tag:blogger.com,1999:blog-3380175152782512792024-03-13T15:20:28.748+09:00अभिमतHARI PRASAD POKHREL'S BLOGहरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.comBlogger415125tag:blogger.com,1999:blog-338017515278251279.post-27859027463294603402014-02-22T15:01:00.001+09:002014-02-22T15:01:03.829+09:00‘पारिश्रमिक विनाको परिश्रम’ कहिलेसम्म ?

हरिप्रसाद पोखरेल

‘एउटा मजदुरले त दिनभर काम गरेपछि सा“झपख मूल्य पाउ“छ, हाम्रो त ज्यालाको पनि भर छैन । यसरी भोको पेटले कहिलेसम्म पत्रकारिता गर्ने ?’ पोखराका सञ्चारकर्मीले एक कार्यक्रममा शनिवार यस्तो दुःखेसो पोखेको कुरा सञ्चारमाध्यममै आयो । देशभरका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको पारिश्रमिक निर्धारण, कार्यान्वयन र अनुगमन गर्न गठित सरकारीस्तरको ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ समक्ष पोखराका सञ्चारकर्मीले देखाएको यो पीडाले अझै पनि नेपाली पत्रकारितामा आर्थिक समृद्धिको आवश्यकता औँल्याएको छ । देशभर सञ्चारमाध्यमको वृद्धिसंगै सञ्चारकर्मीहरु बढेपनि यो पेशामा काम गर्नेहरुको ‘आर्थिक पीडा’ अझै घट्न सकेको रहेनछ भन्ने कुरा पोखरामा देखियो ।

०४६ को बहुदलीय व्यवस्थाको आगमनपछि नेपाली पत्रकारिताको विकासमा पनि उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो दशक त अत्याधुनिक प्रविधिलाई उपयोग गरेर नेपाली मिडियामा विद्युतीय सञ्चारमाध्यम पनि भित्रिए । तर सञ्चारकर्मीका समस्या भने सुरुदेखि नै रह्यो । पत्रकारिता गरेर ‘जागिर’ पाएपनि ‘तलब’ नपाउने समस्याले पत्रकारहरुलाई पिरोल्यो । यही भएर दश वर्षअघि सञ्चारकर्मीका समस्यालाई समाधान गर्न सरकारी स्तरमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ बन्यो । तत्कालीन समयमा समितिका अध्यक्ष सुरेश आचार्य थिए । आचार्यपछि सरकार परिवर्तनसंगै महेन्द्र विष्ट, गोविन्द आचार्र्य, यसका अध्यक्ष बने । अहिले समितिका अध्यक्ष खेम भण्डारी छन् । आचार्यदेखि भण्डारीसम्मका अवधिमा समिति उत्तिकै सञ्चारकर्मीका सवालमा उत्तिकै क्रियाशिल छ, तर समस्या भने समाधान भएका छैनन् । समिति र पत्रकारहरुको छाता संगठनले सञ्चारकर्मीका समस्या समाधान गर्न सबैलाई नियुक्ती पत्र लिई महिनावारी तलब खाएर मात्रै पत्रकारिता गर्न भन्छ । यस्ता नियुक्ति पत्र कागजमा मात्रै सीमित भएका छन् । व्यवहारमा लागु हुन सकेका छैनन् । त्यो पनि सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि परिचय पत्र बनाउने र पत्रकार महासंघको सदस्य बन्नका लागि मात्रै सञ्चारमाध्यमले जारी गर्ने ‘नियुक्ति पत्र’ का लागेको अवस्था छ । तैपनि सूचना विभाग, प्रेस काउन्सिल, पारिश्रमिक निर्धारण समिति र पत्रकार महासंघले गर्ने सबैजसो कार्यक्रममा भने सञ्चारकर्मीका आवाज सधैं समस्याका रुपमा मात्रै प्रस्तुत भईंराखेका छन् । यसो हुनुका पछाडि सम्बन्धित निकायले राम्रोसंग मिडिया अनुगमन गर्न नसकेरै हो । यद्दपि यस्ता संस्थाले दशकसम्म गरेको प्रयास अझसम्म किनारा हुन नसक्नुका पछाडि सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी आफै सक्षम र दक्ष नभएर पो हो कि भनेर बुझ्न पनि सकिन्छ । अझ पत्रकारितालाई इज्जत र प्रतिष्ठासंग मात्रै तुलना गरिदिनाले यस क्षेत्रमा काम गर्नेहरुको आर्थिक दक्षता बढ्न नसकेको भन्ने कुरामा अब अनुमान लगाउन गाह्रो छैन । यसैले अब व्यवसायिक पत्रकारिताको विकासलाई नयाँ ढंगबाट सोँच्नुपर्ने बेला भईसक्यो ।

भनिन्छ, पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वका लागि पनि हो । यसैले हत्तपत्त यसका विकृतिहरु बाहिर आउँदैनन् । तलब र पारिश्रमिक नदिने सञ्चारमाध्यमका विषयमा सञ्चारकर्मीहरु त्यति उग्र हुन सक्दैनन् । सकेसम्म ‘घरभित्रको कुरो घरभित्रै’ भनेझैं आफू समस्यामा परेको विषय गुम्स्याएरै राख्न चाहन्छन् । किनभने आफ्नो सामाजिक उत्तरदायित्वसंग भागेर व्यवस्थापनसंग नराम्रो हुने चाहना अधिकांश सञ्चारकर्मीहरुको नभएरै होला । तर यसको फाइदा अदृष्य रुपमा मिडिया संचालकले लिइराखेका छन् ।

एक वर्षअघि सञ्चार मन्त्रालयले ‘नेपाली सञ्चारमाध्यमलाई सुदृढिकरण कसरी गर्न सकिन्छ’ भन्ने सन्दर्भमा ललितपुरमा जाइकाको सहयोगमा एक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष समेत भईसकेका सुरेश आचार्य पनि थिए । काठमाडौंमा एकजना सम्पादकसंग पत्रकारले पारिश्रमिक माग्दा ‘पत्रकारलाई जागिर र तलब दुवै दिन सकिन्न’ भनि सम्पादकले भनेको सन्दर्भलाई आचार्यले कार्यक्रममा प्रस्तुत गरेका थिए । नेपालमा बढ्दो बेरोजगारीको फाइदा पत्रकारिता पनि यसरी भित्रिएको दशकअघिको यो घटनालाई आचार्यले यसरी व्याख्या गरे । जुन अझैसम्म पनि नेपाली पत्रकारितामा विद्यमान छ ।

एकजना बेरोजगार युवक जागिर खोज्दै काठमाडौंको एक सञ्चारगृहको ढोकामा पुगे । कार्यकक्षमा पत्रिकाका सम्पादक÷प्रकाशक भेटिए । युवकले सम्पादकसंग आफूलाई पत्रिकामा ‘पत्रकार’ भएर काम गर्न मन भएको र जागिर खाने इच्छा व्यक्त गरे । दुवै जनाको एकैछिनको भलाकुसारीपछि सम्पादक ती व्यक्तिलाई जागिर दिन सहमत भए । सम्पादकले ती युवकको बेरोजगारीको फाइदा उठाए । युवकले पनि ‘जागिर’ पाएपछि थप कुरो सोंच्दै सोंचेनन् । जागिर गरिसकेपछि पक्कै तलब पाईन्छ भन्ने युवकलाई लाग्यो । काम गर्दै गए । सम्पादकले जे जे भन्छन्, त्यही गरे । जता जा भन्छन् त्यतै गए । जे लेख्न भन्छन् त्यही लेखे । लेखेका कुरा पत्रिकामा छापिदै गयो । युवक मख्ख परे । सम्पादकले जागिर मात्रै होइन, स्यावासी समेत दिए ।

एउटा बेरोजगार युवक रोजगारी पाएकै कारणले गदगद थियो । घरपरिवार, इष्टमित्र, साथीभाई उ ‘पत्रकार’ बनेकोमा गर्व गर्न थाले । पत्रिकामा उसको नाममा ‘वाइलाइन समाचार’ आयो । उसको खुशीको सिमै रहेन । दिन वित्यो । महिना वित्यो । सधै स्यावासीले मात्रै दिन चल्दो रहेनछ । पत्रिकामा आएको वाइलाइन समाचारले भोको पेट भरिंदो रहेनछ । सम्पादकले तलब दिने लक्षणै देखाएनन् । पछि वाध्य भएर बेरोजगार युवकबाट पत्रकार भएका उनले सम्पादकसंग दुःखको भारी विसाउँदै भने,‘ सम्पादकज्यू, पैसा चाहिएको थियो । घरमा साह्रै समस्या छ ।’ आफै प्रकाशक भएको पत्रिका छाप्न सम्पादकलाई धौ धौ थियो । तनाव वेग्लै थियो । अनि सम्पादकले जवाफ फर्काए,‘ तपाईलाई मैले पत्रकारको जागिर दिएको हो । मैले जागिर र तलब दुवै दिन सक्दिन महोदय ।’ पत्रकारलाई पिरलो प¥यो । सम्पादकले दिएको यो जवाफले अब पत्रकारलाई यो पत्रकारिता पेशा ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार’ भनेझैं लाग्यो ।

देशभर अहिले बग्रेल्ती खुलेका सञ्चारमाध्यमहरुमा ‘जागिर’ खाने सञ्चारकर्मीहरुको भीड छ । सम्वाददातादेखि सम्पादकसम्म भनेकै पदमा छानीछानी पद दिने सञ्चारमाध्यमहरुको कमी छैन । सञ्चारमाध्यमप्रतिको आकर्षण व्यवसायीदेखि राजनीतिज्ञ हुँदै सामाजिक कार्यकर्तासम्मकालाई छ । पैसा भईभई ‘रहर पत्रकारिता’ गर्नेहरुका लागि सञ्चारमाध्यमबाट पारिश्रमिक पाए पनि नपाए पनि कुनै मतलब हुने कुरै भएन । तर समाचार लेखेकै भरमा जिन्दगी गुजार्नेहरुका लागि भने यो पेशा अभिषाप बन्दै गएको छ । धेरैलाई सत्य तितो लाग्न सक्छ । सञ्चारकर्मी भएर मात्रै बाँच्न अबको समयमा गाह्रो भईसकेको अवस्था हो ।

सधैं काँचको पर्दाअगाडि ‘हामी निरन्तर न्यूजमा छौं.....’ भन्ने काठमाडौंको एक टेलिभिजन च्यानलका सञ्चारकर्मीहरु पछिल्लो समयमा ‘हामी तलबका लागि निरन्तर आन्दोलनमा छौं......’ भन्न वाध्य छन् । अन्ततः टेलिभिजन प्रशासनले सञ्चारकर्मीहरुको माग पुरा गर्न नसकेपछि टेलिभिजनलाई प्राण भन्दा प्यारो ठानि वर्षौदेखि गुणगान गाइरहेकाहरु एकाएक पाखा लागे । कतिलाई त टेलिभिजन प्रशासनले पनि भन्दो हो,–‘हाम्रो काम जागिर दिने हो । तलब दिने होइन ।’ यतिमात्रै होइन, काठमाडौँका ब्रोडसिट आकारका दैनिक पत्रिकादेखि विद्युतीय सञ्चारमाध्यममा पनि सञ्चारकर्मीको समस्या ‘तलब’ मै गएर अड्किन्छ । आफ्ना कामदारलाई तबल दिने कुरा त टाढाको विषय भयो, केही समयअघि दुईवटा राष्ट्रिय टेलिभिजन हाम्रै आँखा अगाडि केही समय बन्द भए । कारण थियो, स्याटेलाइट वापतको रकम तिर्न नसक्नु । यसले के देखाउँछ भने सञ्चारमाध्यमहरु प्राविधिक तयारीविना पनि खुल्दैछन् । समस्या थोपरिएपछि बन्द हुन बेर लाग्दैनन् ।

२०३५ सालमा पत्रकारिता पेशालाई नै आफ्नो व्यवसाय बनाएर हिँडेका एक पत्रकार पछि आएर नारायणगढमा पुस्तक व्यवसायी बनेर चिनिएका छन् । ‘त्यतिबेलाको पारिश्रमिकले मेरो घरमा अभाव थिएन । विस्तारै पत्रकारितामा आर्थिक अभाव हुन थालेपछि पुस्तक पसल सञ्चालन गरेको बताउने उनीसंग कुनै बेला ५ हजार प्रतिसम्म एकै दिन साप्ताहिक पत्रिका बेचेको अनुभव छ । बिडम्बना, यति धेरै परिणाममा विक्री हुने साप्ताहिक पत्रिकाहरुको उपस्थिति भने बजारमा अहिले कतै देखिंदैन । नारायणगढको पुलचोकमा पत्रिका बेचेर मात्रै घरपरिवारको जीविका सन्तोषजनक ढंगले चलाएका एक व्यवसायी पत्रिका व्यवसायबाट जीवन धान्न सक्ने अवस्था नभएपछि अहिले ‘तास पसल’ खोलेर बसेका छन् । यी दुवै व्यवसायीको अनुभवमा उतिबेला पत्रकारितामा देखिने धेरै अनुहार अहिले पत्रकारितामा छैनन् । भएकाले पनि पत्रकारितालाई ‘सम्मानजनक सहभागिता’ को लोभका लागि मात्रै उपयोग गरिरहेका छन् । ‘पाका पत्रकार’को अनुभवमा कुनैबेला पत्रकारितालाई समस्याग्रस्त भनिएपनि सम्मानजनक चाहि थियो । तर यतिबेला उनीहरुकै अनुभवमा यो पेशा न सम्मानजनक बन्न सकेको छ, न त आर्थिक रुपमा नै अगाडि बढ्न सकेको छ ।

पछिल्लो दश वर्ष यता नेपाली मिडियामा आश्चर्यजनक भीड बढ्यो । जसलाई नेपाली समाज र नेपालको मिडिया व्यवसायले थेग्न सकेन । हुँदा हुँदा अधिकांश मिडियामा बोल्ने सुनाउने, हेर्ने देखाउने, र लेख्ने पढाउने पात्रहरु एउटै भए । जुन रेडियोले बोल्यो, उही रेडियोकाले मात्रै सुन्ने भए । जुन टेलिभिजनले प्रसारण ग¥यो, उसैका मान्छेले मात्रै हेर्ने भए । जे पत्रिकामा छापियो, उसैका परिवारले मात्रै पढ्ने भए । मिडिया र मिडियाकर्मी नयाँ जन्मिएपनि उसले नयाँ पाठक, श्रोता र दर्शक जन्माउन सकेन । जसको परिणाम समग्र मिडिया व्यवसायलाई नै धक्का लाग्यो र अहिले आएर समग्र सञ्चारकर्मी समेत आर्थिक मारमा परिरहेका छन् । भनिन्छ, ‘अकबरी सुनलाई कसी लाउन पर्दैन ।’ राम्रा मिडिया बनाउन सके पत्रिकाका ग्राहकलाई,‘पत्रिका मागेर होइन, किनेर पढ है’ भन्दै अर्ती दिन आवश्यक छैन । यसैले आफू संलग्न मिडियालाई आफू छइञ्जेल कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नु आम सञ्चारकर्मीको दायित्व पनि हो ।

अझै पनि पत्रिका, रेडियो र टेलिभिजन दर्ता गर्न नेपालमा समस्या छैन । अति नै न्यूनतम शुल्कमा सञ्चारमाध्यम दर्ता गर्न सकिन्छ । तर यसको ‘अपरेटिङ खर्च’ को हेक्का नहुँदा र यसप्रति गहन चिन्तन नगर्नाले धेरैलाई अन्यौलमा पारिदिएको छ । ‘मिडिया हाउस’ लाई नयाँ मान्छे काममा लगाउन गाह्रो छैन । मिडियामा काम गर्न पाएपछि आजका युवाहरु ‘रहर’ मै पत्रकारितामा प्रवेश गर्छन् । बढिमा दुई वर्ष जसोतसो काम गर्छन् । जब यो क्षेत्रमा केहि देख्दैनन्, अनि भाग्छन् । फेरि अर्को समूह उसैगरि पत्रकारितामा प्रवेश गर्छ । उनीहरुको पनि हविगत उही हुन्छ । यति भएपछि मिडिया मालिकहरुले पनि ‘यूज एण्ड थ्रो’ गर्न पाइहाले । श्रमजीवि पत्रकारका नाममा भजन गाउनेहरुलाई यस्ता कुरामा के मतलब ? यसका लागि त मिडियामा आउनेले धेरै कुरा सोँचेर आउन जरुरी छ, काम लगाउनेले पनि उसको स्थायित्वको सवाललाई बेलैमा नजरअन्दाज गर्न आवश्यक छ ।

यसो भन्दैमा नेपाली पत्रकारितामा समस्या मात्रै होइन, समाधान पनि छ । भएका सञ्चारमाध्यम जोगाउने र यो क्षेत्रमा काम गरिरहेकालाई टिकाउन ‘मिडिया संचालक’ ले अब वर्षदिन भरि आफ्नो मिडिया सञ्चालनको आधार प्रष्ट गर्न सक्नप¥यो । अब ‘आसे विज्ञापन’का भरमा मात्रै मिडिया चलाउनेका दैलामा श्रमजीवि पत्रकारले शुरुमै पाइला टेक्न हुँदैन । शुरुमै बुद्धि पु¥याइयो भने पछि दुःख पाइदैन । पत्रकारिता पढेर यसैमा जीवन समर्पित गर्छु भन्दै लागेका युवाहरु पनि छन् अहिले । विगतबाट पाठ सिक्दै उनीहरुको भावनामा ठेस पु¥याउन नदिन अब ‘पाका पत्रकार’ ले सोंच्नैपर्ने भएको छ । यससंगै नेपाली समाजले कति मिडिया थेग्न सक्छ भन्ने हिसाब गरेर मात्रै मिडिया सञ्चालन गर्नु आवश्यक छ । दर्ता भई सञ्चालनमा आइसकेका मिडियालाई सोझै बन्द गर्नुभन्दा ‘मिडिया मर्ज’ को नीति ल्याएर यसलाई टिकाउन सकिन्छ । अहिले संकटग्रस्त भएका सहकारी र बैंकहरुलाई सरकारले मर्ज गरेर सञ्चालन अनुमति दिएजस्तै नेपाली मिडियामा पनि यो ‘मर्ज नीति’ ल्याउन सके समस्यामा कमी आउने थियो । अनि पत्रकारले जागिर र तलब दुवै पाउने थिए । होइन भने सधैंभरि नेपाली पत्रकारहरु ‘पारिश्रमिक विनाको परिश्रम’ गर्न वाध्य भईरहने छन् । सञ्चारमाध्यम पनि ‘मूर्दामाथिको लाश’ झैं घिटिघिटि पाराले तुलसीको मोठ ढुकेर बसिरहनुपर्ने वाध्यता पर्ने छैन । अहिलेसम्म कागजमा सीमित ऐन कार्यान्वयन गर्न पेशागत संघ संगठनले पनि उत्तिकै आवाज उठाउनु जरुरी छ । यसो भनिरहँदो आफ्नो व्यवसायिक दक्षता बढाएर मात्रै सञ्चारकर्मी बन्न सकियो भने यो पेशामा टिक्न भने समस्या छैन ।

Source (Sancharpatra Daily)

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-44721159294765818552013-08-07T12:35:00.003+09:002013-08-07T12:36:48.228+09:00वाईसीएलको चन्दा प्रकरण र एसपीको अडान

कम्युनिष्ट नेता माओत्सेतुङले आफ्ना अनुयायीलाई सधैं भन्ने गर्थे–‘जबर्जस्ती चन्दाका नाममा जनताका घरबाट सियो पनि लिनुहुँदैन ।’ यो माओवाणी भने यतिबेला उनैका अनुयायीहरुले बिर्सिएका छन् । सर्वहारा वर्गको नेतृत्व गर्ने ‘एमाओवादी’का कार्यकर्ताले यो माओवाणीलाई व्यवहारमा उतारेका भए ‘वाईसीएल’को चन्दा प्रकरणबाट यो हप्ता चितवन वन्द हुनेथिएन । पछिल्लो समय फेरि बन्दका नाममा चितवनका जनता सास्तीका साक्षी बन्ने थिएनन् । अन्ततः आफ्ना माग पुरा गर्ने नाममा वाईसीएलले गरेको बन्दका कारण यहाँका शिक्षण संस्था, उद्योग कलकारखाना, यातायात र व्यापार व्यवसाय पहिलेकै परिपाटीमा बन्द भए । सास्ती आम जनताले पाए । बन्दबाट एउटा चरणको अन्त्य भएपनि प्रवृत्तिको अन्त्य भने भएन । पटक पटक भईरहने बन्दबाट सरोकारवालाहरुका बीचमा क्षणिक समाधान देखिएपनि प्रवृत्तिको अन्त्य नहुँदा फेरि अबका दिनमा यसैगरि बन्द नहोला भन्न पनि सकिन्न ।

साउन १५ गते मंगलबार नारायणगढको पुतलीबजारमा एमाओवादी निकट वाईसीएलका कार्यकर्ताहरु आफ्नो जिल्ला सम्मेलनका लागि चन्दा उठाउन एक व्यापारीकहाँ गए । साउन ७ गते निर्वाचन आचारसंहिता लागु भईसकेको थियो । मंसिर ४ गते संविधानसभाको निर्वाचन भयरहित वातारणमा सम्पन्न गर्नका लागि एमाओवादी अध्यक्षले काठमाडौंमा निर्वाचन आचारसंहिताको स्वागत गरेका थिए । उनी भन्दै थिए,‘एमाओवादीले हारे केही छैन । तर मंसिर ४ को चुनाव चाहिँ जसरी पनि सफल हुनुपर्छ ।’ प्रचण्डले भनेझैं मंसिर ४ को निर्वाचन साच्चै सफल गराउन त निर्वाचन आयोगले लागु गरेको आचारसंहिता सबै राजनीतिक पार्टीले अक्षरस पालना गर्नैपर्ने हुन्छ । काठमाडौंमा प्रमुख राजनीतिक पार्टीहरुलाई साक्षाी राखेर निर्वाचन आयोगलाई आचार संहिता पालना गर्ने पं्रतिवद्धता जनाएको केही दिनमै उनका कार्यकर्ता व्यापारीसंग चन्दा असुल्न गए । ती व्यापारीले ‘स्वेच्छिक’ रुपमा आफूखुशी सक्दो सहयोग गर्न चाहन्थे । तर वाईसीएलका कार्यकर्ताले मानेनन् । उनीहरुले जिल्ला सम्मेलनका लागि ‘जवर्जस्ती’ बढि चन्दाको माग गरे । व्यापारीले दिन सकेनन् । यो कुरा ‘गोप्य सूचना’का आधारमा प्रहरी प्रशासनले थाहा पायो । प्रहरी त्यहाँ पुगेर ‘जवर्जस्ती चन्दा’ असुलिरहेका वाईसीएल कार्यकर्तालाई समात्यो । अन्ततः प्रहरीको घेराभित्र उनीहरु परे । प्रहरीले समातेर लगेको रिसमा प्रहरी कार्यालयको हाताभित्रै प्रहरीसंग उनीहरुको घम्साघम्सी प¥यो । प्रहरीले वाईसीएलको मुक्का खाए । प्रहरी सहायक निरीÔक हेमन्तकुमार सिंह र प्रहरी जवान मनोजकुमार चौहान गम्भीर घाईते भए ।

वाईसीएल कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय लगियो । योे खबर सनसनी भएपछि प्रहरी कार्यालय हाताबाहिर वाईसीएलका थप जवानहरु आइपुगे । आफ्ना साथीहरुलाई छुटाउन उनीहरुले भरमग्दुर प्रयार गरे । केन्द्रबाट नेताको फोन सिफारिस गरे । तर कसैको केही लागेन । भोलीपल्ट बुधबार पनि कार्यकर्ता नछुटेपछि अनिश्चितकालीन भन्दै चितवन वन्दको आयोजना भयो । तर अचानक गरिएको बन्द २ घण्टाभन्दा बढि टिक्न सकेन । प्रहरी प्रशासन अझ आक्रामक भएजस्तो देखियो । उता वाईसीएलले गरेको पत्रकार सम्मेलनमा जिल्ला इञ्चार्जले भने–‘चन्दा उठाउँदा हाम्रा साथीलाई प्रहरीले लग्यो भन्दैमा अरु पार्टीले खुच्चिङ नभने हुन्छ । उनीहरुलाई पनि व्यापारीको चन्दा चाहिन्छ । उनीहरुको पनि पालो आउँछ ।’ योसंगै बुधबार साँझसम्म आफ्ना कार्यकर्ता नछाडे बिहीबारबाट भने अनिश्चितकालका लागि वाईसीएलले चितवन बन्द गर्नेभयो । तर प्रशासनले वाईसीएलका कार्यकर्तामध्ये ४ जनालाई चन्दा ऐन र २ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा दर्ता गरिसकेको थियो । अवस्था यस्तो बन्यो कि प्रहरी प्रशासनले चाहेर पनि कार्यकर्ता छुट्न सकेनन् । वाईसीएलले चाहेर पनि वन्दलाई अगाडि बढाउन सकेनन् ।

बिहीबारको चितवन बन्द भने सुरु भयो । जर्वजस्ती चन्दा उठाउ“दै हिंडेका आफ्ना कार्यकर्तालाई रिहाइका लागि दवाव दिन एकीकृत माओवादीका कार्यकर्ताले चितवनका विभिन्न कार्यालयमा तोडफोड गरी बन्दको सुरुवात गरे । चितवन भएर देशभर आवातजावत गर्ने सवारी साधन चल्न नसक्दा यात्रु मारमा परे । बजार पसल, र शैÔिक संस्था बन्द गराए । चन्दा नपाउँदा उत्पनन विवादले गरिएको बन्दमा अन्ततः ‘स्कूले भुरा’ देखि आमजनता पेलिए । हाकिमचोकमा बिरामी बोकेको एउटा एम्बुलेन्स समेत तोडफोड भयो । सुत्केरी व्यथाले च्यापेर अस्पताल आएकी ती बिरामी वाईसीएलको एम्वुलेन्स तोडफोडले अत्तालिइन् । कार्यालय बन्द गराउंदै हिंडेका कार्यकर्ताले रत्ननगर नगरपालिकास्थित नेपाल टेलिकमको शाखा कार्यालय तोडफोड गरे । विद्युत प्राधिकरण टां“डी शाखाको कार्यालयमा जबरजस्ति प्रवेश गरी कागज पत्र नियन्त्रणमा लिएर च्यातिदिए । प्रहरीले तोडफोडमा संलग्न थप १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ ग¥यो । एकछिनसम्म कसैको दवाव र प्रभावमा नपरेको प्रहरी प्रशासन साँझ भने प्रभावमा परिहाल्यो । सार्वजनिक अपराधमा मुद्धा दर्ता भएका कार्यकर्ता बिहीबार नै छुटे । अरुलाई ‘कागज मिलाएर’ भोली पल्ट छाड्ने प्रमुख जिल्ला अधिकारीले बचन दिए । अदालत पुगिसकेको मुद्धा पनि दवाव र प्रभावमा साम्य भयो । अर्थात् वाईसीएलको चन्दा प्रकरणले प्रहरी प्रशासन र वाईसीएल कार्यकर्ताबीच अघोषित सम्बन्ध बन्यो–‘तँ रोएजस्तो गर । म कुटेजस्तो गर्छु ।’

वाईसीएलका कार्यकर्ता छुटाउन २ जनाले जनही १ हजार र ४ जनाले जनही ५ सय धरौटी बुझाउनुपर्ने भयो । यो धरौटी बुझाएर छुटेपछि नारायणगढमा विजय जुलुस निस्कियो । प्रहरी प्रशासनमा परेका कार्यकर्ताहरु ‘विजयी’ बने । सरकारी निकाय हा¥यो । व्यवसायीलाई भने झनै त्रसित बनाउने वातावरणको सिर्जना भईदियो । डेढ दिनको चितवन बन्दको जरिवाना ४ हजार बुझाएर वाईसीएल कार्यकर्ताले छुटकारा पाएजस्तै भयो । अघिल्लो दिनसम्म राज्यले ‘अपराधि’ भनेकाहरु भोलिपल्ट राजनीतिक आडमा ‘बाघ’ जस्ता भए । लाग्दैछ, अब उनीहरुलाई कसैले पनि छुन सक्दैन । समाजमा जस्ता गल्ती गरेपनि राजनीतिक आडमा छुटकारा पाइने रहेछ । अरु पार्टीका मान्छे पनि यसमा खासै विरोध गर्दारहेनछन् । किनभने वाईसीएल इन्चार्जले भनेझैं ती पार्टीका पनि अधिवेशन आउँछन् । सम्मेलनमा कार्यकर्तालाई मासुभात खुवाउन परिहाल्यो । परिआए ‘भाडाका कार्यकर्ता’ पनि बनाउनुपर्छ । अनि यसका लागि पैसो हो । त्यो पैसो दिने व्यवसायी हुन् । अहिले वाईसीएललाई चन्दा दिनेहरुबाट आफूले पनि कुम्ल्याउनैपर्छ । यसैले व्यवसायीको विरोध गरेर पनि काम छैन । वाईसीएलको समर्थन गरेर पनि अर्थ छैन । मौन बस्यो, आनन्दै । संस्कृतमा भनेझैं ‘मौनम् सम्मत्ति लक्षणम्.....।’ अर्थात्, मौन बस्नु नै स्वीकृतिको लक्षण हो । यसपालि चितवनका राजनीतिक दल र उसका भातृसंगठनले त्यही गरे ।

निर्वाचन आचारसंहिता लागु भईसकेपछि चन्दा उठाउनु हुन्थेन । काठमाडौंमा प्रचण्डले आचारसंहितालाई ताली बजाएर स्वागत गरिसकेपछि आफ्ना कार्यकर्तालाई पनि यो कुरा बुझाएर ताली बजाउन लगाउनुपथ्र्यो । तर चितवनमा यसको विपरित भयो । अझ कतिपय अन्य ठाउँमा अरु पार्टीले पनि सहजै व्यापारीसंग चन्दा उठाएका होलान् । चितवनमा प्रहरीले थाहा पायो । अनि कारवाहीको दायरामा ल्याउने आँटसम्म ग¥यो । चितवन प्रहरीलाई यसका लािग धन्यवाद दिनैपर्छ । तर यसपछिका घटनाक्रममा अदालत र स्वयम् प्रहरी प्रशासनलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातारणमा राजनीतिक पार्टीबाट अवरोध आइदिंदा मंसिर ४ को चुनावसम्म अब कस्तो निष्पक्ष र भयरहित चुनावको अपेक्षा गर्न सकिएला ? के यस्ता घटनाले प्रहरी प्रशासन सक्रिय हुन्छ ? रमाइलो त आफ्नै कार्यकक्ष र कार्यालयमा धमाधम ‘युद्धकाल’ मा झैं आँखै फुटिनेगरि पिंटिदा समेत प्रहरी मुकदर्शक बनेर बस्नुपरेको छ । चन्दा प्रकरणमा वाईसीएलका कार्यकर्ता मात्रै दोषी छैनन् । दोषी त ती हुन्, जसले राजनीतिक भ¥याङका रुपमा सधैं युवाहरुलाई प्रयोग गर्छन् । एकातिर राज्यसंग सम्झौताको नाटक गरेर हात मिलाउँछन । अर्कोतिर आफ्ना कार्यकर्तालाई त्यही सम्झौताको विरोधमा उक्स्याउँछन् र चितवनमा झैं निर्वाचन आचारसंहिताविरुद्ध व्यापारीकहाँ चन्दा उठाउन अभिप्रेरित गर्छन् । ‘जस्तासुकै अपराध गर, छुटाउने त हामी छँदैछौं’ भनि युवाहरुलाई अपराधतर्फ उन्मुख गर्छन् ।

मंसिर ४ मा हुने भनिएका निर्वाचन नजिकिएको छ । निर्वाचन आयोगले धेरै आचारसंहिता बनाएको छ । आचारसंहिता उल्लंघन गरेको अवस्थामा निर्वाचन कार्यक्रमबाट वञ्चित गराउनेसम्मका अधिकार आयोगको छ । तर यसपालि वाईसीएलले जस्तै अबका दिनमा चितवनमै अन्य राजनीतिक दल र उसका भातृसंगठनले चन्दा नउठाउला भन्न सकिन्न । वाईसीएलले जस्तै एमालेको युवा संघ र कांग्रेसको तरुण दलले व्यापारीबाट चन्दा उठाएको थाहा पाएपछि उनीहरुलाई थुन्ने अनि सार्वजनिक अपराध र चन्दा ऐन अन्तर्गत कारवाही साहस चितवन प्रहरीसंग छ कि छैन ? अहिलेका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले वाईसीएललाई झैं कारवाही गरी अर्को चितवन वन्दको सामना गर्न तयार छन् कि छैनन् ? प्रहरी भएपछि जस्तोसुकै सामना र साहस गर्न पनि सक्षम हुनुपर्छ । कार्की पनि त्यही भन्छन् । राजनीतिक आडमा हुने गुण्डागर्दीसंग उनी निकै परिचित छन् । शान्ति सुरक्षाका सवालमा कोहि कसैसंग सम्झौता गर्न नहुने पक्षमा छन् । यसैले तत्काल चितवनमा रहेका राजनीतिक पार्टीहरुसंग उनले बेलैमा छलफल गरुन् । अबका दिनमा कसैसंग जवर्जस्ती चन्दा उठाउन नहुने र उठाएमा जस्तोसुकै कारवाही गर्न सक्ने अधिकार आफूलाई भएको कुरा ती राजनीतिक दललाई उनले बुझाउनु जरुरी छ । अन्यथा फेरि पनि अरु दलले चन्दा उठाउनेछन् । प्रहरीको फन्दामा नपरे त भैगो । फन्दामा परिहाले चितवन प्रहरी प्रशासन र यहाँका जनताले फेरि बन्दको सामना गर्नपर्ला ।

