समयको पदचाप पछ्याउँदै एउटा विशेष यात्रामा निस्किएका उनीहरू एउटा अन्तरालपछि फक्रिए, फले र फैलिए । चुनौतीका अनेक चरणबाट पार पाएपछि तिनले परिपक्वता हासिल गरे । सम्भावनाका अनन्त स्वरूपलाई आत्मसात् गरेपछि तिनलाई अनुभव भयो, जीवनले सफलताको कीर्तिमान कायम गरेछ ।
हामी गैरआवासीय नेपाली अर्थात् एनआरएनहरूको चर्चा गरिरहेका छाँै, जसले दुनियाँका पाँचै महादेशमा व्यावसायिक सफलताका माइलखुट्टी गाडेका छन् । आफू समृद्ध भएर मात्र नपुग्ने रहेछ, मातृभूमिसमेत समुन्नत हुनुपर्ने रहेछ भन्ने भावना हामीले उनीहरूभित्र पाएका छाँै ।
व्यक्तिगत स्तरमा आ-आफ्नै व्यावसायिक साम्राज्य खडा गरेका उनीहरू अब नेपालको समृद्धि अभियानमा सहभागी हुन चाहन्छन् । भनिरहनु पर्दैन, उनीहरूले नेपालमा भित्र्याउने लगानीमा नाफाको आशयभन्दा देशप्रतिको भावना र नागरिक कर्तव्यको अंश बढी हुनेछ । त्यही भएर उनीहरूले सामाजिक सेवाको क्षेत्रबाट नेपालमा लगानीको शुभारम्भ गरेका छन् ।
तर, चुनौती त्यहाँ परदेशमा रहँदा पनि थिए, यता स्वदेशमा पनि छन् । लामो द्वन्द्वबाट तंगि्रँदै गरेको मातृभूमि चुनौतीविहीन छ भन्ने उनीहरूले पनि पक्कै ठानेका छैनन् । यसका लागि समुचित व्यावसायिक वातावरणको खाँचो पर्छ, जुन राज्यले बुझिदिनुपर्छ ।
गैरआवासीय नेपालीहरूले संसारका सारा बन्धनका बाबजुद मातृभूमिलाई सम्भिmएका छन् । उनीहरू स्वदेशका लागि ठोस उपलब्धि सिर्जना गर्न चाहन्छन् । उदाहरण बन्न चाहन्छन् । आफ्नो उपलब्धिबाट देशबासीलाई लाभान्वित बनाउन चाहन्छन् भन्ने सन्देश उनीहरूले सम्प्रेषण गरेका छन्, यसलाई समाजले सम्मान गर्नुपर्छ ।
छोटो समयमा ती सबैसँग सम्पर्क सम्भव नभए पनि विदेश गएर समृद्धि कमाएका केही नेपालीसँग सम्पर्क कायम गर्न हामी सफल भयौँ । र, तिनैको सफलताका कथा प्रस्तुत गर्ने जमर्को गरेका छौँ । तर, विदेशमा गएर सफल, समृद्ध र सुविचारित हुने नेपालीहरू यति मात्रै होइनन्, अरू पनि थुप्रै छन् । हामीले प्रस्तुत गरेका यी सफलताका कथा केही प्रतिनिधि पात्रका मात्र हुन्, जसबाट सिंगो नेपाली डायस्पोराले कमाएको समृद्धिको आकलन गर्न सकियोस् भन्ने हाम्रो ध्येय हो ।
कल्पनातीत सफलताका सारथि
सबैभन्दा धनी नेपाली को होला ? यो उत्तर ठ्याक्कै त्यति सहज छैन । तर, यति हुँदाहुँदै पनि दुई-तीन जनाको नाम भने तुरुन्तै आउँछ । त्यसमध्येको एउटा नाम हो, उपेन्द्र महतोे । देशबाहिर अझ युरोपमा करबि १२ हजारलाई रोजगारी दिइरहेका यी नेपालीको नाम आउनु स्वाभाविक पनि हो ।
"म नेपालका धनीमध्ये एक हुनसक्छु तर मेरो विचारमा सबै नेपाली तन, मन, धनले सम्पन्न छन् र म पनि त्यसैभित्रको एक हुँ," महतो भन्छन् । पूर्वीतराई सिराहा कर्जन्हाको सामान्य किसान परविारमा जन्मेका महतोको व्यावसायिक सञ्जाल रुस, बेलारुसलगायत एसिया, अमेरकिा र युरोपका विभिन्न देशहरूमा फैलिइसकेको छ ।
सन् १९६३ मा जन्मेका महतो स्थानीय जनसेवा माध्यमिक विद्यालय कर्जन्हाबाट प्रवेशिका उत्तीर्ण गरी १९७७ तिर काठमाडौँ छिरेका थिए । पढाइ शुल्क तिर्न नसकेर विद्यालयमा नाम काटिँदाको क्षणलाई बाल्यकालको अत्यन्त दुःखद क्षणका रूपमा सम्झन्छन् उनी । "इँटाढुंगा आदि जोडेर घर बनाउने इन्जिनियर हो भन्ने थाहा पाएपछि बच्चैदेखि इन्जिनियर हुने रहर थियो," बाल्यकाल सम्भ“mदै महतो भन्छन् । भैँसी चढ्दै, खेलकुद गर्दै र पढ्दै उनको बाल्यकाल बित्यो । त्यही बाल्यकालको सपना पूरा गर्न उनी हान्निए, पुल्चोक इन्जिनियरङि् क्याम्पसतर्फ ।
