• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    एनआरएनको नाममा खुल्लापत्र

    http://www.hamroblog.com/?p=2661
    श्रीमान गैर आवासिय नेपाली
    जो विश्वका कुना कुनामा पुगेर बस्नुभएको छ ।
    विषय : ध्यानाकर्षण
    सर्बप्रथम गैर आवासिय नेपाली संघको चौथो सम्मेलन गर्दै हुनुहुन्छ । सम्मेलन कुनै राजनीतिक वाद र ब्यक्तिगत आकांक्षामा रुमल्लीएर नभाडियोस यही शुभकामना । सफलताका साथ विनाकुनै विवाद नेतृत्वकर्ता छान्नुहोला । विषेशत अहिले तपाईहरु मातृभुमी नेपालप्रति दोहोरो नागरिकता अनी विषेश सुविधान पाउनुपर्ने २ वटा माग अगाडि सारिरहनुभएको छ । त्यही विषयप्रति ध्यानाकर्षण भएकोले यो पत्र कोरेको छु ।
    दोहोरो नागरिकताको माग उठाउनेहरु प्राय सम्पन्न हुनुहुंदो रहेछ । भन्नलाइ यो माग सबै गैर आवासिय नेपालीहरुको भन्नु भएको त छ । तर, केवल श्रमका लागि खाडी लगायतका राष्ट्रमा कठिन श्रम गरिरहेकाहरु यो मागमा सहमत छैनन । जो आर्थिक रुपमा सम्पन्न हुनुहुन्छ अनी नेपाल फर्केर यहांको हावापानी र जीवनशैलीमा भिज्न सकिन्न भन्नेमा निश्चित हुनुहुन्छ यो दोहोरो नागरिकताको माग सबैभन्दा बढि त्यही वर्गकाले उठाइरहनु भएको छ । अनी त्यही वर्गलेनै विशेष सुविधा समेत माग गरिरहनुभएको छ ।
    केही एनआरएनहरुसंग भेट गर्दा बढो सानले राष्ट्रले मलाइ के दियो भन्ने हैन मैले राष्ट्रलाइ के दिए भन्ने हो भनेको पनि सुनेको हुं । तर अहिले तपाइहरु राष्ट्रलाइ दिने हैन लिने मात्र कुरा गरिरहनु भएको छ । दिने विषयमा पनि तपाइहरुमाझ फाट्टफुट्ट छलफल भएको सुनेको हुं । तर ति दिने विषय छलफलभन्दा अगाडि बढ्न सकेको देखेको छैन मैले ।
    दोहोरो नागरिकता र विशेष सुविधाको माग तपाईहरु लगानीको दृष्टीकोणवाट उठाइरहनु भएको छ । दोहोरो नागरिकताको सुविधा पाउन सके नेपालमा आएर लगानी गर्ने अनी देश विकास गर्ने गफ दिइरहनु भएको छ । लगानी मैत्रि बन्यो भने के तपाइहरु मात्र हुनुहुन्छ नेपालमा उद्योग खोल्न चाहने ? यदी लगानी मैत्री वातावरण बन्ने हो भने धेरै यस्ता विदेशीहरु छन जो नेपालमा आएर उद्योग चलाएर नाफा कमाउन पर्खेर बसिरहेका छन । त्यसैले मलाइ यो तर्क अलि ठिक लागेन । केवल लगानीका लागी मात्र किन दोहोरो नागरिकता दिने ?
    बाध्यताबस होस या अर्थको लोभमा परेर होस, तपाइहरुले नेपाली नागरिक बनिरहने मोह त्यागेर विदेशी नागरिक बन्न स्विकार गर्नुभएको सत्य हो नी ? तपाईलाई यो राष्ट्रले नागरिकता त्याग त भनेको हैन नै । तपाइहरु आफैं अर्को देशको नागरिकता लिन पाए फाइदा हुन्छ भनेर राष्ट्रियतालाई नाफा घाटासंग दांजेर स्वच्छाले नेपाली नागरिकता त्याग्नु भएको हो । त्यसैले अहिले आएर भातृ भुमिको माया लागेर पुन मातृ भुमिको नागरिकता चाहियो भनिएको हो भन्ने कुरा मिथ्या भ्रम बाहेक केही हैन भन्ने लाग्यो मलाई त ? अहिले आएर दोहोरो नागरिकताको विषयको उठान गर्नुको पछाडि कुनै कुटील स्वार्थ लुकेको आभाष आइरहेको छ । के यो केवल भ्रम मात्र हो त ?