विराटनगरमा पत्रकार खिलानाथलाई कुटेको आरोपमा त्यहाँका ‘डन’ भनिने पर्शुराम बस्नेतलाई ‘तह’ लगाउने अहिलेको चितवन प्रहरी प्रमुख प्रद्युम्न कार्की हुन् । चितवनमा शान्ति सुरक्षा विग्रँदा यहाँका राजनीतिक दलहरुले उनै कार्कीलाई सम्झन्थे । समयक्रमसंगै कार्की १४ गते सोमबारबाट चितवन आए । तर भोलीपल्टदेखि नै कार्कीलाई ‘पहिलो गाँसमै ढुंगा’ लाग्यो । यो ढुंगा उनले निल्न पनि सकेका छैनन् । ओकल्न पनि सकेका छन् । यद्दपि अपराध र राजनीतिलाई फरक ढंगले हेर्ने उनको नजर व्यवहारमा लागु हुनु आवश्यक छ । वाईसीएलको चन्दा प्रकरणमा खस्किएको उनको अडान सधैं कायम हुने हो भने अर्को राजनीतिक दलको युवा संगठनले फेरि उही कुरा दोहो¥याउँछ । उसैगरि चितवनका जनता बन्दका शिकार हुनेछन् । व्यापारीहरु चन्दा दिएरै रित्तिनेछन् । विद्यार्थीहरुले पढ्न पाउनेछैनन् । काम गर्नेले काम गरेर माम खान पाउँदैनन् । अन्ततः चितवनको शान्ति सुव्यवस्थाले झनै भताभुङ्गको उपहार पाउनेछ ।

२०७० साउन २२ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-16995752198202966402013-07-30T13:49:00.002+09:002013-07-31T11:31:10.531+09:00व्यवस्थापन विवाद र बन्द बालकुमारी

वि.सं.२०२२ सालमा नारायणगढमा स्थापना भएको बालकुमारीको ‘स्कुले’ विद्यार्थी जीवन काटेको पनि दुई दशक पार हुन लाग्यो । बालकुमारीमा कक्षा १० पढ्दा हामी अरु विद्यार्थी भन्दा ‘पाका’ थियौं । किनभने उतिबेला त्यहाँ उच्च मावि थिएन । कक्षा ६ देखि १० सम्म मात्रै पढाई हुन्थ्यो । आफ्नो भन्दा माथिल्लो कक्षा स्कूलमा नभएको र तलका भाईबहिनी ‘प्यारा’ लाग्नु स्वाभाविकै हो । तल्ला कक्षाका विद्यार्थीलाई होच्याएर स्कुलमा अराजकता निम्त्याई विवाद गरेको कसैले कतैबाट थाहा पाइएन । बालकुमारी पढेकाहरु उतिबेला अधिकांश ‘घरानिया’ नै मानिन्थे । नारायणगढ भरतपुरका बजारियादेखि गाउँगाउँबाट बालकुमारी पढ्न आउनेको लस्कर लाग्थ्यो । विद्यार्थीको चापले ‘दरवार’ जस्तो लाग्ने बालकुमारीको ३ तले भवन पनि अपुग हुन्थ्यो । स्कुलले रजत जयन्ती मनाउँदा हामी कक्षा ७ का विद्यार्थी थियौं । रजत जयन्तीमा नारायणगढ बजार परिक्रमा गर्दा सारा नारायणगढ नै हाम्रो लाग्थ्यो । विद्यार्थीका सेता निला ड्रेसले हाम्रो बालकुमारीलाई ‘शान्तिको प्रतीक’ मान्थ्यो । वास्तवमा बालकुमारीमा पढ्नुको मज्जा बेग्लै थियो ।

कक्षा १० मै पढ्दाको कुरा हो । नारायणगढको गणेश चलचित्र मन्दिरमा ‘वक्त हमारा हे’ भन्ने हिन्दी फिल्म चल्यो । केही साथीहरु कक्षा छाडेरै ‘टिफिन’ पछि फिल्म हेर्न हलतिर लागे । उतिबेला कक्षामा हरेक शिक्षकले हरेक पिरियडमा विद्यार्थीको हाजिरी गर्नुपर्ने चलन थियो । ‘टिफिन’ पछि ‘सरस्वती मीस’ले नेपाली पढाउनुहुन्थ्यो । उहाँको पिरियडमा कक्षामा केही विद्यार्थी अनुपस्थित भएपछि चासो बढ्यो । कक्षामा साथीहरु को कहाँ गए भन्ने जानकारी कसैले गराएन । भोलिपल्ट कक्षामा विद्यार्थीहरु आए । ‘सरस्वती मीस’ को फेला परिहाले । उहाँले आफ्नै सुत्र लगाएर विद्यार्थीहरु ‘वक्त हमारा हे’ भन्ने फिल्म हेर्न गएको पत्ता लगाउनुभो । उहाँले कसैलाई केही गर्नुभएन । मात्र अघिल्लो दिन कक्षा छाडेर फिल्म हेर्न गएकाको आँखामा आँखा जुधाउँदै भन्नुभो,–‘वक्त किसका हे भाई ?’ उहाँको त्यो प्रश्नले ती विद्यार्थी साथीहरु लाजले रातापिरा भए । अनि कहिल्यै ती विद्यार्थी पढाइ छाडेर अरु बदमासी गरेको समेत पत्तो पाइएन । बाँकि विद्यार्थी पनि सजग भईहाले । हामीले पढ्दा ‘सरस्वती मीस’ को हातमा कहिल्यै लठ्ठी देखिएन । तर उहाँले गलत बाटोमा लाग्ने विद्यार्थीलाई दिने वचन चाहिँ वाण जस्तै तिखो हुन्थ्यो । जुन वाण कुलतमा लाग्ने विद्यार्थीका लागि सुखद सन्देश बन्थ्यो । कक्षामा हाजिरी रजिष्टर बोकेपनि नाम भनेपछि विद्यार्थीले ‘एस मीस’ भन्नुपर्थेन । किनभने एक मिनेट कक्षामा आँखा डुलाएकै आधारमा को विद्यार्थी आए नआएको उहाँलाई सम्झना हुन्थ्यो । वर्षौअघि आफूले पढाएको विद्यार्थीको नाम धेरैपछिसम्म उहाँलाई कण्ठ हुन्थ्यो । उहाँका सबै ‘चेलाचेली’ यस्ता कुराले उहाँप्रति अझैसम्म खुशी देखिन्छन् ।

समयक्रमसंगै ‘सरस्वती मीस’ अर्थात् सरस्वती रिजाल अहिले बालकुमारी उच्च माविकी प्राचार्य हुनुहुन्छ । बालकुमारीमा सेवा गर्ने उहाँको समय अब डेढ वर्षभन्दा बढि छैन । तर सरस्वतीको मन्दिर बालकुमारीमा पछिल्लो समय बेथिती बढिरहेको छ । व्यवस्थापन समिति निर्माणका क्रममा बनेको किचलोले यो मन्दिरलाई विजोग बनाइदिएको छ । गएको जेठ १३ गते कमल आचार्यको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समिति राजनीतिक आडमा कसैलाई मान्य र कसैलाई अमान्य भएपछि यसले निम्त्याएको विवादले अहिले उनै ‘सरस्वती मीस’को कार्यकक्षमा ताला लागेको छ । प्राचार्य बस्ने कुर्सी टेबल तोडफोड भएको छ । विद्यालयले पाएका सम्मान र पदकहरु भुईभरि टुक्राटुक्रा भएर छरिएका छन् । शैक्षिक सामग्रीमा समेत क्षती पुगेको छ । यो घटनाले प्राचार्य रिजाललाई ‘असक्षम र दुष्ट’ बनाइदिएको छ ।

व्यवस्थापन समितिको नाममा बालकुमारीमा बढिरहेको बेथिती साम्य पार्न एउटा प्राचार्यको प्रयास अझसम्म पनि सार्थक बन्न सकिरहेको छैन । किनभने प्राचार्यभन्दा माथि अघोषित रुपमा राजनीतिक दलहरुले यो मुद्धालाई उचालिदिएपछि जिल्ला शिक्षा कार्यालय समेत निरिह बनिरहेको छ । विद्यालयमा जेठ १३ गते बसेको अभिभावकहरुको भेलाले कमल आयार्यलाई व्यवस्थापन समितिको अध्यक्ष बनायो । भेलामा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि समेत उपस्थित थिएन । अझ सबै राजनीतिक दल सम्बद्ध

अभिभावकहरु पनि सो भेलामा उपस्थित थिए । तर जसरी गठन भएपनि नेपाली कांग्रेससम्वद्ध ‘नेपाल विद्यार्थी संघ’लाई आचार्य अध्यक्ष भएको मन परेन । ‘खेताला अभिभावक’ ले आचार्यलाई नियमभन्दा बाहिर रही अध्यक्ष बनाएको भन्ने नेविसंघको आरोप रह्यो । यसलाई प्राचार्य रिजालले समेत ‘पिछलग्गु’ बनेर समर्थन गरेको उसले बतायो । यस्तो भेलाबाट बनेको अध्यक्षलाई ‘हामी मान्दैनौं’ भनेर प्रशान्त अधिकारी अध्यक्ष रहेको नेविसंघ क्षेत्र नं. ३ ले भनेपछि उसले पहिलो चरणमा यसलाई सच्याउनुपर्ने माग राखी जेठ २२ गते ‘शैक्षिक गतिविधि प्रभावित नहुने’ गरी विद्यालयको लेखा र प्रशासन कक्षमा ताला लगायो । असार २८ गते जिल्ला शिक्षा कार्यालयले विद्यालयमा गठन गरिएको व्यवस्थापन समिति नियमसम्मत भएको र बाँकि रिक्त सदस्यमा अन्यलाई मनोनित गरी समितिलाई पूर्णता दिन पत्राचार ग¥यो । तर बालकुमारीमा व्यवस्थापन समिति गठन गर्न चरणवद्ध आन्दोलन गर्दै आएको नेविसंघ क्षेत्र नं.३ ले गत हप्ता विद्यालयमा विज्ञप्ति प्रकाशित गरी प्रशासन कक्ष तोडफोड ग¥यो । विज्ञप्तिलाई आधार मान्दा अनिल अधिकारी, रञ्जन पौडेल, नागेन्द्र पौडेल, सन्तोष लामा र निशान अर्याललाई नेविसंघले आन्दोलनको नेतृत्व गर्न पठाएको देखिन्छ । अहिले विद्यालयमा तोडफोड गरेरै भएपनि उनीहरुको आन्दोलनले ‘सफलता’ पाएको छ ।

आइतबार बालकुमारी पुग्दा सरस्वतीको मन्दिर तोडफोड भएको देखेर धेरैले नमज्जा मानिरहेका थिए । २२ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयलाई यो स्वरुपमा ल्याएका जवाहरलाल प्रधान पनि निकै निराश देखिन्थे । प्राचार्यको कोठामा ‘भोटे ताल्चा’ लगाएका थिए, नेविसंघका जवानहरुले । कोही भित्र नपसुन् भनेर । अनि ढोकैमा आफूहरुको पुरुषार्थ देखाउन ‘ताल्चा लगाउनुको कारण’ बताइएको थियो, आफ्नै लेटरप्याडमा । नेविसंघको सोही लेटरप्याडको सिरानमा महामानव विपी कोइरालाको भनाइ थियो, ‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने स्थल होइन, यो त सिद्धान्त र विचारको द्वन्द्वात्मक भूमी हो ।’ अनि यसैको तल आन्दोलनको नेतृत्व गर्ने अनिल अधिकारीले हस्ताक्षर गरेका थिए ।

आफूहरुलाई महामानव विपीको सच्चा अनुयायी ठान्नेहरुको हर्कतलाई त्यही ताल्चा लगाइएको कोठाको झ्यालबाट चियाउँदा सजिलै देखिने तोडफोडले गिज्याइरहेको थियो । स्कुलले पाएको सम्मान र पदक भुईमा छरपस्ट त्यो हर्कतबाट छट्पटाइरहेका थिए । भित्र थुनिएका शैक्षिक सामग्री विद्यार्थीको भविष्य देखेर रोएको थियो । शैक्षिक क्षेत्रमा देखिएको त्यो ‘बाहुबल’बाट टेबल कुर्सीका सीसा झैं त्यो स्कूलमा पढिरहेका भाईबहिनीको भविष्य छियाछिया भएको संकेत दियो ।

अहिले बालकुमारीको शैक्षिक गतिविधि अवरोध नगर्ने भनि नेविसंघले लगाएको ताला यो पंक्ति लेखिरहँदा पनि खुलेको छैन । बालकुमारीले धेरै राम्रा विद्यार्थीहरु वर्षेनी उत्पादन गरिरहेको छ । एसएलसीमा नेपाल टप गरेकासम्म इतिहास बालकुमारीसंग छन् । डाक्टर, इन्जिनियर लगायत धेरै सामाजिक र राजनीतिक व्यक्तित्व उत्पादन गर्नमा बालकुमारीको योगदान महत्वूर्ण छ । यस्ता विद्यार्थी उत्पादन गर्ने क्रममा धेरै ‘नेविसंघ’मा आवद्ध विद्यार्थीहरु पनि बालकुमारीका उत्पादन हुन् । तर उनै ‘नेविसंघ’बाट बालकुमारी बन्द हुनु, तोडफोड हुनुलाई जायज मान्न सकिंदैन । शैक्षिक गतिविधि अवरोध नगर्ने भनि बन्द गरिएपनि यसबाट आउने परिणामले शैक्षिक गतिविधिलाई नविथोल्ला भन्न सकिन्न । एसएलसीको पुरक परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय पठाउने फर्महरु बन्द कोठाभित्र थुनिएर बसेका छन् । प्राचार्य रिजालको कार्यकक्ष बन्द हुँदा यसले निम्त्याउने तनावले विद्यार्थीहरुमा समेत राम्रो शैक्षिक वातावरण पुग्न सकेको छैन । लेखा शाखा बन्द हुँदा शिक्षकहरुले तलब खान सकेका छैनन् । मरीमरी काम गर्ने शिक्षकले दाम नपाउँदा उसले गर्ने कामको बारे सम्बन्धित विथार्थीहरुले गम्भीर भएर सोंच्न जरुरी छ । विद्यालय व्यवस्थापन समितिको नाममा विद्यालयको जुनसुकै क्षेत्र बन्द गरेर विद्यालयलाई ‘रणमैदान’ बनाइयो भने यो प्रकृया लम्विन सक्छ । सुनिदैंछ, यस्तो रणमैदान बनाउन राजनीतिक रङको आधारमा भूपू विद्यार्थीहरु समेत लागिपरेका छन् । यस्तै हो भने प्राचार्य सरस्वतीदेखि विद्याकी देवी सरस्वतीसम्मको श्राप लाग्नेछ । समस्यालाई ठूलो बनाउने भन्दा पनि समाधानतर्फ जानु नै अहिलेको आवश्यकता हो ।

नेपालीले जानेको सत्य कुरो के हो भने गत वर्षको मंसिर ११ गते सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा ग¥यो । विद्यालयमा राजनीति गरेर कुनैपनि बहानामा विद्यार्थीको पढाई प्रभावित पार्न हुन्न भन्यो । यस्ता लिखित दस्तावेज जताततै छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउने नारा सबै ठाउँमा छरिएका छन् । तैपनि शैक्षिक क्षेत्र प्रभावित हुनचाहिं अझै छाडेको छैन । कतिसम्म गैरजिम्मेवार हुँदोरहेछ त नेपालीको स्वभाव र बानी । शिक्षकलाई तनावमा राखेर विद्यार्थीको पढाई अगाडि बढ्न सक्दैन भन्ने कुरा त जान्नपर्ने हो नि । नितान्त शैक्षिक मुद्धामा सम्बन्धित पक्षले चासो र सरोकार नदेखाएपछि स्वमय् विद्यार्थीहरुले नै विद्यार्थीका लागि गरेको आन्दोलनलाई केहि हदसम्म जायज मान्न सकिएला । तर यहाँ त सामान्य मुद्धादेखि राजनीतिक सवालसम्म विद्यार्थीको पढाइलाई प्रभावित हुनेगरि आन्दोलनको उठान गरिन्छ । अझैपनि भर्खरै फक्रिन लागका कोपिलाहरुलाई चुँडालेर फाल्ने प्रयास कतिञ्जेल गर्ने ?

विद्यालय बन्द हुँदा र शिक्षकलाई तनावमा राख्दा विद्यार्थी नयाँ कुरा जान्नबाट वञ्चित हुन्छ । विद्यालयमा बन्द हड्तालबाट हुने दुरगामी असरको भयावह परिणामको लेखाजोखा गरेर साध्य छैन । सरोकारवालाहरु सबै मिलेर विद्यालय शान्तिक्षेत्र हो भन्ने प्रत्याभुति नदिलाएसम्म विद्यालय बन्द भइनै रहन्छ । विद्यार्थी संगठनहरुले कलिला विद्यार्थीलाई ढाल बनाएर राजनीति गरिरहन्छन् । अनि राजनीति गर्नेका कुरालाई कति पत्याउने, प्रधानमन्त्रीको कुर्सी हल्लाउन र घुर्की लगाउन लगातार शैक्षिक क्षेत्रलाई तारो बनाइरहन्छन् । अब फेरि व्यवस्थापन समितिका नाममा विद्यालयलाई राजनीतिक अखडा बनाउने प्रयत्न गरिंदैछ । यो बालकुमारीमा मात्र होइन, धेरैजसो स्कुलमा देखिन्छ । यसपालि गुरुपूर्णिमाका दिन बालकुमारीका गुरु–गुरुआमाहरु तनावमा परे । आदर गर्नुपर्ने दिन अनादर बेहोर्नुप¥यो । प्रशासन टुलुटुलु हेर्न बाहे केही जान्दैन । जब राजनीतिक नेतृत्व निकम्मा भइदिन्छ, जायज नाजायज माग राख्नेहरुलाई समेत विद्यालय र विद्यार्थी मसला बन्नुपर्नेछ । यसैले व्यवस्थापन समितिका नाममा बालकुमारीमा देखिएको विवाद साम्य पार्न सबै राजनीतिक दलहरुले ‘हाम्रा’ भन्दा पनि ‘राम्रा’ मान्छे खोज्न जोड दिनैपर्छ । अन्त्यमा असल खराब जे भएपनि सुनेको, देखेको र पढेको सबै विषयका स्रोतहरु हाम्रा गुरु–गुरुआमाहरु हुन् । हामी जे हौं, हामीले पढेका विद्यालय र तिनै गुरु–गुरुआमाका परिणाम हुन् । यो जीवनचक्र जस्तै हो । पुस्तौपुस्तासम्म यो सत्य रहिरहन्छ । यसैले सबै विद्यालयका सबै विद्यार्थीले यो कुरालाई मनन गरी आफ्ना परिणामका स्रोतहरुलाई नमन गर्नका लागि पनि शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउनु जरुरी छ । आउनुस्, यसैका लागि एकाकार बनौं ।

२०७० साउन १५ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-62510611708189676352013-07-30T13:30:00.001+09:002013-07-30T13:40:35.185+09:00कृषिमा चितवन : सम्भावना र आवश्यकता

पछिल्लो समय परोपकारी पत्रकारिता अँगालिरहेका पत्रकार एकल सिलवालको चाख कृषिमा समेत बढ्दै गएको छ । उनी विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल पनि छन् । लामो समय पत्रकारिताबाट जीवन निर्वाह गरेका उनको पेशा पत्रकारितासंगै कृषि बन्ने तयारीमा छ । उनी भन्छन्,‘अबको भूमिकामा मैले पत्रकारितालाई सोख, धर्मलाई परोपकार र कृषिलाई मुख्य पेशा बनाउन लागिरहेको छु ।’ पत्रकार एकलले भनेजस्तै चितवनको माटोमा पनि अब कृषिले व्यवसायीकरणको बाटो लिंदैछ । धेरै मान्छे अब कृषिमा लाग्दैछन् । यो त भयो, उनको व्यक्तिगत पेशा । उनको एउटा सामाजिक संस्था पनि छ, मितेरी फाउण्डेशन । मितेरीले विपन्न वर्गको जीवनस्तर उकास्न पनि कृषिकै सहारा लिने तयारी गरेको छ ।

चितवनको लोथरबाट करिब ८ घण्टा पैदन हिंडेपछि कान्दा गाउँ पुग्न सकिन्छ । २०६७ जेठमा यहाँ विषालु च्याउ खाएर ८ जना चेपाङहरुको मृत्यू भयो । कस्तो च्याउ खान हुने या कस्तो नहुने भन्ने जानकारी नहुँदा चेपाङ वस्तीमा नै रुवावासी मच्चियो । आयस्रोत नहुँदा जंगली च्याउको भर पर्ने वाध्यता थियो । अहिले कान्दामा पत्रकार एकलकै सक्रियतामा कृषिमै आत्मनिर्भर हुने खालको अभियान लक्ष्मी प्रतिष्ठानको सहयोगमा मितेरीले ल्याएको छ । त्यहाँका चेपाङलाई ‘च्याउ होइन, स्याउ’ खुवाउन हरेकलाई स्याउ रोप्न लगाइएको छ । विस्तारै स्याउको विरुवा बढ्दैछ । विषालु च्याउ पनि नचिन्ने चेपाङहरु पोषिलो स्याउ कुरेर बसेका छन् ।

अन्नका रुपमा वनका भीरपाखा र खोरिया खोस्रेर थोरै मकै कोदो उव्जाउने कान्दाका चेपाङलाई स्याउले सफलता पायो भने धेरै चेपाङका लागि यो कृषि पेशा बन्न सक्छ । यही अभियानमा छन्, मितेरीका एकल र सिंगो मितेरी समूह । ‘च्याउ चेपाङलाई स्याउ चेपाङ’ बनाउन जुम्लाका बागवानी प्राविधिक श्रीबहादुर भण्डारीले कान्दाको हावापानी र माटोको मिहिन अध्ययन गरिसकेका छन् । कान्दामा जुम्लाकै जस्तो कालोमाटो रहेछ । जुम्ला स्याउकै लागि प्रसिद्ध छ । यसैले कान्दामा स्याउको सम्भाव्यता बोकेर त्यहाँ ५१५ स्याउका विरुवा लगाइएका छन् । अबको पाँच वर्षभित्र कान्दामा स्याउ फल्ने आशा गरिएको छ । चेपाङहरु आफ्नै हातले फलाएको स्याउ खान हतारिएका छन् । अनि यसलाई कृषि व्यवसाय बनाउने अभियानमा छन् ।

कान्दा जस्तै स्याउको सम्भावना भएको क्षेत्र चितवनमा धेरै छन् । चितवनका पहाडी गाविसमा यसको सम्भावना धेरै छ । किनभने समुद्री सतहबाट १६०० मिटरमाथि उचाइमा स्याउ फल्छ । चितवनका धेरै पहाडी गाविसहरु १६०० मिटर उचाइमै छन् ।

चितवनमा स्याउको सम्भावना रहेको कुरा चेपाङले विषालु च्याउ नखाइदिएको भए थाहा हुन्थेन । विषालु च्याउले चेपाङको ज्यान लिएपछि बल्ल त्यहाँ पत्रकार पुगे । अनि यसले संसारभर चर्चा पायो । एकल जस्तै मनकारी नेपालीहरु त्यो ठाउँमा पुगेर कृषिकै माध्यमबाट चेपाङहरुको जीवनस्तर उकास्न लागि परे । यस्तै चितवनको काउले पनि स्याउको लागि सम्भावना भएको क्षेत्र हो । यो पहाडी गाविसलाई पनि ‘कान्दाको हजुरबाउ’ भनेर चिन्छन्, स्थानीय वासिन्दाहरु । यहाँ पनि स्याउको सम्भावना छ । हात्तीवाङ लगायतका पर्यटकीय क्षेत्रमा स्याउ लगायतका वनस्पतिले किसानको जीवनस्तर उकास्न सकिन्छ भने त्यहाँ आउने पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । यहाँ अहिले केही किसानहरु मिलेर इलामको जस्तै चियावारी बनाउने अभियानमा छन् ।

चितवनलाई ७६ औं जिल्लाको रुपमा लिने गरिन्छ । कृषिसंगै विभिन्न उद्यमशील उद्योगहरुको सम्भावना भएको क्षेत्र हो, चितवन । यहाँ रातोदेखि कालो माटोसम्ममा उव्जनी उव्जाउन सकिन्छ । अब पोल्ट्रीको राजधानीको रुपमा मात्रै चितवनलाई लिने दिन गए । कुनैबेला चितवन केका लागि प्रसिद्ध छ भन्दा सबैको उत्तर हुन्थ्यो,– तोरी । तर अहिले तोरी चितवनका गाउँगाउँ चाहारी चाहारी हिंड्नुपर्छ । यहाँ तोरी फलाउने किसान पाउन छाडियो । चितवनमा समथर भुभाग भएकाले तोरीको सम्भावना अझै भएको कुरामा कृषि विशेषज्ञको दुइ मत छैन । तोरीदेखि स्याउ फलाउने ठाउँमा किसानलाई प्रोत्साहित गर्ने खालका योजना भने आएका छैनन् । चितवनमा तोरी नहुँदा माहुरी पाल्ने किसानहरुले माहुरी चराउन अन्यत्र जिल्ला धाउनुपर्ने वाध्यता छ ।

कृष्णप्रसाद अधिकारी चितवनका उद्यमी हुन् । उनले धेरै उद्योग चलाएका छन् । साथै कृषिको क्षेत्रमा चितवनलाई हेर्ने दृष्टिकोण पनि भिन्नै खालको छ, उनको । चितवन यसै हरेक कुराले देशको ७६ औं जिल्लाको रुपमा चिनिन्छ । तै पनि अधिकारी थप्छन्,‘नेपालका ७४ जिल्लालाई एकातिर र चितवनलाई अर्कोतिर राखेर तराजुमा राख्ने हो भने कृषि र उद्यमको क्षेत्रको रुपमा चितवनकै पल्ला भारी हुन्छ ।’ उनको यो विश्लेषण निकै घतलाग्दो छ । हुनपनि अहिले यहाँ माछापालन, केराखेती, बंगुरपालनदेखि नयाँ कृषिका उत्पादनले बजार लिएको छ । चितवनमै रहेको चित्रवन मिल्कका कारण धेरैको गाइपालन पनि फष्टाएको छ । पोल्ट्रीका क्षेत्रमा त चितवन देशकै राजधानी भैहाल्यो ।

कृषिको यत्रो सम्भावना बोकेर पनि चितवनमा यसको प्रवद्र्धनका लागि राज्यबाट खासै कदम भने चालिएको छैन । हुन त सबै कुरा राज्यबाट अपेक्षा गर्नुपनि हुँदैन । तैपनि राज्यले किसानको अभिभावक बनेर काम गराइलाई मलजल दिएमा धेरैको जीवनस्तर अगाडि बढ्न सक्ने कुरामा कृषिमा लागेका अभियन्ताहरु बताउँछन् । चितवनको रामपुरमै ‘कृषि तषा पशु विज्ञान अध्ययन संस्थान’ छ । भविष्यमा कृषि क्षेत्रमा लाग्ने र लाग्न चाहनेहरुले कृषि क्याम्पस भएकै नाताले उसबाट धेरै अपेक्षा राखेका हुन्छन् । तर विडम्बना रामपुर कृषि क्याम्पस नजिकै राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र भएर पनि नजिकैका मकैबारीमा फलेका मकैका घोंगामा दाना हुँदैनन् । भएका पनि थोता हुन्छन् । अनि मकै खेती गर्छु भनेर कस्सिएको किसानले कसरी आगामी दिनमा मकै लगाउला ?