अहिले विश्वभर व्यापारकि सञ्जाल विस्तार गररिहेका महतोको काठमाडौँको डेरामा चोरी भएर घडी किन्न नपाएको घटना आजसम्म दुःखी बनाउनेमध्येको एक प्रसंग हो । "छात्रवृत्तिको पैसाले घडी किनुला भनेर राखेको त राती नै चोरी भयो," उनी सम्झन्छन्, "प्रथम स्थानमा ओभरसियर पास गर्दाको अनुभव भने सबैभन्दा सुखद थियो ।" त्यहाँबाट उनले सिभिल ओभरसियर पास गरे र जागिर खान लागे मोरङ सिँचाइ योजना विराटनगरमा । "त्यहाँ व्याप्त घूसखोरीले साहै्र चिन्तित तुल्यायो," पहिलो जागिरको अनुभव सुनाउँछन् महतो ।
यसैबीच, उनले रुसमा इन्जिनियरङि् अध्ययन गर्ने अवसर पाए, जुन उनको जीवनको कोसेढुंगा सावित भयो । उनले रुसमा हाइड्रोपावर विषयमा स्नातकोत्तर र सोही विषयमा विद्यावारििध पनि गरे । विदेशमा गएर पहिरो र भूक्षय व्यवस्थापनमा विशेष विद्यावारििध -डीएससी) उपाधि हासिल गर्ने उनी सम्भवतः पहिलो नेपाली हुन् ।
त्यसलगत्तै उनी व्यवसायतर्फ पनि आकषिर्त भए । त्यसअघि नै रुसमा व्यापार गररिहेका अग्रज नेपाली भरत पौडेलबाट उनले व्यवसाय गर्ने प्रेरणा पाए, जुन कुरा उनी जहिले पनि भनिरहन्छन् । पहिलो व्यवसाय सम्भि“mदै उनी भन्छन्, "आफूसँग भएको पाँच सय डलरमा साथीसँग सापटी लिएको पाँच सय थपी कुल एक हजार डलरले व्यवसाय सुरु गरेको हुँ ।"
हाल उनको रुसमा ज्वाइन्ट स्टक कम्पनी रुबिन, फिलिओन, भिक्ट्री पार्क एन्ड कम्प्लेक्स, रुबिन टीभी इन्डस्टि्रजलगायतका कम्पनी छन् । मध्य मस्कोमा उनीद्वारा सञ्चालित गर्बुस्का नामक इलेक्ट्रोनिक्स बजार, जुन रुसको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजार हो । रुबिनले मुख्यतया रयिलस्टेट -घरजग्गा)को काम गर्छ । यस कम्पनीले रुसमा बहुतले भवनहरू निर्माण गररिहेको छ । उनको लगानीमा स्थापित रुबिन ब्रान्डका टीभी रुसी बजारमा लोकपि्रय ब्रान्ड हो, जुन कम्पनी बिक्री भइसके पनि ब्रान्ड रोयल्टी भने उनले प्राप्त गर्छन् । यसैगरी फिलियोन त्यहाँको ठूलोमध्येको एक डिपार्टमेन्टल स्टोर हो । भिक्ट्री पार्क एन्ड कम्प्लेक्समा होटलसँगै अफिसहरू सञ्चालित छन् । यो निर्माणाधीन छ ।
रुसी अर्थतन्त्रमा उनको योगदानको कदर गर्दै त्यहाँको इन्टरनेसनल एकेडेमी अफ म्यानेजमेन्टले उनलाई सन् २००७ मा 'म्यानेजर अफ द इयर'बाट पनि सम्मानित गरेको छ ।
यसैगरी उनको दरलिो व्यावसायिक उपस्थिति भएको मुलुक हो, बेलारुस । त्यहाँ उनीद्वारा सञ्चालित आम्कोदोर हेभी इक्युपमेन्ट्सलगायतका कम्पनी छन् । यस कम्पनीले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युपमेन्टको निर्माण गर्छ । त्यहाँको ब्यांकिङ् क्षेत्रमा पनि महतोले लगानी गरेका छन् । यसबाहेक उनका चीन, अमेरकिा, साइप्रस, इटलीलगायतका देशमा पनि लगानी परयिोजनाहरू सञ्चालित छन् । यी देशहरूमा महतोको मुख्य गरी रयिलस्टेटमा लगानी छ ।
महतो नेपाल रुस उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । विश्वभर व्यापार विस्तार गररिहेका नेपाली उद्यमी महतोबारे नेपालमा बढी चर्चा हुन थालेको भने एक दशक मात्रै भएको छ । व्यावसायिक उपस्थितिभन्दा पनि उनको अगुवाइमा थालिएको गैरआवासीय नेपाली -एनआरएन) संघको अभियानले उनीबारे धेरै नेपालीले जानकारी पाउन थालेका हुन् । "मेरो नेपाली पासपोर्ट छ, म व्यापार विस्तारमा धेरै देश घुम्नुपर्ने, नेपालको पासपोर्ट देख्दा विदेशीहरूले गर्ने व्यवहारले निकै मन कुँडियो," नेपालमा लगानी र सामाजिक सेवा प्रवेश गर्नुको कारण यसरी सम्झन्छन्, "देश धनी नभई व्यक्ति मात्रै धनी भएर कुनै अस्तित्व नरहने रहेछ भन्ने लागेर यो अभियानमा लागेको हुँ ।"