    यदी यो भ्रम हो र तपाइहरु साच्चिकै नेपाली भएर बस्न लालायित हुनुहुन्छ भने जसरी स्वच्छाले नेपाली नागरिकता त्याग्नुभएको थियो त्यसरी नै विदेशी नागरिकता त्यागेर सधैका लागि नेपाल किन आउन सक्नुहुन्न ? यत्रो वर्ष विदेशी भुमिमा श्रम र सिप खर्चेर तपाइले नेपालमा बसेर सहज रुपमा जीवनयापन गर्ने हैसियत त पक्कै बनाइसक्नु भएको छ । किन तपाइ त्यो विदेशीभुमिको मोह त्यागेर सधैका लागि नेपाली बन्ने हिम्मत गर्नुहुन्न ? केले रोकेको छ तपाइलाइ त्यो निर्णय गर्न ? त्यसपछि त दोहोरो नागरिकताको पनि टन्टै सकियो । तपाइ सधै नेपाली रहनुहुन्छ । नेपालीभुमिमै रहनुहुन्छ ।
    यदी म भ्रममा नभए यसरी विदेशी नागरिक त्यागेर सधैका लागि नेपाली बन्न तयार हुने संख्या अपवादमा एकाध होलान । त्यो पनि असम्भव छ । कारण,सुविधासम्पन्न भैभवशाली जीवन । आर्कषक पैसा अनी अन्य अन्य केही बाध्यता । कि हैन ?
    गैर आवासिय नेपाली नेपालमा कल्याणकारी काम गर्न कत्तिको इच्छुक रहेछन भन्ने त तेस्रो सम्मेलनमा पारित भएको प्रत्येक राष्ट्रिय समन्वय समितिले एक जिल्ला एक परियोजना चलाउने अनी एक सय मिलियन डलरको नेपाल इन्भेष्टमेन्ट फन्डको हालतवाट प्रष्ट भएन र कुन खालको लगानी भित्रिने रहेछ भनेर ?
    नेपालको स्वास्थ्य र शिक्षामा खोइ तपाइहरुले लगानी गर्नुभएको ? तपाइहरुको नेपालमा लगानी भए भब्य बंगला किन्न र सानदार गाडि किन्नमा सिमित बनेको छ होला , भब्य होटलमा रात विताउन केही रकम खर्च भएको छ होला ? बांकी कुन क्षेत्रमा कुन गैर आवासिय नेपालीले कति लगानी गरे खै अहिलेसम्म ?
    लगानी नै नभित्रिएको हैन तर, कुनै ब्यक्तिविशेषवाट भित्रिएको छ । अझ नामै भन्नुपर्दा उपेन्द्र महतोले केही क्षेत्रमा लगानी गर्नुभएको छ । मेरो मोवाइल स्थापना भएको छ, पशुपतिमा किरियापुत्री भवन बनेको छ । सिराहामा अस्पताल बनेको छ । तर कस्कस्ले लगानी गरे यसमा ? केवल एक ब्यक्तिको लगानी देखिन्छ अहिलेसम्म यसमा ।
    तपाइहरुसित सिप छ अनी पुजीपनि छ । त्यसैले स्वदेशमा बसेकाहरु तपाइप्रती आशावादी आंखा लिएर बसेका छन । एनआरएनहरुले मातृभुमिलाइ माया गरेर आर्थिक र सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने धेरै अपेक्षा रहेको छ । तर,के ति आकांक्षा पुरा गर्ने प्रारम्भसम्म भएको छ ? तपाइहरु त आफु त जानुभयो भयो आफ्ना सन्तान र सकेसम्म आफना परिवार र नातेदारलाइ समेत एनआरएन बनाउने अभियान हुनुहुन्छ ? के यो गलत भने र ?
    सहज अवस्थामा धेरै सहयोगि निस्कन्छन । आफ्नाले गर्ने सहयोग भनेको संकटमा नै हो । तर, तपाइहरु पनि पराइ झै शुरक्षित वातावरण भन्दै पन्छिएर बसिरहनु भएको छ ? अनी किन दिने दोहोरो नागरिकता ? सरकारले तपाइहरुको पहिचान गरेन भन्ने हो भने १० वर्षिय परिचय पत्रको व्यवस्था गरेको छ नै । यदी मन भए त्यसैको आधारमा तपाइहरु राष्ट्रको मुहार फेर्न सक्रिय हुनसक्नुहुन्छ नै । तर सक्रिय भइरहनुभएको छैन । यदी तपाइहरु त्यसैको आधारमा नेपालको शिक्षा, स्वास्थ्य अनी सामाजिक र आर्थिक विकासमा सक्रिय हुने हो भने तपाइहरुले सम्मेलन गरेर दोहोरो नागरिकताको अलाप गर्नैपर्दैन । समस्त नेपालीहरु तपाइहरुको पक्षमा उभिएर सरकारलाई बाध्य पार्ने छ दोहोरो नागरिकताका लागि । तर, त्यसका लागि पहिला प्रतिवद्धता त पुरा हुनु प¥यो नी हैन र ?
    आवेशमा चित्तै कुडिने कुनै शब्द परेको भए माफी चाहन्छु । हस त अहिलेलाई यत्ति । बांकी गुनासो पछि बोकेर आउनेनै छु ।
    उही
    चरम संकटमा पनि नआत्तिइ नेपालमै कर्मभुमी बनाइरहेको एक नेपाली
    मिति : २०६६-०६-२६

    No comments:

    Post a Comment