगै उनीहरुको उद्देश्यसँग आर्थिक संकलन पनि जोडिएको छ।
    नेकपा एमाले दाङले जिल्लाका घोराही, तुलसीपुर र लमहीमा भैलो खेल्ने कार्यक्रम तय गरेको छ। 'जनता र कार्यकर्तामाझ सद्भाव फैलाउन हो' एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्यले भने 'पार्टीको लागि आर्थिक संकलन पनि हुन्छ।'
    एकीकृत नेकपा माओवादीले भने तिहारमा भैलो नखेल्ने भएको छ। संस्थागत रुपमै उसले तिहारमा भैलो नखेल्ने भएको हो। तर पार्टीका जनवर्गीय संगठनहरुले भने भैलो कार्यक्रमको आयोजना गरेको उसले जनाएको छ। उसका भातृ संगठनहरु, विद्यार्थी, कलाकार तथा वाइसीएललगायतले गाउँगाउँमा भैलो निकालेका छन्। त्यस्तै नेपाली कांग्रेसले पनि भैलो कार्यक्रम नगर्ने भएको छ।
    त्यसैगरी नेकपा मालेले पनि आइतबारदेखि घोराहीबाट भैलो सुरु गरेको छ।घोराही तुलसीपुर तथा लमहीलगायतका स्थानमा भैलो खल्ने मालेका जिल्ला सचिब गणेश केकेले जानकारी दिए। संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले पनि भैलो निकाल्ने भएको छ। २०४६ सालपछि निरन्तररुपमा उसले भैलो कार्यक्रमलाई कायमै राखेको छ। यसपालीको भैलोमा भने उसले संघीयताको विरोधमा आफ्नो भैलो गीत प्रस्तुत गर्नेछ।'संघीयताको विरोधमा जनवादी भैलो'को नारा लिएर भैलो खेल्न थालेको जनमोर्चाले जनाएको छ। 


    बाटो छेक्नेलाई कारबाही
    यसैबीच जिल्ला प्रशासन कार्यालयले भैलोको नाममा सवारी रोक्ने र बाटो छेक्नेहरुलाई कारबाही गर्न जनाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सबैलाई त्यसो नगर्न पनि आग्रह गरेको छ।'बाटो छेक्ने र जनजीवनमा असर पार्ने काम गर्नेलाई नियन्त्रणमा लिइने छ' प्रमुख जिल्लाअधिकारी ऋषिराम ढकालले भने 'राजमार्ग तथा बाटै छेकेर पैसा असुल्न दिन्नौं।' भैलो खेल्ने समूहहरुले बाटै छेकेर सवारी र यात्रुहरुसँग 'दान'को नाममा पैसा असुल्न थालेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो। प्रमुख जिल्लअधिकारी ढकालले त्यसका लागि स्थानीय प्रहरीहरुलाईसमेत निर्देशन दिइसकेको बताए।



    युथफोर्स राजनीतिक नारा लगाएर भैलो खेल्दै

    No comments:

    Post a Comment