उनको नेपालमा स्पाइस नेपाल, मेडिकेयर अस्पताल, सानिमा हाइड्रो, कान्तिपुर टेलिभिजनलगायतमा लगानी छ । यीमध्ये धेरैजसो एनआरएन अभियान सुरु भएपछि आएका हुन् । स्पाइस नेपाल निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी हो, जसले मेरो मोबाइलको नामबाट सेवा दिइरहेको छ । महतोका नेपालमा मात्र नभई युरोपका केही मुलुकहरूमा समेत टेलिकम्युनिकेसनमा लगानी छ । राजधानीको चाबहिलमा रहेको मेडिकेयर निजी क्षेत्रको अस्पताल हो । सानिमा हाइड्रोले इलामको माइखोलालगायतका केही अन्य परयिोजनामा लगानी गररिहेको छ । भन्छन्, "मेरो सफलताको कारण मैले आफूले पाएको अवसरको सदुपयोग गर्न सकेको भएर हो ।"
उनले व्यावसायिक लगानी मात्रै नभई सामाजिक सेवामा पनि लगानी गरेका छन् । उनी आमा फूलकुमारी महतो स्मृति कोषमार्फत च्यारटिीको काम गररिहेका छन् । त्यस अन्तर्गत उनले पशुपतिमा किरयिापुत्री भवनको निर्माण गरेका छन् भने सिराहाको कर्जन्हामा परोपकार अस्पताल बनाउँदै छन् । यसैगरी सिराहाकै बन्दीपुरमा माध्यमिक विद्यालय स्थापना गरेका छन् । यसरी नै बेलारुस र नेपालमा धेरै विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिइरहेका छन् ।
उनीलगायत नेपालबाहिर बसोबास गररिहेका नेपालीहरूको अभियानले सन् २००३ मा नेपालमा पहिलोपटक गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आयोजना गरेर औपचारकि प्रवेश पाएको हो । अहिले गैरआवासीय नेपाली संघको सञ्जाल करबि ५६ देशमा विस्तार भइसकेको छ, जहाँ एनआरएन राष्ट्रिय समन्वय परष्िाद् गठन भएका छन् । नेपालको विकासका लागि नेपालबाहिर बसिरहेका नेपालीहरूको जागरुकता भए पनि नेपालमा कुनै उल्लेख्य आर्थिक उपलब्धि भएको छैन । भन्छन्, "म राजनीतिज्ञहरूलाई दोष दिन चाहन्नँ, विकास प्रयास जसले थाले पनि हुन्छ, व्यवसायीको पनि आर्थिक विकासमा उत्तिकै योगदान रहनसक्छ । व्यवसायी र राजनीतिज्ञबीच सहकार्य गरेर विकासलाई अगाडि बढाउनुपर्छ ।"गोकर्ण अवस्थी
इमान र समर्पणका कडी
"छ नु दाइ तपाईं कहाँ हुनुहुन्छ, ?" उनी दर्शकदीर्घातिर आँखा बिछ्याउँछन् । तर, उनका दृष्टिमा छनुको स्वरूप देखा पर्दैन । उनी फेर िभन्छन्, "दाइ तपाइर्ं यहाँ हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनोस् ।" काँधमा गम्छा भिरेका एक वृद्ध पछिल्लो लहरबाट उठेर लाठी टेक्दै विस्तारै मञ्चमा आउँछन् । उनी भावविभोर भएर वृद्धलाई अँगालो हाल्छन् ।
केही दिनअघि चितवनमा खेमलाल-हरकिला लामिछाने समाज-कल्याण प्रतिष्ठानद्वारा आयोजित पद्मश्री साहित्य-सम्मान समारोहमा सभापतिको आसनबाट आफ्ना उद्गारहरू व्यक्त गर्ने क्रमको बिट मार्दा उनी भावुक देखिए । जीवा लामिछाने आज नाम र दामको जुन सम्पन्न शिखरमा छन्, यस प्रसंगको पृष्ठभूमि चाल पाउन झन्डै अढाइ दशकअघिको समय र अवस्थामा र्फकनुपर्ने हुन्छ ।
घटना २० सेप्टेम्बर १९८६ को हो । राती अबेरसम्म बाआमासँग कुराकानी गरेर सुतेका जीवाका आँखा बिहान खुल्दा राप्ती नदी वारपार जलमग्न थियो । पदमपुर बस्तीछेउको दुई किलोमिटर बगर बाढीले पूरै ढाकेको थियो । उनलाई पर्सिपल्ट रुस उड्नु थियो । त्यसैले त्यस दिन बाआमाको आशीर्वाद थापेर उनलाई जसरी पनि काठमाडौँ पुग्नुपर्ने थियो । केही उपाय लाग्छ कि भनेर एक जना पुराना माझीलाई अनुरोध गरे तर उनले वृद्धावस्थाको कारण देखाएर असमर्थता प्रकट गरे । अनि, उनी पुगे छनु महतोकामा, जसले उनलाई त्यसदिन डुंगा पार गराएका थिए । छनुको बूढो स्मृतिमा पनि यो घटना ज्यूँकात्यूँ रहेछ । जीवाले अँगालो हालेपछि फेर िएकपल्ट छनुले त्यस घटनालाई सम्झे ।
यो त एउटा सुरुवाती चुनौती मात्र थियो, उनको जीवनमा । यसलाई पहाड ठानेको भए सिला खोजेको १ सय ५० अमेरकिी डलर बोकेर घरबाट निस्केका यी किशोर आज अरबौँसँग खेल्न कहाँ समर्थ हुन्थे र ! आज जीवा लामिछानेको व्यापारकि कम्पनी क्रिस्टल रुसभरकिा दस सर्वोच्च धनी सप्लायर्स -आपूर्तिकर्ता)मध्ये पर्छ । लगानीका लागि एक पैसो पनि घरबाट नलगी उनी यति माथिल्लो स्तरको व्यापारी हुनसके । उनले यस सफलताका पछि तीनवटा कडी देखेका छन्- समर्पण, इमानदारी र विश्वास ।
