• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 2, 2009

    भारतीय धनी महिला अर्बपति विधवा

    अर्बपति विधवा

    भारतीय धनी महिला ? कसैको प्रश्नमा तपाईबाट तत्काल उत्तर नआउन सक्छ । यस्तो हो भने थाहा पाइराख्नुस्, को हुन् त भारतकी सबैभन्दा धनी महिला ।

    उनी हुन् एक विधवा सावित्री जिन्दल । श्रीमान्को हेलिकप्टर दुर्घटनापछि सम्पत्तिको सदुपयोग गर्दै धनी भारतीय महिला हुन सफल व्यवसायी अनि राजनीतिज्ञ पनि ।

    सन् २००५ मा श्रीमान् ओमप्रकाश जिन्दाल -चर्चित नाम ओपी जिन्दाल) ले जम्मा गरिदिएको सम्पत्ति यिनले समालिन् । जसको कारण सन् २००७ मा कुल सम्पत्ति ८ अर्बभन्दा बढी पुर्‍याइन् ।

    यसो त उनी हरियाणाको भूपिन्द्र सिङ होन्डा सरकारकी मन्त्रीसमेत भएकी थिइन् । अर्कोतिर झन्डै चार वर्षअघि गुमाएका श्रीमान् ओमप्रकाश पनि राजनीतिमा लागेको थिए । जब श्रीमान्को मृत्यु भयो त्यसपछि देखि उनी जिन्दल ग्रुपकी प्रमुख हुन् ।

    वाषिर्क रूपमा विश्वका धनी व्यक्तिको सूची प्रकाशित गर्ने म्यागेजिन फोब्र्सको संसारका धनीको सूचीमा उनी २ यस ३४ औं स्थानमा रहेकी छन् । सन् २००९ मा प्रकाशित यो सूचीअनुसार उनको कुल सम्पत्ति २ अर्ब ७० करोड अमेरिकी डलर छ ।

    ५९ वषर्ीया उनी मुख्य रूपमा स्टिल व्यवसायमा संलग्न छन् । यसका साथै जिन्दल समूहबाट सञ्चालित उनको व्यवसाय फलाम, स्टिल र ऊर्जा क्षेत्रमा पनि सक्रिय छ । सावित्री प्रमुख रहेको जिन्दल समूहको भारत र अन्य मुलुकमा गरी ५० वटा उत्पादन कारखाना छन् । भारतबाहेक दक्षिण अमेरिकी मुलुक चिली, बेलिभिया र पेरुमा उनले व्यवसाय सञ्चालन गरेकी

    छन् । जसबाट उनले राम्रो सफलता पाएकी छन् ।अहिले उनका सन्तानको गफ गर्ने हो भने जिब्रो टोक्ने खालको छ । उनी नौ छोराछोरीकी आमा हुन् । चार छोरा छन् भने पाँच छोरी ।

    विधवा जिन्दलले स्नातकसम्मको पढाइ पूरा गरेकी छन् । पेरुमा तेल व्यवसायमा समेत संलग्न उनीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २००९ मा घटेको फोब्र्सको प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी आर्थिक मन्दीको चपेटामा परेका धेरै व्यवसाय जस्तै उनले पनि यही कारणले सन् २००७ को तुलनामा धेरै सम्पत्ति गुमाइन् । अर्कोतिर गत वर्ष घटेको स्टिलको मूल्य उनको सम्पत्तिमा गिरावट आउनुको अर्को कारण हो ।

    फोब्र्सका अनुसार सन् २००७ मा उनको सम्पत्ति ८ अर्ब ५० करोड डलर थियो । यो घटेर सन् २००८ मा ५ अर्ब ५० करोड डलर पुग्यो । उनी भारतीय ४० धनीको सूचीमा १२ औं स्थानमा पर्छिन् ।

    कंग्रेस पार्टीबाट संसद् सदस्यसमेत भएकी उनका श्रीमान् ओपीले करिब ४ दशकदेखि हरियाणाको हिसार सहरमा प्रभुत्व जमाएका थिए ।

    No comments:

    Post a Comment