• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 10, 2009

    भिनाजुको बचाउमा प्रचण्डका सुपुत्रको 'फेसबुक' अप्रेसन


    एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड समकालीन नेपाली राजनीतिका सर्वाधिक शक्तिशाली नेता हुन् भन्दा अन्यथा हुँदैन। प्रचण्डलाई नपुग्दो केही छैन। तर पनि प्रचण्डको परिवार भने निकै दुःख, तनाव र खाऊँ कि नखाऊँको अवस्थाबाट गुजि्ररहेको छ।

    पाठकहरूलाई पत्यार नलाग्न सक्छ, तर सत्य यही हो। प्रचण्डको परिवारलाई खाए पनि सुख छैन, नखाए पनि सुख छैन। यो शब्द पनि हाम्रो होइन, प्रचण्ड परिवारकै एक चर्चित सदस्यको हो।  
    यस्तै–यस्तै पीडा पोखेका छन् पूर्वप्रधानमन्त्री प्रचण्डका एकमात्र सुपुत्र प्रकाश दाहालले। त्यो पनि कुनै भाषण वा मदिरा बैठकमा होइन, सामाजिक नेटवर्क फेसबुक सञ्जालमार्फत। माओवादी पार्टीभित्रैबाट प्रचण्डमाथि परिवारवादमा फसेको र पार्टीको कोष छोरीज्वाइँको नाममा राखेको आरोप लागिरहेका बेला प्रचण्डपुत्र प्रकाशले आफ्नो परिवार खाऊँ कि नखाऊँको अवस्थामा पुगेको गुनासो गरेका छन्। उनले भिनाजु अर्जुन पाठकको बचाऊ गर्ने क्रममा पत्रकारहरूको पनि चर्को आलोचना गरेका छन्।  
    भदौ २० गते शनिबार फेसबुक सञ्जालमा प्रचण्डपुत्र प्रकाश र नेपाल स्ट्राटेजिस्ट नामका पात्रबीच सिलसिलेवार वादविवाद चल्यो। स्रोतका अनुसार नेपाल स्ट्राटेजिस्ट नामका छद्मभेषी पात्र पनि माओवादीकै एक जिम्मेवार नेता हुन्। ती छद्मभेषीलाई जवाफ दिने क्रममा प्रकाशले आफ्नो बह पोख्दै भनेका छन्, 'प्रचण्डको परिवार कोठामा बसे पनि तपाईंहरू नै भन्नुहुन्छ, ल हेर फलानाका परिवार त कोठामा बसेका छन्, अरूलाई युद्ध लडाएर। यदि ज्यानको बाजी लगाएर काम गरे पनि तपाईंहरू नै भन्नुहुन्छ, ल फलानोले आफ्नो परिवारलाई माथि लग्यो, परिवारवाद भयो भनेर। के गर्नुपर्ने हो त अब? खाए पनि सुख छैन, नखाए पनि सुख छैन, के गर्ने हामीले?'  
    प्रकाशको फेसबुकमा दैनिक सयौं व्यक्तिले आ–आफ्ना प्रतिक्रिया पोस्ट गर्छन्। कतिले उनको मदिरा प्रेमबारे सोध्छन्, कतिले उनको व्यक्तिगत जीवनबारे त कतिले प्रचण्डको परिवारवादका बारे । यसै क्रममा हालै विभिन्न पत्रपत्रिकामा माओवादीको आर्थिक कोष प्रचण्डका ज्वाइँ अर्जुन पाठकले परिचालन गर्ने गरेको समाचार आएपछि प्रकाशलाई पनि यसबारेमा धेरै आरोपहरू फेसबुकबाटै लागिरहेका छन्। तिनैलाई जवाफ दिने क्रममा भदौ २० गते प्रकाश लेख्छन्, 'प्रिय मित्र तथा अन्य मित्रहरू, यो जुन परिवार र पार्टीको सम्पत्ति ज्वाइँको नाममा गर्यो  भन्ने छ, केही प्रमाण छ त्यसको? उहाँ जुन पत्रकारले आरोप लगाउनुभएको छ, मेरो भिनाजु संसदीय दलको कार्यालयमा काम गर्ने व्यक्ति हुनुहुन्छ र उहाँले नै माओवादी सभासद्को तलबको हिसाब–किताब राख्नुहुन्छ। त्यो महिनैपिच्छे सभासद्लाई वितरण गर्नुपर्ने हुन्छ। महिनाको २१ गते सबै सभासद्को तलब उहाँकोमा आउँछ र महिनाको २ गतेसम्ममा सबै वितरण गरिसक्नुहुन्छ। के यही पैसाको कुरा हो? तपाईंहरूलाई कागको पछि दौडिन लाज लाग्दैन?' फेसबुकै एकजनाले उनलाई यति संवेदनशील आर्थिक कारोबारको जिम्मा परिवारको सदस्यलाई नै किन दिनुपरेको त? भनेर प्रश्न गरेका छन्। जवाफमा प्रकाश लेख्छन्, 'जहाँ काम गर्न पनि सक्ने भयो नि। हाम्रा परिवार यस्तो परिवार हो, जहाँ पार्टीभन्दा बाहेक अरू केही छैन। परिवार नभनी निःस्वार्थ आफ्नो क्षमताले आएको हो।'  
    कहिले धुलिखेलमा मदिरामा लटि्ठएको फोटो काण्डले चर्चामा आउने त कहिले वीरगन्जमा दिउँसै जिन खाएर बबाल गरेको आरोप झेल्ने प्रकाशले आफूलाई पत्रकारहरूले खेदेकोमा पनि फेसबुकमा निकै तीतो पोखेका छन्। उनलाई फेसबुकमा यस्ता धेरै प्रश्न आउने गरेकाले केही समयअघि फेसबुक एकाउन्ट नै परिवर्तन गरेका थिए। प्रचण्डको विदेश भ्रमणमा जहिले पनि पार्टीका नेताहरूको साटो श्रीमती सीता र छोरा प्रकाश नै किन जानुपरेको भन्ने प्रश्न पनि उनलाई आएका छन् तर तिनको जवाफ भने दिएका छैनन्। यसैबीच, माओवादी केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' को संयोजकत्वमा गठित सम्पत्ति छानबिन तथा उजुरी समितिले प्रकाश दाहालको नाममा जग्गा किनिएको बारेमा प्रकाशित समाचारसहितका पत्रिकाहरू संकलन गरी छानबिन अघि बढाएको स्रोतले जनाएको छ।

    योगेश ढकाल  / Sanghu

    No comments:

    Post a Comment