जीवा यसो भनिरहँदा उनको पुख्र्यौलीतिर पनि एक झल्को चिहाउन मन लाग्छ । उनी चितवनको पदमपुरमै जन्मेका हुन् । तर, बुबा पोखराभन्दा अलिक माथि पर्ने अर्मला छहरापानी भन्ने ठाउँबाट ४८ वर्षअघि चितवन बसाइँ सरेका हुन् । उनी आफ्नो र पुर्खाको विगतको बेलिविस्तार लगाउँदै जान्छन्, "बुबा टुहुरो हुनुहुन्थ्यो, साह्रै गरबिी थियो । दुई छाकको गाँस र एक धरो लुगाकै पनि अभाव थियो ।" यस सीमान्त गरबिीबाट मुक्ति खोज्न एक बिहान निस्के खेमलाल अज्ञात यात्रामा र पुगे भारत । उनले त्यहाँ आफ्नो उमेरका दिव्य १६ वर्षहरू चौकीदारी गरे । र, फर्किंदा त्यहाँबाट ल्याएको केही रुपियाँ र अर्मलाको जमिन बेचेर केही जमिन जोडे र पदमपुरमा बसाइँ सरे । जीवा रुस जाँदासम्म पिता खेमलाल लामिछाने आफ्नो जग्गाले नपुगेर अरूको जग्गा अँधियामा कमाउँथे ।
नेपाल सरकारको छात्रवृत्तिमा रुसमा पढ्दा नै उनले सानोतिनो व्यापार थालिसकेका थिए । बिदाका बेला छिमेकी मुलुकहरूमा घुम्न जाने निहुँमा उनीहरू त्यताबाट आफ्ना खल्तीले भ्याएसम्म विलासिताका सामानहरू ल्याएर छ/सात दोब्बर नाफा राखेर रुसीहरूलाई बेच्थे । त्यसबेला एक रुसीसँग मिलेर टेक्नोल्यान्ड नामक कम्पनी चलाउँथे, जसले इलेक्ट्रोनिक सामानहरूको कारोबार गथ्र्यो । मिखाइल गोर्वाचोभको 'ग्लास्तनोस्त' र 'पेरेस्त्रोइका' लागू भएपछि रुस उदारवादतिर भर्खरै लम्कँदै थियो र यस्ता सामानहरू भनेपछि रुसीहरू हत्ते गर्थे । यो क्रम बढ्दै जाँदा उनले आफ्ना अन्य मित्रहरूसँग मिलेर १९९२ मा खोलेको कम्पनीको नाम हो, क्रिस्टल । यो कम्पनी अहिले रुसमा इलेक्ट्रोक्सको व्यापार गर्ने ठूला कम्पनीहरूमध्ये पर्छ । उनी एकपछि अर्को सफलतासँग साक्षात्कार गर्दै आए । "हामीसँग पुँजी थिएन, यिनै कुराका आधारमा हामीलाई ठूलठूला व्यापारीहरूले उधारो दिए," जीवा भन्छन्, "किनभने, हरेकपल्ट लिएको उधारो हामीले भाकामै भुक्तान गर्यौँ र उनीहरूको विश्वास जित्यौँ ।" उनी उपयुक्त समय सटीक निर्णय गर्ने क्षमता राख्छन् । यिनै विविध विशेषताले एउटा सामान्य खेतीकिसानी गर्नेको छोरोलाई अन्तर्राष्ट्रिय जगत्मै ठूलो नेपाली व्यापारीमा स्थापित गराएको छ ।
लामिछाने परविारले अभाव र गरबिीविरुद्ध गरेको संघर्षसँग उनका साहिँलो छोरा जीवाको संघर्षको कथा पनि गाँसिएको छ । व्यापार सुरु गर्दा रुस संक्रमणकालमा थियो । कानुनी राज्यको परकिल्पनै हुन सक्तैनथ्यो । पसल खोल्नासाथ माफियाको हूल आउँथ्यो । उनीहरूले लेबी बुझाउनुपथ्र्यो । लेबी बुझाउन सकेन भने पसलमा सबैभन्दा महँगो सामान जे छ, त्यही उठाएर लैजान्थे । भारी सामान बोकेर ल्याएको ट्रकलाई डाँकाहरूले लुटेर लैजान्थे । कसैकसैका त चालकलाई समेत मारििदन्थे । सामानहरू धेरै त फिनल्यान्डबाट ल्याइन्छन् । यसबाहेक चीन, जापान र सिंगापुरबाट पनि आयात गरन्िछ । त्यसबेलाको स्थितिलाई सम्झँदै जीवा लामिछाने भन्छन्, "यस्ता कठिनाइहरू त कति हो कति तर व्यापारको ठूलो हिस्सा नै लुटे पनि हामीले आफूलाई धान्दै आयौँ, आइरहेका छौँ ।" अहिले नेपालमा सानिमा समूह अन्तर्गत उनीहरूको एक सञ्जाल छ । यस समूहले ब्यांक, जलविद्युत्, अस्पताल, कलेज सञ्चालन गर्छ र कान्तिपुर टेलिभिजनमा समेत लगानी गरेको छ । जीवा नेपालस्थित गैरआवासीय नेपालीहरूको संगठन अन्तर्गतको एनआरएन च्यारटिी टास्कफोर्सका अध्यक्ष हुन् । त्यसैले नेपालमा भएका समाजसेवासम्बन्धी कामको समन्वय गर्ने जिम्मेवारी पनि उनकै हो ।
