• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 1, 2009

    जापानमा सरकार गठनको तयारीमा विपक्षी दल

    टोकियो/ जापानमा विपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापान -डिपिजे) ले नयाँ सरकार गठनका लागि गठबन्धन दलहरूसँग वार्ता सुरु गरेको छ । आइतबार सम्पन्न चुनावमा तारो आसोको नेतृत्वको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी -एलडिपी) लाई स्पष्ट रूपमा पराजित गरेपछि डिपिजे सरकार गठनमा लागेको हो ।
    आइतबार जापानको तल्लो सदनका लागि भएको चुनावमा डिपिजेले चार सय ८० सदस्यीय संसद्मा तीन सय आठ सिटमा विजय हासिल गरेको छ । यो करिब दुईतिहाइ बहुमत हो ।
    डिपिजेको नेतृत्वसामु अर्थतन्त्रमा सुधार तथा गठबन्धन दलसँग नयाँ ढंगको संरचना गठनजस्ता महत्त्वपूर्ण चुनौती रहेका छन् ।
    चित भएको छ । ६२ वषर्ीय नेता युकियो हातोयामाले समाजवादी प्रजातान्त्रिक पार्टी तथा पिपुल्स न्यु पार्टीसँग गठबन्धन बनाउने तयारी गरिरहेका छन् । डिपिजेलाई माथिल्लो सदनमा साना दलहरूको समर्थन आवश्यक रहेको छ । इन्जिनियरिङ विषयका विज्ञ हातोयामाले नयाँ सरकारले देशमा सहमतिको संस्कृति
    प्रधानमन्त्री तारो आसोले आफ्नो पराजय स्वीकार गर्दै उदारवादी प्रजातान्त्रिक पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री आसोको पराजयसँगै आधा शताब्दी लामो एलडिपीको राजनीतिक वर्चस्व पनि समाप्त भएको छ । डिपिजेका नेता युकियो हातोयामा प्रधानमन्त्री हुने नि
    श्चिविकास गर्ने तथा बहुमतको आडमा पार्टीको नीति नथोपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ५४ महिला निर्वाचित
    जापानको संसदीय चुनावमा ५४ महिला उम्मेदवार विजयी भएका छन् । विकसित राष्ट्रहरूमा महिलाको प्रतिनिधित्व ११ प्रतिशत पुर्‍याउनुपर्ने मान्यताअनुसार निर्वाचित महिला सभासद्को संख्या अझै थोरै हो । अन्तर-संसदीय युनियनका अनुसार जापानको निवर्तमान प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व नौ प्रतिशत छ । सन् २००५ को जापानको संसदीय चुनावमा ४२ महिला निर्वाचित भएका थिए 

    No comments:

    Post a Comment