कान्दाको माटोमा च्याउ फल्ने बारेमा थाहा पाउन हुम्लाबाट प्राविधिक ल्याउनुप¥यो । आफ्नो बारीमा कुन अन्न बाली राम्रो हुन्छ भन्ने बारे अझै धेरै किसान अनविज्ञ छन् । जग्गाजमीन नभएकाहरु त यसै किसानी काम नगर्ने भए । तर प्रशस्त जग्गा जमीन भएकाहरु समेत यो अज्ञानताका कारण खेतबारी बाँझै राखेर बसेका छन् । यो कुरा बुझाइदिने समेत कोहि भएन । कसैको लहैलहैमा लागेर एउटा बाली लगायो, तरिका नजान्दा जमीन र जाँगर खेर गएको अनुभव पनि छ, धेरै किसानको । अहिले चाहिँ नीजि स्तरबाट खोलिएका कृषि सम्बन्धि संघसंस्थाले बरु कृषिमा काम गरिरहेका छन् ।

राज्यले गर्नुपर्ने काम नीजि स्तरबाट सञ्चालन गर्नु झनै राम्रो हो, त्यो पनि उच्च व्यवस्थापनका साथ । किसानकै लागि भनेर यस्तै काम गरेको छ, चितवनको किसान कल सेण्टरले । आफ्नो जग्गामा कुन अन्नबाली लगाउँदा राम्रो हुन्छ भनेर जान्न जग्गाको माटो सेण्टरमा लगेर दियो भने उसले सुझाव दिन्छ,–यो अन्नबाली यसरी लगाउनुस् । बीचमा कुनै अफ्ठ्यारो प¥यो भने १६६०–५६५२–९९९ मा फोन गर्नुस् । फोन गरेको पैसा लाग्दैन । सेवा, सल्लाह र सुझाव पनि हामी निशुल्क दिन्छौं ।’ यो किसान कल सेण्टरमा किसानलाई आइपर्ने समस्या समाधान गर्न कृषि प्राविधिकहरु बसिरहेका छन् । देशभरका किसानहरुले फोन गरेरै भएपनि यो सेण्टरबाट फाइदा लिएको बताईन्छ । एग्रिकेयरले सुरु गरेको किसान कल सेण्टरले चितवनमा लोकप्रियता पाइसकेको छ । जहाँ दैनिक २ सयको हाराहारीमा किसानले फोन गरेर आफ्नो समस्याको समाधान खोज्ने गरेका छन् ।

अहिले नेपालमा केहि सम्भावना नदेखेर प्रतिभा पलायन तिब्र रुपमा बढेको छ । राजनीतिक अस्थिरताले देश उथलपुथल छ । भएको एउटा कृषि क्याम्पसले राम्रो शिक्षा दिन सकेको छैन । राजनीतिक रंगले क्याम्पसलाई अस्तव्यस्त पार्दा कृषि क्षेत्रमा लाग्न चाहने नेपालीहरुलाई ठेस लागेको छ । कृषि क्रान्ति भन्दा राजनीतिक क्रान्तिबारे क्याम्पसमा चर्चा बढि हुन्छ । विद्यार्थीहरु मारमुंग्रीमा बढि उत्रन्छन् । यस्तो भएपछि आम किसानले यसबाट के अपेक्षा गर्ने ? यसैले पनि नीजि स्तरबाट खुलेका कृषि सम्बन्धि संघसंस्थाहरुको भर पर्नुपर्ने वाध्यता चितवनका किसानलाई रहँदै आएको छ । अब चितवनका किसानहरुको स्तरोन्नतीका लागि रामपुर क्याम्पसले सोँच्नैपर्ने भएको छ ।

नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने चितवनको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन फस्टाउँछ । साँच्चै कृषिलाई सरकारले महत्व दिने हो भने प्राविधिक र वैज्ञानिकको माग उच्च र कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिन्छ । कृषि पढेपछि माटोमै खेल्न चाहने आँटिला प्राविधिकले व्यावसायिक तरकारी खेती, पशुपालनलगायत आधुनिक र्फम खोलेर कयौं बेरोजगार युवालाई देशमै रोजगारी दिन सक्छन् । धेरै मानिस गैरकृषि पेसातिर मात्रै जाने हो भने खाने मुख बढ्छ र काम गर्ने हात घट्छ । यसैले माटोमा पसिना चुहाउन चाहने उत्साही युवाका लागि कृषिकर्म सही बाटो हो । कृषिको यो आवश्यकतालाई चितवनले सम्भावनाको बाटो खोलिदिएको छ ।

चितवनको माडी उपत्यकामा चार गाविस छन् । जसलाई वरीपरि पहाडले घेरेको छ । कुनैबेला सिंगो चितवन माडीकै उत्पादन खाएर बाँच्थ्यो । तर अहिले अवस्था फेरिएको छ । माडीमा अधिकांश माछा पोखरी बनेका छन् । धान, मकै र तरकारी फलाउने ठाउँमा कि त प्लटिंग बनेको छ , कि माछा पोखरी । हुँदाहुँदा माडीले समेत तरकारीका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था आएको छ । ‘एकाविहानै माडी जाने बसमा छतभरि तरकारीका बोरा देख्न सकिन्छ ।’ माडी किर्तनपुरका शिव सुवेदीको गुनासो छ । माछापालन कृषिकै एउटा उपज भएपनि सबैले एउटै पेशा अँगाल्दा सफल बन्न नसकेका उदाहरण पनि छन् । सुवेदी भन्छन्,‘आवश्यकता र सम्भावना हेरेर मात्रै किसानले कृषि कर्ममा हात हाल्नु राम्रो हुन्छ ।’ चितवनका किसानले लिएको कृषिको सम्भावनालाई राज्यले आवश्यकता सम्झेर सहयोग गरेमा देशको अर्थतन्त्र र कृषिकर्मले नयाँ बाटो लिनेमा आम चितवनवासीहरु ढुक्क छन् । अब भने व्यवसायिक कृषिका लागि चितवनले छुट्टै चिनारी दिनुपर्ने भएको छ । विषालु च्याउ खाने चेपाङलाई रसिलो स्याउले व्यवसायिक बनाउन सके व्यवसायिक कृषिमा चितवनले नयाँ चिनारी दिनेछ ।

२०७० साउन ९ गते बुधबार प्रकाशित चितवन पोष्ट दैनिकको अभिमतबाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-75223008337193687682013-07-19T22:07:00.002+09:002013-07-19T22:08:22.753+09:00सुरक्षित सवारीमा ‘मापसे’को प्रभावकारिता

गएको वैशाख २० गते राति चितवन रामनगरमा चालकले ‘मापसे’ गरेको एक मोटरसाइकल दुर्घटनामा प¥यो । रातिको घटना भएकाले हारगुहार गर्दा पनि कोहि बचाउन आएनन् । घटना भएको करिब एक घण्टापछि घटनामा स्थानीय व्यक्ति नै परेका कारणले रामनगरवासीको ध्यान घटना भएतिर मोडियो । मोटरसाइकल पछाडि बसेकाको अवस्था चिन्ताजनक रहेछ । चालकको अवस्था सामान्य थियो । उनीहरुलाई अस्पताल लगियो । अस्पतालको आइसीयूमा राखेको तिन दिनपछि पछाडि बस्नेको निधन भयो । प्रहरीका अनुसार उनीहरु दुवैले राती रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।

रक्सी खानु या ‘मापसे’ गरेर सवारी साधन चलाउनु दुर्घटना निम्त्याउनु हो । ‘मापसे’ ले एकछिन मनोरञ्जन दिएपनि जीवनभरि बाँचेकालाई पीडा दिन्छ । दुर्घटना अकल्पनीय हुनेगर्छ । तर ‘मापसे’ ले निम्त्याउने दुर्घटना झनै पीडादायी हुन्छ । मर्ने त मरेर गैहाले । बाँच्नेहरु र मर्नेका आफन्त, शुभचिन्तकलाई यस्ता दुर्घटनाले जीवनभरि पीडा दिइरहेको हुन्छ । चितवनमा बेला बेला ‘मापसे’ गरेर सवारी साधन चलाउनेलाई कडाइका साथ अनुगमन गरिएपनि यसको प्रभावकारीतामा भने कमी आइरहेको छ । यसअघि पनि चितवनमा सवारी दुर्घटना व्यापक भैरहेको छ । अधिकांश दुर्घटना ‘मापसे’ गरेरै भएका छन् । त्यसमा पनि १८ देखि ४० वर्ष उमेर समूहका बढि व्यक्तिहरु दुर्घटनामा परेको तथ्याँक छ । मापसे जाँचमा भएको प्रभावकारीताको कमीले आम ‘मापसे’वालाहरु दुर्घटनाको शिकार बनिरहेका छन् ।

प्रहरीलाई झोंक चल्यो भने गौंडा ढुकेर साँझ परेपछि ‘मापसे’ चेक गरेको पाइन्छ । चिनेजानेका र समाजका ‘हुनेखाने’लाई प्रहरीको त्यो गौंडा पहिल्यै थाहा हुन्छ । तर सामान्य मान्छेलाई गौंडा पहिल्याउन मुश्किल पर्छ । गौंडा थाहा नपाएका ‘हुनेखाने’ हरु प्रहरीको कारवाहीमा परेपनि फुत्किहाल्छन् । जसले गर्दा मापसे गर्दाको कारवाही कसका लागि हो भन्ने कुरा छुट्याउन सबैलाई गाह्रो पर्नु स्वाभाविकै हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चितवनमा भएका दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् । अधिकांश मापसे गरेरै भएका छन् । गत वर्ष पनि ६७ जनाले ज्यान गुमाए । अधिकांशको कारण मापसे गरेरै भएको हो ।

चितवनमा मापसे गरेकाहरुबाट प्रहरीले राजस्व पनि उठाउँछ । तर यता मान्छेले मापसे गर्न छाडेका छैनन् । दुर्घटनामा पनि कमी आएको छैन । उता भने राजस्व बढेको बढेइ छ । गत वर्ष मापसे लगायत विभिन्न सवारी कारवाहीमा परेकाबाट करिब ४४ लाख रुपैयाँमा सीमित भएको राजस्व अहिले आएर ६० लाखको हाराहारीमा उठेको छ । यसमध्ये करिब ३ लाख त मापसे गरेकाहरुबाट राजस्व उठेको छ । यसले के संकेत गर्छ भने, चितवनमा पनि अझै सुरक्षित तरिकाले सवारी साधन चलाउनेतर्फ मान्छेको ध्यान जान सकेको छैन । जसले ‘मापसे’ मात्र होइन, सिंगो सवारी सुरक्षाप्रति प्रश्नचिन्ह उव्जाएको छ । यसले प्रहरीको ‘मापसे’विरुद्ध अभियान कुनै रक्सी उत्पादक, होटेल तथा रेस्टुरेन्ट व्यवसायी वा मादक पदार्थ सेवनकर्ताविरुद्ध लÔित पक्कै छैन भन्ने संकेत दिन्छ ।

‘मापसे’ गरी सवारी चलाउने चालक कारबाहीमा पर्नुलाई अभियानको सफलता मान्ने हो भने पनि नेपाली समाजमा यो अभियानको कुनै प्रभाव परेको नदेखिनु चाहिँ गम्भीर चिन्ताको विÈय हो । प्रहरीले त ‘मापसे’पछि सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने खतरा देखेर त्यसको न्यूनीकरणका लागि अभियान सुरु गरिसकेपछि समाजमा पनि सकारात्मक प्रभाव देखिनुपर्ने हो । ‘मापसे’पछि सवारीसाधन चलाउने प्रवृत्तिमा कमी आउनुपर्ने हो । तर, परिणाम ठिक उल्टो देखिँदै आएको छ । यसले गर्दा पनि मापसे समाज र प्रहरीकै निम्ति पनि गम्भीर चुनौती बन्दै गइरहेको अनुमान गर्न कठिन छैन ।

‘मापसे’ गरेर सवारी साधन चलाउनु भनेको दुर्घटना निम्त्याउनु हो । यसमा कसैको पनि दुइ मत छैन । तर ‘मापसे’ कर्ताहरुलाई गर्ने कारवाही पारदर्शी हुन नसक्नु चिन्ताको विषय हो । जसले दुर्घटना समेत निम्त्याएको छ । केही समय पहिले काठमाडौंमा दुइ जना युवाले ‘मापसे’ गरेर मोटरसाइकल चलाए । रातको समयमा बाटोमा प्रहरीले ‘मापसे’ जाँच गरेको रहेछ । ती युवाहरु बाटोमा प्रहरीले ‘मापसे’ जाँच गरेको थाहा पाउने वित्तिकै मोटरसाइकलको गती तीब्र बनाए । प्रहरीलाई छल्न उनीहरुले गरेको प्रयास सफल हुन सकेन । अल्लि अगाडि ट्रक कुदिरहेको थियो । तीब्र गतिमा कुदिरहेको मोटरसाइकल त्यही ट्रकमा गएर ठोक्कियो । उनीहरुमध्ये एकको ज्यान गयो । मापसे जाँच गर्ने प्रहरीको तौरतरिका ठिक भएन भन्ने गुनासो यस्ता प्रकारको घटनाले पनि काठमाडौंमा त्यतिबेलै उठ्यो ।

अहिले ‘मापसे’ गर्नेहरु प्रहरीको आँखा छलेरै भएपनि ‘मापसे’ गरिरहेका छन् । प्रहरीले गौंडा ढुकेर कारवाही गर्छु भनेपनि मापसे यात्रा जारी छ । राजस्व बढ्नु भनेकै मापसे गर्नेको संख्यामा वृद्धि हुनु हो । ‘मापसे’अनुगमनलाई प्रभावकारी रुपले अगाडि बढाउने हो भने हरेक होटल र रेष्टुराँका अगाडि प्रहरीको अनुगमन बढाउनुपर्छ । हरेक प्रहरी बीट अगाडि मापसे जाँच गराउनुपर्छ । अनि बल्ल मापसे गर्नेहरुको संख्यामा कमी आउँछ भने अकस्मात हुने दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।

विकसित देशहरुमा पनि मापसे गरेर सवारी साधन चलाउन पाइदैन । यसरी मापसे गरेर सवारी साधन चलाएको पाइएमा दुर्घटनामा मान्छे मारेर पाइने सजाय सरह हुन्छ । रेष्टुरेण्ट र बारहरुमा बसेर मज्जाले ‘मापसे’ गर्न पाइन्छ । तर सवारी चलाउनेले ‘मापसे’ गर्न पाउँदैन । यदि सवारी चलाउनेले पनि होटलमा बसेर ‘मापसे’ गरी सवारी चलाएको भेटेमा प्रहरीले सवारी चालकसहित होटल मालिकसंग पनि ठूलो परिणाममा राजस्व सहित कारवाही गर्ने अधिकार प्रहरीलाई दिइएको हुन्छ । यसैले सवारी चालकलाई ‘मापसे’ गर्ने सवालमा होटल मालिक पनि सचेत हुन्छ । किनभने सवारी चालकलाई ‘रक्सी खान किन दिइस्’ भनेर प्रहरीले होटल मालिकलाई सोध्छ र ठूलै दुर्घटना भएको अवस्थामा होटल बन्द हुन सक्छ भने उ जेल समेत जान सक्छ । हाम्रोमा भने त्यस्तो कानुन छैन । बाटोमा जे जुकै होस्, होटल भित्रको कुरो कसैलाई मतलब भएको पाइदैन ।

‘मापसे’ जाँच गर्दा त सडक दुर्घटनामा सवारीको हालत यस्तो छ भने ‘मापसे’ जाँच नहुने हो भने झनै दुर्घटना बढ्छ । यसैले मापसे जाँचकीहरुले गौंडा कुरेर बस्नुभन्दा सम्बन्धित होटलबाट निस्कने मापसेवालाहरुलाई त्यहीँ जाँच गर्ने व्यवस्था मिलाउने हो भने मापसे जाँचको प्रभावकारिता अझ बढ्छ । बाटोमै समातेपनि कुन होटलमा कति खाएको हो भन्नेसम्मको सोधपुछ गर्नसके मापसे जाँचको प्रभावकारिता बढ्छ । कमसेकम होटल मालिकलाई समेत मादक पदार्थ सेवन गरेकालाई सवारी साधन चलाउन नदिनेसम्मको सचेतना दिनु आवश्यक छ । यसरी पैसाकै लागि पटक पटक उसले यस्तो कुरा उल्लंघन गरेमा उसलाई समेत कारवाहीको दायरामा ल्याउनु जरुरी छ ।

‘मापसे’ जाँचका क्रममा घरायसी काममा परिवारसहित सानोतिनो काम लिएर हिँडेका सर्वसाधारण समेत पर्ने गरेका छन् । कहिलेकाहिँ उनीहरुको साथमा ‘व्लुबुक’ नभएपनि लाइसेन्स साथमा हुन्छ । कहिलेकाहि लाइसेन्स पनि साथमा हुँदैन । तर उनीहरुलाई मापसे नगरेको भएपनि ‘व्लुबुक’ नलिएकै कारण प्रहरीले दुःख दिइरहेको हुन्छ । त्यतिबेला हातमा डण्डा लिएर बसेका प्रहरीको काम लाइसेन्स र ‘ब्लुबुक’ लिने होइन । प्रहरीको शक्ति जे कामका लागि हो, उही कामका लागि खर्चिनुपर्छ । मोटरसाइकलवालाहरुले त ‘व्लुबुक’ लिएर हिँड्न झण्झटिलो ठान्छन् । साथमा लाइसेन्स भइसकेपछि उनीहरुलाई समेत तल्लो दर्जाका प्रहरीले ‘मापसे’ कै हाराहारीमा राखेको भेटिन्छ । यसमा पनि सम्बन्धित प्रहरी प्रमुखको ध्यान जानु जरुरी छ ।

‘व्लुबुक’ लाई पनि लाइसेन्स जस्तै सजिलो तरिकाले साथमा लिएर हिँड्न मिल्ने बनाउन सके राम्रो हुनेथियो । ‘व्लुबुक’ त लिएरै हिँड्न अप्ठ्यारो छ । हातमा झोला नभएकाहरुलाई लिन पनि गाह्रो छ । अरुभन्दा पनि हराउने र च्यातिने डर उत्तिकै । यसैले सम्बन्धित निकायले यसतर्फ पनि विचार गरेमा ‘मापसे’ जाँचको लक्षित उद्देश्य पुरा हुनेछ । जे कुराका लागि जाँच्न खोजिएको हो, त्यो लक्ष्य प्रहरीले पुरा गर्नसक्छन् । अन्यथा ‘मापसे’का नाममा प्रहरी मोटाउने वाहेक अरु काम हुन सक्दैन । अहिले भइरहेको ‘मापसे’ जाँच राम्रो छैन भन्नु भन्दा पनि यसको प्रभावकारिता खस्कँदै जानु चिन्ताको विषय हो ।

२०७० साउन १ गते मंगलबारको चितवन पोष्ट दैनिकमा प्रकाशित अभिमतबाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-72556284248015579312013-07-09T23:28:00.002+09:002013-07-09T23:29:17.711+09:00उपभोक्ताका विरुद्ध खानेपानी बोर्ड

हरिप्रसाद पोखरेल

दुई महिना अघि कृष्णपुरमा रहेको सनराइज स्कुल अगाडि एक उपभोक्ताको घरमा लगिएको खानेपानीको पाइप फुटेर पानीले सडक हिलाम्मे भयो । ती उपभोक्ताले पाइप मर्मत गर्न नजिकैको खानेपानी बोर्डमा जानकारी दिए । लिखित रुपमा जानकारी दिएर कार्यालय मार्फत पाइप मर्मतका लागि प्रकृया गर्दा झण्झटिलो ठानेपछि सोझै कर्मचारी गुहारे । कर्मचारी आए । पाइप मर्मत भयो । कर्मचारीले चियाखाजा वापत पैसा मागे । उपभोक्ताले दिए । फेरि अर्कोपटक उसैगरि पाइप फुट्यो । फेरि कर्मचारी गुहारे । पैसा लाग्ने भैहाल्यो । तेस्रो पटक पनि पाइप फुटेपछि ‘अब त भएन’ भनि कार्यालयमा लिखित उजुरी दिए । फुटेको पाइप मर्मत गर्न रु.२००।– निवेदन शुल्क वापत बुझाउनुपर्ने रहेछ । पैसा बुझाएर घर आएर एक हप्तासम्म बस्ता पनि कोही कर्मचारी बोर्डबाट पाइप मर्मतका लागि आएनन् । छिमेकीका घरबाट गाग्रो बोकेर पानी खानुबाहेक अर्को विकल्प रहेन । पटक पटक फोन गरेपछि बल्ल कर्मचारी आएर पाइप मर्मत गरे । फेरि पनि खर्च लाग्दो रहेछ । पहिलेकै झैं तिरे । ती उपभोक्ताको घरबाट कृष्णपुरमा रहेको खानेपानी बोर्डको कार्यालयको दुरी १ किलोमिटर भन्दा बढि छैन । हिंडेरै गएपनि १५ मिनेटको बाटो हो । तर बोर्डका कर्मचारीको पारा छिटोछरितो र राम्रो भएन ।

खानेपानी बोर्डका अनुसार सबैभन्दा बढि पानीको खपत गौरीगञ्ज क्षेत्रमा हुन्छ । अनि सबैभन्दा कम पानीको खपत नारायणगढमा । बोर्डको यो तथ्याँकले खानेपानीमा कति धेरै चुहावट रहेछ भन्ने छर्लङ्ग पार्छ । नारायणगढका अधिकांश उपभोक्ताको पानीको महशुल न्यूनतम मात्रै उठ्छ । तर सबैका घरमा पानीको समस्या छैन । धेरै उपभोग गर्ने गौरीगञ्ज क्षेत्रका वासिन्दाका सबै घरमा भने पानी आउँदैन । हावा मात्रै आउँछ । उपभोक्ताले पिउने पानीको मालिक ‘नेपाल खानेपानी संस्थान’ बाट ‘बोर्ड’ भएपछि त सहजै सबै क्षेत्रकाले पानी खान पाउनुपर्ने हो । बोर्डको यो चाला पनि ठिक भएन ।

हालैको एक कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेलले खानेपानीका विषयमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम राखे । खानेपानीमा अझै चुहावट भएको र धेरैले बदमासी गरेर पानी खाइरहेको उनलाई समेत थाहा रहेछ । यस्तो चुहावट नियन्त्रणमा नआइसकेपनि धेरै कम भएको उनको भनाई छ । खानेपानीको मिटर विगारेर या मिटर भन्दा अगाडि नै अर्को पाइप गाँसी मनग्गे पानी खाने पनि रहेछन्, बोर्डले वितरण गरेको पानीमा । पौडेलले धेरैलाई रंगेहात समातेको समेत दावी गरे । समाजमा उच्च ओहदाका व्यक्तिहरु समेत यस्तो घटनामा संलग्न रहेको उनको भनाई छ । तर पत्रकारहरुले ती व्यक्तिहरुको परिचय माग्दा पौडेलले त्यस्ता व्यक्तिहरुको नाम दिन मानेनन् । यस्ता ‘पानी फटाहा’हरुको नाम दिंदा उनीहरुको सामाजिक प्रतिठामाथि आँच आउने उनको ठहर रह्यो । कमसेकम यस्ता व्यक्तिहरुको नाम सार्वजनिक गरि कारवाही गरेको खबर वास्तविक उपभोक्ताले थाहा पाउने हो भने कार्यकारी निर्देशकको प्रतिष्ठा अझ उचो हुनेथियो । जसका कारण आँफू सहित बोर्डलाई समेत पौडेलले सती लैजाने काम गरे । यसो गर्नुहुन्थेन । एउटा सामान्य उपभोक्ताले समयमा महशुल नबुझाए जरिवाना ठोकिहाल्ने बोर्डले त्यस्ता व्यक्तिहरुलाई काखी च्यापीराख्नु जरुरी थिएन । नेपालको सबै संरचना नै यस्तै भएपछि ‘विचरा’ शालिकरामले के नै गर्न सक्लान् र ?

यी माथिका उदाहरणलाई अध्ययन गर्ने हो भने खानेपानीका सम्बन्धमा समयमै उपभोक्ताले आवश्यक सेवासुविधा नपाउने, पानीको चुहावट नियन्त्रण नहुने, पानी फटाहाको विगविगी सधैं कायम भइराख्ने परिपाटी पुरानै हो । अर्थात्, नेपाल खानेपानी संस्थानको नामबाट वितरण भएको भएको पानीमा यस्तो रोग उपभोक्ताले पहिल्यैदेखि चाल पाइराखेका हुन् । संस्थान भईञ्जेल भरतपुरमा पानीको स्रोत पहिल्याएर उपभोक्तालाई यसको वितरण सरकारी तवरबाट गरिएको थियो । खानेपानी संस्थान हुँदा उपभोक्ताबाट धेरै गुनासो आएपछि वितरण राम्रो बनाउने उद्देश्यले भरतपुर नगरपालिकाका तर्फबाट एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नयाँ खानेपानी आयोजना भरतपुरमा शुरु भयो । यस्तो खानेपानी आयोजना सञ्चालन गर्न एडीबीको पहिलो शर्त थियो, नेपाल खानेपानी संस्थानको संरचना हटाएर बोर्ड बनाउने । जसलाई खानेपानी व्यवस्थापन बोर्डको नाम दिने । संस्थानका कर्मचारीहरुले भने खानेपानी निजीकरण गर्न हुन्न भनेर आवाज उठाए । अन्ततः भरतपुरमा वितरण गरिएको पानी बोर्डको नाममा निजीकरण गरियोे । शहरी तथा वातावरणीय सुधार परियोजना अन्तर्गत एडीबीले दिएको २६ करोड २६ लाख ८८ हजार पाँच सय रुपैयाँ ऋणले अहिले बोर्डको संरचना तयार भएको छ । उक्त ऋणको सावाँ व्याज वापत बोर्डले १५ वर्षसम्म वार्षिक १ करोड रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने छ । यो ऋण तिर्न बोर्डलाई हम्मे हम्मे भएको स्थितिले उपभोक्ताहरुले प्रयोग गर्दै आएको खानेपानीको महशुल एक्कासी ११० प्रतिशत बढाउने तयारी भएको छ । अर्थात् उपभोक्ताले पानी उपभोग गरे वापत अहिले न्युनतम ५० रुपैयाँ तिरेका छन् । १० युनिट पानी खपत गर्दा यो शुल्क तिर्नु पर्छ । अब बोर्डले ११० रुपैयाँ न्यूनतम शुल्क लगाउने तयारी गरेको छ । १० युनिटभन्दा माथि उपभोग गर्दा प्रति युनिट १५ रुपैयाँ तिर्दै आएकोमा अब रु.१८ हुने भएको छ ।

बोर्डका अनुसार ४५ प्रतिशत नगर वासिन्दाले न्यूनतम शुल्क मात्रै तिरेर पानीको उपभोग गरेका छन् । यस्ता वासिन्दा नारायणगढ बजार क्षेत्रका बढि छन् । नारायणगढ क्षेत्रका वासिन्दाको किन न्यूनतम महशुल मात्रै उठ्छ भन्ने बारेमा बोर्ड समेत अनविज्ञ छैन । किनभने यस क्षेत्रमा अधिकांशले पानी खान ‘चोर बाटो’ बपनाएको बोर्ड स्रोतको निष्कर्ष छ । यसलाई नियन्त्रण गर्न सक्ने हो भने बोर्डलाई खानेपानीबाट ठूलो आर्थिक स्रोत जम्मा हुन्छ । अनि, समाजमा लव्धप्रतिष्ठित व्यक्तिहरुले आफ्नो सामाजिक मर्यादालाई टिकाइराख्न कुनैपनि ‘चोरबाटो’ नअपनाई खानेपानी उपभोग गरिदिए सबैलाई पर्याप्त पानी पुग्ने देखिन्छ । एउटै टोलका उपभोक्ताका बीच उही पाइप लाइनबाट आएको पानी कसैको घरमा तीन तला माथिसम्म पुग्छ । तर कसैको एक तला माथिसम्म पनि पुग्न गाह्रो हुन्छ । अझै अर्को घरमा त पानी होइन, हावा मात्रै आउँछ भने यसो हुनुको पछाडिको कारण खोतल्न बोर्ड गम्भीर भएर लाग्ने हो भने उपभोक्तालाई शुल्क बढाउन आवश्यक होला जस्तो लाग्दैन । बोर्ड यो विषयमा गम्भीर हुन जरुरी छ ।

अहिले पनि संस्थानले वितरण गरेको पानी र बोर्डले वितरण गरेको पानीमा उपभोक्ताले खासै अन्तर पाएका छैनन् । निजीकरण भइसकेको बोर्डलाई उसको ऋण तिर्न उपभोक्तालाई लाद्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । संस्थानले गुणस्तरीय सेवा दिन नसकेको भन्दै एडीबीले संस्थानलाई विस्थापन गर्ने सर्तमा नगरपालिकालाई खानेपानी आयोजनामा सहयोग गरेको थियो । गत वर्षको भदौबाट संस्थान भरतपुरबाट हटेपछि आफूले ल्याएका खानेपानी आपुर्तिका परिवर्तका बारे बोर्डले आफ्ना उपभोक्तालाई चित्त बुझाउनुपर्छ । ‘यसकारण हामी आयौं’ भन्नुपर्छ । संस्थानको पुरानो संरचनालाई गाली गरेर मात्रै सुख पाइदैन । कि संस्थानले वितरण गरेको पानीभन्दा बोर्डले वितरण गरेको पानी शुद्ध र पौष्टिक छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । होइन भने आफ्ना भौतिक संरचना बनाउने र कार्यकारी निर्देशक लगायतका कर्मचारीका तलब भत्ता वितरण गर्न अनि अनावश्यक ऋणको भारी बोकेर यसको दायित्व उपभोक्ताका माझ तेस्र्याउन बोर्डले गरेको पानीको भारी महशुल शुल्कको विरुद्ध हामी उपभोक्ता जागरुक भएर लाग्न जरुरी छ ।

हामीलाई थाहा छ, पेट्रोलियम पदार्थको ५ प्रतिशत मूल्यवृद्धि हुँदा सबैभन्दा अगाडि विद्यार्थीहरु तातिन्छन् । सवारी साधनले यातायात शुल्क बढाउँदा विद्यार्थीहरु आन्दोलित हुन्छन् । जुनसुकै माध्यमबाट मूल्यवृद्धि भएपनि विद्यार्थीको आन्दोलन सबैभन्दा अगाडि सर्छ । तर भरतपुरका उपभोक्तालाई सहजै खानेपानी आपूर्ति गर्ने भनि बोर्डको संरचनामा मूल्यवृद्धि गरिँदा विद्यार्थीहरु किन चुप छन् ? राजनीतिक दलहरु किन बोल्दैनन् ? के खानेपानीका उपभोक्ता उनीहरु होइनन् ? यसैले बेलैमा सम्मानजनक र निर्णायक ढंगले बोर्डसंग यहाँका राजनीतिक दल लगायत सामाजिक संघसंस्थाले वार्ता गरी उपभोक्ताको पक्षमा आवाज निकाल्नु जरुरी छ । संस्थानलाई बोर्डमा ल्याउँदा यहाँका उपभोक्तालाई खानेपानीको महशुल बढ्छ भन्ने थाहा थिएन । तर एक्कासी बोर्डमा हस्तान्तरण भएको एक वर्षमै खानेपानीको महशुल बढ्न लाग्दा हामी पनि किन चुप हुने ? बोर्डले तिर्ने ऋणमा पुरानो संस्थानले लगाएको ऋण समेत जोडिएको छ । संस्थानका कर्मचारीलाई उपदान दिएर निकाल्दा लागेको ऋणको भार समेत अहिले खानेपानी उपभोग गरिरहेका उपभोक्तामाथि लाद्नु न्यायसंगत होइन । अहिले बोर्डले निर्धारण गरेको शुल्कले १५ वर्षभित्र एडीबीले दिएको ऋण चुक्ता भए त ठिकै छ । चुक्ता नभए थप ऋण तिर्न फेरि उपभोक्तालाई नै लगाउने लक्षण यस्तो संरचनाले देखिएको छ । होइन भने संस्थानले लगाएको ऋण अहिलेका उपभोक्ताले किन तिर्ने ?