जीवा लामिछानेको प्रसंग कोट्याउँदा उनको समाजसेवा र साहित्यिक रुचिलाई पनि सम्भिmनुपर्छ । यी उनका रुचि हुन् । साहित्य सेवाका लागि उनले खोलेका हुन्, खेमलाल-हरकिला प्रतिष्ठान र स्थापना गरेका हुन्, पद्मश्री साहित्य सम्मान ।
एनआरएन र आफ्नो व्यापारमा आज पनि धेरै समस्याहरू छन् । तर, उनी आफ्नो शिष्ट, नम्र, मिलनसार, सहयोगी स्वभाव र गम्भीर शैलीका कारण आफ्नो उद्देश्यको बाटोमा हिँड्न असजिलो अनुभव गर्दैनन् । यही स्वभाव र शैलीले उनलाई गन्तव्यसम्म पुर्याउनेछ । उनी आशावादी छन् ।रमण घिमिरे
शिखरमा शेष
एउटा सामान्य नेपालीझैँ उनी लमजुङको गुरुङ बस्ती, नायुङ गाउँमा जन्मे-हुर्के । गाउँकै एउटा प्राथमिक विद्यालयमा पढे । वषर्ायाममा पूरै पढाइ हुन्थ्यो, हिउँद लागेपछि बेसी झर्नुपथ्र्यो । र, खुला आकाशमुनि पढ्नुपथ्र्यो । यो असहज वातावरणमा पढ्न गाह्रो भयो भनेर बुबाले लमजुङकै दूराडाँडा स्कुलमा सारििदए । प्रत्येक महिना नुन, तेल, चामल छोरालाई पुर्याइदिन्थे । पछि प्रथम श्रेणीमा यिनले एसएलसी उत्तीर्ण गरे । यो साढे तीन दशकअघिको कुरा हो ।
समयले ठूलो फड्को मारेको छ, शेष घले, ५२, को जीवनमा । अहिले अस्टे्रलियाका १६४औँ सर्वाधिक धनी व्यक्तिमा उनको नाम गनिन्छ । अस्टे्रलियाको प्रतिष्ठित म्यागेजिन बीआरडब्ल्यूले हरेक वर्ष घोषणा गर्ने दुई सय धनी व्यक्तिहरूमा यस वर्ष उनको नाम पनि थपियो । अस्टे्रलियाको मेलबोर्नस्थित मेलबोर्न इन्स्िटच्युट अफ टेक्नोलोजी -मिट) सन् १९९६ मा उनी आफैँले खोलेका हुन्, जहाँ सूचनाप्रविधि, व्यवस्थापन, मोबाइल प्रविधि र अंग्रेजी भाषाहरूको पढाइ हुन्छ । कलेजमा मार्केटिङ्को काम पाएका घलेले एक्कासि कलेज गएर बेरोजगार बन्नुपर्दा आफँै कलेज खोल्ने निर्णय गरेका हुन् । "श्रीमतीसँगको सल्लाहपछि आफँै कलेज खोल्ने निर्णय गरेँ," मिट ग्रुप होल्डिङ् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक घले भन्छन् । अस्टे्रलियाका विभिन्न भागबाट यहाँ पढ्न आउनेहरूको संख्या झन्डै तीन हजार नाघिसक्यो । बि्रसबेन र पर्थमा पनि चाँडै यसका शाखाहरू खुल्दैछन् । आफ्नो शिक्षा-व्यवसाय निकै फस्टाएकामा हौसिएका पनि छन् उनी । भन्छन्, "पाँच वर्षभित्र यो विश्वविद्यालयमा रूपान्तरति हुनेछ ।"
त्यसो त घलेले रातारात यो सफलता भने पाएका होइनन् । यसका पछाडि थुप्रैका संघर्षका कथाहरू जोडिएका छन् । दुई दशकअघि अस्टे्रलिया छिर्दा उनले के मात्र गरेनन् । मेलबोर्नका रेस्टुराँमा भाँडा माझ्ने, होटलका भुइँ पुछ्ने, घरघरमा पत्रिका बाँड्नेजस्ता कामहरू गरे । अहिले त उनको दिनचर्या नै फेरएिको छ । उनी प्रायः बैठकहरूमा हुन्छन् । उनलाई भेट्न पत्रकारहरू समय माग्छन् । उनका हरेक काममा मिडियाको चासो छ । तीन महिनाअघि मात्रको प्रसंग हो । अस्टे्रलियाको मिडियामा उनी फेर िछाए । चर्चा पाउनुको पनि कारण छ । भएछ के भने मेलबोर्नको मुटु, सेन्ट्रल बिजनेस डिस्टि्रक्ट -सीबीडी)को सबैभन्दा ठूलो, धेरैले आँखा लगाएको र निकै महँगो करबि आठ रोपनी जग्गा उनले किने । त्यही खबरले उनी सर्वत्र चर्चाको विषय बने । उनले सञ्चालन गरेको मेलबोर्न इन्स्िटच्युट अफ टेक्नोलोजीलाई त्यहीँ सार्ने योजना रहेछ, त्यो पनि भव्य तरकिाले । पाँच हजार विद्यार्थी पढ्न मिल्ने विश्वविद्यालयमा पाँच सयजति विद्यार्थी अटाउने होस्टेल बनाउने योजनासहित । साथसाथै अरू भव्य भौतिक संरचना पनि बन्नेछन् । अनि, त्यसको लागतचाहिँ २० करोड अस्टे्रलियन डलर -करबि १२ अर्ब रुपियाँ) हुने अनुमान छ ।
