• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, September 7, 2009

    जनताको हातमा बन्दुक नै नागरिक सर्वोच्चता


    विराटनगर, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ सत्ता प्राप्तिका लागि नभई 'जनता मातहत बन्दुक पुर्‍याउन' भएको बताएका छन् । जनताको नियन्त्रणमा बन्दुक नआएसम्म अधिकारको पूर्ण रक्षा हुन नसक्ने भन्दै उनले यसैलाई नागरिक अधिकारको संज्ञासमेत दिए ।
    'जबसम्म जनताका हातमा बन्दुक आउँदैन, तबसम्म जनताको अधिकारको पूर्ण रक्षा हुन सक्दैन', संयुक्त जनआन्दोलन कोचिला राज्य समितिले आइतबार आयोजना गरेको क्षेत्रीय सभामा उनले भने, 'जनताका हातमा बन्दुक हुनुपर्‍यो, हामीले भनेको नागरिक सर्वोच्चता त्यही हो ।'
    जनताको मातहत बन्दुक ल्याउनका लागि आफूहरूले फेरि जस्तोसुकै बलिदान गर्न तयार रहेको दाहालले बताए ।
    बन्दुकले जनता चलाउन खोजेकाले आफूले सत्ता परित्याग गरेको धारणा उनले राखे । जनताका उपलब्धिको रक्षा कुर्सीमा बसेर नहुने देखेपछि छाडेर आएको उनले
    बताए । ७ साल, १७ साल र ४६ सालका परिवर्तनका उपलब्धिलाई सेनाले दबाएको भन्दै दाहालले त्यस वेला सेनालाई लोकतान्त्रीकरण गर्न नसक्दा पाएका उपलब्धि गुमाउनुपरेको बताए ।
    'अहिले पनि सेनालाई लोकतान्त्रीकरण गरौं नत्र यत्रो परिवर्तन गुम्न सक्छ भन्दा,' उनले भने, 'प्रतिक्रियावादी शक्तिले विदेशीको बुइँ चढेर जनताको सर्वोच्चता हरण गरे ।' बीपी कोइरालाले मर्ने बेलामा सबैभन्दा सेनालाई लोकतान्त्रीकरण गर्न नसकेर आफूले जीवनमै ठूलो
    गल्ती गरेको स्वीकारे पनि अहिले कांग्रेसले 'तिनै दरबारका भाट सेनालाई साथ दिएको' दाहालले आरोप लगाए ।
    'यदि मैले पनि विदेशी प्रभुहरूका अगाडि घुँडा टेकेको भए प्रधानमन्त्री त जोगिन्थ्यो तर म सूर्यबहादुर थापा र गिरिजाप्रसादभन्दा के फरक हुन्थें र ?,' उनले भने, 'त्यसैले जनताको सर्वोच्चतालाई बन्दकी राखेर कुर्सीमा बसिरहनुभन्दा सर्वोच्चता कायम गर्न जनताको काखमा
    बस्नु उत्तम ठानेर आन्दोलनमा उत्रिएका हौं ।'
    आफूले सरकार छाड्नुका पछाडि भन्ने गरेका कारण संकेत मात्र भएको भन्दै दाहालले भने, 'समय आएपछि सबै कारण जनतासामु खुलाउँछु, त्यसपछि मतियार नांगेझार हुनेछन् ।'
    दिउँसो हिम्मत नपुगेर मध्यरातमा राष्ट्रपतिले नागरिक सर्वोच्चता हरण गरेको
    भन्दै दाहालले भने, 'विचरा रामवरणलाई मैले केही भन्नु छैन, प्रभुहरूको इसारामा तिनले जे गरे गल्ती गरे ।'

    No comments:

    Post a Comment