खानेपानी जस्तो संवेदनशील कुरामा सरकार पनि सचेत हुनुपर्ने हो । स्थानीय निकायले आफ्ना उपभोक्तालाई असर नपर्ने गरि खानेपानी वितरण गर्नुपर्ने हो । तर बोर्डसंग स्थानीय निकायको समन्वयकारी भूमिका देखिएको छैन । भरतपुर नगर क्षेत्रका स्थानीय टोल विकास संस्थाहरु बोर्डको यो निर्णयविरुद्ध उभिएका छन् । यसलाई राजनीतिक निकाय र आम सरोकारवालाहरुले साथ नदिएसम्म उनीहरुको ‘बेलैको सही निर्णय’ थेगिन गाह्रो छ । अरु सबै खर्च कटाएर पनि सरकारले खानेपानी सकेसम्म न्यूनतम शुल्कमा वितरण गर्ने व्यवस्था मिलाउनु जरुरी छ । अहिले सार्वजनिक धाराहरु छैनन् । यसतर्फ बोर्डको ध्यान गएको छैन । उपभोक्तालाई यसरी शुल्क वृृद्धि गरेर पानीको महशुल असुल्दा एडीबीको ऋण चुक्ता गर्न सकिंदैन । यसको लागि सर्वप्रथम पानीको चुहावट नियन्त्रण गर्ने र ‘खानेपानीका फटाहा’ हरुले चोरबाटोबाट उपभोग गरिरहेको पानी बन्द नगरेसम्म हजार प्रतिशत महशुल बढाएपनि बोर्ड र संस्थान उस्तै उस्तै हुनेछन् । परिवर्तनको प्रत्याभूति उपभोक्तालाई पटक्कै हुनेछैन ।

२०७० असार २५ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’ बाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-79297421535390286072013-07-02T16:13:00.002+09:002013-07-02T16:16:29.717+09:00हनिमुन बिर्साउने राष्ट्रपतिको क्यान्सर यात्रा

हाम्रा राष्ट्रपति रामवरण यादव मेडिकल डाक्टर पनि हुन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्दैगर्दा राष्ट्रपतिको ‘अपुताली’ परेपछि उनले कांग्रेसको महामन्त्री पद छाडे । पार्टीको साधारण सदस्यबाट पनि राजिनामा गरी आम नेपालीका साझा व्यक्तित्वका रुपमा उनले आफूलाई उभ्याउने कोशिष गरे । राष्ट्रपति भएपछिका उनका यात्रा केही समय सामान्य नेपालीसरह थियो । आफ्ना कारणले कोहि नेपालीलाई क्षति नहोस् र नेपाललाई पनि खति नहोस् भन्ने चाहना उनको थियो । परिणामतः जीवनभर कांगे्रसी भएपनि उनले नेपाली कांग्रेसलाई काखी च्यापेनन् । आफू मधेशी भएर पनि पहाडे र हिमालीलाई उत्तिकै सम्मान व्यक्त गरे । नेपाली झण्डा विर्सिएनन् । प्रधानमन्त्री र मन्त्रीहरु टाइसुटमै सजिएर उनीकहाँ काम विशेषले आउँदा राष्ट्रपति यादव नेपाली पोशाकमै हुन्थे । अगाडि नेपाली झण्डा हुन्थ्यो । नेपाली स्भाभिमान र इमान्दारीताका लागि उनको यो योगदानलाई अधिकांश नेपालीले मन पराए ।

दुईसय वर्षभन्दा अगाडिदेखि राजतन्त्रले जरो गाडेर बसेको देशमा गणतन्त्र आएलगत्तै नेपालको प्रथम राष्ट्रपतिमा सूचिकृत हुने सौभाग्य पाएका यादवलाई सुरुसुरुमा आम नेपालीका माझ लोकप्रिय हुने रहर थियो । त्यसैले उनी सबैका हाइहाइ हुन चाहन्थे । करिब चार वर्ष अघिको कुरा हो, राष्ट्रपति यादव आफ्नो दुःखेको दाँतको उपचार गराउन वीर अस्पताल गए । यसअघि पनि उनी महाराजगंजस्थित शिक्षण अस्पतालमा आँखा जचाउन गएका थिए । यसअघिका देशका राष्ट्रप्रमुख सरकारी अस्पतालमा गएर आफ्नो स्वास्थ्य जाँच गराएको घटना विरलै सुनिन्थ्यो । अझैपनि हाम्रा ठूला नेता विरामी पर्दा सहरका ठूला नसिर्ङहोम वा विदेशी अस्पतालमा जान्छन् । तर हाम्रा राष्ट्रपतिले आफ्नो स्वास्थ्य जाँच गर्न सरकारी अस्पताल नै रोजेको प्रसंगले धेरै नेपालीलाई खुशी तुल्यायो । उनको यो कदमले गरिब नेपाली जनतालाई सरकारी अस्पतालमा ठूला मान्छे पनि आउँदा रहेछन् भन्ने राम्रो सन्देश पनि दियो । अधिकांश नेपालीमा सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा छ । तर ठूला व्यक्ति नै सरकारी अस्पतालमा आएपछि ‘हामी गरीब मात्र जाने अस्पताल’ भनी हीन भावना राख्ने नेपालीको सोचाइमा परिवर्तन ल्याउन मद्दत गरेकाले उनको यो कदमलाई धेरैले सलाम पनि गरे ।

एउटा मेडिकल डाक्टरबाट सरकारी अस्पतालको विश्वसनियतालाई प्रमाणित गर्न यादवको ‘राष्ट्रपति’ पदले समेत सघायो । संगसंगै उतिबेला डा.यादवले नेपालका सबै अस्पतालहरु उपचारका लागि योग्य भएको कुरा पनि दोहो¥याए । उनले यसो पनि भने,‘ नेपालमा जुनसुकै रोगको उपचार सम्भव छ । हामी कुनैपनि उपचारका लागि विदेश जान पर्दैन ।’ उतिबेला वीर अस्पतालमा डा. यादवको उपचार डा.प्रविण मिश्र र डा.यज्ञबहादुर भण्डारीले गरेका थिए । उनी आफ्नो उपचारका लागि विदेश गएनन् पनि । यद्दपि यति राम्रो छवी बनाएका राष्ट्रपतिले आफ्नो अडानलाई पाँच वर्षसम्म टिकाउन भने सकेनन् ।

राष्ट्रपति भएको पाँच वर्षपछि हाम्रा राष्ट्रपतिलाई ठूलो आन्द्रामा घाउ देखियो । जचाउन त यसपालि पनि शिक्षण अस्पतालमै जचाएका हुन् । अनि ग्राण्ड अस्पतालमै गएर सिटी स्क्यान गरेका हुन् । तर डा. शशि शर्मा नेतृत्वको मेडिकल बोर्डले राष्ट्रपतिलाई जापान जान सुझायो । उनीहरुले राष्ट्रपतिको ठूलो आन्द्रामा भएको घाउलाई क्यान्सरको संकेत गरे । रोगको पहिचान गर्न र थप उपचारका लागि राष्ट्रपति जापान जाने भए । जापान जानको लागि आठ जनाको जम्वो टोली तयार भयो । ‘हनिमुन यात्रा’को शैलीमा सबै जापान गए । जापान गएर ६० लाख सकियो । राष्ट्रपतिलाई क्यान्सरको ‘क’ पनि देखिएन । धन्य रहेछौं, हामी नेपाली । हाम्रा राष्ट्रप्रमुखलाई क्यान्सर रोग नभएकोमा हामीले हामी आफैलाई भाग्यमानी सम्झनैपर्छ । राष्ट्रपतिमा क्यान्सर नभएको पुष्टि अस्पतालले ग¥यो । जापानको टोकियो अस्पतालले यादवको कोलोनोस्कोपी, इन्डोस्कोपी, सीटी स्क्यान, एक्सरे परीक्षण गरेर क्यान्सर नभएको पुष्टि गरेको थियो ।

यतिबेला राष्ट्रपति जापान जाँदा नेपालमा ठूलो बाढि पहिरो आयो । धेरै धनजनको क्षती भयो । सुदुरपश्चिमको सुन्दरतालाई यो प्राकृतिक विपत्तिले विरुप बनाइदियो । उपचार खर्चको नाममा गरीव राष्ट्रको ६० लाख कुम्ल्याएर हिँडेका राष्ट्रपति सुदुरपश्चिमको आँशुमा रुन सकेनन् । बरु जापानकै रमझममा रमाए । गैरआवासीय नेपालीले आयोजना गरेका औपचारिक कार्यक्रममा सरिक भए । आठ जनाको जम्बो टोली सहित उपचार गर्न हिँिडेपनि राष्ट्रपतिको तमकझमकले उनी कुनै हनिमुन यात्रामा हिँडेको जस्तो लाग्थ्यो । कुनै विहेभोजको निम्तालु जसरी टोली देखियो । ‘तीन करोड नेपालीको आशिर्वादले म सञ्चै छु । देशलाई केहि नहोस्’ पनि भन्न राष्ट्रपतिले भ्याए । एउटा राष्ट्रप्रमुख भएर औपचारिक कार्यक्रमपछि नेपाली समुदायका बीच ‘रक्सी’ खानसम्म भ्याए । राष्ट्रपतिले सम्बोधन गरेका तीन करोड नेपालीका माझ आफूहरु पनि परेपछि जापानका नेपालीहरु समेत दंग भए । केहीले भने राष्ट्रपतिको यो भूमिकालाई मन पराएनन् । सामाजिक सञ्जाल ‘फेसबुक’ र ‘ट्वीटर’ भरि जापानकै नेपालीले समेत विरोध जनाए । नेपाली विद्यार्थी समाज, जापानका पूर्व अध्यक्ष समेत रहेका कृष्ण भेटवालले फेसबुकमै राष्ट्रपतिप्रति असन्तुष्टि पोख्दै भने,‘ अहिले तपाई स्वस्थ हुनुहुन्छ राम्रै भयो । तर धेरै रक्सीको चुस्की नलिनुहोला । साच्चै नै क्यान्सर हुने डर रहन्छ । तपाईंलाइ साच्चैं नै क्यान्सर भो भने नेपाली हुनुको नाताले हामी नेपालीलाई दुःख लाग्छ ।’

समग्रमा उपचारका नाममा राष्ट्रपति जापान गएको कुरालाई धेरै नेपालीले मन पराएनन् । स्वयम् नेपाली चिकित्सकहरुले समेत यसप्रति असन्तुष्टि जनाइरहेका छन् । नेपालकै क्यान्सर विशेषज्ञहरुसंग सल्लाह नै नगरि जापानका डाक्टर पत्याउनुलाई नेपालका डाक्टरले राम्रो मानेका छैनन् । हुन पनि चितवनमा दक्षिण एशियाकै उत्कृष्ठ कहलिएको क्यान्सर अस्पताल छ । सार्क मुलुकहरुबाट समेत चितवनको क्यान्सर अस्ताललाई ‘राम्रो उपचार गर्ने थलो र सुविधासम्पन्न अस्पताल’को रुपमा लिने गरिन्छ । तर ‘नजिकको तीर्थ प्यारो नलागे’ जस्तै राष्ट्रपतिलाई पनि सात समुद्रपारिकै अस्पताल प्यारो लाग्यो । घुम्न पनि पाइने, माइण्ड फ्रेस पनि हुने र उपचार समेत गर्न पाइने भएर जापान गएको भए, वेग्लै कुरा । होइन भने एकातिर मुलुकमै क्यान्सरको उपचार सम्भव छ भन्ने, तर अर्कोतिर क्यान्सरको सामान्य रोग जाँच्न बाहिरी मुलुक जाने प्रवृत्तिले अब यहाँका अस्पताल र चिकित्सकबाट आम नेपालीले कस्तो उपचारको अपेक्षा गर्ने ? एउटा सवाल उव्जिएको छ ।

अहिले आएर चितवनको क्यान्सर अस्पतालले नयाँ उपचार पद्धति समेत भित्राएको छ । प्रत्यक्ष भिडियो मार्फत अन्य अस्पतालका चिकित्सकहरुसंग प्रत्यक्ष कुराकानी गरी बिरामीको उपचार गर्ने प्रविधि ‘टेलिमिडिसिन’ क्यान्सर अस्पतालले सञ्चालनमा ल्याएको छ । आजभन्दा ३३ वर्षअघि विश्वका अरु मुलुकमा भित्रिएको यो सेवा क्यान्सर अस्पतालले अहिले लिएर आएपछि सबैलाई आकर्षित गर्नका लागि राष्ट्रपतिले यसैबाट आफ्नो उपचारको सुरुवात गर्नुपथ्र्यो । टेलिमेडिसिन भनेको इन्टरनेटको सहायताले अर्को अस्पतालका चिकित्सकसंग प्रत्यक्ष सम्पर्क गरी उनीहरुसंग समन्वय र परामर्श गरी बिरामीको उपचार गरिने पद्धति हो । विशेष गरेर जटिल खालका क्यान्सर रोग उपचार गर्न अन्य अस्पतालका अनुभवी चिकित्सकसंग दोहोरो संवाद गरी तत्काल समस्याको समाधान गर्न यो सेवा प्रभावकारी मानिन्छ । यदि यहाँका चिकित्सकबाट राष्ट्रपतिको उपचार सम्भव नभएमा जापानकै डाक्टरबाट पनि तत्काल सल्लाह र सुझाव लिन सकिने थियो । यो कुरालाई न राष्ट्रपतिले सम्झिए । न त उनलाई जापान जान सुझाउने चिकित्सकहरुले नै मनन गर्न सके ।

सकेसम्म राम्रो प्रविधि र सुविधासम्पन्न अस्पतालमा गएर जचाउनु राम्रो पनि हो । यसले रोगको पहिचान छिट्टै गर्छ र चाडो उपचार गर्न पनि पाइन्छ । तर आफ्नै देशमा यो सुविधा हुँदाहुँदै विदेश धाइरहने कुरालाई राम्रो मान्न चाहि सकिदैन । आखिर राष्ट्रपतिको यो विमार सामान्य रहेछ । एकपटक आफ्नै देशका चिकित्सकबाट आफ्नै देशमा जचाइदिएको भए उनको के विग्रन्थ्यो ? राज्यको माथिल्लो निकायमा भएँ भन्दैमा देशको ढुकुटी यसरी रित्याउन पाइन्छ र ? पदमा नहुँदा पैसाको लोभले अस्पताल गएर सिटामोलसम्म किनेर खान नसक्ने ‘लोभी’ हरु पदमा आइसकेपछि उपचारका नाममा मनग्गे पैसा खर्च गर्न नडराउने परिपाटी हाम्रा नेताहरुमा अझै विद्यमान छ । कुनै बेला पुरुष सांसदले औषधि खर्चका नाममा सुत्केरीलाई प्रयोग गर्ने औषधि समेतको बील चढाएर खाएको चर्चा अझै पुरानो भएको छैन । उपचार गर्न पाइन्छ भन्दैमा मनपरि गर्ने परिपाटीलाई यसपटक राष्ट्रपतिले पनि पछ्याए । कुनै समय ‘उपचार सकेसम्म नेपालमै गर्दा राम्रो र राम्रा डाक्टर नेपालमै छन्’ भन्ने राष्ट्रपतिले आफूलाई पर्दा भने नेपालको स्वास्थ्य अवस्थालाई ‘खत्तम’ सावित गरिदिए । अब एउटा राष्ट्रप्रमुख नै नेपालको स्वास्थ्य अवस्थाप्रति सन्तुष्ट छैन भने आम नेपाली कसरी विश्वस्त हुन सक्लान् ?

राष्ट्रपतिलाई नेपालको स्वास्थ्य अवस्था ‘खत्तम’ लाग्नु स्वाभाविक पनि हो । किनभने पाठेघरको अपरशेशन गर्नेलाई घाँटीको अपरेशन गरेर पठाइदिने अस्पताल यहीँ छ । अपरेशन गरेपछि अपरेशन सामग्री शरीरभित्रै राखिदिने डाक्टर यहीँ छन् । महिलाको भूँडी ठूलो देख्दैैमा हत्तपत्त ‘डेलिभरी केस’ मा लैजाने डाक्टरले यहाँका अस्पताल भरिभराउ छन् । विरामीलाई १ मिनेट पनि राम्रोसंग समय नदिई सबै रोगको पहिचान गर्ने डाक्टर नेपालमा छन् । अनि डाक्टरले लेखिदिने ‘प्रेसक्रिप्सन’ भन्दा फरक औषधि दिने औषधि व्यवसायी यहीँ छन् । कान दुखेकालाई नाइटाको औषधि दिएर पठाउने नेपाली चिकित्सा प्रणालीलाई हाम्रा राष्ट्रपतिले पनि कसरी विश्वास गरुन् ? यही भएर र यिनै कुरा सुनेर आफ्नो रोगको उपचार जापानमै सम्भव छ भन्ने कुले राष्ट्रपतिलाई छोएको हुनसक्छ ।

नेपालको स्वाथ्यप्रणाली नराम्रो भयो भन्दैमा राज्यका उच्च तहमा वसेकाहरुले यहाँको चिकित्सा पद्धतिलाई वेवास्ता गर्ने हो भने यो क्षेत्र अझ खस्कन सक्छ । यहाँ भएका नराम्रो विसंगतिलाई सबै मिलेर अनुगमन गर्नुपर्छ । राज्यको उच्च तहले यहाँका अस्पताल र नर्सिङहोम चाहर्ने हो भने बल्ल यहाँको चिकित्साप्रणाली पनि सुध्रिन्छ । चिकित्सकहरु ‘एलर्ट’ भएर बस्छन् । होइन भने यो क्षेत्र झनै छाडा हुनेछ । अहिले मुलुकका राष्ट्रपतिले नपत्याएको नेपालको स्वास्थ्य क्षेत्रलाई अब सामान्य नेपालीले पनि विश्वास गर्नेछैन । कसैले पनि विश्वास नगरेपछि यहाँका चिकित्सकहरु पनि किन नेपालमा बस्थे र ? उनीहरु जसले विश्वास गर्छ, उतै लाग्छन् । उनीहरु हाम्रा लागि काम लाग्दैनन् । सबै जापान, अमेरिका, बेलायत र अष्ट्रेलिया लगायतका विकसित देशहरुमा ‘दास’ भएर बस्नेछन् ।

२०७० असार १८ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’ बाट

http://echitwanpost.net/index.php?dailyPost=issue&SID=1100

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-20653527830995293912013-06-25T16:29:00.003+09:002013-06-25T16:31:05.315+09:00शिक्षकको पेशा ः राजनीति कि शिक्षण ?

करिब १२ वर्षअघि शिक्षण पेशा छाडेका सल्यानका रत्न ओली यतिबेला एमाओवादी निकट ‘अखिल नेपाल शिक्षक संगठन’ का केन्द्रीय अध्यक्ष भएका छन् । गत हप्ता सम्पन्न संगठनको चौथो राष्ट्रिय सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । शिक्षण पेशामै रहेका बखत तत्कालीन माओवादीको ‘जनयुद्ध’ लाई मन पराएर उनी युद्धतिरै लागे । युद्धमा लागेपछि पेशामा रहने कुरै भएन । एउटा शिक्षकको पेशा ‘युद्ध’ बन्यो । भएको ‘माष्टरी जागिर’ भन्दा अहिले उनलाई एमाओवादीको ‘राजनीतिक जागिर’ प्यारो छ । एमाओवादीको आडमा उनी अझैपनि ‘शिक्षक राजनीति’ गरिरहेका छन् । शिक्षकको नेता हुन त विद्यालयमा गएर विद्यार्थीलाई पढाउनुपर्ने हो । अनि आफू कार्यरत विद्यालयका शिक्षक कर्मचारीका विविध समस्यालाई समाधान गर्न सरोकारवालाकहाँ नैतिक दवाव दिनुपर्ने दायित्व ‘शिक्षक नेता’को हुनुपर्ने हो । आफूले पढाउने स्कूल नै देशमा कतै नभएपछि उनीबाट यो कुरा कसरी सम्भव पनि भएन । यद्दपि देशकै ठूलो पार्टी एमाओवादी निकट यो शिक्षक संगठनमा भने अरुका भन्दा धेरै शिक्षक सदस्य भएको दावी गरिएपनि नेता चाहिँे ‘गैरशिक्षक’ नै हुँदोरहेछ ।

देशमा गणतन्त्र स्थापना भईसकेपछि माओवादीको ‘जनयुद्ध’ लाई यतिबेला राजनीतिक सम्मान दिइएको छ । यो राजनीतिक सम्मान पाएको पनि सात वर्ष भईसक्यो । तर युद्धकालीन अवस्थामा जागिर छाडेका शिक्षकले चाहने हो भने देशका कुनै पनि विद्यालयमा ‘जागिरे’ बन्न सक्थे । यद्दपि मनैदेखि उनीहरुलाई त्यसपछिको बाँकि जीवनमा शिक्षक बन्ने मनोकांक्षा जागेन । अनि विद्यार्थीलाई नपढाईन र स्कूल नगइकन ‘शिक्षकको नेता’ बन्न पाएपछि किन दुःख गरिरहनुप¥यो र ?

अखिल नेपाल शिक्षक संगठनको अहिलेको सम्मेलनबाट दुई सय भन्दा बढिको केन्द्रीय समिति बनेको छ । १९ जना त पदाधिकारी नै छन् । तर यत्रो जम्बो केन्द्रीय पदाधिकारीमा हाल बहालवाला शिक्षकहरु चार जना मात्रै छन् । उपाध्यक्ष बनेका चितवनका जीवनाथ पराजुलीले स्कूल पढाइरहेका छन् । यसैगरि सचिव बनेका चितवनका पूर्ण दवाडी, लमजुङकी नानुमाया पराजुली र सिराहाका युगेश्वर रावत मात्रै बहालवाला शिक्षक हुन् । अरु सबै विद्यालयमा नगइ ‘शिक्षक नेता’ बनेकाहरु मात्र रहेछन् ।

माक्र्सवाद, माओवाद र लेनिनवादको विचारधारालाई मन पराएर पहिले ‘एमाओवादी’को सदस्यता भएपछि मात्रै अखिल नेपाल शिक्षक संगठनको सदस्य बन्न पाइन्छ । अर्थात्, शिक्षक बन्नुभन्दा पनि ‘पार्टीको राजनीति’ उसको पहिलो शर्त हो । एमाओवादीबाट अलग भएर जन्मेको नेकपा–माओवादीलाई मन पराउने शिक्षकहरु पनि अखिल नेपाल शिक्षक संगठनमा आवद्ध छन् । तर दुवैको नाम एउटै भएपनि नेकपा–माओवादी निकट शिक्षक संगठनको अध्यक्ष भने गुणराज लोहनी हुन् । ०४६ साल ताका लोहनीले चितवनको नारायणी मावि पढाउँथे । करिब तीन वर्ष अस्थायी सेवामै शिक्षण पेशा अँगालिरहेका लोहनीलाई पनि पार्टी राजनीतिले तान्यो । यसपछि उनी कहिल्यै शिक्षक भएनन् । तैपनि उनी २४ वर्षको अवधिसम्म आइपुग्दा ‘शिक्षक नेता’ का रुपमा कहलिएका छन् । पार्टी राजनीतिमा आफ्नो वर्चस्व त कायम गरेका छन् नै । नपढाइकन शिक्षकको अध्यक्ष बन्ने पंक्तिमा उभ्याउन उनी सफल भइरहेका छन् ।

‘अखिल नेपाल शिक्षक संगठन’को विधानमा बहालवाला, पेशा छाड्न वाध्य पारिएका या पेशा निवृत्त भएका शिक्षक कर्मचारीहरुले शिक्षक संगठनको सदस्यता लिन सक्ने व्यवस्था गरिएको छ । यद्दपि शिक्षण पेशासंग कुनै न कुनै दिन जोडिएका सबैलाई सदस्यता दिने प्रावधान राखिए पनि यो कुरा ‘समाजपयोगी’ हुन नसक्ने कुरामा दुइमत हुन सक्दैन । भनिन्छ, अचानोको पीर खुकुरीलाई मात्र थाहा हुन्छ । यसैले कहिल्यै विद्यालय गएर नपढाउने शिक्षकले कसरी शिक्षकको समस्या थाहा पाउला ? देशको शैक्षिक स्थिति यस्तो रहेछ भनेर कहाँको कुरा उसले राज्यको निकायमा भन्न सक्छ ? नियमित विद्यालय गएर पढाउने शिक्षकलाई पो विद्यार्थी र शिक्षकको समस्या अनि आवश्यकता थाहा हुन्छ ।

‘जनयुद्ध’ लडेर आएको माओवादीका शिक्षकहरु त कुनै बेला युद्धकालीन अवस्थामा थिए । यसैले सेवाबाट हटिसकेपछि फेरि फेरि शिक्षक नै भएर विद्यालयमा जाने जाँगर गरेनन् भन्न सकिएला । अथवा ‘पढाउने मन त थियो’ राज्यले पुनवर्हाली गरेन भनेर राज्यलाई सराप गर्न सकिएला । तर माओवादी ‘जनयुद्ध’ नलडेका कांग्रेस–एमाले र अरु दल निकट शिक्षकका संघ÷संगठनका ‘शिक्षक नेता’ हरु समेत हाल बहालवाला शिक्षक छैनन् । कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीको शिक्षक दरवन्दी भएर पनि अझसम्म उनले पढाउने स्कूल छैन । अहिलेका अध्यक्ष केशव निरौलाको अवस्था पनि उही नै हो । उनीहरुका झोलामा स्कूल गएर विद्यार्थीलाई पढाउने शिक्षण सामग्री हुनुपर्ने हो । विडम्बना अहिले भर्खर गएर उनीहरुका झोला खानतलासी ग¥यो भने शिक्षण सामग्री होइन, कांग्रेसका प्रचार सामग्री भेटिन्छ । उनीहरुले पढाउने स्कूल कुन हो र पाठ्यसामग्री के छ भनेर सोध्यो उनीहरु आफै अक्क न बक्क हुन्छन् ।

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको हालत पनि उस्तै छ । संगठनका अध्यक्ष बाबुराम थापा ललितपुर बस्छन् । तर उनी स्कूल पढाउँदैनन् । शिक्षकहरुको साझा मोर्चा भनेर चिनिने नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीको अहिलेको व्यवसाय ‘शिक्षण’ होइन । तैपनि उनी शिक्षकका नेता बनेर टोपलिएका छन् । माओवादी, कांग्रेस, एमाले निकटका शिक्षकहरु मात्रै होइन, अरु दल निकटका शिक्षक नेताहरुको अवस्था पनि उही हो । यसरी ‘गैरशिक्षक’ हरुको बोलवाला र चलखेल उनीहरुकै दलनिकट शिक्षकहरुका लागि राजनीति गर्ने थलो बनिरहेको छ । पेशा गरिरहनेहरु ‘पेशाकर्मीका संस्था’ मा आवद्ध भए पो पेशाको पनि सम्मान रहन्छ । पेशाविहिनहरुले पेशाकर्मीको संस्था हाँके भने अरुका लागि लाजमर्दो हुँदोरहेछ । ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज.....’ भनेजस्तै । शिक्षकले त आफ्नो पेशाको वकालत गर्नुपर्ने हो । पेशाको वकालत गर्नलाई शिक्षक नभइ हुँदैन । तर ‘दलगत राजनीति’ गर्नका लागि शिक्षकको नेता बन्नुपर्ने परिपाटी विकसित हुँदै गइरहेको छ । यदि वास्तविक शिक्षकको आफ्नो पेशाकर्मी संस्थामा ‘पहुँच’ पुग्दैन भने शिक्षकका समस्या र आधुनिक शिक्षण पद्धति एवम् सिकाइको विकास कसरी सम्भव होला र ?

शिक्षा मन्त्रालयले गएको वैशाख ३० गते सचिवस्तरीय निर्णय गरी सामुदायिक विद्यालयका शिक्षकलाई राजनीतिक दलको सदस्यता लिन रोक लगायो । शिक्षकले दलको सदस्यता लिने प्रवृत्तिलाई शिक्षा मन्त्रालयले ‘अनुशासनहीन काम’ भनेको छ । मन्त्रालयको निर्णयमा भनिएको छ–‘राज्यकोषबाट तलब भत्ता खाने सरकारी सेवामा रहेको व्यक्ति कुनै राजनीतिक पार्टीको पदाधिकारी वा सदस्य हुन मिल्दैन । यसबाट शिक्षा ऐन, २०२८ बमोजिमको पदीय दायित्व पूरा नगरेको देखिन्छ । यो कार्य शिक्षकले पालना गर्नुपर्ने आचरणको प्रतिकूल रहेको छ ।’ मन्त्रालयले यसो भनिरहँदा अर्कोतिर कोहि शिक्षक नपढाएरै राजनीति गरिरहेका छन् भने कसैले आफ्नो दरवन्दी भएर पनि ‘काज’ मिलाएर नपढाइकनै केन्द्रबाटै ‘पढाएवापत’ तलब भत्ता लिई राजनीति गरिरहेका छन् । यसको असर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमाथि परिरहेको छ । शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिनुलाई मात्र अन्यथा लिन सकिंदैन । तर शैक्षिक संघसंस्थाहरु राजनीतिक थलो बनिरहनु चाहिँ आपत्तिको विषय हो । शिक्षकले संघसंगठनको सदस्यता लिनुलाई पनि ‘स्वतन्त्र’ छाड्नुपर्छ । तर पेशाकर्मीको संस्थाले राजनीतिक पार्टीको भजनमण्डली बन्ने कुरालाई निरुत्साहित चाहिँ पार्नैपर्छ । अनि, शिक्षण पेशा गरिरहेकालाई मात्र ‘शिक्षक नेता’ बनाउनका लागि अब शिक्षकका हरेक संघसंगठनका प्रतिनिधिहरुले प्रोत्साहित गरिनुपर्छ । यसो गरियो भने शिक्षकका आवाज पेशागत मुद्धका रुपमा सम्बन्धित निकायमा पुग्छ । राम्रो शिक्षण पद्धतिको पनि विकास हुन्छ ।

अहिले राजनीतिक समूहसंग सङगठित नभई शिक्षण पेशामा बाँच्न गाह्रो परेकाले पनि शिक्षकहरु राजनीतिक पार्टीसंग सम्झैता गर्छन् । अन्तस्करणलाई वेवास्ता गर्छन् । अब भने एउटा राम्रो शिक्षकले आफूसम्बद्ध राजनीतिक समूहको नाराप्रति त्यो समूह आफैँ कति इमानदार छ भन्ने कुरामा घोत्लिएर सोच्नुपर्ने भएको छ । ठिकै छ, हरेक शिक्षकका विचार फरक हुनसक्छन् । राजनीति नराम्रो कुरा पनि होइन । राज्यको नीति नै राजनीति हो । तर विभिन्न विचार बोकेर नेता भएका शिक्षकले आ–आफ्ना विचार विद्यार्थीहरुलाई सिकाएर जरैदेखि रोज्न लगाएको पाइदैन । न यो कुरा राजनीतिक दलनिकट विद्यार्थी संघसंगठनहरुले नै गर्छन् । अहिले त शिक्षक ‘तलब पाइन’ भनेर राजनीति गर्छ । विद्यार्थी ‘शुल्क बढि भयो’ या ‘निशुल्क शिक्षा’का नाममा राजनीति गर्छन् । अनि राजनीतिक दल लगायतका विभिन्न निकायका हड्ताल र बन्दमा पनि विद्यालय नै मारमा पर्छ । शिक्षकलाई पढाउन नपाए रमाइलो लाग्छ । विद्यार्थीलाई स्कूल जान नपाए आनन्द लाग्छ । यस्तो कुरामा पनि शिक्षक नेताले प्रष्ट धारणा राख्ने गरेको पाइदैन ।

३० वर्षे पञ्चायती व्यवस्था फाल्न शिक्षकहरुले राम्रै कसरत गरे । देशमा गणतन्त्र ल्याउन ‘जनयुद्ध’मा पनि लागे । पछिल्लो १९ दिने जनआन्दोलनका बलमा राजालाई फाल्न शिक्षकहरुको योगदान अमूल्य रह्यो । व्यवस्था परिवर्तनपछि आफ्नो लक्ष्य पु¥याउने निकायमा शिक्षकहरुका राजनीतिक दल पुगेका छन् । आफै त्यस दलको नेता भएका छन् । तै पनि शिक्षकहरु आफ्नो पेशामा ससम्मान फर्किन सकेनन् । अर्थात् , फर्किन चाहेनन् । राजनीतिक आवरणबाट उनीहरुले आफूलाई मुक्त गर्न सकेनन् । आफ्नो भूमिका र व्यवस्थाभित्रका राजनीतिक खेलाडीको अस्त्र हुने भूमिकाबीचको अन्तर बुझ्न सकेनन् । अझै पनि शिक्षकहरुले शिक्षालयलाई राजनीतिकरण गर्न जसरी प्रोत्साहित गरिरहेका छन्– यो ठूलो भूल हो । अब शिक्षकहरुले आफ्नो भूमिका बदल्न जरुरी छ । आफ्नो पेशाको सम्मानका लागि र पेशागत हकहितका लागि ‘गैरशिक्षक’ लाई नेतृत्वमा पठाउनु हुँदैन । राजनीतिक आवरणमा बढि क्रियाशिल देखिने शिक्षकले विद्यालयको शैक्षिक स्थितिमा सुधार ल्याउन सक्दैन । यसो भएपछि आफ्नै शिक्षक साथीहरुको समस्यामा परिचित हुने त कुरै भएन । त्यहीमाथि ‘शिक्षक नेता’ भएका शिक्षण संस्थामा खस्किदो शैक्षिक परिणामले शिक्षकले अब आफ्नो पेशा राजनीति होइन, शिक्षण नै रोज्नुपर्ने अवस्था सृजना गरिदिएको छ ।

२०७० असार ११ गते मंगलबारको चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’ बाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-22454964980739814022013-06-23T21:51:00.002+09:002013-06-23T21:51:29.330+09:00एसएलसी : ‘सुसाइड लर्निङ सर्टिफिकेट’

यस वर्षको एसएलसीमा चितवनको स्काइराइडरबाट १३० जनाले परीक्षा दिए । ७३ जनाले विशिष्ट श्रेणीमा पास गरे । स्कूलको नतिजा अनुसार तीन जना विद्यार्थी यो ‘फलामे ढोका’ बाट पार पाउन सकेनन् । चितवनकै उत्कृष्ट विद्यालयमा पर्ने स्काइराइडरबाट एसएलसी दिएका अच्यूत दवाडीले विशिष्ट श्रेणीमा ९१.३७ प्रतिशत अंक ल्याएर ‘जिल्ला प्रथम’ भए । यो सुखद् खबरसंगै जिल्लामै स्काइराइडरको अर्को दुःखद् खबर पनि जोडियो । भविष्यमा डाक्टर बन्ने सोंच बनाएका दवाडीलाई एसएलसीले दिएको खुशीले अर्को निराशा पनि थपियो । आफूसंगै एसएलसी दिएका स्काइराइडरकै साथीलाई एसएलसीकै कारण गुमाउनु प¥यो । नतिजा सार्वजनिक भएको दुई घण्टा नबित्दै अपरान्ह चार बजेतिर स्कूलबाटै एसएलसी दिएका अर्का विद्यार्थी अनिश अमगाइले परीक्षामा अनुत्तिर्ण भएको थाहा पाएपछि आत्महत्या गरे । १६ वर्षे कलिलो उमेरलाई एसएलसी परिणामले चुँडेर लग्यो । उनका लागि विद्यालय र अभिभावकले गरेको लगानी खेर गयो । संगसंगै अनिशले बाँकि संसार देख्न पाएनन् । यसअघि मोवाइलबाट नम्बर हेरेका उनी फेल भएपछि निराश भए । फेल भएलगत्तै आफ्नै घरको कोठाको पंखामा झुण्डिएर आत्महत्या गरे ।

स्काइराइडरले एसएलसीमा उत्कृष्ट बनेर आफ्नो साख उचो भएको सम्झेपनि एउटा विद्यार्थीले अनाहकमा जीवन गुमाउँदाको पीडाले पक्कै पनि विद्यालयको साख गिराएको छ, समाजको अगाडि । अनिशले ‘सामाजिक’ विषयमा आफूलाई सफल बनाउन सकेनन् । उनी फेल भए । दश वर्षभन्दा बढि अध्ययन गरेर तीन घण्टाको एउटा परीक्षा अनिशका लागि जीवनको मापदण्ड हुन सक्थेन । तै पनि उनको आत्महत्याले विद्यालयले सिकाउने समाज उपयोगी व्यवहारिक शिक्षा कमजोर रहेछ भनि पुष्टि गर्छ । विद्यालयमा पढेका सबैले राम्रो अंक पाउँदैनन् । सबैको समान ज्ञान पनि हुँदैन । तर एउटा विद्यार्थीलाई एसएलसीका अगाडि मृत्यू केही होइन र मरेर पनि एसएलसी उत्तीर्ण गराउनुपर्छ भन्ने सिकाइले आजभोलीका विद्यार्थी परिणाम आफ्नो पक्षमा नआउने वित्तिकै ‘आत्महत्या’ बाटो रोज्न वाध्य हुन थालेका छन् ।

यस वर्षको एसएलसी परीक्षामा असफलता हात लागेपछि स्काइराइडरका अनिशले मात्रै आत्महत्या गरेनन् । सिन्धुपाल्चोककी सबिना बस्नेत, रुकुमकी सुनीता केसी, पर्साकी फूलकुमारी कुर्मीले पनि आत्महत्या गरे । रुकुम सदरमुकाम खलंगास्थित त्रिभुवन जनता उच्च माविबाट परिक्षा दिएकी सुमित्राले पनि घरकै कोठामा झुण्डिएर आत्महत्या गरिन् । परीक्षामा असफल भएको थाहा पाउने वित्तिकै २५ मिटर माथि घर नजिकैको पानी टंकीबाट जनकपुरकी रुमा पाण्डेले आत्महत्याको प्रयास गरिन् । धन्न उनलाई परिवारले बचाए । अघिल्ला वर्षको एसएलसी परिक्षाको परिणाम सार्वजनिक भएपछि पनि देशभर ७ जना विद्यार्थीले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा सबै छात्रा थिए । यस वर्षको एसएलसी परीक्षामा आत्महत्या गर्नेमा १ जना छात्रबाहेक अरु सबै छात्रा हुन् ।

आत्महत्या गर्नेहरु सबै एसएलसीमा फेल भएपनि फेल भएका सबैले आत्महत्या गरेका छैनन् । ती विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद छ, जसले असफलता नै सफलताको खुड्किलो हो भन्ने कुरो बुझे । तर असफल विद्यार्थीहरुले आत्महत्याको स्थल घरनजिकै या घरकै कोठामालाई रोजे । त्यो, पनि छात्राहरु नै एसएलसीबाट भयवित भएर बढि आत्महत्या गर्ने सूचीमा थपिए । एसएलसी भनेको सौहार्दपूर्ण वातावरणमा लामो स्कूले जीवनबाट पार पाउने तह हो । नामैले पनि यो स्कूल छाड्ने ‘सर्टिफिकेट’ मात्रै हो । तर एसएलसीलाई पछिल्लो समयमा हुनेखानेहरुले ठूलो ‘हाउगुजी’ बनाइदिए । ‘फलामे ढोका’ भन्दिए । एसएलसी पास गरिएन भने संसारै डुव्छ भनेर सिकाइयो । यस्तै सिकाइले विद्यार्थीले संसार छाड्न वाध्य भए । विशेष गरी नीजि विद्यालयले एसएलसीलाई मात्रै आफ्नो प्रतिष्ठासंग तुलना गरे । ‘एसएलसीमा सफल भए सबै सफल’ भन्ने उनीहरुको बुझाइ रह्यो । यस्तो अस्वस्थ प्रतिष्पर्धाले विद्यार्थीलाई जसरी पनि एसएलसीमा उत्कृट नतिजा ल्याउन वाध्य पारियो । हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्छ । तर एसएलसीलाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै एसएलसीको परिणाममा छ भन्नु चाहि गलत हो । परीÔामा असफलता जीवनकै असफलता कदापि होइन, किनभने जीवन एउटा असफलताले रोकि“ंदैन । एसएलसीलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिदैछ, उति नै यसको परिणाम ओरालो लाग्दैछ । पहिले कक्षा ९ र १० को पाठ्यक्रमलाई जोडेर निकालिने एसएलसीको प्रश्नपत्र अहिले कक्षा १० मा मात्रै सीमित छ । विद्यार्थीले थोरै पढ्नपर्दा पनि नतिजा कमजोर निस्कने, त्यहीमाथि फेल भएका विद्यार्थीले आत्महत्याको बाटो रोज्ने परम्पराले एसएलसीलाई अब ‘स्कूल लिभिङ सर्टिफिकेट’ नभनि ‘सुसाइड लर्निङ सर्टिफिकेट’ भन्ने अवस्था आएको हो ।

पैसा हुने बोर्डिङ स्कूल र पैसा खन्याउन सक्ने यसका अभिभावकले अर्जुनवाण जस्तै ‘एसएलसी’ नै ‘टार्गेट’ गरेर पढाइरहेको अवस्था छ, अहिले । सरकारी स्कूल पनि उही बाटोमा छ । एसएलसीलाई मात्रै शैक्षिक गुणस्तरको मापन गर्ने सरकारी शैलीले नीजि विद्यालय पनि अछुतो रहन सकेका छैनन् । एसएलसीमा राम्रो परिणाम ल्याउन सके अर्को वर्ष धेरै विद्यार्थीलाई आफ्नो विद्यालयमा पढाउन सकिने र राम्रो आयआर्जन गर्न सकिने लक्ष्यमा नीजि विद्यालय केन्द्रीत छन् । राम्रा कहलिएका बोर्डिङ स्कूलमा भर्ना गर्न ‘प्लेग्रुप’ का विद्यार्थीलाई पनि ‘प्रवेश परिक्षा र अन्तर्वार्ता’ लिने गरिन्छ । तर आफैले प्रवेश परिक्षा लिएर आफ्नै विद्यालयमा भर्ना गरी पढाएको विद्यार्थी एसएलसीमा गएर फेल हुन्छ । अनि यस्ता स्कूलका ‘प्रवेश परिक्षा’ को मापन के हो ? एसएलसी अगाडिका कक्षाहरुमा उनीहरुले विद्यार्थीलाई कसरी पढाए ? यसको अनुगमन कसले गर्ने ?