"यदि एसएलसीमा फस्र्ट डिभिजन नआएको भए म अहिले बि्रटिस लाहुरे बन्थेँ," जीवनको त्यो पुरानो मोड सम्भ“mदै घलेले इमेल वार्तामा भने । एसएलसीपछि यिनले बाबुआमालाई मनाएर ओभरसियर पढ्न काठमाडौँ आए । 'टप टेन'मा परेपछि विदेश गएर पढ्न पाइन्छ भन्ने थाहा पाएपछि त्यसका लागि रातदिन मिहिनेत गरे । नभन्दै टप टेनभित्र परेरै छाडे । अनि, त्यही सफलताको सिँढीले उनलाई तत्कालीन सोभियत संघसम्म पुर्यायो, छात्रवृत्तिमा इन्जिनियरङि् पढ्नका लागि । दुर्भाग्य, त्यहाँ गएको केही समयपछि उनी दुर्घटनामा परे । डेढ वर्ष अस्पतालमा बस्नुपर्यो । पराया भूमिमा उनलाई यति विरक्ति लाग्यो तर जीवनप्रतिको आशावादी दृष्टिका कारण उनी संघर्ष गर्दैरहे ।
लामो समय अस्पतालबाट डिस्चार्ज भएर निस्किएपछि उनले सिभिल इन्जिनियरङि्मा स्नातकोत्तर पूरा गरे । छात्रवृत्ति एउटा सर्तमा दिइएको थियो, पढाइ पूरा गरेपछि नेपालमा चार वर्ष सरकारी सेवा गर्नुपर्ने । एउटा राजमार्ग निर्माणमा चार वर्ष इन्जिनियरका रूपमा स्वदेशमा उनले काम गरेर सर्त पनि पूरा गरे । पछि काठमाडौँमा एउटा पोस्टरले उनलाई अस्टे्रलियाप्रति आकषिर्त गरेपछि उनी त्यता हान्निएका हुन् । पोस्टरमा अस्ट्रेलियाका विभिन्न ठाउँहरू देखेपछि उनी आकषिर्त भएर १० वर्षे छोरा, श्रीमती जमुना घलेका साथ विदेश पसेका थिए ।
पढाइ अनुसारको 'करअिर'लाई निरन्तरता दिएको भए उनी अहिले सिभिल इन्जिनियरका रूपमा पुल, नहर, सडक आदिको निर्माणको सर्वेक्षण गररिहेका हुन्थे । तर, परििस्थतिले अर्कै ठाउँमा पुर्याएको छ । मेलबोर्न इन्स्िटच्युट अफ टेक्नोलोजी खोलेपछि त झन् उनले पछाडि फर्केर कहिल्यै हेर्नुपरेन । शिक्षालाई व्यवसाय बनाउँदै आएका घलेले ठूलाठूला कमर्सियल बिल्डिङ्मा पनि लगानी गरे । सात वर्षदेखि मेलबोर्नमा भवनहरू किनेको किन्यै छन् । यसबापतको प्रतिफल पनि सोचेभन्दा राम्रो छ । रयिलस्टेटमा लगानी गरेकै कारण आफू समृद्ध बन्न पुगेको उनी स्वीकार्छन् ।
अब आफू मात्र सफल बन्ने होइन, स्वदेशलाई पनि उनी केही दिन चाहन्छन् । विदेशमा बसेर जति कमाए पनि आफ्नो देश समृद्ध हुनुपर्छ भन्ने उनको धारणा छ । त्यसैले अस्ट्रेलियाको लगानी नेपाल भित्र्याउन उद्योग मन्त्रालयसँग अनुमति लिएर करबि एक अर्बको लगानी भइसकेको उनको भनाइ छ । मुख्य गरी पाँचतारे होटल निर्माण, ब्यांक तथा वित्तीय क्षेत्रमा लगानी भित्रिएको हो । अब जलविद्युत्मा पनि लगानी गर्ने उनले सोच बनाएका छन् ।
अस्ट्रेलियाको नेपाली समुदायमा शेष घले परििचत नाम हो । नेप्लिज एसोसिएसन अफ भिक्टोरयिाका संस्थापक घलेले सन् १९९७ देखि १९९९ सम्म भिक्टोरयिाका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्य दूत भएर काम गरेका थिए । त्यस अवधिमा नेपालको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धन गर्न उनले खूब प्रयत्न गरे । सफलताको कर्तव्यपथमा लागिपरे पनि नेपाली समुदायबाट टाढा रहनुपर्दा भने उनलाई दुःख लागेको छ । र, नेपालमा एकअर्काबीच विद्वेष बढेकामा पनि उनी उत्तिकै दुःखी छन् । भन्छन्, "राजनीतिक आस्था र जातीय पहिचान जे भए पनि आखिर हामी नेपाली हाँै ।"सिद्ध तिमिल्सिना
विश्वासका मेरुदण्ड
कु रो ४४ वर्षअघिको हो । करबि एक दर्जन छोराछोरीमध्ये कान्छा सन्तानका रूपमा यस धर्तीमा आए, अरुण ओझा । पूर्वी पहाड खोटाङको मध्यमवर्गीय किसान परविारमा जन्मेका कारण पनि होला, पढ्नेबाहेक खासै योजना थिएन दिमागमा । प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनको यात्रा विराटनगरतिर मोडियो ।