समग्र रुपमा करिब ४१ प्रतिशत विद्यार्थी यसपालिको एसएलसीको परिक्षामा पास भए । यसमध्ये करिब ९० प्रतिशत विद्यार्थी ‘घोकाइ र रटाइ’ले पास भएका छन् । समसामयिक विषयवस्तुमा सिर्जनात्मक र प्रयोगात्मक परीक्षा लिइयो भने यस्ता विद्यार्थी धेरै असफल हुन्छन् । अलिअलि जान्नेबुझ्ने र हुनेखाने ‘डिस्टिङसन’ वालाहरु विदेश पढ्न गइहाल्छन् । बाँकि विद्यार्थीहरु यतै रुमल्लिन्छन् । व्यवहारिक रुपमा ‘घोकन्ते विद्या’ले काम गर्दैन । सामान्य हिसाब हातैले औंला भाँचेर या कण्ठै गर्न सिपालु आफ्नै ‘हजुरबुवा हजुरआमा’का अगाडि अहिलेका एसएलसी प्रमाणपत्रधारीहरुलाई त्यही हिसाब गर्न ‘क्याल्कुलेटर’ नभई हुँदैन । अनि विस्तारै यस्ता निराशलाग्दा व्यावहारिक नतिजाले आजका विद्यार्थीहरु अपरिपक्व हुँदै गइरहेका छन् । लाखौं किशोरकिशोरीहरुको भविष्यलाई अनिश्चित बनाइरहेको छ ।

एकातिर पढाइको चाप, अर्कातिर अभिभावक र शिक्षकहरुले बारम्बार ‘अंक एवं परीÔा परिणाम’ बारे मात्रै विद्यार्थीमागि चासो लिने परिपाटीले धेरै स्कूलहरु साँच्चै ‘सुसाइड लर्निङ सेन्टर’ अर्थात् आत्महत्या प्रशिक्षण केन्द्र बनेका छन् । अब एसएलसीलाई जीवनको फलामे ढोका ठानेर एसएलसी फेल भएकाहरु त कामै नलाग्ने हुनेजस्तो अतिशयोक्तिपूर्ण धारणालाई चिर्न विद्यालयस्तरमै यस्ता शिक्षा दिनु आवश्यक छ । एसएलसी अनुत्तीर्ण भइसकेपछि बाबुआमाले छोराछोरीमाथि गरेकोे लगानी खेर गएको ठान्ने या राम्रो श्रेणी ल्याउन नसके त्यस्ता छोराछोरीलाई अपराधीसरह व्यवहार गर्ने गर्छन् । यसो हुनु राम्रो होइन । किनभने मान्छेको जीवन जस्तो ठूलो कुरा केही होइन ।

अझै पनि सानैदेखि बालबालिकामा एसएलसीको असफलताप्रति डर देखाइएको छ । नकारात्मक भाव उत्पन्न गराइएको छ । उत्तीर्र्ण हुन नसके बाबुआमाको सपना पूरा गर्न नसकेको अरोप लगाइन्छ । जीवनभन्दा पनि परीÔाको अंक नै हो भन्ने सन्देश दिईन्छ । उता विद्यालयले एसएलसीको शतप्रतिशत सफलतालाई नै आफ्नो भविष्यको मानक मान्छ । असफल हुने सम्भावित विद्यार्थीहरुमा हीनताबोध नै जाग्नेगरी व्यवहार गरिन्छ । परिणामतः यस्ता क्रियाकलापले विद्यार्थीलाई ‘आत्महत्या’ तिर अग्रसर पक्कै गराउँछ । यसैले एसएलसीको भयावह मनोदशालाई सबैले बुझ्ने भाषामा ‘यो सामान्य परीक्षा हो र असफलतापछि सफल हुन सकिन्छ’ भन्ने सन्देश विशेषतः सबै विद्यालय प्रशासन र अभिभावहरुले आफ्ना विद्यार्थीहरुलाई दिन जरुरी छ । यसपालि या यसभन्दा अघि एसएलसी परीक्षामा असफल भएर आत्महत्या गरेका विद्यार्थी सबै सम्बन्धित विद्यालय र अभिभावकका कारणले नभएका पनि हुन सक्छन् । विद्यालयले पढाएर पनि विद्यार्थीहरुले ‘बुझ पचाएका’ हुनसक्छन् । अभिभावकहरुले घरायसी प्रशिक्षण दिएर पनि विद्यार्थीथे नटेरेका हुनसक्छन् । एसएलसी अघिनै यस्ता बुझ पचाउने विद्यार्थीका सम्बन्धमा सम्बन्धित विद्यालयले अनुगमन गर्नु जरुरी हुन्छ । यसैगरी अभिभावकले पनि एसएलसीको सम्भावित परिक्षाप्रति आफ्ना छोराछोरीको धारणा बुझ्ने कोशिष गर्नु आवश्यक छ ।

अहिले त एसएलसीको परीक्षाफल प्रकाशित भएको केही समयमै सबैको हात र कानमा आइपुग्छ । सूचना प्रविधिको फड्कोसंगै एसएलसी परीणाम बुझ्न झन् सरल बनाएको छ । पहिले पहिले आफ्नो परिणाम थाहा पाउन हप्तौं कुर्नपर्ने वाध्यता थियो । अहिले त्यो अवस्था टरेर गएको छ । कम्प्युटरमा क्लिक गरेको र मोवाइलमा एसएमएस गरेको भरमा परिणाम पत्ता लाग्छ । उहिले जस्तो ‘गोरखापत्र’ कुरिरहनुपर्ने झण्झट हुँदैन । अब यो द्रुत सूचना प्रविधिलाई उपयोग गरेर भएपनि ‘सम्भावित आत्महत्या’ मा कमी ल्याउन सकिन्छ ।

एसएलसी परिणामलाई सुरुमै सार्वजनिक सञ्चारमाध्यममा सार्वजनिक गरिँदा धेरै विद्यार्थी हिनतावोधका कारण फेल भएका पनि भेटिएका छन् । यसैले एसएलसी परिणाम सुरुमै सम्बन्धित विद्यालयमा पठाउने र फेल भएका विद्यार्थीहरुलाई सोही विद्यालय र उसका अभिभावकहरुले हिनतावोध नहुने गरी सम्झाएपछि मात्रै सार्वजनिक सञ्चारमाध्यमका लागि खुल्ला गरिदिने हो भने पनि एसएलसी परिणामबाट हुने सम्भावित आत्महत्याबाट पार पाउन सकिन्छ । होइन भने एसएलसीवाला किशोर किशोरीलाई अबका वर्षका परिणामले झनै ‘सुसाइड लर्निङ सर्टिफिकेट’ दिइरहनेछ । स्कूलहरु सरस्वतीको मन्दिर बन्ने छैनन् । यो त ‘सुसाइड लर्निङ सेण्टर’ बन्नेछन् । प्रत्यक्ष रुपमा आत्महत्या गर्न प्रेरित नगरेपनि आम स्कूल, अभिभावक र सरकारी रवैयाले राम्रो सम्भावना बोकेका विद्यार्थीहरुलाई एसएलसीले ‘आत्महत्याको पाठ’ सिकाइरहनेछ । तर हाम्रो कामना एसएलसी सधैं ‘स्कूल लिभिङ सर्टिफिकेट’ नै बनोस् ।

(२०७० असार ४ गतेको चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट )

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-20593610725110042992013-06-11T14:36:00.000+09:002013-06-13T09:22:33.802+09:00माडीको घाउ : अब धेरै नचर्काऊ

आठ वर्षअघि जेठ २३ गते चितवन माडीस्थित बादरमुडे खोलामा माओवादीले एक यात्रुवाहक बसलाई ‘विद्युतीय धराप’मा पार्दा ३८ जनाको मृत्यू र ७२ जना घाइते भएपछि सो घटनाको सर्वत्र आलोचना भयोे । माओवादीले पनि सार्वजनिक रुपमै घटनाका सम्बन्धमा माफी माग्यो । प्रचण्डले पनि आफूले सो घटना थाहा पाएपछि आफूलाई तीन दिनसम्म खान र सुत्न मन नलागेको बताउदै माडीमै पुगेर त्यहा“का सर्वसाधारणसंग माफी माग्ने कसम खाए ।

माओवादी जनताका सामु खाएको कसम नौ वर्ष लाग्दा समेत पुरा नभएपछि घटनाका पीडितहरुले गएको विहीबार यसलाई बाँदरमुडेमै पुगेर ‘कालो दिन’ को रुपमा सम्झिए । माओवादीले घटना घटाएको दिन त माडीवासीलाई यसै पीडा हुने भैहाल्यो । नौ वर्षे पीडादायी वर्षहरु उनीहरुका लागि झनै जोखिमपूर्ण रह्यो । उतिबेला घाइते भएकामध्ये ३ जना पनि पछि मृत्युको सूचीमा थपिए । घाइतेको उपचार खर्चले नेटो काट्यो । अभिभावक गुमेपछि तिनका सन्तानले उचित शिक्षादिक्षा र लालनपोषण पाएनन् । घटनाले दिएको पीडा सम्झेर माओवादीलाई सराप्नुबाहेक उनीहरुसंग विकल्प पनि भएन । राहत दिन्छन् भनेर आशा गर्नेहरुलाई माओवादी नेताहरुले भाषण मात्रै दिएर फर्काए । साना बालबच्चाको मुखको दूध बेचेर घाइतेले उपचार गर्नुप¥यो । न्याय र राहतको पर्खाइमा बसेकालाई पीडामाथि पीडा थपियो । पीडाको घाउ जति फाल्न खोजेपनि उप्किएन । यसको खाका रहिनै रह्यो । राम्रोसंग उपचार गर्न पाए पीडाको घाउ पक्कै सुक्थ्यो । मर्ने त मरेर गइहाले । मृतक परिवारलाई झनै यसको घाउ बल्झिरह्यो । घाइतेको पीडा झन् कसरी कम हुन सक्थ्यो होला र ?

घटना घटेको वर्षौ भइसक्दा पनि घटनाको प्रकृति र पछिको परिवेशले सामान्य मान्छेको त अझै पनि आङ नै सिरिङ्ग हुन्छ । घटनाका पीडितहरुले मृतकहरुको सम्झनामा ‘कालो दिन’ मनाउँदा काठमाडौंबाट पत्रकार कनकमणि दीक्षित पनि बाँदुरमुडे पुगेका थिए । नौ वर्षअघिको पीडाको घाउ थाम्न नकसेर आँशु झारेका पीडितका माझ उनले भने,‘ माओवादीले मान्छेको मासु मात्रै चिन्दा रैछन् । मान्छेको मासु चिन्नेले उनीहरुको आँशु चिन्न सक्दैनन् भन्थे । हो रैछ ।’ हुन पनि मान्छे मार्न उनीहरुलाई उतिबेला केहि जस्तो लागेन । बाँदरमुडेमा यात्रुवाहक वसलाई धरापमा पारि मान्छे मार्दा प्रयोग गरिएको ‘विद्युतीय धराप’ अन्जान र अज्ञानतावश भएको थिएन । घटनास्थलबाट ३०० मिटर परसम्म तार लगि ‘स्वीच अन’ गरेर बस र बसभित्रका मान्छेलाई उनीहरुले छियाछिया पारेका थिए । भूलवश धराप विछ्याएपनि ३०० मिटर परको रुखबाट ‘स्वीच अन’ नगरेका भए यो घटना घट्ने थिएन । किनभने उनीहरुले बसमाथि छतभरि आफ्नै छिमेकी र आम सर्वसाधारणलाई देखेका थिए । यस्तो जघन्य अपराधको जति नै निन्दा गरेपनि कम हुन्छ । तर घटनाका दोषीलाई सार्वजनिक गर्ने र उनीहरुलाई कानूनी कठघरामा उभ्याइ पीडितलाई ‘न्याय’ दिने माओवादी प्रतिवद्धता समयक्रमसंगै हावादारी सावित हुँदै गइरहेको छ । उल्टो सो घटनामा संलग्न भएकाहरु माडी क्षेत्रमै छाती फुलाएर हिँडेका छन् । माओवादीकै बल र सिफारिसमा जिल्लाकै सार्वजनिक चासो र सरोकार राख्ने ठाउँको ‘उच्च ओहदा’मा कुर्सीै जमाएर बसेका छन् । आफ्नै आँखा अगाडि तेत्रो घटना घटाउनेलाई आठ वर्षसम्म माओवादीले ‘अन्नपानी दिएर पालेको’ टुलुटुलु हेर्न परेपछि बाँदरमुडे पीडितलाई चित्त बुझ्ने कुरो पनि भएन । माओवादीले बँदरमुडे घटनामा आफ्ना कार्यकर्ताहरु सुजन कुमाल(सुजन), चण्डीका पौडेल(साहस), अनक मगर(किसन) र शिव रेग्मी(हर्क)को संलग्नता रहेकोे स्वीकारेको छ । घटनापछि उपचारका क्रममा अधिकांश घाइतेको घरखेत सकिएको छ । कतिपयले बालबालिकाले पढाई छाडेका छन् । कति युवा ऋण तिर्न पढाई छाडेर विदेश हिंडिसकेको अवस्था छ । तर यस्ता कुरालाई न राज्यले सम्बोधन ग¥यो, न त माओवादीले नै ।

माडीमा माओवादीले तेत्रो घटना घटाउँदा पनि अन्ततः माडीवासीले माओवादीलाई नै मन पराइदिए । माओवादीकै सहयोगबाट अमिक शेरचन त्यस क्षेत्रबाट संविधान सभामा निर्वाचित भए । पछि जनमोर्चा र माओवादी एकिकरण भएपछि एमाओवादी जन्म्यो । अमिक शेरचन एमाओवादीका सभासद् भए । उतिबेला माडी घटनाको चर्को विरोध गरेको जनमोर्चाले पनि एमाओवादीमा विलय भएपछि पीडितका पक्षका बोल्न चाहेन । पीडितका कुरा भन्दा पार्टीकै कुरा ठिक लाग्यो । पार्टीकेन्द्रको ह्वीपमा कार्यकर्ता लागे । घटना घट्दा अधिकांश जनमोर्चाका कार्यकर्ता पनि थिए । पार्टी एकिकरण भएपछि पीडितहरु पनि एमाओवादीमै लागे । कतै राजनीतिक आस्था नभएकाहरु पनि ‘कुनैबेला पोलेको आगोले भविष्यमा सेक्छ’ भन्दै माओवादी बने । तर पोलेको मात्रै भए त माओवादीको आगोले सेक्थ्यो होला । ढडाइसकेको आगोले सेक्न सकेन । आगो होइन, उनीहरुलाई मलम चाहियो । यद्दपि त्यो मलम अहिलेसम्म माओवादीले पीडितलाई चित्त बुझ्ने गरी लगाइदिन सकेको छैन । राज्य संयन्त्र माओवादीको चंगुलमा भइसकेपछि उसबाट अपेक्षा गर्नुपनि बेकार भयो । माओवादी बाहेकका कांग्रेस एमाले र अरु पार्टीका मान्छेहरु पनि सधैं पीडितका पछि किन लाग्थे ? वर्षको एक दिन जेठ २३ गते ‘गोहीको आँशु’ चुहाइदिने बाहेक उनीहरुले पनि केही गर्न सकेनन् । विडम्बना त्यही ‘गोहीको आँशु’ चुहाउन तत्कालीन जनमोर्चा र माओवादीका मान्छेहरु गएको जेठ २३ गते बाँदरमुडे पुग्ने आँट गर्न सकेनन् । यसले संकेत ग¥यो,– ‘मान्छेको मासु चिन्नेले उसको आँशु चिन्न सक्दोरहेनछ ।’

माडी घटनाका पीडितका नाममा समर्थन जनाएर आफ्ना मतदाता बढ्ने भए अन्य राजनीतिक पार्टीले पीडितका पक्षमा राहत र न्यायको आवाज बोलिरहने थिए होलान्, तर अवस्था पीडितका पक्षमा बोल्ने रहेन । माडी घटना जस्तै अन्य यस्तै दर्दनाक घटनाका पीडितलाई न्याय दिन त केन्द्रमै ‘न्याय र राहत’ को प्याकेज ल्याउनुपथ्र्यो । तर सबै कांग्रेसका सुशील कोइरालादेखि एमालेका झलनाथ खनालसम्मका नेताहरु एमाओवादी अध्यक्ष प्रचण्डसंगै नतमस्तक बन्दै लम्पसार परिरहेका छन् ।

माओवादीले माडीमा घटना घटाइसकेपछि पहिलोपटक २०६३ कात्तिक ३ गते चितवनको फूलवारीमा प्रचण्ड, बादल र बाबुराम भट्टराईले पीडितहरुसंग प्रत्यक्ष कुराकानी गरे । वरीपरी माओवादीले भिरेका बन्दुकको कुन्दाले घेरेर गरिएको वार्तामा प्रचण्डले घटना पीडितलाई मात्रै होइन, सिंगो माडीलाई नै लाभ हुने खालको ‘राहत प्याकेज’ दिने भनेको कुरा पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले अझै सम्झन्छन् । माडीमा जान असुरक्षाको कारण देखाउ“दै प्रचण्डले उतिबेला माडी जाने कष्ट उठाएनन्, बरु पचास किलोमिटर टाढाबाट उतिबेला माडीवासीहरुलाई बोलाएका थिए । पीडितहरुले आफूले राखेका माग र पोखेका पीडाका साक्षीका रुपमा जिल्लाका सञ्चारकर्मी र मानवअधिकारवादीलाई वार्तामा संगै राख्न खोजेपनि माओवादीले यो अवसर पनि दिएनन् । पीडितहरुलाई यो अनुमति नदिंदा माडी घटनाका पीडितहरुप्रति माओवादी अझ गम्भीर हुन सकेनन् । माओवादीले सो भेटघाटमा सञ्चारकर्मीलाई बस्नमात्र होइन, तस्विर खिच्न र छायांकन गर्न समेत दिएका थिएनन् । घाइतेसंगै एकैसाथ वार्तास्थल पुगेपनि माओवादीले घाइतेलाई वार्ता हुनु अघिसम्म पनि अलग्ग्ै राखेका थिए । माओवादीले भनेको सो प्याकेज प्रोग्राममा शिक्षा, राहत र विकासका सवै कुराहरु समेटिएका थिए । पीडितहरुसंग गरिएको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले उतिबेला भनेका थिए,“हामीले माडीलाई सो दर्दनाक घटनासंग मात्रै जोड्दैनौं । अब पीडित मात्रै होइन, समग्र माडीवासीको उत्थानका लागि माओवादी त्यहा“ नया“ कार्यक्रम लिएर जान्छ । माडीलाई अब नया“ माडीको रुपमा विकास गरिन्छ ।’

फूलवारीको ‘राहत प्याकेज’ घोषणापछि प्रचण्ड एकैपटक गएको फागुनमा माडी महोत्सव उद्घाटन गर्न झुल्किए । महोत्वस उद्घाटन गर्न आएका प्रचण्ड पीडितहरुसंग डराए । प्रहरी प्रशासनले प्रचण्डको असुरक्षा हुने बुझ्यो । उद्घाटन अवधिभर माडी घटनाबाट पीडित बनेका कृष्ण अधिकारीलाई इलाका प्रहरी कार्यालय माडीले ‘तपाईसंग जरुरी सल्लाह गर्नुछ’ भनि बोलाएर प्रहरी कार्यालयमै राख्यो । जब प्रचण्ड माडी महोत्सवको उद्घाटन मन्तव्य दिएर हेलिकप्टर चढेर गए, अनि बल्ल कृष्ण अधिकारीलाई पनि छाडियो । सकेसम्म ठूलो आर्थिक प्रलोभन र सांसद बनाउने जस्ता विभिन्न प्रलोभन देखाएर माओवादीले आफूलाई किन्न खोेजेको तर नसकेपछि आफ्नो विरोधमा स्थानीय माओवादीहरु समेत लागेर ‘जतिबेला जे पनि हुनसक्ने’ भन्दै आफूलाई पीडाभाथि झन् पीडा थपिदिएको अधिकारीको भनाई छ । यस्ता कुरालाई माओवादीले बेलैमा सम्बोधन गर्न जरुरी छ । माडी महोत्सवमा आएका बेला प्रचण्डले सरकारलाई भनेर पीडितका नाममा ६० लाख रुपैयाँ विनियोजन गर्न लगाएको बताएका थिए । यो रकम पीडितले आफूखुशी खर्च गर्न पाउने भनिएको थियो । प्रचण्डको यो कुरा हावादारी रहेको पीडितहरुले तब थाहा पाए, जतिबेला ‘द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम’का नाममा शान्ति मन्त्रालयले आफू मातहत रहने गरी ‘वरीपरी तारवार लगाएर पैसा लिन बोलाएको’ थियो । पीडितहरु भन्छन्,‘ विजुली नभएको माडीमा कोल्ड स्टोरेज जस्ता आयोजनाको के काम ?’

माडी घटना दर्दनाक हो, यसमा दुइमत छैन । दलगत स्वार्थका लागि राज्यको ढुकुटी रित्याउनु राम्रो पनि होइन । माओवादीका पछिल्ला व्यवहारले पनि माडीवासीको न्यायलाई माओवादीले पैसाले किन्न खोजेको बुभिन्छ । पीडितलाई न्याय र राहत संगसंगै दिने वातावरण नभएसम्म उनीहरुलाई आश्वस्त पार्न सकिने ठाउँ देखिदैन । यसैले बिनाकसुर माओवादीबाट यो नियति भोग्न बाध्य बनाइएका अभागी गाउ“लेहरुलाई आश्वस्त पार्न माओवादीले अझै पनि आफ्नो संगठनभित्रको दण्डहिनता निरुत्साहित गर्नुपर्ने र कारवाहीलाई प्रमाणित नगर्दासम्म यो घाउ सधैं आलै भएर रहन्छ । पीडितका जायज मागलाई सम्बोधन गरिदिए माओवादीले बाँदरमुडेको आगामी वार्षिकोत्सवलाई फेरि ‘कालो दिन’का रुपमा मनाउने थिएनन् । अनि पीडाको घाउ पनि सुक्दै जाने थियो ।

२०७० जेठ २८ गते मंगलबारको चितवन पोष्ट दैनिकबाट

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-62462948461538601592013-05-31T13:35:00.000+09:002013-05-31T13:35:10.130+09:00पत्रकारलाई जागिर कि तलब ?

एकजना बेरोजगार युवक जागिर खोज्दै काठमाडौंको एक सञ्चारगृहको ढोकामा पुगे । कार्यकक्षमा पत्रिकाका सम्पादक÷प्रकाशक भेटिए । युवकले सम्पादकसंग आफूलाई पत्रिकामा ‘पत्रकार’ भएर काम गर्न मन भएको र जागिर खाने इच्छा व्यक्त गरे । दुवै जनाको एकैछिनको भलाकुसारीपछि सम्पादक ती व्यक्तिलाई जागिर दिन सहमत भए । सम्पादकले ती युवकको बेरोजगारीको फाइदा उठाए । युवकले पनि ‘जागिर’ पाएपछि थप कुरो सोंच्दै सोंचेनन् । जागिर गरिसकेपछि पक्कै तलब पाईन्छ भन्ने युवकलाई लाग्यो । काम गर्दै गए । सम्पादकले जे जे भन्छन्, त्यही गरे । जता जा भन्छन् त्यतै गए । जे लेख्न भन्छन् त्यही लेखे । लेखेका कुरा पत्रिकामा छापिदै गयो । युवक मख्ख परे । सम्पादकले जागिर मात्रै होइन, स्यावासी समेत दिए ।

एउटा बेरोजगार युवक रोजगारी पाएकै कारणले गदगद थियो । घरपरिवार,इष्टमित्र, साथीभाई उ ‘पत्रकार’ बनेकोमा गर्व गर्न थाले । पत्रिकामा उसको नाममा ‘वाइलाइन समाचार’ आयो । उसको खुशीको सिमै रहेन । दिन वित्यो । महिना वित्यो । सधै स्यावासीले मात्रै दिन चल्दो रहेनछ । पत्रिकामा आएको वाइलाइन समाचारले भोको पेट भरिंदो रहेनछ । सम्पादकले तलब दिने लक्षणै देखाएनन् । पछि वाध्य भएर बेरोजगार युवकबाट पत्रकार भएका उनले सम्पादकसंग दुःखको भारी विसाउँदै भने,‘ सम्पादकज्यू, पैसा चाहिएको थियो । घरमा साह्रै समस्या छ ।’ आफै प्रकाशक भएको पत्रिका छाप्न सम्पादकलाई धौ धौ थियो । तनाव वेग्लै थियो । अनि सम्पादकले जवाफ फर्काए,‘ तपाईलाई मैले पत्रकारको जागिर दिएको हो । मैले जागिर र तलब दुवै दिन सक्दिन महोदय ।’ पत्रकारलाई पिरलो प¥यो । सम्पादकले दिएको यो जवाफले अब पत्रकारलाई यो पत्रकारिता पेशा ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार’ भनेझैं लाग्यो ।

यो घटना काल्पनिक होइन । दुई महिनाअघि सञ्चार मन्त्रालयले ‘नेपाली सञ्चारमाध्यमलाई सुदृढिकरण कसरी गर्न सकिन्छ’ भन्ने सन्दर्भमा ललितपुरमा जाइकाको सहयोगमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष समेत भईसकेका सुरेश आचार्य पनि थिए । काठमाडौंमा एकजना सम्पादकसंग पत्रकारले पारिश्रमिक माग्दा ‘पत्रकारलाई जागिर र तलब दुवै दिन सकिन्न’ भनि सम्पादकले भनेको यही सन्दर्भलाई आचार्यले कार्यक्रममा प्रस्तुत गरेका थिए ।

देशभर अहिले बग्रेल्ती खुलेका सञ्चारमाध्यमहरुमा ‘जागिर’ खाने सञ्चारकर्मीहरुको भीड छ । सम्वाददातादेखि सम्पादकसम्म भनेकै पदमा छानीछानी पद दिने सञ्चारमाध्यमहरुको कमी छैन । सञ्चारमाध्यमप्रतिको आकर्षण व्यावसायीदेखि राजनीतिज्ञ हुँदै सामाजिक कार्यकर्तासम्मकालाई छ । पैसा भईभई ‘रहर पत्रकारिता’ गर्नेहरुका लागि सञ्चारमाध्यमबाट पारिश्रमिक पाए पनि नपाए पनि कुनै मतलब हुने कुरै भएन । तर समाचार लेखेकै भरमा जिन्दगी गुजार्नेहरुका लागि भने यो पेशा अभिषाप बन्दै गएको छ । धेरैलाई सत्य तितो लाग्न सक्छ । सञ्चारकर्मी भएर मात्रै बाँच्न अबको समयमा गाह्रो भईसकेको अवस्था हो ।

सधैं काँचको पर्दाअगाडि ‘हामी निरन्तर न्यूजमा छौं.....’ भन्ने काठमाडौंको एक टेलिभिजन च्यानलका सञ्चारकर्मीहरु पछिल्लो समयमा ‘ हामी तलबका लागि निरन्तर आन्दोलनमा छौं......’ भन्न वाध्य छन् । अन्ततः टेलिभिजन प्रशासनले सञ्चारकर्मीहरुको माग पुरा गर्न नसकेपछि टेलिभिजनलाई प्राण भन्दा प्यारो ठानि वर्षौदेखि गुणगान गाइरहेकाहरु एकाएक पाखा लागे । कतिलाई त टेलिभिजन प्रशासनले पनि भन्दो हो,–‘हाम्रो काम जागिर दिने हो । तलब दिने होइन ।’

भनिन्छ, पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वका लागि पनि हो । यसैले हत्तपत्त यसका विकृतिहरु बाहिर आउँदैनन् । तलब र पारिश्रमिक नदिने सञ्चारमाध्यमका विषयमा सञ्चारकर्मीहरु त्यति उग्र हुन सक्दैनन् । सकेसम्म ‘घरभित्रको कुरो घरभित्रै’ भनेझैं आफू समस्यामा परेको विषय गुम्स्याएरै राख्न चाहन्छन् । किनभने आफ्नो सामाजिक उत्तरदायित्वसंग भागेर व्यवस्थापनसंग नराम्रो हुने चाहना अधिकांश सञ्चारकर्मीहरुको नभएरै होला । तर यसको फाइदा अदृष्य रुपमा मिडिया संचालकले लिइराखेका छन् ।

२०३५ सालमा पत्रकारिता पेशालाई नै आफ्नो व्यवसाय बनाएर हिँडेका एक पत्रकार पछि आएर नारायणगढमा पुस्तक व्यवसायी बनेर चिनिएका छन् । ‘त्यतिबेलाको पारिश्रमिकले मेरो घरमा अभाव थिएन । विस्तारै पत्रकारितामा आर्थिक अभाव हुन थालेपछि पुस्तक पसल सञ्चालन गरेको बताउने उनीसंग कुनै बेला ५ हजार प्रतिसम्म एकै दिन साप्ताहिक पत्रिका बेचेको अनुभव छ । बिडम्बना, यति धेरै परिणाममा विक्री हुने साप्ताहिक पत्रिकाहरुको उपस्थिति भने बजारमा अहिले कतै देखिंदैन । नारायणगढको पुलचोकमा पत्रिका बेचेर मात्रै घरपरिवारको जीविका सन्तोषजनक ढंगले चलाएका एक व्यवसायी पत्रिका व्यवसायबाट जीवन धान्न सक्ने अवस्था नभएपछि अहिले ‘तास पसल’ खोलेर बसेका छन् । यी दुवै व्यवसायीको अनुभवमा उतिबेला पत्रकारितामा देखिने धेरै अनुहार अहिले पत्रकारितामा छैनन् । भएकाले पनि पत्रकारितालाई ‘सम्मानजनक सहभागिता’ को लोभका लागि मात्रै उपयोग गरिरहेका छन् । ‘पाका पत्रकार’को अनुभवमा कुनैबेला पत्रकारितालाई समस्याग्रस्त भनिएपनि सम्मानजनक चाहि थियो । तर यतिबेला उनीहरुकै अनुभवमा यो पेशा न सम्मानजनक बन्न सकेको छ, न त आर्थिक रुपमा नै अगाडि बढ्न सकेको छ ।

पछिल्लो दश वर्ष यता नेपाली मिडियामा आश्चर्यजनक भीड बढ्यो । जसलाई नेपाली समाज र नेपालको मिडिया व्यवसायले थेग्न सकेन । हुँदा हुँदा अधिकांश मिडियामा बोल्ने सुनाउने, हेर्ने देखाउने, र लेख्ने पढाउने पात्रहरु एउटै भए । जुन रेडियोले बोल्यो, उही रेडियोकाले मात्रै सुन्ने भए । जुन टेलिभिजनले प्रसारण ग¥यो, उसैका मान्छेले मात्रै हेर्ने भए । जे पत्रिकामा छापियो, उसैका परिवारले मात्रै पढ्ने भए । मिडिया र मिडियाकर्मी नयाँ जन्मिएपनि उसले नयाँ पाठक, श्रोता र दर्शक जन्माउन सकेन । जसको परिणाम समग्र मिडिया व्यवसायलाई नै धक्का लाग्यो र अहिले आएर समग्र सञ्चारकर्मी समेत आर्थिक मारमा परिरहेका छन् । भनिन्छ, ‘अकबरी सुनलाई कसी लाउन पर्दैन ।’ राम्रा मिडिया बनाउन सके पत्रिकाका ग्राहकलाई,‘पत्रिका मागेर होइन, किनेर पढ है’ भन्दै अर्ती दिन आवश्यक छैन । यसैले आफू संलग्न मिडियालाई आफू छइञ्जेल कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नु आम सञ्चारकर्मीको दायित्व पनि हो ।

अझै पनि पत्रिका, रेडियो र टेलिभिजन दर्ता गर्न नेपालमा समस्या छैन । अति नै न्यूनतम शुल्कमा सञ्चारमाध्यम दर्ता गर्न सकिन्छ । तर यसको ‘अपरेटिङ खर्च’ को हेक्का नहुँदा र यसप्रति गहन चिन्तन नगर्नाले धेरैलाई अन्यौलमा पारिदिएको छ । ‘मिडिया हाउस’ लाई नयाँ मान्छे काममा लगाउन गाह्रो छैन । मिडियामा काम गर्न पाएपछि आजका युवाहरु ‘रहर’ मै पत्रकारितामा प्रवेश गर्छन् । बढिमा दुई वर्ष जसोतसो काम गर्छन् । जब यो क्षेत्रमा केहि देख्दैनन्, अनि भाग्छन् । फेरि अर्को समूह उसैगरि पत्रकारितामा प्रवेश गर्छ । उनीहरुको पनि हविगत उही हुन्छ । यति भएपछि मिडिया मालिकहरुले पनि ‘यूज एण्ड थ्रो’ गर्न पाइहाले । श्रमजीवि पत्रकारका नाममा भजन गाउनेहरुलाई यस्ता कुरामा के मतलब ?

यसो भन्दैमा नेपाली पत्रकारितामा समस्या मात्रै होइन, समाधान पनि छ । भएका सञ्चारमाध्यम जोगाउने र यो क्षेत्रमा काम गरिरहेकालाई टिकाउन ‘मिडिया संचालक’ ले अब वर्षदिन भरि आफ्नो मिडिया सञ्चालनको आधार प्रष्ट गर्न सक्नप¥यो । अब ‘आसे विज्ञापन’का भरमा मात्रै मिडिया चलाउनेका दैलामा श्रमजीवि पत्रकारले शुरुमै पाइला टेक्न हुँदैन । शुरुमै बुद्धि पु¥याइयो भने पछि दुःख पाइदैन । पत्रकारिता पढेर यसैमा जीवन समर्पित गर्छु भन्दै लागेका युवाहरु पनि छन् अहिले । विगतबाट पाठ सिक्दै उनीहरुको भावनामा ठेस पु¥याउन नदिन अब ‘पाका पत्रकार’ ले सोंच्नैपर्ने भएको छ । यससंगै नेपाली समाजले कति मिडिया थेग्न सक्छ भन्ने हिसाब गरेर मात्रै मिडिया सञ्चालन गर्नु आवश्यक छ । दर्ता भई सञ्चालनमा आइसकेका मिडियालाई सोझै बन्द गर्नुभन्दा ‘मिडिया मर्ज’ को नीति ल्याएर यसलाई टिकाउन सकिन्छ । अहिले संकटग्रस्त भएका सहकारी र बैंकहरुलाई सरकारले मर्ज गरेर सञ्चालन अनुमति दिएजस्तै नेपाली मिडियामा पनि यो ‘मर्ज नीति’ ल्याउन सके समस्यामा कमी आउने थियो । अनि पत्रकारले जागिर र तलब दुवै पाउने थिए । होइन भने सधैंभरि नेपाली पत्रकारहरु ‘पारिश्रमिक विनाको परिश्रम’ गर्न वाध्य भईरहने छन् । सञ्चारमाध्यम पनि ‘मूर्दामाथिको लाश’ झैं घिटिघिटि पाराले तुलसीको मोठ ढुकेर बसिरहने छन् ।

२०७० जेठ १७ गतेको चितवन पोष्टबाट

http://echitwanpost.com/issues/1063/17_jestha_paper_1369966529.pdf

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com10tag:blogger.com,1999:blog-338017515278251279.post-38057527626519531692012-08-28T14:57:00.001+09:002012-08-28T14:57:02.859+09:00मैले देखेको दरबार

https://docs.google.com/open?id=0B9WcGg_qI0SpV0l1cHFXQ2pDUlk

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-69911618591345226902012-08-05T01:04:00.002+09:002012-08-05T01:04:45.319+09:00सोचेजस्तो छैन ‘कुक’लाई जापानमा

जापान जानुअघि सिन्धुपाल्चोकका तामाङ थरका एक युवकले मलेसियामा दुई वर्ष रोजगारी गरे । यस अवधिमा त्यहाँ जाँदा लागेको एक लाख रूपैयाँ ऋण तिरे र अर्को एक लाख कमाए पनि । यो कमाइ सबै घरखर्च कटाएर बचेको चोखो कमाइ थियो । मलेसियाको कमाइले जेनतेन परिवार चलेकै थियो । सामान्य साक्षरमात्र उनले नेपालमा राम्रो रोजगारी पाउन सक्ने सम्भावना थिएन । राम्रो व्यवसाय गर्न उनीसँग पर्याप्त रकम भएन । वैदेशिक रोजगारीबाहेकको अर्को विकल्प उनले सोचेका पनि थिएनन् । बिदामा घर आएका बेला अरुको लहैलहमा लागेपछि राम्रै देश गएर धेरै पैसा कमाउने आशा उनलाई पनि पलायो । यसैक्रममा तत्काल जापान जाने सोच बन्यो । जापानकै आइचिकेनमा होटल व्यवसाय गरेर बसेका दाहाल थरका व्यक्तिसंग उनको सम्पर्क भयो । ‘कुक भिसा’ मा जापान जाने विषयमा उनीहरुबीच सल्लाह भयो । जापान जानकै लागि बाह्र लाखसम्म खर्च गर्न तामाङ तयार भए । रकमको जोहो गरे । जापान टेकेकाहरुको राम्रो कमाइ देखेको र सुनेकै कुरो आफ्ना लागि पर्याप्त भएकाले व्यवसायी दाहालसँग उनले जापानको कमाइका बारेमा थप बुझ्न आवश्यक मानेनन् । दाहाललाई भनेर जापान जाने अरु टोलीको पनि लाइन थियो । यसैले जतिसक्दो छिटो पैसा बुझाउन सके जापान उड्न पाइहाल्ने र पैसा पनि कमाइहाल्ने चाहना बढ्दै गयो उनलाई । दाहालले पनि आफ्नो पासमा आइसकेको ‘शिकार’ फुत्किहाल्छ कि भन्ने डरले जापानका विषयमा राम्रा कुरा मात्रै बताए । त्यहाँको दुःखदायी स्थिति बताउन चाहेनन् ।

जग्गा बैंकमा धितो राख्दासमेत जापान जाने पैसा नपुगेपछि श्रीमतीका गहना र भएको अलिअलि बचत रकमसमेत मिलाएर दाहालले भनेजति सबै पैसा उनले जम्मा पारे । उनलाई ‘एग्रिमेन्ट पेपर’ मा सही गराइयो । जापानमा कुक भिसामा गएकाहरुलाई दक्ष जनशक्तिका रुपमा लिने गरिन्छ । जापानीहरु यस्ता कामदारलाई इन्जिनियरका रुपमा समेत हेर्छन् । खाना बनाएर खुवाउने कामलाई त्यहाँ निकै संवेदनशील रुपमा लिइन्छ, किनभने दस वर्ष लगातार रेस्टुरेन्टमा काम गरेका ‘कुक’हरुले मात्र जापानमा भिसा आवेदन गर्न पाउँछन् । तामाङले पनि त्यही गरे । एउटा होटलले उनलाई नेपालमा दस वर्षभन्दा बढी ‘कुक’ काम गरेको प्रमाणपत्र बनाइदियो ।

खाना पकाउँदा प्रयोग हुने डाडु राम्रोसँग हल्लाउनसम्म नजान्ने उनले दस वर्षभन्दा बढी होटलमा काम गरेको प्रमाणपत्र पाए । उनले सही गरेको एग्रिमेन्ट पेपरमा जापानको श्रम ऐनबमोजिम दैनिक आठ घण्टा काम गर्नुपर्ने, हप्तामा एक दिन बिदा पाइने र मासिक न्यूनतम तलब एक लाख ८० हजार जापानी येन हुने उल्लेख थियो । साथै औषधि खर्च, बिमा र जापान जाँदा लाग्ने सबै खर्च निःशुल्क हुने थियो । तर कागजमा तामाङले जापान जाँदा बाह्र लाख रूपैयाँ बुझाएको भन्ने कतै उल्लेख थिएन । न त उनी नक्कली कागजात जम्मा पारेर जापान जान लागेको भन्ने कुरा नै उल्लेख गरिएको थियो । कागजमा जेसुकै लेखिएको भए पनि सबैका माझ यो कुरा गोप्य नै राख्ने सहमति उनीहरुबीच बन्यो, किनभने यो कुरा जापानको अध्यागमन विभाग र नेपालस्थित जापानी दूतावासले थाहा पाए भने तामाङले जापानको भिसा पाउन सक्थेनन् । भिसा पाइसकेपछि पनि नेपालको श्रम विभाग र अध्यागमन विभागले उनलाई जापान जान रोक्थ्यो । तर भिसा पाएर जापान गइसकेपछि राम्रोसँग काम सिकाउँदै रोजगारी पनि दिने भन्ने मौखिक सहमति दाहालसँग भएपछि अरु कानुनी कुरामा दह्रो बन्नैपर्छ भन्ने आवश्यकताको महसुस उनले गरेनन् ।

सबै कागजात पूरा गरिसकेपछि तामाङको जापानको भिसा लाग्यो । जापान जाने क्रममा न उनले ‘कुक’ काम सिके, न त जापानी भाषा नै, तैपनि उनी जापान पुगे । दाहाललाई सम्पर्क गरे तर दाहालले उनलाई काम दिएनन्, न त आफ्नो रेस्टुरेन्ट नै चिनाए । काम र भाषा नजानेको मान्छेलाई रेस्टुरेन्टमा प्रवेश गराउँदा भएको आफ्नो व्यवसाय पनि धराशायी हुन्छ भन्दै तामाङलाई राख्न नसकिने बताए । तामाङले चाहेर पनि कानुनी लडाइँ लड्न सकेनन् । एक त, भाषामा कमजोर भएपछि सम्बन्धित ठाउँमा उजुर गर्न नसकिने भयो । अर्को, नक्कली कागजात प्रयोग गरेर जापान छिरेको स्थिति छ, अनि जापान आउने क्रममा बाह्र लाख तिरेको प्रमाण कतै छैन । यस्तो बेलामा दाहालले जे–जे भन्छन्, त्यही गर्नबाहेक अर्को विकल्प उनीसँग रहेन । यसैले दाहालले अर्को जापानी कम्पनीमा काम लगाइदिए ।

जापानमा जुन प्रयोजनका लागि गएको हो र जहाँ गएको हो, त्यही काम गर्नुपर्छ । यसरी दाहालको रेस्टुरेन्टमा कुक काम गर्ने अनुमति पाएर भिसा पाइसकेपछि त्यहाँबाहेक अन्त काम गर्न पाइँदैन । केही सीप नलागे अर्को कुनै नेपाली तथा इन्डियन रेस्टुरेन्टमा गएर काम गर्ने छूट छ, होइन भने अन्यत्र गएर काम गर्न त के त्यही होटलमा वेटर र क्यासियर बन्न पनि जापानको नियमले दिँदैन । यो भनेको अध्यागमन नियम मिचेको ठहर्छ । अध्यागमनले फेला पारे नेपाल फर्किन पर्छ । तामाङले गर्न खोजेको काम पनि अवैध थियो । दाहालको रेस्टुरेन्टमा काम नपाएपछि उनले जापानी खाना बनाउने बेन्तो कम्पनीमा काम गरे । त्यहाँ उनले जापानी खानालाई टिफिन बक्समा हाल्नुपथ्र्यो । यो काम गरेबापत प्रतिघण्टा एक हजार जापानी येनको दरले पैसा पाउँथे । औसत मासिक सबै खर्च कटाएर झन्डै डेढ लाख नेपाली रूपैयाँ बचाउँथे । तर दुई महिनाजति काम गरिसकेपछि उनी अध्यागमनको निगरानीमा परे । गएको मार्च महिनामा उनलाई प्रहरीले पक्राउ गरेर नागोयाको अध्यागमन जेलमा लग्यो । अध्यागमनले आवश्यक सोधपुछ ग¥यो । आफूलाई जापान आउने क्रममा साहूले फसाएको बयान अध्यागमनलाई दिए । अध्यागमनले प्रमाण माग्यो, उनले जुटाउन सकेनन् । अन्त्यमा, उनी नेपाल फर्किए ।

अहिले काठमाडौँमा सामान्य होटल सञ्चालन गरी बसेका उनलाई जापानको सपना नदेखी मलेसियाको रोजगारीलाई नै निरन्तरता दिएको हुन्थ्यो भन्ने लागेको छ । जापान जाँदा लागेको खर्च उठाउने कानुनी उपाय उनीसँग छैन । समझदारीका आधारमा होटल साहूले विवेक प्रयोग गरिदिए र इमान्दारिता देखाइदिए मात्रै उनले पैसा पाउलान्, नत्र कानुनी लडाइँ लडेर उनको उपचार सम्भव छैन । यसैले कानुनी बाटो खोज्नेबारेमा उनले सोचेका पनि छैनन् ।

अहिले जापानमा रहेका नेपालीमध्ये अधिकांश कुक भिसामा गएका छन् । नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेका अनुसार जापानका नेपालीमध्ये पचास प्रतिशत त कुक भिसाकै छन् । सबैजसोले ‘डिपेन्डेन्ट’ भिसामा श्रीमती लगेका छन् । अधिकांशले तामाङले जसरी नै नक्कली कागजात बनाएर जापान जान बाह्र लाख खर्च गर्छन् । काम र भाषा नजानेकै कारण जापानका नेपाली कुकका पीडा भने साझा छ । नेपालीका रेस्टुरेन्टमा उतिसाह्रो व्यापार÷व्यवसाय छैन । नेपालीलाई जापान लैजानका लागि मात्रै रेस्टुरेन्ट खोल्ने र त्यहीँ रहेका नेपालीको भिसाको म्याद थप्न रेस्टुरेन्ट खोलेजस्तो गर्ने परिपाटी जापानमा विकसित भएको छ । डिपेन्डेन्ट भिसामा गएका कुकका श्रीमतीहरुले जुनसुकै क्षेत्रमा पनि काम गर्न पाउने भएकाले मात्रै जापानको कमाइ नेपालीका लागि केही सहज भएको हो । उनीहरुले पनि हप्ताको २८ घण्टाभन्दा बढी काम गर्न पाउँदैनन् । तर उनीहरुलाई पनि लुकिछिपी अवधि बढाएर काम गर्दा अध्यागमनको निगरानीमा परिने र नेपाल फर्कन पर्ने बाध्यता छ ।

जापानलाई कमाइका लागि आकर्षक गन्तव्यका रुपमा लिइए पनि सोचेजस्तो छैन त्यहाँ । कागजपत्र मिलाएको खण्डमा जापान जान जति सजिलो छ, त्यति नै नेपालको श्रम विभाग र अध्यागमनले पनि जापानको श्रमबजारलाई सहज तरिकाले लिएको छ । नेपालीहरु जसोतसो र जे–जस्तो प्रकृया पूरा गरेर भए पनि जापान जाने चाहनाले जापानको रोजगारी व्यवस्थित र पारदर्शी बन्न सकेको छैन । राम्रो बनाउन कस्सिएकाहरुलाई पनि अवरोध पु¥याएको छ । पछिल्लो समयमा झन् जापानले विदेशीहरुका लागि नयाँ अध्यागमन नियम बनाइदिएपछि नेपालीहरुलाई अझै असर पु¥याएको छ । यसैले नेपालीहरु जापानको भविष्य नदेखेर आफूखुसी नेपाल फर्किरहेका पनि छन् । अब तीन महिनाभन्दा बढी अवधिका लागि जापान जान लागेका नेपालीहरुले नयाँ अध्यागमन नियम र जापानी भाषाको राम्रो अध्ययन नगरी गएमा स्थिति पहिलेको भन्दा असहज छ । समस्या परेपछि जापानमै बसेर कानुनी लडाइँ लड्न निकै खर्चिलो छ ।

भीसाको म्याद थप्नका लागि भएपनि जापानमा नेपालीले चलाएका रेष्टुरेण्टमा कम तलब या निशुल्क काम गर्ने बाध्यता बढदै गएको छ । जति तलब बुझेपनि रेष्टुरेण्ट मालिकहरु महिनावारी एक लाख असी हजार न्युनतम तलब दिएको भन्ने कागज बनाउँछन । तर यथार्थमा उनीहरुले यो पैसा पाएको पाइदैन । यसरी पैसा बुझेको भन्ने भरपाइ गरेमा कामदारका लागि कानुनी लडाइको सबै उपाय नेपालमा पनि सकिन्छ । तर तलब बुझेको भन्ने प्रमाण मालिकसंग छैन भने नेपालमै आएर पनि कानुनी लडाइ लडन सकिन्छ । रेष्टुरेण्टको संचालक नेपाली भएको खण्डमा त कानुनी लडाइ लडन सकिएला । विदेशी संचालक भएमा चाहि गाह्रो हुन्छ ।

अब वैदेशिक रोजगार विभागले पनि नेपालस्थित जापानी दूतावास र जापानस्थित नेपाली दूतावाससँग मिलेर गलत नियतका साथ जापानको रोजगारीलाई माध्यम बनाइरहेकामाथि नियन्त्रण र अनुगमन गर्न जरुरी छ । यसैले धेरै कमाइ हुने लोभमा जापानजस्ता राम्रा भनिएका देशमा कुरै नबुझी हाम फाल्नभन्दा सीपमूलक काममा दक्ष भई थोरै लगानी गरेर भए पनि साना भनिएका खाडी देशमा गइयो भने वैदेशिक कमाइ सुरक्षित अनि दिगो हुने अवस्था आएको छ ।

९ वैदेशिक रोजगारसम्बन्धि फिचरसेवाका लागि पिपुल फोरमको अनुरोधमा तयार पारिएको रिपोर्ट ०

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-14392371695175201172012-07-28T19:06:00.001+09:002012-07-29T01:27:28.843+09:00जापानमा जागेको ‘कपीपेष्ट’ पत्रकारिता

गएको साउन २० गते पत्रकार मोहन वस्यालले रेडियो चितवनमा निम्ता गरे । उज्यालो ९० नेटवर्कमार्फत देशभरका रेडियोमा प्रसारण हुने कार्यक्रम “हाम्रो नेपाल राम्रो नेपाल” का लागि उनीसंग छलफल भयो । सोही कार्यक्रमको एक प्रसंगमा जापानमा चलिरहेको नेपाली पत्रकारिताको बारेमा उनले मलाई सोधे । “जापानमा चलिरहेको नेपाली पत्रकारिता कपी पेष्टमा आधारित छ” भन्नेसम्मको चर्चा चल्यो । म यसमा सहमत नै थिएँ । किनभने विगत चार वर्षदेखि जापानको नेपाली पत्रकारितालाई नजिकैबाट नियाल्ने अवसर मलाई प्राप्त थियो । संगसंगै अनलाइन पत्रकारितामा पनि थप संलग्न भएका पत्रकार वस्यालले चितवनमै रहेर पनि जापानको अनलाइन पत्रकारितालाई नचिन्ने कुरै भएन । यसबाहेक अनलाइनसंग खेल्ने र रमाउने पाठकदेखि पत्रकार जो कोहिलाई पनि नेपाली समाचार पढ्ने, हेर्ने र सुन्ने क्रममा फरक फरक मिडियामा आएका समाचार एकापसमा दाँज्ने मेसो समेत सजिलै प्राप्त छ ।

वैदेशिक रोजगारी र अध्ययनका क्रममा नेपालीहरु प्रवासिने क्रमसंगै पत्रकारिता पेशा गरेका र यसमा रुची भएकाहरु पनि विदेशिएका छन् । अनि उनीहरुले विदेशमै बसेर अनलाइन पत्रकारिता शुरु गरेका छन् । पत्रकारिताको सोखलाई टिकाइराख्न थोरैले विदेशमै छापा पत्रकारितालाई पनि माध्यम बनाएका छन् । संगसंगै रेडियो र टेलिभिजन पनि शुरु भएको छ । यो निकै राम्रो काम हो । प्रवासिएका नेपालीलाई समेत यसले सुसुचित हुने मौका प्रदान गरेको छ । तर अधिकांशको समाचार श्रोत भनेको मुलधारका नेपाली मिडियामा प्रकाशित भएका समाचार बन्दै आएको छ ।

सबै देशमा छरिएर रहेका प्रवासी नेपालीले सञ्चालन गरेका पत्रकारिताका बारे जान्दाजान्दै उल्लेख गरेर यहाँ साध्य छैन । यसैले आउनुस् , पहिलो चरणमा जापानबाट सञ्चालित नेपाली पत्रकारिताबारे कुरा गरौं । जापानमा अहिले चार वटा अनलाइन र एउटा छापा पत्रिका नियमित रुपमा सञ्चालित छ । अनलाइनतर्फ जापानमा तिलक मल्लको समुद्रपारि डटकम, कुमार मोक्तानको टोक्यो नेपाल डटकम, शरद शेरचनको नेपाल जापान डटकम र सोनाम शेर्पाको वीलभनेपाल डटकम सञ्चालन भइरहेको छ । साथै भुषण घिमिरेले नेपाली समाचार पाक्षिक प्रकाशन गरिरहेका छन् । यसअघि यो पत्रिका साप्ताहिक रुपमा प्रकाशित थियो । जापानमा वैध रुपमा रहेका करिब वीस हजार नेपालीमध्ये सबैजसोले उत्तिकै महत्वका साथ यी मिडियालाई प्रयोग गर्छन् ।

जापानमा रहेका नेपाली संघसंस्था, दुतावास र अन्य व्यावसायीले पनि आफ्ना गतीविधि र विज्ञापन दिन पर्यो भने यसैलाई प्रयोग गर्छन् । जसले गर्दा उनीहरु व्यावसायिक पत्रकारितामा पनि अगाडि बढ्ने प्रयासमा छन् । तर पत्रकारिताको मर्म र धर्म निर्वाह गर्ने क्रममा जापानका सबैजसो नेपाली मिडिया चुकेका छन् भन्दा गल्ती पटक्कै हुनेछैन । लगभग गल्ती सबैको देखिएको छ । जसका कारण फस्टाउँदै गएको नेपाली पत्रकारितालाई आम जनताले बुझ्ने दृष्टिकोण पनि बदलिएको छ । सबैको समस्या एउटै हो, कपीपेष्ट पत्रकारिताको निरन्तरता । अब त हामीलाई यस्तो लाग्दैछ, नेपालमा मुलधारका मिडिया एक हप्ता मात्रै बन्द हुने हो भने पनि यसरी सञ्चालित प्रवासी मिडिया समेत समाचारको अभावमा बन्द हुन बेर लाग्दैन ।

जापानमा कपीपेष्ट पत्रकारिताको समस्या अति नै भएपछि जापानी टेलिभिजनमा नेपाली कार्यक्रम प्रस्तोता डा.जिज्ञानकुमार थापा निराश भए । उनले कडा शव्दमै फेसबुकमार्फत गत मंगलबार अनुरोध सहितको रिस पोखे । उनको भनाई यस्तो थियो, “जापानका अनलाइन मेडियालाइ अनुरोध । तपाइहरुसंग आफ्नै साधन र श्रोत नभएर नेपालको अन्य मेडियाको समाचार कपि पेष्ट गर्नुहुन्छ त्यो सबैलाइ थाहा भएकै कुरा हो । त्यो नराम्रो पनि होइन । तर कृपया कुन पत्रिका वा मेडियाको समाचार हो श्रोत खुलाउनुहोला । नत्र तपाइहरुको अस्तित्व रहदैन ।” जसलाई ५९ जनाले फेसबुकमै “लाइक” ठोके । रेडियो चितवनमा जापानको नेपाली पत्रकारिता कपीपेष्टमा आधारित छ भनेकै भोलिपल्ट जिज्ञान थापाको पनि यस्तो भनाई आएपछि अझ अवस्था सुध्रिएको छैन है भन्ने लाग्यो ।

यो समस्या यसरी नै बढ्दै जाने र कसैले पनि सुझाव नदिने हो भने त कपीपेष्ट गरेरै पत्रकारिता चलिहाल्ने भो । यो आरोप पटक्कै होइन, आम पाठकको चाहना हो भनेर यी मिडिया सञ्चालकले बुझिदिने हो भने उनीहरुको गल्ती र कपीपेष्टको हद कतिसम्म छ भन्नेतर्फ एकैछिन नजर लगाउँदा ठिक होला । धेरैअघिदेखिका समाचार खोतल्नै पर्दैन । विहिवार जापानका अनलाइनमा एकदिन मात्रै देखिएका कपीपेष्टमा आधारित समाचार बारेमा एकैछिन चर्चा गरौं ।

सर्वप्रथम नेपाल जापान डटकम । “मैनाली मुद्धा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्धको रिटको फैसला मंगलबार” शिर्षकमा यहाँ एउटा समाचार प्रकाशित छ । सो समाचारको बाइलाइन अर्थात् समाचार कसले लेखेको भन्ने ठाउँमा “नेपाल जापान डटकम सम्वाददाता” भनिएको छ । तर यही समाचार सोहि दिनको कान्तिपुरमा प्रकाशित छ । कान्तिपुरको शिर्षक चाहि “जापानी यौनकर्मी हत्याको अन्तिम फैसला हुने ” रहेको छ । शिर्षकमात्रै फरक तर, सम्पुर्ण समाचार अक्षरशः एउटै र समाचारका प्रमुख पात्र मैनालीको एउटै फोटो रहेकाले कान्तिपुर र नेपाल जापान डटकममा यो समाचार पढ्ने पाठकले सजिलै बुझ्छन् , कान्तिपुरबाट कपी गरेर यो अनलाइनले आफ्नो समाचार बनाउँदै पाठकलाई ठगेको हो ।

नेपाल जापान डट कममा प्रकाशित समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् ।

http://nepaljapan.com/index.php?option=com_content&view=article&id=3524:2012-07-26-00-37-52&catid=8:2011-11-14-04-59-08&Itemid=9

नेपाल जापान डटकमले कपी गरेको कान्तिपुरमा प्रकाशित समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् ।

http://ekantipur.com/nep/2069/4/11/full-story/351798.html<o:p></o:p>

अब कुरा गरौं, वीलभ नेपालको । यसलाई सोनाम शर्माले सञ्चालन गरिरहेका छन् । “एक निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिन पाउने प्रस्ताव” शिर्षकमा प्रकाशित यो समाचार राष्ट्रिय समाचार समितिको हो । यो नेपालको सरकारी समाचार एजेन्सी पनि हो । यसले लेख्ने समाचार आम सञ्चारमाध्यममा पुनः प्रकाशनका लागि हो । तर राससका समाचार आफ्नो सञ्चारमाध्यममा राख्दा श्रोत रासस भनेर उल्लेख गर्नुपर्छ । यहि समाचार कान्तिपुरले पनि प्रकाशित गरेको छ, तर उसले पत्रकारिताको धर्म र मर्म निर्वाह गरेको छ । कान्तिपुरले जसरी नै वीलभ नेपालले पनि समाचारको श्रोत उल्लेख गरेर रासस लेखिदिंदा के विग्रन्थ्यो र ? भएको सबै समाचारका अंश कपीपेष्ट गर्नसक्नेले समाचारको श्रोत पनि उल्लेख गरिदिने हो भने उसले दिने अरु समाचार पनि विश्वसनीय बन्न सक्छन् ।

वीलभ नेपाल डटकमले प्रकाशन गरेको समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् ।

http://www.welovenepal.com/?p=48511

वीलभ नेपाल डटकमले कपी गरेको कान्तिपुरमा प्रकाशित राससको समाचार हेर्न यहाँ क्लिक गर्नुस्

http://ekantipur.com/nep/2069/4/10/full-story/351786.html<o:p></o:p>

यस्तै टोक्यो नेपाल डट कमको कुरा गर्ने हो भने पनि कोहिभन्दा कोहि कम छैनन् जस्तो लाग्छ । यहाँ एउटा समाचार छ,“श्रीमान् पैसा कमाउने, श्रीमतीचाहि अर्कैसंग मोज गर्ने” । यो समाचार पनि राजधानी दैनिकबाट कपीपेष्ट गरिएको हो । सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले लेखेको यो समाचार राजधानीमा ११ गते “श्रीमान् पसिना बगाउने, श्रीमतीचाहि रमाउने” शिर्षकमा प्रकाशित छ । राजधानीमा प्रकाशित समाचारको शिर्षक र समाचार काटछाट गरेर टोक्यो नेपालले आफ्नो बनाउन खोजेपनि यो समाचार टोक्यो नेपालको हुँदै होइन । समाचार दिने क्रममा उसले गरेको सानो असावधानीले यो पनि चोरी समाचार नै हो भन्ने लाग्छ । किनभने नाम परिवर्तन भनि समाचारमा उल्लेख गरिएको एकजना महिला पात्रको नाम राजधानी र टोक्यो नेपालमा एउटै छ, त्यो नाम हो रुपा । दुइवटा सञ्चारमाध्यमले प्रयोग गर्ने काल्पनिक नाम पनि कसरी एउटै भएको होला है । आश्चर्य लाग्छ भन्या ।