महेन्द्र मोरङ क्याम्पसबाट प्रथम श्रेणीमा नै आईएस्सी गरेपछि अरुणसँग विदेश पढ्न जाने विकल्पका बाटाहरू एकपछि अर्को खुले । भारत, बंगलादेश, रुसलगायतका देशमध्ये छात्रवृत्ति पाएको आकर्षक देश रुस नै लाग्यो उनलाई । उनी ०४३ सालमा त्यहाँ पुगे । युनिभर्सिटी अफ पिपल्स प|mेन्डसिप, मस्कोबाट भू-गर्भशास्त्रमा प्रथम श्रेणीमा प्रथम गरेपछि फेर िदुइटा बाटा खुले । मस्कोमा बसेर व्यापार गर्ने या नेपाल फर्केर आफूले पढेको विषयमा काम खोज्ने । अरुणले पहिलो बाटो रोजे । उनले रोजेको बाटो यति सही रहेछ कि करबि २० वर्षअघि उनले गरेको निर्णयको फलका लागि व्यापारमा उनका साथीसहितले फैलाएको सञ्जाल हेरे पुग्छ ।
संयोग कस्तो भने जतिबेला अरुणजस्ता युवा आफ्नो भविष्यका बारेमा निर्णय गर्दै थिए, उसैबेला रुसमा कम्युनिस्ट शासनको अन्त्य भयो । सरकारद्वारा नियन्त्रित वाणिज्य व्यापार सबैका निम्ति फुक्का भयो । यसपछि अरुणलगायतका नेपाली युवाले व्यापारमा हात हाले, जो त्यहाँ विद्यार्थीका रूपमा गएका थिए ।
साथीहरूसँग मिलेर इलेक्ट्रोनिक्सको व्यापार सुरु भयो । व्यापार बढ्दै गयो । यसको अर्थ थियो, नाफा पनि बढ्नु । अर्काको देशमा छोटो समयमा नै नेपालीले सफलता कमाउनुमा भाषागत ज्ञान मुख्य हो भन्ने अरुणको बुझाइ छ । भन्छन्, "अंग्रेजी, रुसी, हिन्दीजस्ता भाषामा पकड हुँदा रुसबाहिर व्यापार बढाउन मद्दत पुग्यो ।" व्यापार बढ्दै गएपछि आफू जन्मेको देशमा केही गर्नुपर्छ भन्ने निर्णय गर्यो अरुणलगायतको समूहले । सामूहिक व्यापार नफुटाईकन विभिन्न देशमा छरएिर व्यापार गर्ने सहमति भए अनुरूप अरुण नेपाल फर्किए । प्राविधिक ज्ञान र रुचिका आधारमा उनी जलविद्युत्को व्यापार सम्हाल्न सक्षम छन् भन्ने साझेदारहरूको राय थियो । उपेन्द्र महतो, जीवा लामिछाने, टेकराज निरौला, राम शाह, विनय श्रेष्ठ, घनश्याम थापालगायतको सहयोग, सल्लाह र सहमतिको पोको बोकेर उनी नेपाल फर्किए ।
अरुण आएपछि सुरु भयो, सानिमा हाइड्रोपावर प्राइभेट लिमिटेड । सानिमाको पहिलो सन्तानका रूपमा सुनकोसी साना जलविद्युत् आयोजनाबाट २.५ मेगावाट बिजुली उत्पादन सुरु भयो । अरू धेरै यस्ता योजना 'पाइपलाइन'मा छन् । इलामको माइखोलाबाट १५.६ मेगावाटले अबका तीन वर्षभित्रमा बिजुली दिइसक्नेछ, जसको लगानी तीन अर्ब बराबर छ । माई कास्केड नामक अर्को योजना ४.८ मेगावाट बिजुली दिने तयारीमा छ ।
सानिमा हाइड्रोपावरले करबि पाँच वर्षयता सानिमा हाइड्रोपावर एन्ड कन्सट्रक्सन प्रालिमार्फत पनि सेवा प्रदान गररिहेको छ । यसले हाइड्रोपावरका लागि चाहिने प्रारम्भिक अध्ययन, अनुसन्धान र प्रतिवेदन निर्माणमा भूमिका निर्वाह गर्छ । यसमा पनि अरुण ओझालगायतका विदेशमा बस्ने नेपालीहरू नै संलग्न छन् ।
सानिमा विकास ब्यांकका अध्यक्ष पनि अरुण नै हुन् । विकास ब्यांकका रूपमा स्थापित यो ब्यांक यसै वर्षभित्र कमर्सियल बनेपछि कुल पुँजी दुई अर्बभन्दा बढी हुनेछ । उनीहरूको समूहले सानिमा इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स दुवै कम्पनीका लागि सहमति मागेको छ सरकारसँग । भन्छन्, "जीवन र जीवनले आर्जेका दुवै चीजको बिमा जरुरी छ ।" बिमा नभएकालाई ब्यांकले ऋण दिँदैन । यसर्थ पनि बिमाको आवश्यकता जरुरी भएको उनको ठहर छ ।
अहिलेचाहिँ अरुण संलग्न भएको क्षेत्र ब्यांक, हाइड्रोपावरबाहेक मेडिकेयर एन्ड रसिर्च सेन्टर, कान्तिपुर टेलिभिजन, सोपान मल्टिपल लिमिटेड, जेएससी सानिमा मस्को, टीएनएन स्ट्यान्डर्ड सिस्टम, मस्को रहेका छन् । मस्कोको व्यापार उतैका साथीले हेर्छन् । व्यापार हेर्न मन लागे कम्प्युटर खोल्छन् । अरुण कहिलेकाहीँ रुसकोे व्यापार हेर्न जान्छन् । उताका साथीले यताको व्यापार अरुणकै जिम्मेवारीमा छाडेका छन् । भन्छन्, "एकअर्काप्रतिको विश्वासले शंका हटाउन मद्दत पुग्ने रहेछ ।"