टोक्यो नेपाल डटकमले प्रकाशन गरेको समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् ।

http://www.tokyonepal.com/2012/07/26/68095.html<o:p></o:p>

टोक्यो नेपाल डटकमले प्रकाशन गरेको समाचार राजधानी दैनिकबाट यसरी काटछाट गरि तयार गरिएको हो ।

समुद्रपारि डट कम पनि कपीपेष्टको मामलामा कम छैन । नागपञ्चमीका दिन नेपालीले घरघरमा नाग टाँसे । तर समुद्रपारिले चाहि राससको नागरिकमा प्रकाशित “आज नागपञ्चमी” भन्ने समाचारलाई जस्ताको तस्तै समुद्रपारिमा टाँस्यो । समाचार श्रोतमा नागरिक दैनिक भन्न आवश्यक थिएन । तर राससको समाचारलाई हुबहु सारेर आफ्नै वाइलाइनमा समाचार प्रकाशन गर्नुलाई जायज मान्न सकिन्न ।

राससको समाचार नागरिकन्युजमा यसरी प्रकाशित भएको छ । जसलाई हेर्न यहाँ क्लिक गर्नुस् ।

http://nagariknews.com/society/nation/43780-2012-07-23-20-45-42.html<o:p></o:p>

तर समुद्रपारिले चाहि त्यही राससको समाचारलाई कपी पेष्ट गरेर यसरी नाग टाँसेझैं टाँस्यो । जसलाई यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

http://samudrapari.com/2012072431485.html\ .UBKJpbT3i4k<o:p></o:p>

अब लागौं, जापानमा प्रकाशन भइरहेको एकमात्र छापा पत्रिकातर्फ । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका भुषण घिमिरे जापानमा व्यवसायको अलावा पाक्षिक रुपमा नेपाली समाचार भन्ने पत्रिका पनि निकाल्छन् । पाक्षिक रुपमा भएर पनि होला, तुलनात्मक रुपमा कपी गरिएका समाचार कमै मात्र आउँछन् यसमा । तैपनि जापानका अनलाइनले अपनाउँदै आएको कपीपेष्टको रोग यो पत्रिकालाई पनि लागेको छ । रंगीन कलेवरमा आठ पेज प्रकाशन भएको यो पत्रिका पहिले साप्ताहिक रुपमा निस्कने गथ्र्यो । “अब पानी विना नै नुहाउन सकिने” शिर्षकमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले तयार पारेको समाचार नेपाली समाचारले पनि आफ्नो पत्रिकामा छापेको छ । नेस अर्थात् , नेपाली समाचार सम्वाददाता भन्दै काठमाडौंको वाइलाइनमा छापिएको यो समाचार पढ्दा समाचार उसैले तयार पारेको देखिन्छ । तर होइन । यो समाचार त समाचार एजेन्सीले तयार पारेको हो, जुन जेपीनेपाल डटकममा पनि प्रकाशित छ । शिर्षक र समाचार हुवहु एउटै रहेको यो समाचारको वाइलाइनमा नेस सम्वाददता नभनिकन एजेन्सी भनेको भए कति राम्रो हुनेथियो ।

समाचार एजेन्सीबाट प्राप्त जेपीनेपाल डटकममा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुस् ।

http://jpnepal.com/2012/06/23/panibath.html<o:p></o:p>

एजेन्सीको समाचार नेपाली समाचारमा कसरी कपीपेष्ट भएको छ भन्नलाई यहाँ हेर्नुस् ।

यसो भनिरहँदा प्रवासमा पत्रकारिता गरिरहेकाले कपीपेष्ट मात्र गरिरहेका छन् भन्न पनि मिल्दैन । सम्बन्धित देशमा बसिरहेका नेपालीका गतीविधि र परोपकारी पत्रकारितामा पनि उनीहरु संलग्न छन् । तर उनीहरुले दिने यस्ता समाचार निकै कम छन् । नेपालमै पत्रकारिता गर्दागर्दैै जापान पुगेकाहरु पनि अनलाइन या छापामाध्यमबाट पत्रकारिताको पेशागत अस्तित्व धान्ने प्रयासमा देखिएको छ । जापान पुगेर पत्रकार बन्ने पनि यसरी नै अनलाइन चलाएकाहरु छन् । उनीहरु पत्रकारितालाई माध्यम बनाएर अरु नै काममा संलग्न छन् । जापानमा संचालित नेपाली मिडियाहरुलाई नेपालको प्रेस काउन्सिल, आचारसंहिता र प्रशासनले छुन सकेको छैन । उनीहरु कुनै सरकारी निकायमा दर्ता भएका पनि छैनन् । पत्रकार बन्नका लागि चाहिने योग्यता, अनुभवको लेखाजोखा भएको पाइदैन । यसो भएपछि त्यहाँका मिडियाले नेपालमा झैं सेवा, सुविधा र सहुलियत पाउने कुरा पनि भएन । यद्दपि जापानमा पनि पत्रकार महासंघको शाखा छ । यसैले कपीपेष्ट पत्रकारिताले जापानमा पनि प्रश्रय पाएको रहेछ भन्ने लाग्छ ।

प्रेस काउन्सिलले प्रकाशन गर्ने संहिता द्धैमासिकमा ( http://www.presscouncilnepal.org/files/samita-8.pdf  ) पत्रकार अरुण बरालले प्रवासी पत्रकारिताको यो समयस्यालाई औंल्याएका छन् । अधिकांश प्रवासी पत्रिकाले आफैं समाचार उत्पादन गर्नुको साटो नेपालका अनलाइन एवं अन्य सञ्चारमाध्यमका समाचार सामग्रीहरू हुबहु सार्ने गरेको समेत उनको बुझाइ छ । विशेष गरी अन्य सञ्चारमाध्यमका समाचार ‘कपी–पेष्ट’ गर्ने हरकतलाई नियमन गर्ने उपायको खोजी हुनु जरुरी भइसकेको उनी बताउँछन् ।

जापानमा बसेर नेपाली पत्रकारिता गर्नुको दुःख आफ्नो ठाउँमा छ । यो दुःख देखाएर गल्ती गर्दै जाने भन्दा पनि सवल र सक्षम पत्रकारिता गर्नतर्फ उन्मुख हुनु उत्तिकै आवश्यक हो । समस्या अहिले जापानमा मात्र छैन । अन्य देशमा यसरी पत्रकारिता गरिरहेकाले पनि जापानकै सिको गर्छन् । अब भने सकेसम्म आफ्नै श्रोत र साधनबाट जति सकिन्छ त्यति समाचार उत्पादन गरेर पाठकसम्म पुर्याउन सके पत्रकारितामा आउन चाहने नयाँ ‘जेनेरेसन’ लाई फाइदा पुग्नेछ । यति सकिदैन र अरुबाटै समाचार नल्याइ मिडिया चल्न सक्दैन भने कमसेकम समाचारको श्रोत उल्लेख गरी ‘वाइलाइन क्रेडिट’ त दिनपरयो नि । यससंगै भइरहेको गल्ती सम्बन्धमा आम पाठकसंग क्षमा मागि स्वतन्त्र र निर्भिक समाचार खोज्न आफ् नै स्रोत साधन उपयोग गर्न जरुरी छ, प्रवासी पत्रकारका लागि । जापानमा मात्र होइन, अन्य देशमा छरिएर रहेका प्रवासी नेपालीहरुले सञ्चालन गरिरहेको मिडिया पनि कपीपेष्टमा आधारित भइसकेको छ । अरुका के कुरा गर्नु, नेपालमै रहेका मिडिया पनि यस कार्यबाट अछुतो रहन सकेका छैनन्। यसलाई सच्याउन पत्रकार आफैले इमान्दारिता देखाउनु आवश्यक छ ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-34086566366091117132012-07-25T09:27:00.000+09:002012-07-25T09:32:09.360+09:00वैदेशिक रोजगारीमा समस्या र सावधानी

आजकल विदेश नजाने मान्छे कमै भेटिन्छन् । रोजगारी, अध्ययन र भ्रमणमा लागि त्रिभुवन विमानस्थलबाट भुई छाड्ने नेपालीको लर्को दिनहुँ बढ्दो छ । हामीजस्ता कम विकसित देशका मान्छेलाई विदेश यात्रा रहर बन्नु स्वाभाविकै हो । तर धेरै नेपालीका लागि विदेशको जनजीवनमा रमाउने चाहना रहर मात्र नभै वाध्यता पनि रहेछ भन्ने कुरालाई नकार्न सकिंदैन । कागजमा देखाउने जेसुकै विषय होस्, धेरै नेपालीको चाहना भनेको विदेश गईसकेपछि रोजगारीमा लाग्नु पनि हो । यहाँबाट रोजगारीकै लागी मात्र गएकाहरु त भई नै हाले, तर अध्ययन र भ्रमणमा गएकाहरु पनि आफ्नो न्यूनतम खर्च जुटाउन नै किन नहोस् केहि समय रोजगारीमा लाग्ने गरेका भेटिन्छन् । पढिसकेपछि र केहि अनुभव संगालिसकेपछि नेपालमै रोजगारीको अवस्था सिर्जना भइदिएको भए धेरै कमले मात्रै विदेशको चाहना राख्थे होलान् । तर देशमा रोजगारी र व्यवसाय दुवैको ग्यारेण्टी नभइदिदा अधिकांश नेपाली नागरिक आफ्नै देशमा आन्तरिक पर्यटक बन्नुपरेको छ ।

विदेश यात्रा भनेजस्तो सजिलो पनि छैन । भनेको बेला झ्याप्प जान पाइने । अनि चाहेको बेला विदेश गएर काम गरी मनग्गे पैसा कमाउने । हामी नेपालीका लागि यी दुवै काम कठिन हुन् । आफ्नै देशमा ठगिएका नेपालीलाई विदेशमा सजिलो हुने कुरै भएन । झन् वैदेशिक रोजगारीको समस्या दिनहुँ बढिरहेको छ । सरकारको नीति तथा कार्यक्रम कागजमा सीमित भएर पनि व्यवहारमा लागु नभइदिदा रोजगारीका लागि विदेशिनेहरु दिनहुँ समस्यामा परिरहेका छन् । हण्डर र ठककर नेपालमै खाए त हुन्थ्यो, अर्काको देशमा गएर पनि हण्डर र दुःख खानपर्दा परेको पीडाको सीमा छैन । एकपटक मान्छेमा विदेश जाने भूत सवार भईसकेपछि हत्तपत्त छुट्न गाह्रो छ । लिसो टासिएझैं टासिन्छ त्यो भूत । अनि उसले सपना देख्छ, विदेश जानेवित्तिकै मनग्गे पैसा कमाएको । बंगला खरिद गरेको । गाडी चढेको । अनि आरामदायी जीवन व्यतित गरेको । यहाँ अध्ययन र भ्रमणमा जाने मान्छेको कुरा छाडौं । मात्र रोजगारीका लागि विदेश जाने मान्छेहरुका यी सबै सपनाहरु सपनामै विलिन भएर गएका छन् । कारण एउटै छ, विदेश जाँदा आवश्यक तयारी नगर्नु ।

पासपोर्टमा भीसा लागेपछि हरेक नेपालीले त्यो छापलाई पैसाकै छाप भन्ने सम्झन्छ । भीसा भएको पासपोर्ट उसका लागि त पैसा छाप्ने मेसिन जस्तै भइसक्यो । यो लिएर नेपालको एअरपोर्टं छाड्दैमा झोलामा बरबरती पैसाको रास झर्छ र विदेशमा त पैसा फल्ने रुख टिप्न पाइन्छ भन्नु मुर्खता सिवाय केहि होइन । यद्दपि वैदेशिक रोजगारीमा सम्बन्धमा केहि सावधानी अपनाएर पूर्वतयारी अपनाइयो भने धेरै हदसम्म वैदेशिक जीवन सुखमय भएका उदाहरण पनि छन् । जसका बारे केहि चर्चा गर्न आवश्यक छ ।

सर्वप्रथम आफू रोजगारमा जान लागेको मुलुकको जानकारी र आफूले गर्न चाहेको कामको बारेमा दक्षता नलिइकन गइयो भने विदेशमा टिक्न गाह्रो छ । पासपोर्टमा भीसा लागेर विदेश त टेकिहालम्, अनि देखाजाला भन्ने धेरैको मनसाय बुझिन्छ । वास्तवमा यस्तो सोच गर्नु निकै गलत हो । विदेशमा तपाईलाई रोजगारी दिने कम्पनी र त्यसको मालिकको ठाउँमा आफूलाई राखेर हेर्नुस् त । काम केहि नजानेको मान्छेलाई कसैले तलब दिएर आफ्नो कम्पनीमा राख्छ होला ? अवश्य राख्दैन । जब तपाइलाई त्यो मुलुकको भौगोलिक जानकारी, भाषा र आफूले त्यहाँ काम गर्ने कामको बारेमा केहिपनि जानकारी छैन भने कसरी कामदार भएर बस्न सकिन्छ ? वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अहिले यहि कारणले निकै ठूलो सास्ती खेपिरहेका छन्, विदेशमा ।

वैदेशिक रोजगारीमा जानुपूर्व नेपालको श्रम विभागले विदेश जान लागेको व्यक्ति, जान लागेको मुलुक, उसले गर्ने रोजगारीको प्रकृति, अनि कामदार र मालिकबीच भएको एग्रिमेण्ट पेपरका बारेमा अध्ययन गर्छ । यो एग्रिमेण्ट पेपरमा कामको प्रकृतिदेखि पारिश्रमिक र कामदारले पाउने अन्य सेवा सुविधा सहित अन्तर्राष्टिय श्रम सम्झौता बमोजिम कामदारकै पक्षमा विभिन्न शर्त तथा नियमको परिधिभित्र रहेर कामदार र मालिकबीच सम्झौता गरिएको हुन्छ । त्यहाँ लेखिए अनुसार विदेशमा कामदारलाई सेवा सुविधा दिइए त राम्रै हुनेथियो । तर यो सम्झौता केवल कागजमा मात्रै सीमित छ । यसलाई न वैदेशिक रोजगारमा जाने व्यक्तिले राम्रोसंग अध्ययन गरेको हुन्छ, न त श्रम विभागले नै राम्रोसंग अनुगमन गरेकै पाइन्छ । कथम् कदाचित एकाध रुपमा कोहि कामदारले पढेका र श्रम विभागले पनि अनुगमन गरेको पाइए पनि विदेशमा यस्ता सम्झौता रद्धीका टोकरीमा फालिन्छन् । यसो गर्ने सबै दलाल अर्थात् मानव तस्करहरु नै हुन् ।

पासपोर्टमा भीसा लागेर उड्न ठिक्क परेपनि विदेश जानपूर्व कामदारले स्वास्थ्य परीक्षण, वीमा र अभिमुखीकरण तालिम अनिवार्य लिएको हुनुपर्छ । यी सबै हालसम्म कागजमा मात्रै सीमित छन् । विदेश जानेमध्ये १० प्रतिशतले पनि यो नियम कार्यान्वयन गरेको पाइएको छैन । सबैले विदेश जाने हतारो र तयारीका कारण राम्रोसग विधि पुरयाएर यी काम गर्दैनन् । विदेशमा गएर हण्डर खेप्नभन्दा दुइचार दिन आफ्नै देशमा तयारी गरेर गए वैदेशिक जीवन सरल र सहज हुन्छ भन्ने कुरा कमै नेपालीले मात्रै बुझेका छन् । यो कमजोरी व्यक्तिको मात्रै नभएर सरकारका पनि हो । श्रम विभागले ध्यान दिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिको तयारीका बारे अनुगमन गरयो भने मात्रै पनि धेरै हदसम्म नेपालीहरुको वैदेशिक रोजगार पनि सफल हुनेथियो ।

अब विदेशमा रोजगारीका लागि जाने नेपालीले त्यो देशमा बोलिने भाषा या आफ्नो कम्पनीमा प्रयोग हुने भाषाका बारेमा ज्ञान नलिइकन गयो भने स्थिति निकै नाजुक छ । काम पनि नजान्ने, भाषा पनि नजान्ने भयो भने त्यहाँभन्दा कष्टकर जीवन अरु हुनै सक्दैन । भाषा नजानेको खण्डमा कामले भएपनि मालिकलाई चित्त बुझाउन सकिन्छ । साथै कामै नजाने आफूसंग भाषा बोल्ने क्षमता भएदेखि केहि समय साथीहरुको मद्दतले सिकेरै भएपनि काम गर्न सकिन्थ्यो । तर दुवै नभइदिंदा न काम गर्न पाइन्छ, न मालिकले नै तपाइलाई काम सिकाउन समय खर्च गर्नसक्छ । आखिर केहि सीप नलागेपछि विदेश मान्छेका लागि घाँडो हुन्छ । नेपाल हुँदा बुरुक बुरुक खुट्टा उचालेकाहरु छटपटिनुबाहेकको विकल्प रहँदैन । त्यतिबेला गल्ली, चोक र सार्वजनिक स्थलमा आफूलाई माया गर्ने कोहि दयावान् नेपाली फेला पर्छन् कि भनेर भौतारिनु बाहेक उनीहरुसंग अर्को विकल्प पनि रहँदैन । अनि बल्ल जस्तोसुकै संघर्ष गर्न पनि नेपालीहरु तयार हुन्छन् । त्यतिबेला थ्री डी डर्टी, डिफिकल्ट र डेन्जर अर्थात् फोहोरो, गाह्रो र खतरा काम गर्न बाध्य हुनुपर्छ, नेपालीले । जसका कारण दिनहुँ विदेशबाट लाश बनेर फर्किएका नेपालीको लर्कोमा आफू पनि त्यही लासको वाकसमा आउन बेर लाग्दैन । अनि सपनाहरु सबै उडेर भताभुंग हुन्छन् । सानो तयारीको कमी र केहि सावधानी नअपनाउँदा आफ्नै कारणले परिवारले समेत जीवनभर कष्ट वेहोर्नपर्छ । यसैले यस कुरामा ध्यान दिन आवश्यक छ ।

विदेश गएकाहरु सबैले कमाएका मात्रै हुँदैनन् । निश्चय नै विदेशमा पैसाको रुख पनि छ । तर त्यो टिप्न जान्नैपर्छ । अनि रुखमा फलेको पैसा टिप्न रुख चढ्न जान्नैपर्छ । धेरैले भन्नेपनि गर्छन्, विदेशमा पैसा बाघको मुख र नंग्रामा पनि हुन्छ । यसैले बाघको मुखमा हात पसाल्दै नंग्राबाट पैसा निकाल्नु सहज पक्कै छैन । माथि भनिएझैं काममा दक्ष भएर निकै सावधानीका साथ सबै तयारी गरेर मात्रै पनि हुँदैन । आफूले आफ्नो तर्फबाट गर्ने वैदेशिक रोजगार वीमा त अनिवार्य भइहाल्यो, त्यसमाथि रोजगारदाता कम्पनीले वीमा गरिदिनुपर्छ । विदेशमा काम गर्दा अंगभंग भएको, विरामी भएको या मृत्यु नै भएका अवस्थामा समेत यस्ता वीमाले निकै राहत दिन्छ । यसैले आफूले नेपालमै केहि गर्न सकेको खण्डमा सकभर वैदेशिक रोजगारीमा नलागेकै राम्रो हुन्छ । होइन भने वैदेशिक रोजगारमा जानुपूर्व यस सम्बन्धमा जानेबुझेका लगायत अन्य सरोकारवाला निकायसंगको सल्लाह बमोजिम दलालको फन्दामा नपरि विदेश प्रस्थान गरियो भने त्यो निकै श्रेयस्कर हुनेछ ।

जउचबभिकज२नmबष्।िअयm

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-20588938810893842402012-07-25T09:19:00.000+09:002012-07-25T09:32:27.623+09:00महिलाका लागी वैदेशिक रोजगारी

आजकल विदेश नजाने मान्छे कमै भेटिन्छन् । रोजगारी, अध्ययन र भ्रमणमा लागि त्रिभुवन विमानस्थलबाट भुई छाड्ने नेपालीको लर्को दिनहुँ बढ्दो छ । हामीजस्ता कम विकसित देशका मान्छेलाई विदेश यात्रा रहर बन्नु स्वाभाविकै हो । तर धेरै नेपालीका लागि विदेशको जनजीवनमा रमाउने चाहना रहर मात्र नभै वाध्यता पनि रहेछ भन्ने कुरालाई नकार्न सकिंदैन । कागजमा देखाउने जेसुकै विषय होस्, धेरै नेपालीको चाहना भनेको विदेश गईसकेपछि रोजगारीमा लाग्नु पनि हो । यहाँबाट रोजगारीकै लागी मात्र गएकाहरु त भई नै हाले, तर अध्ययन र भ्रमणमा गएकाहरु पनि आफ्नो न्यूनतम खर्च जुटाउन नै किन नहोस् केहि समय रोजगारीमा लाग्ने गरेका भेटिन्छन् । पढिसकेपछि र केहि अनुभव संगालिसकेपछि नेपालमै रोजगारीको अवस्था सिर्जना भइदिएको भए धेरै कमले मात्रै विदेशको चाहना राख्थे होलान् । तर देशमा रोजगारी र व्यवसाय दुवैको ग्यारेण्टी नभइदिदा अधिकांश नेपाली नागरिक आफ्नै देशमा आन्तरिक पर्यटक बन्नुपरेको छ ।

विदेश यात्रा भनेजस्तो सजिलो पनि छैन । भनेको बेला झ्याप्प जान पाइने । अनि चाहेको बेला विदेश गएर काम गरी मनग्गे पैसा कमाउने । हामी नेपालीका लागि यी दुवै काम कठिन हुन् । आफ्नै देशमा ठगिएका नेपालीलाई विदेशमा सजिलो हुने कुरै भएन । झन् वैदेशिक रोजगारीको समस्या दिनहुँ बढिरहेको छ । सरकारको नीति तथा कार्यक्रम कागजमा सीमित भएर पनि व्यवहारमा लागु नभइदिदा रोजगारीका लागि विदेशिनेहरु दिनहुँ समस्यामा परिरहेका छन् । हण्डर र ठककर नेपालमै खाए त हुन्थ्यो, अर्काको देशमा गएर पनि हण्डर र दुःख खानपर्दा परेको पीडाको सीमा छैन । एकपटक मान्छेमा विदेश जाने भूत सवार भईसकेपछि हत्तपत्त छुट्न गाह्रो छ । लिसो टासिएझैं टासिन्छ त्यो भूत । अनि उसले सपना देख्छ, विदेश जानेवित्तिकै मनग्गे पैसा कमाएको । बंगला खरिद गरेको । गाडी चढेको । अनि आरामदायी जीवन व्यतित गरेको । यहाँ अध्ययन र भ्रमणमा जाने मान्छेको कुरा छाडौं । मात्र रोजगारीका लागि विदेश जाने मान्छेहरुका यी सबै सपनाहरु सपनामै विलिन भएर गएका छन् । कारण एउटै छ, विदेश जाँदा आवश्यक तयारी नगर्नु ।

पासपोर्टमा भीसा लागेपछि हरेक नेपालीले त्यो छापलाई पैसाकै छाप भन्ने सम्झन्छ । भीसा भएको पासपोर्ट उसका लागि त पैसा छाप्ने मेसिन जस्तै भइसक्यो । यो लिएर नेपालको एअरपोर्टं छाड्दैमा झोलामा बरबरती पैसाको रास झर्छ र विदेशमा त पैसा फल्ने रुख टिप्न पाइन्छ भन्नु मुर्खता सिवाय केहि होइन । यद्दपि वैदेशिक रोजगारीमा सम्बन्धमा केहि सावधानी अपनाएर पूर्वतयारी अपनाइयो भने धेरै हदसम्म वैदेशिक जीवन सुखमय भएका उदाहरण पनि छन् । जसका बारे केहि चर्चा गर्न आवश्यक छ ।

सर्वप्रथम आफू रोजगारमा जान लागेको मुलुकको जानकारी र आफूले गर्न चाहेको कामको बारेमा दक्षता नलिइकन गइयो भने विदेशमा टिक्न गाह्रो छ । पासपोर्टमा भीसा लागेर विदेश त टेकिहालम्, अनि देखाजाला भन्ने धेरैको मनसाय बुझिन्छ । वास्तवमा यस्तो सोच गर्नु निकै गलत हो । विदेशमा तपाईलाई रोजगारी दिने कम्पनी र त्यसको मालिकको ठाउँमा आफूलाई राखेर हेर्नुस् त । काम केहि नजानेको मान्छेलाई कसैले तलब दिएर आफ्नो कम्पनीमा राख्छ होला ? अवश्य राख्दैन । जब तपाइलाई त्यो मुलुकको भौगोलिक जानकारी, भाषा र आफूले त्यहाँ काम गर्ने कामको बारेमा केहिपनि जानकारी छैन भने कसरी कामदार भएर बस्न सकिन्छ ? वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अहिले यहि कारणले निकै ठूलो सास्ती खेपिरहेका छन्, विदेशमा ।

वैदेशिक रोजगारीमा जानुपूर्व नेपालको श्रम विभागले विदेश जान लागेको व्यक्ति, जान लागेको मुलुक, उसले गर्ने रोजगारीको प्रकृति, अनि कामदार र मालिकबीच भएको एग्रिमेण्ट पेपरका बारेमा अध्ययन गर्छ । यो एग्रिमेण्ट पेपरमा कामको प्रकृतिदेखि पारिश्रमिक र कामदारले पाउने अन्य सेवा सुविधा सहित अन्तर्राष्टिय श्रम सम्झौता बमोजिम कामदारकै पक्षमा विभिन्न शर्त तथा नियमको परिधिभित्र रहेर कामदार र मालिकबीच सम्झौता गरिएको हुन्छ । त्यहाँ लेखिए अनुसार विदेशमा कामदारलाई सेवा सुविधा दिइए त राम्रै हुनेथियो । तर यो सम्झौता केवल कागजमा मात्रै सीमित छ । यसलाई न वैदेशिक रोजगारमा जाने व्यक्तिले राम्रोसंग अध्ययन गरेको हुन्छ, न त श्रम विभागले नै राम्रोसंग अनुगमन गरेकै पाइन्छ । कथम् कदाचित एकाध रुपमा कोहि कामदारले पढेका र श्रम विभागले पनि अनुगमन गरेको पाइए पनि विदेशमा यस्ता सम्झौता रद्धीका टोकरीमा फालिन्छन् । यसो गर्ने सबै दलाल अर्थात् मानव तस्करहरु नै हुन् ।

पासपोर्टमा भीसा लागेर उड्न ठिक्क परेपनि विदेश जानपूर्व कामदारले स्वास्थ्य परीक्षण, वीमा र अभिमुखीकरण तालिम अनिवार्य लिएको हुनुपर्छ । यी सबै हालसम्म कागजमा मात्रै सीमित छन् । विदेश जानेमध्ये १० प्रतिशतले पनि यो नियम कार्यान्वयन गरेको पाइएको छैन । सबैले विदेश जाने हतारो र तयारीका कारण राम्रोसग विधि पुरयाएर यी काम गर्दैनन् । विदेशमा गएर हण्डर खेप्नभन्दा दुइचार दिन आफ्नै देशमा तयारी गरेर गए वैदेशिक जीवन सरल र सहज हुन्छ भन्ने कुरा कमै नेपालीले मात्रै बुझेका छन् । यो कमजोरी व्यक्तिको मात्रै नभएर सरकारका पनि हो । श्रम विभागले ध्यान दिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिको तयारीका बारे अनुगमन गरयो भने मात्रै पनि धेरै हदसम्म नेपालीहरुको वैदेशिक रोजगार पनि सफल हुनेथियो ।

अब विदेशमा रोजगारीका लागि जाने नेपालीले त्यो देशमा बोलिने भाषा या आफ्नो कम्पनीमा प्रयोग हुने भाषाका बारेमा ज्ञान नलिइकन गयो भने स्थिति निकै नाजुक छ । काम पनि नजान्ने, भाषा पनि नजान्ने भयो भने त्यहाँभन्दा कष्टकर जीवन अरु हुनै सक्दैन । भाषा नजानेको खण्डमा कामले भएपनि मालिकलाई चित्त बुझाउन सकिन्छ । साथै कामै नजाने आफूसंग भाषा बोल्ने क्षमता भएदेखि केहि समय साथीहरुको मद्दतले सिकेरै भएपनि काम गर्न सकिन्थ्यो । तर दुवै नभइदिंदा न काम गर्न पाइन्छ, न मालिकले नै तपाइलाई काम सिकाउन समय खर्च गर्नसक्छ । आखिर केहि सीप नलागेपछि विदेश मान्छेका लागि घाँडो हुन्छ । नेपाल हुँदा बुरुक बुरुक खुट्टा उचालेकाहरु छटपटिनुबाहेकको विकल्प रहँदैन । त्यतिबेला गल्ली, चोक र सार्वजनिक स्थलमा आफूलाई माया गर्ने कोहि दयावान् नेपाली फेला पर्छन् कि भनेर भौतारिनु बाहेक उनीहरुसंग अर्को विकल्प पनि रहँदैन । अनि बल्ल जस्तोसुकै संघर्ष गर्न पनि नेपालीहरु तयार हुन्छन् । त्यतिबेला थ्री डी डर्टी, डिफिकल्ट र डेन्जर अर्थात् फोहोरो, गाह्रो र खतरा काम गर्न बाध्य हुनुपर्छ, नेपालीले । जसका कारण दिनहुँ विदेशबाट लाश बनेर फर्किएका नेपालीको लर्कोमा आफू पनि त्यही लासको वाकसमा आउन बेर लाग्दैन । अनि सपनाहरु सबै उडेर भताभुंग हुन्छन् । सानो तयारीको कमी र केहि सावधानी नअपनाउँदा आफ्नै कारणले परिवारले समेत जीवनभर कष्ट वेहोर्नपर्छ । यसैले यस कुरामा ध्यान दिन आवश्यक छ ।

विदेश गएकाहरु सबैले कमाएका मात्रै हुँदैनन् । निश्चय नै विदेशमा पैसाको रुख पनि छ । तर त्यो टिप्न जान्नैपर्छ । अनि रुखमा फलेको पैसा टिप्न रुख चढ्न जान्नैपर्छ । धेरैले भन्नेपनि गर्छन्, विदेशमा पैसा बाघको मुख र नंग्रामा पनि हुन्छ । यसैले बाघको मुखमा हात पसाल्दै नंग्राबाट पैसा निकाल्नु सहज पक्कै छैन । माथि भनिएझैं काममा दक्ष भएर निकै सावधानीका साथ सबै तयारी गरेर मात्रै पनि हुँदैन । आफूले आफ्नो तर्फबाट गर्ने वैदेशिक रोजगार वीमा त अनिवार्य भइहाल्यो, त्यसमाथि रोजगारदाता कम्पनीले वीमा गरिदिनुपर्छ । विदेशमा काम गर्दा अंगभंग भएको, विरामी भएको या मृत्यु नै भएका अवस्थामा समेत यस्ता वीमाले निकै राहत दिन्छ । यसैले आफूले नेपालमै केहि गर्न सकेको खण्डमा सकभर वैदेशिक रोजगारीमा नलागेकै राम्रो हुन्छ । होइन भने वैदेशिक रोजगारमा जानुपूर्व यस सम्बन्धमा जानेबुझेका लगायत अन्य सरोकारवाला निकायसंगको सल्लाह बमोजिम दलालको फन्दामा नपरि विदेश प्रस्थान गरियो भने त्यो निकै श्रेयस्कर हुनेछ ।

जउचबभिकज२नmबष्।िअयm

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-12795836032194708922012-07-16T10:14:00.000+09:002012-07-16T10:18:41.924+09:00असुरक्षित बन्दै गएको वैदेशिक रोजगार

कोही आफन्त र साथीभाई विदेश गइहाले भने नेपालमा बस्नेको हार्दिक अनुरोध सधैं हुनेगर्छ, मलाई पनि उतै तान् । विदेश बसेकाले त्यहाँ पाएको हण्डर, ठक्कर र हैरानी नेपालबाट जान चाहनेमध्ये कमैले विश्वास गर्छन् । जसोतसो र जेजसरी हुन्छ, हरेकको चाहना विदेश जाने नै छ । अझ राम्रा भनिएका मुलुकमा जान पाइएको खण्डमा जति पैसा पनि खर्च गर्न तयार हुन्छन्, नेपालीहरु । तर विदेश जाँदा लाग्ने पैसाले नेपालमै केहि गर्ने योजना कमैले मात्र बुन्ने गरेको पाइन्छ । नेपालमा केहि इलम गर्नपरयो भनि सहयोग माग्दा मुण्टो बटार्ने, तर विदेश जानका लागि भने जति नै सहयोग गर्न तयार हुने नेपाली समाजका कारण वैदेशिक रोजगारले प्रश्रय पाइरहेको छ । विदेशको समस्याबारे बेखबर र जानीजानी बुझ पचाउने नेपाली समाज अप्ठ्यारो परेपछि मात्रै चासो राख्ने गरेको छ । यसैले वैदेशिक रोजगारीलाई जिन्दगीकै गन्तव्य बनाउनेहरुले सुरक्षित वैदेशिक रोजगारीको अभियानलाई पनि गन्तव्य बनाउन सकेका श्रम र सुरक्षाको ग्यारेण्टी हुनसक्छ भन्ने कुरामा विचार गर्न जरुरी भइसकेको छ ।