कुन व्यापारमा कति लगानी छ भन्ने कुराको ठ्याक्कै जोड-घटाउ अरुणसँग पनि छैन । उनले त्यसको न जरुरी देखेका छन्, न त त्यसका लागि फुर्सद नै छ । आपसी विश्वास, समझदारी र सल्लाहमा टिकेको व्यापारको संसारजस्तै नेपालको राजनीति पनि चल्न सके लगानीकर्तालाई अझ सजिलो हुने उनको धारणा छ ।
देशलाई अप्ठ्यारो परेका बेला सहयोग गर्नु कर्तव्य ठानेर माओवादी विद्रोह चरम अवस्थामा पुगेका बेला आफूहरू लगानी गर्न स्वेदश फर्किएको अरुणको भनाइ छ । भन्छन्, "नेपाली त अप्ठ्यारो सहेरै पनि काम गर्छन् तर विदेशी लगानी भित्र्याउनचाहिँ शान्ति, सुव्यवस्था र स्थिर राजनीति चाहिने रहेछ ।" त्यसैको प्रतीक्षामा छ उनीहरूको समूह । कुनै काम गर्न एउटा सरकारी ढोकाबाट छिरेपछि कम्तीमा १० वटा झन्झटिया झ्याल पार गर्नुपर्दाका अनुभव अरुणसँग छन् ।
खोटाङबाट रुस जाँदा उनको खल्तीमा १ सय ५० डलर थियो । भर्खरै तिनै अरुणले आफू पढेको भगवती माविलाई ३० लाख रुपियाँ दिए ।
पैसा हुनु ठूलो कुरा होइन, सही व्यवस्थापन महत्त्वपूर्ण हो । हुन पनि खोटाङमा बसेका भए बढीमा माविका हेडमास्टर हुँदा हुन्, विराटनगरमा नै बसेका भए कलेज पढाउँदा हुन् । पढेर फर्किएका भए कुनै कार्यालयका राम्रा जागिरे हुँदा हुन् । तर, व्यापारकि सञ्जालमा हात हालेर जति आर्जन गरेका छन्, त्यसले अप्रत्यक्ष रूपमा उनको जन्मदेश नेपाललाई भरमार फाइदा पुगेको छ । यशोदा तिम्सिना
ट्याङ्कीदेखि बर्लिनसम्म
जर्मनीमा पहिलो पाइलो टेक्दा दिलबहादुर गुरुङ, ५३, गलँैचा व्यापार गर्ने सुरमा थिए । उनी ठमेलको गलैँचा व्यापारलाई जर्मनीको राजधानी बर्लिनमा फैलाउन चाहन्थे । तर, त्यसको ३० वर्षपछि अहिले उनी बर्लिनका चाम चलेका रेस्टुराँ व्यवसायीमा चिनिन्छन् ।
जर्मनीमा दिलबहादुरले आजको दिन ल्याउन ठूलो धैर्य र परश्रिम गरेका छन् । ती परीक्षण, संघर्ष र अनिश्चितताका वर्षहरू थिए । उनले बर्लिनमा सुरुमै नेपाली गलैँचाका चारवटा पसल खोलेका थिए । सँगै गहना, कपडा र हस्तकलाको व्यापार पनि गर्न खोजे । तिनताका उनले युरोपका हरेक मेलाहरूमा गहना, कपडा, पस्मिना र हस्तकलाका सामग्री प्रदर्शनीमा राखे । तर, यो व्यवसायमा अझ धेरै पैसा लगानी गर्नुपर्ने भयो । पसल पनि बढी चल्तीको ठाउँमा र ठूलो चाहिने भयो । निकै गाह्रो भयो उनलाई । अन्ततः उनी व्यवसाय परविर्तन गर्ने निर्णयमा पुगे । यस्तो घाटाका समयमा उनले धेरै गम खाएर अन्त्यमा सन् १९९४ मा बर्लिनमै काठमान्डू रेस्टुराँ खोले, जो जर्मनीकै पहिलो नेपाली रेस्टुराँ थियो ।
तर, दुर्भाग्यवश रेस्टुराँ व्यवसायले पनि लाखौँको नोक्सानी थपिदियो । अब के गर्ने ? नेपाल फर्किने कि ? उनी गम खान बाध्य भए । खासमा उनका लागि यो गोर्खाली धैर्य परीक्षाको समय थियो, जसमा उनी खरो उत्रिए । व्यापारमा भएको नोक्सानीबाट हतास नभई यसका कारणहरू पत्ता लगाउनतिर लागे, दिलबहादुर । घाटाका कारणहरू थिए- नेपाली भनेर राखिएका बेतालिमे कामदार, जर्मनीको तौरतरकिा थाहा नहुनु, रेस्टुराँमा जर्मनहरूले रुचाउने खाना नहुनु, काठमाडौँबाटै खाना झिकाउनु आदि ।
यी कारणहरू थाहा पाएपछि दिलबहादुर आफैँले कुक तालिम लिए । त्यसपछि १४ जना नेपालीलाई आफँैले दिए, पाक शिक्षा । यस्तो तयारी पूरा गरेर खोले, टिबेट हाउस रेस्टुराँ । त्यसपछि भने उनले न पछाडि फर्किनु परेको छ, न त कुनै गुनासो नै गर्नुपरेको छ । यस व्यवसायमा दिलबहादुरको सफलताको कथासँगै बर्लिनमै थपिए, बुद्ध हाउस नामका दुई रेस्टुराँ र नेपाल तारा बजार । आजको दिनमा बर्लिन महानगरमा दौडने सम्भवतः प्रत्येक ट्याक्सी चालकलाई दिलबहादुरका यी चार रेस्टुराँ र यिनमा पाइने परकिारको नाम थाहा छ, जसले उनको व्यावसायिक लोकपि्रयता स्पष्ट पार्छ ।

No comments:
Post a Comment