अब त नेपालमै केहि गर्ने भन्दा पनि धेरैको रोजाइ विदेश जाने बन्न थालिसक्यो । तर किन र के काम गर्न जाने विदेश ? भन्दा कसैले गतिलो उत्तर दिन सक्दैनन् । दैनिक पत्रपत्रिकामा वैदेशिक रोजगारीका लागि निस्किएका सूचनाहरु हेर्दा विदेशमा मान्छे कस्ता काममा संलग्न छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने झल्कन्छ । खाडी देशहरुमा जानका लागि खुलेका सूचनाहरु पत्रपत्रिकामा बढि देखिन्छन् । तर अन्य थप विकसित देश र युरोपेली मुलुकमा काम गर्न जानेका लागि पत्रपत्रिकामा सूचना कमै आउँछन् । यस्ता देशमा जानका लागि सीमित व्यक्ति र दलालमार्फत नै जानपर्ने हुन्छ ।

यो लेख पढिरहनुभएका पाठकमध्ये पक्कै केहिको चाहना विदेश जाने पनि भएको हुनसक्छ । एकैछिन तपाई पाठककै विषयमा कुरा गरौं । आर्थिक हैसियत ठूलो भएका र विदेश जान दश लाख भन्दा बढि खर्च गर्नं कस्सिएकाहरु ठूला भनिएका देश जाने उपाय सोंच्छन् । अनि आर्थिक हैसियत कम भएका मान्छेको सोंचाई साना देशको हुन्छ । आफूसंग भएको पैसाको आधारमा मात्रै मान्छेले कुन देश जाने निर्णय गरेको पाइन्छ । यसका साथै विदेशमा रहेका आफन्त भएका आधारमा ती देशमा जाने निर्णय पनि उनीहरुले गरेका छन् । तर सबैभन्दा ठूलो कुरो योग्यता र क्षमताका आधारमा कसैले पनि रोजगारीका लागि कुन देश जाने भन्ने तयारी गर्दैनन् । यो अहिलेको साझा समस्या हो ।

दैनिक श्रम गर्न विदेश जानेहरुमध्ये अधिकांश सम्बन्धित काममा दक्ष हुँदैनन् । सबैको कागजी प्रकृया मात्र पुरा भएको हुन्छ । दलाललाई ठूलो धनराशी चढाई नेपालमा पनि वैदेशिक श्रमका लागि कुद्नपर्ने ढोकाभित्रका कर्मचारीलाई भेटी चढाएर कागजमा मात्रै दक्ष कामदारको छाप लगाउँदैमा उसका लागि वैदेशिक रोजगारी सफल हुन नसकेका उदाहरण धेरै छन् । कागजमा दक्षताको प्रमाण पनि हुन्छ । यसैका आधारमा सम्बन्धित देशको दुतावासले प्रवेशाज्ञा पनि दिन्छ । तर यतिसारो कागजी प्रमाण पेश गर्न हतारिने मान्छेले आफू प्राविधिक रुपमा दक्ष हुन कहिल्यै केहि सिक्ने चासो राख्दैन । कमसेकम विदेशमा जब त्यही काम गर्न जान लागिएको छ भने त्यही कामका बारे राम्रो तालिम गरेर गए दक्ष कामदार बन्न सकिन्छ भन्नेबारेमा आम नेपालीलाई बुझाउन सकिएको छैन ।

विदेश जाने भीसा पाइयो भन्दैमा अब सबैथोक सकियो र जानेवित्तिकै महिनावारी तलब थाप्न पाइन्छ भनेर सोंच्नु पनि बेकार हो । सबै कागजी प्रकृया पुरा गरेर भीसा लागेको पासपोर्टका साथ जहाजबाट आफू पुग्ने देशको एअरपोर्टबाट बाहिर निस्कने क्रममा त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका उदाहरण पनि धेरै छन् । सक्कली र नक्कली कामदार कस्ता हुन्छन् भन्ने कुरा ती अधिकारीले उनीहरुको हाउभाउ हेरेरै पत्ता लगाउँछन् । ठूला भनिएका देशमा नेपालीहरुलाई यस्तो समस्या अझ बढि छ ।

खाडी देशहरुमा त झन् समस्या अर्को पनि छ । त्यहाँ निर्माण कामका लागि जाने नेपालीहरुमध्ये धेरै कहिल्यै सवारी साधनमा बस पनि नदेखेकाहरु एकैपटक त्रिभुवन विमानस्थल जहाजभित्र छिर्छन् । दलाललाई वर्र्षौअघि पासपोर्ट बुझएर विदेश जाने पालो कुरेर बसेका तराइका मधेशी मुलका दाजुभाईका नाममा अर्कै मान्छे विदेश गएर आइसकेको हुन्छ । तर उसलाई पत्तो हुँदैन । एकपटक अर्कैको नाममा विदेश गएर नेपाल आइसकेपछि फेरि अर्कोपटक नयाँ पासपोर्ट बनाएर ऊ जान्छ । तर एअरपोर्टबाटै त्यो देशको अध्यागमनले उसलाई फर्काइदिन्छ । नयाँ पासपोर्ट लिएर जाँदा केहि नहोला भन्ने उसको सोचाई भएपनि पहिलोपटक जाँदा विदेशको एअरपोर्टमा जाँदा लिइएको उसको औंठाछापबाट ऊ नक्कली भएको प्रमाणित हुन्छ । अनि उसका लागि एअरपोर्टको ढोका बन्द हुन्छ । काठमाडौं कालिकास्थानको अध्यागमन विभागमा गएर एक दिन विताईयो भने यस्ता समस्या खेपेर बसेका नेपालीहरु धेरै भेटिन्छन् । त्यसमाथि महिलाहरुको समस्या झन् अनौठो र बढि पनि देखिएको छ ।विदेश उडाइदिन पाए तत्काल खल्ती भरिन्छ भने दलालहरुको सोंच र विदेश गइहाल्न पाए यस्ता पैसा जति पनि कमाइन्छ भन्ने हतारिदो सोंचका कारण वैदेशिक रोजगार सुरक्षित बन्न सकिरहेको छैन । यसमा सबैले विचार पुरयाउन जरुरी छ । यसैले भीसा पाएर जहाज चढ्नुमात्रै वैदेशिक रोजगारको शुरुवात होइन भन्ने बुझन जरुरी छ ।नेपालबाट सबै कागजात पुरा गरेर इपीएस प्रणालीमार्फत् एकैपटक कोरियाको विमानस्थलसम्म पुगेका तीनजना नेपालीहरु कोरियाको धर्ती टेक्न नपाउँदै एअरपोर्टबाटै अघिल्लो महिना फिर्ता भए । कोरिया जानका लागि सबै कागजी तयारी गरिरहेका उनीहरुलाई कोरियाले फिर्ता गर्नुको कारण उनीहरु सम्बन्धित काम र जान लागेको कम्पनीका बारे जानकार नहुनु हो । कोरिया जानकै लागि करिब पाँच वर्ष नेपालमै भौतारिएका उनीहरुको सानो कमजोरीले वर्षौको मेहनत खेर गयो । उत्तिकै धनराशी खर्च भयो । यस्ता समस्याले पनि विदेश जानेहरुलाई आफ्नो पेशा सुरक्षित बन्न नसकेको यथार्थ छ । कामप्रति दक्ष नहुँदा थ्री डी अर्थात् डिफिकल्ट, डर्टी र डेन्जर काम गर्नबाहेक अर्को विकल्प हुँदैन ।

कालिकास्थानको अध्यागमन विभागमा जाने हो भने विभिन्न समस्याका कारण विदेशबाट फिर्ता भएका महिलाहरु पनि छन् । महिनाको दश हजार रुपैयाँ पारिश्रमिकमा घरेलु कामदारका रुपमा गएका महिलाहरुको संख्या अझ बढि छ । विदेश जाने बेलामा जस्तोसुकै विधि अपनाएर अर्थात् दलालहरुको लहैलहैमा लागेर नेपाली धर्तीबाट उड्नका सट्टा भारत हुँदै उडेका उनीहरु पनि सम्बन्धित ठाउँमा त जसोतसो पुग्छन् । नेपालबाट पठाउने दलाल त्यहाँ पुगेपछि भेटिदैन । अनि पौडी खेल्न नजान्ने मान्छेलाई समुद्रमा हुत्याइदिंदा उसले बाहिर निस्कने प्रयास गरिरहने यथार्थ जस्तै बन्छ, ती महिलाहरुको अवस्था ।समुद्रबाट बाहिर निस्कन जे उपाय पनि अपनाउनैपर्यो । जसको जस्तो सहारा पनि लिन परिहाल्यो । अनि केहि सीप नलागेपछि आफ्नै माइती नेपाल फर्कनैपरयो । यो बीचमा ती महिलाहरुले पाएको हैरानी कति होला ? सामाजिक डरले न उनीहरुले भन्छन्, न कसैले भनेर थाहा पाइन्छ । यो सबै अनुमानका आधारमा मूल्यांकन गर्न सकिन्छ । यद्दपि धेरै यथार्थ बाहिर पनि आएका छन् । यस्तो अवस्थाका बीच नेपाल फिर्ता भएका महिलाहरुलाई नेपालको अध्यागमनले पनि नानाथरी दुःख दिने गरेको छ । सामान्य गल्तीका कारण थोरै धरौटी राखेर तारेख धाउन नसकि त्यहींको जेलमा लामो समय व्यतित गरेका महिलाहरु भेटिन्छन् त्यहाँ । समस्या परिवार र समाजलाई भन्दा लाज लाग्ने, नभनौं यस्तो समस्याका बीच पनि जेलमै बसिरहन पर्ने । यसैले जसोतसो अध्यागमनले तोकेको कारवाही सहेरै बस्न बाध्य भएका छन्, नेपाली महिलाहरु । उनीहरुसंग आवश्यक परामर्श लिनसके भविष्यमा अरु महिलाहरुले यस्तो गल्ती गर्दैनन् र उनीहरुबाटै आफ्नै अवस्था खुलाउन सके सबैलाई ती महिलाहरुले सम्झाउन पनि सक्छन् । वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका संघसस्था र म्यानपावर कम्पनीहरुले यस्ता कुराहरुमा ध्यान दिन सके वाध्यताका कारण विदेश जार्नैपर्ने अवस्था भएका नेपालीहरुलाई समेत सहयोग पुग्नेछ र यो पेशा सुरक्षित पनि बन्नसक्छ ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-71606724639249461562012-07-10T13:46:00.002+09:002012-07-10T13:49:25.540+09:00पन्ध्र वर्षपछि जापानमा फर्केको इज्जत

सन् १९९४ को कुरा हो । इलामका गोविन्दप्रसाद मैनाली रोजगारीको सिलसिलामा पर्यटक भीसाका रुपमा जापान छिरे । जापान गईसकेपछि उनी भारतीय नागरिक मालिक रहेको रेष्टुरेण्टमा काम गर्न थाले । उनी केहि नेपालीहरुसहित टोकियोको शिबुयामा कोठा लिएर बसेका थिए । यसै क्रममा उनको टोकियो पावर कम्पनीको उच्च तहमा काम गर्ने यासुकि वातानावे भन्ने महिलासंग सम्पर्क भयो । ती महिला दिउसो अफिसमा काम गर्ने र राती वेश्यावृत्तिमा पनि संलग्न थिइन् । अरुले झै उनले पनि आफ्ना ग्राहकको यौन सन्तुष्टि मेटाउन पैसा लिएर आफ्नो व्यापार गर्थिन् । गोविन्द पनि ती महिलाको ग्राहक बने । गोविन्दसंग अन्तिमपटक यौन सम्पर्क भएपछिको दशौं दिनमा ती महिलाको रहस्यमय तरिकाले मृत्यु भयो । मृत्यु भएको दशौं दिनमा अर्थात् मार्च १९, १९९७ उनको शव फेला परयो । गोविन्द बस्ने डेरासंगैको अर्को घरमा ती महिला बस्ने गर्थिन् । उनलाई बलात्कारपछि घाटी थिचेर हत्या गरिएको थियो ।

सफाइ पाएर नेपाल फर्कने क्रममा श्रीमतीका साथ जहाजमा गोविन्द

वातानावेको हत्याराको जापान प्रहरीले व्यापक खोजी गर्ने क्रममा प्रहरीको धरपकड बढ्दै गएपछि भीसाको म्याद सकिएका नेपालीहरु आफूहरु पनि पक्राउ पर्ने डरले घटनास्थलवरीपरीबाट भागे । गोविन्दलाई चाहि घरभित्रै प्रहरीले फेला पारयो । त्यतिबेला प्रहरीले गोविन्दसंग सामान्य सोधपुछ गर्दा ती महिलालाई गोविन्दले नचिनेको बताए । तर पछि गोविन्दलाई भीसाको म्याद सकिएको भन्दै प्रहरीले पक्राउ गरयो । पक्राउसंगै वातानावेको हत्यासंग जोडेर उनलाई हेरियो । प्रहरीको प्रारम्भिक आधार के रहयो भने शुरुमा गोविन्दले ती महिलालाई नचिनेको बताएपनि प्रहरीको अनुसन्धानका क्रममा ती महिलासंग तीन पटकसम्म गोविन्दले पैसा तिरेरै यौन सम्पर्क गरेका रहेछन् । यस कुरालाई गोविन्दले पनि स्वीकारेका छन् ।

प्रहरीले लाससंगै ती महिलाकोे शौचालयमा प्रयोग गरेर फालेको कण्डम पनि भेट्यो । कण्डमभित्रको शुक्रकिटको डिएनए परीक्षण गर्दा गोविन्द मैनालीसंग मिलेको पाइयो । गोविन्दले हत्या भएको दश दिनअघि अर्थात् २८ फेब्रुअरीका दिन सोही कोठामा वातानावेस“ग शारिरिक सम्र्पक गरेको प्रहरीस“ग स्वीकारेका भएपनि प्रहरीले भने गोविन्दले लास भेटिएको दश दिन अगाडि अर्थात् ८ मार्चमै वातानावेस“ग संसर्ग गरी हत्या गरेको बतायो । पहिले वातानावेलाई चिन्दिन भन्ने गोविन्दको डिएनए परीक्षणका क्रममा क्रोमोजम मिलेको भनिएपछि जापानी न्याय प्रशासनको नजरमा उनी दोषी ठहरिए । एकातिर हत्या भएकै दिन गोविन्दको ती महिलासंग संसर्ग भएको भन्ने प्रहरीको भनाई र अर्कोतिर हत्या हुनुभन्दा दश दिन पहिलेमात्रै वातानावेसंग संसर्ग भएको भन्ने भनाइले प्रहरी प्रशासनलाई अर्को चुनौति थपियो । यसपछि उनीहरुले मान्छेको वीर्य नष्ट हुने हदबारे सम्बन्धित विज्ञसंग राय मागे । गोविन्दको भनिएको कण्डमभित्रको वीर्यको माथिल्लो र तल्लो भाग टुटेकाले यस्तो विभाजन हुन २० दिनभन्दा बढी समय लाग्ने जापानी विज्ञहरुले बताए । यो तथ्यले गोविन्दको भनाइलाई पुष्टि गरयो । यद्दपि इकोली नामक व्याक्टेरिया र ट्वाइलेट सफाइका क्रममा प्रयोग हुने तरल पदार्थका कारण वीर्य चाडो टुक्रिएको भन्ने प्रहरीको भनाईलाई आधार मानि अदालतले गोविन्दलाई सफाइ दिएन ।

गोविन्दका वकिल पनि हत्या भएको दिन उनको संसर्ग वातानावेसंग भएको थिएन भन्ने आधार खोज्न थाले । यसैबीच, उनीहरुले जापानमा रहेका पा“च नेपालीहरुबाट बीर्य नमुना लिई त्यसलाई कण्डमभित्र हाली ट्वाइलेट बोवलमा राखी एक परिÔण गरे । उक्त परिÔण गर्दा बीर्य २० दिनपछि मात्रै टुटेको पाइयो । यसले के देखायो भने शौचालयमा भेटिएको कण्डम गोविन्दको भएपनि हत्या भएको दिन वातानावेसंग गोविन्दको संसर्ग भएको थिएन । समयक्रमसंगै मृत शरीरमा भेटिएको रौं, रयाल, वीर्य, महिलाले लगाएको भित्री कपडा, घाटी लगायत ४२ वटाको डिएनए परीक्षण गर्दा कुनैपनि गोविन्दसंग मेल खाएन । अन्ततः १५ वर्षपछि उनले सफाइ पाए ।

एउटा निर्दोष नेपाली १५ वर्षसम्म जापानी जेलमा कष्टकर जीवनयापनका साथ रहनु कम्ती चानचुने कुरा होइन । आफूलाई नियम र कानुनको सच्चा पहरेदार ठान्ने जापानजस्तो देशमा पनि यस्तो अमानवीय हर्कत हुनु ज्यादै लाजमर्दो कुरा हो । गोविन्दलाई बचाउ गर्न बनेको समिति ‘जष्टिस फर गोविन्द इन्नोसेन्स एडभोकेसी ग्रुप’ ले आफ्नो तर्फबाट काम गरिरहेको भएपनि जापानमा नेपाल र नेपालीका लागि खोलिएका संघसंस्थाले उनका लागि कामै गरेनन् भन्दा पनि हुन्छ । झन् जापानस्थित नेपाली दूतावास र विदेशमा रहेका नेपालीका बारे चासो राख्ने परराष्ट मन्त्रालयबाट उनका लागि सिन्कोसम्म नभाचिएको यथार्थता हाम्रो सामु छ ।

गोविन्दलाई निर्दोष तुल्याउन र वर्षौदेखि उनका पक्षमा वकालत गर्ने श्रेय बचाउ समितिलाई नै जान्छ । डिएनए परीक्षण गर्दा गोविन्दको संगल्नता नदेखिएपछि र उनी निर्दोष छन् भन्ने संभावना बढ्दै गएपछि जापानका नेपालीहरुले गोविन्दका बारेमा चासो लिन थालेका हुन् ।

गोविन्दका बारेमा समाचार दिने सवालमा पनि जापानकै मिडिया अगाडि देखिए । नेपालका संचारमाध्यम र जापानबाट संचालित नेपाली सामुदायिक संचारमाध्यममा उनका बारेमा समाचार आउन थालेको एक वर्षमात्रै भयो । यद्दपि नेपाली पत्रकारहरुले पनि जापानकै संचारमाध्यममा गोविन्दका बारेमा समाचार आउन थालेपछि मात्रै आफ्ना मिडियामा समाचार दिन थालेका हुन् । मिडियामा समाचार आइसकेपछि पनि जसरी नेपालमा समाचारबारे खासै महत्व नदिने प्रचलन छ, त्यसरी नै जापानमा पनि गोविन्दका बारे महत्व नदिइएको भए गोविन्दलाई सफाइ पाएर नेपाल आउन गाह्रो हुनेथियो ।
नेपालमा कान्तिपुर र जापानबाट संचालित टोकियो नेपाल डट कम चाहि गोविन्दका बारेमा फ्लोअप समाचार दिन अगाडि रहे । यद्दपि यी संचारमाध्यमका कारण नेपालीलाई गोविन्दका बारेमा जानकारी मात्रै गराउने काम भयो । तर सरकारी निकाय, टोकियोको नेपाली दूतावास र जापानस्थित नेपाली संघसंस्थालाई पटक्कै घच्घच्याउने काम गरेन ।

जापानमा नेपाल र नेपालीका लागि भनेर बग्रेल्ती खुलेका संघसस्थाहरु छन् । उनीहरुले त्यहा राजनीतिदेखि समाजसेवाका काम समेत गर्छन् । टोकियोको नेपाली दूतावास जापानमा रहेका नेपालीका बारेमा चासो राख्ने एकमात्र सरकारी निकाय हो । यिनैका निमन्त्रणामा नेपालबाट धेरै उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता, कलाकार, पत्रकार र समाजसेवीहरु जापान आएर गए । तर कमैले मात्रै गोविन्दलाई भेटेर गए । थोरैले मात्रै गोविन्दका बारेमा चासो देखाएर फर्किए । अरुका त के कुरा गर्ने, जापानमै पनि एउटा निर्दोष नेपालीका विषयमा एनआरएनए जापानले समेत सार्वजनिक कार्यक्रम गर्ने आट गर्न सकेन । जति कार्यक्रम भयो र जति चासो व्यक्त गरियो, त्यो चाहि उनी जेलबाट छुट्दैछन् भन्ने जानकारी पाएपछि मात्रै भएको हो ।

शुरुका दिनमा नेपाली समुदायले यसरी चासो व्यक्त नगर्नुमा स्वयम् जापानका नेपालीहरुको नजरमा गोविन्द अपराधि नै थिए । उनी निर्दोष छन् भन्ने विश्वास गोविन्दका पक्षमा काम गरिरहेको सहयोग समितिबाहेक अरुलाई थिएन । समितिका सदस्य राजन प्रधार्नागले नेपाली समुदायको तत्कालिन भूमिकाबारे भनेका छन्, ‘मर्डर केस रहेछ, त्यसमा सहभागी नहौंहोला भन्दै साथीहरु तकिन्र्थे । कतिपय नेपालीहरुको डिएनए नमुना परिÔण गर्नुपर्ने अबस्था पनि आयो । तर कसैले पनि नमुना दिन मानेनन् ।’ पक्कै गोविन्दको भन्दा पनि जापानको विश्वास माने, नेपालीहरुले । यसो हुनु स्वाभाविक थियो । किनभने जापानजस्तो विकसित देशमा एउटा निर्दोष व्यक्ति यसरी जेल पर्नै सक्दैन भन्ने हाउगुजी उनीहरुको दिमागमा भरिएको थियो । तर गल्ती भगवानले त गर्छन् भने जापानी मान्छे कुनै अलौकिक अवतार थिएनन् । यद्दपि जापानीहरुले गल्ती नै गर्दै गर्दैनन् भन्ने भन्दा पनि कम गर्छन् भनेर बुझ्न सक्नुपर्छ ।

एकपटक दोषी सावित गरिसकेपछि जापानी न्याय प्रशासन पटक्कै आफ्नो निर्णयमा चुक्दैन । जसरी हुन्छ, उसलाई थप दोषी बनाउनपट्टि नै लाग्छ । गोविन्दका विषयमा पनि यहि भएको हो । चाहेको भए उनलाई निर्दोष बनाउन १५ वर्ष कुर्नपर्ने थिएन, जापानी न्याय प्रशासनका लागि । यदि गोविन्दका पक्षमा लड्ने समुदाय नभएको भए र लगातार जापानी मिडिया योमोरी सिम्बुन, जापान दाइम्स र समाचार सस्था क्योदो लगायतले उनका विषयमा समाचार कभरेज नगरेका भए जापानी न्याय प्रशासनको आफ्नै विवेकले गोविन्दले न्याय पाउने थिएनन् । भनिन्छ नि, बोल्नेको पीठो विक्छ । नबोल्नेको चामल पनि बिक्दैन । गोविन्दका लागि जापानी न्याय प्रशासनमा त्यहि भएको हो ।

विश्व मानचित्रमा नेपाल भएर पनि अधिकांश जापानीलाई नेपाल भन्ने देश र नेपालीका बारे थाहा छैन । यस्ता साना, अविकसित र अपरिचित देशका मान्छेले मात्रै गल्ती गर्छन् भन्ने कुरो उनीहरुको दिमागमा भरिएको छ । जापानजस्ता विकसित देशका मान्छेले गल्ती नै गर्दैनन् भन्ने बुझाइ उनीहरुको छ । समुदायमै बस्दा सामान्य फोहोर फाल्ने विषयमा जापानी नागरिकले गल्ती नै गरिहाले पनि नेपालजस्ता अविकसित देशका मान्छेलाई आरोप लगाउने, शंका गर्ने अनि कर्के नजर लगाउने जापानीहरुको स्वभाव नै भईसक्यो । यस्तै अवस्थाले पनि गोविन्दलाई दोषीका रुपमा उनको मुद्धा लम्ब्याइएको हो । मानौं गोविन्दको ठाउमा एउटा अमेरिकी नागरिक परेको भए अवस्था के हुन्थ्यो होला ? जापानको हविगत के हुन्थ्यो ? धन्य, एउटा निर्दोष नेपालीका लागि पनि काम गर्ने जापानी नागरिक नै भेटिए । आखिर ढिलै भएपनि सत्यको जीत भयो, एउटा नेपालीको १५ वर्षपछि खुशी फर्कियो । त्यो नै हाम्रा लागि खुशीको कुरा हो । उनका लागि समय नफर्किएपनि इज्जत फर्कियो, यो नै राम्रो हो ।
गोविन्द मैनालीले अझै पूर्ण रुपमा सफाइ भने पाएका छैनन् । अहिलेसम्म भेटिएका प्रमाणका आधारमा गोविन्दलाई कतैपनि दोषि नभेटिएकाले जेलबाहिरै राखेर उनको मुद्धा अगाडि बढाइएको मात्र हो । पन्ध्र वर्षअघि प्रहरीले पक्राउ गर्दा उनी ओभरस्टे भईसकेकाले उनलाई जापान बसेर मुद्धा लड्न मिल्दैन । कि अध्यागमनभित्रैको जेलमा बसेर मुद्धा लड्न पाईन्छ, कि भीसा भएमा जापानमै बसेर पनि मुद्धा लड्न पाईन्थ्यो । तर अध्यागमनको जेलमा बसिरहनुभन्दा नेपाल आउनु राम्रो भएकाले उनी नेपाल आएका हुन् । उनको अन्तिम सफाइ र क्षतिपूर्तिका लागि जापानमै वकिलहरुले उनका तर्फबाट मुद्धा लडिरहेका छन् ।

अन्तिम सफाइ पाएमा उनले जापानी जेलबस्दाताकाको दैनिक १ हजार यनदेखि १२ हजार यनसम्म क्षतिपूर्ति पाउछन् । यसबारेमा किनारा लाग्न अझै दुई वर्ष जति लाग्छ । अहिलेसम्म जे भयो भयो, गोविन्दका पक्षमा जनमत जुटाएर उनलाई छिटो सफाइ दिलाउन नेपाल सरकारमार्फत जापानको न्याय प्रशासनलाई घच्घच्याउनु आवश्यक छ ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-51231714184497816032012-06-21T17:24:00.000+09:002012-06-21T17:24:04.113+09:00कसले जोगाउने जातीय पहिचान ?

जन्मकै आधारमा म समाजमा बाहुन भनेर कहलिएको छु । यसबाहेक मलाई बाहुन किन भनियो, म आफैँलाई थाहा छैन । तर संस्कृति र कर्मका हिसाबले मेरो दैनिक कार्य समाजमा बाहुन भनेर चिनिएकाको नित्य कर्मभन्दा धेरै फरक छ । अर्थात् बाहुन भन्ने बित्तिकै माछामासु नखाने, सधैँ धर्मकर्ममा लाग्ने, टुप्पी पाल्ने, धार्मिक ग्रन्थहरु पढ्ने र पण्डित्याइँ गर्ने भन्ने कर्म जुन समाजले बुझिरहेको छ, त्योभन्दा मेरो परिवेश निकै फरक छ । यही कर्म मात्रै बुझेर मान्छेलाई बाहुन बनाइन्छ भने म बाहुन पटक्कै होइन । त्यससँगै अन्य जातजातिहरुलाई सदियौँदेखि थिच्दै, मिच्दै र पेल्दै आएको जात बाहुन भनेर परिभाषित गरिँदा समेत त्यो अर्थमा म आफैँलाई बाहुन हो भन्ने लाग्दैन । किनभने मैले अहिलेसम्म अरु जात त के, आफ्नै जात बाहुनलाई समेत थिचोमिचो गरेको छैन । जातका आधारमा गरिने विभेद मलाई पटक्कै मन पर्दैन । यसैले बाहुनले खेप्दै आएको सामाजिक आरोप मलाई किमार्थ स्वीकार्य छैन । तर समाजमा शोषक वर्ग बाहुनमा मात्रै होइन, अन्य जातजातिमा छ भन्नेमा चाहिँ म विश्वस्त छु । बाहुनदेखि दलितसम्म, आदिवासीदेखि जनजातिसम्म र मधेसीदेखि थारुसम्मका समुदायका जातजातिहरुभित्र शोषक वर्ग छैनन् भन्न सकिन्न ।
अब बाहुन समुदायकै कुरा गरौँ । सन्दर्भ विद्यालय पढ्दाताकाको हो, हाम्रो पारिवारिक संरचना धार्मिक आस्थामा अडिएकाले संगत पनि सानोमा त्यस्तैको भयो । पारिवारिक संरचनाका कारण पनि मन्दिरमा हुने दिनहुँको पूजापाठ, आरति, भजन–कीर्तन र चोखो निष्ठामा संलग्न हुनैपथ्र्यो । बालकुमारी स्कुल पढ्दा गैँडाकोटस्थित एक मन्दिरमा कोठा भाडामा लिएर बसियो । त्यहाँ एक जना बाबा थिए, नामचाहिँ टाटम्बरी । उनको अगाडि अंग्रेजी पढ्न हुँदैनथ्यो । उनले सुन्ने गरी अंग्रेजी पढियो भने मेरो अगाडि गाईखाने भाषा पढ्ने होइन भनेर बेस्सरी हकार्थे । संस्कृतलाई भगवान्को भाषा बताउने उनी अंग्रेजीको बेस्सरी निन्दा गर्थे । आफूले भगवान् मानेको गाईलाई काटेर खानेहरुको भाषा अंग्रेजी भएकैले यो भाषालाई उनी घृणा गर्थे । यसैले अंगेजीलाई उनीहरु गाईखाने भाषा भन्थे ।
त्यतिबेला हामी देवघाट बसिन्थ्यो । घर जानेक्रममा रात परेकाले नारायणगढमै बास बस्नुपर्ने भयो । होटलको बसाइँ र खुवाइ चोखो नहुने भएकाले एक मन्दिरमा बास बस्न गइयो । हामी बाहुन नै भए पनि मन्दिरका मान्छेले हामीलाई निकै छोइछिटो गरे । उनीहरुले खान दिए र बस्न पनि तर मन्दिरका मान्छेले हामीलाई यसक्रममा गरेको व्यवहार पशुलाई भन्दा तल्लोस्तरको थियो । यतिसम्म कि हामीलाई पानी खान दिइएको अंखोरा उनीहरुले शौचालय जाँदा प्रयोग गर्ने रहेछन् ।
देवघाट बसाइँका क्रममा धेरै भक्त÷भक्तिनीहरुसँग संगत भयो । मठ–मन्दिरको दर्शन पनि दिनहुँ हुन्थ्यो । देवघाटको सीताराम मा।वि। पढ्दा संस्कृत भाषामै बिहानको प्रार्थना हुन्थ्यो । संस्कृत मा।वि। भएकाले संस्कृतका थप विषय पनि पढाइ हुन्थे । यद्यपि केही संस्कृतका विषय त्यही स्कुलमा दलित, जनजातिले अप्ठ्यारो हुने भएकाले पढ्न सक्दैनथे । देवघाटमा दलितहरुलाई मन्दिर प्रवेश हुन्थेन । बाहुनले गर्ने चोखो निष्ठा गरिएन भने हामी पनि मन्दिर प्रवेश गर्न पाइँदैनथ्यो ।
माथिका सबै प्रसंगहरु जातीय आधारमा एउटै जातिमा पनि कति विभेद छ भन्ने देखाउन खोजिएको हो । एउटा जातिले अर्को जातिलाई गर्ने विभेदलाई छाड्ने हो भने पनि हामीभित्रैको यो विभेदमात्र कम भएको होला तर सकिएको चाहिँ छैन । विद्यालयदेखि कलेज पढ्दासम्म मैले देखेको, भोगेको र सुनेको कुरालाई आधार मान्ने हो भने अपवादबाहेक शैक्षिक प्रगति गर्नेमा बाहुनहरु नै अगाडि भए । तर अवसरचाहिँ माथिल्लो जाति भनिएका बाहुन÷क्षेत्रीले प्रतिस्पर्धा गरेरै प्राप्त गरे भने महिला, दलित, आदिवासी र जनजातिले प्रतिस्पर्धासहित आरक्षणका भरमा समेत गरे । यस्ता जात र लिंगकै आधारमा गरिने अवसर अरु क्षेत्रमा ठिकै पनि थियो होला तर प्रविधि र चिकित्सा क्षेत्रमा समेत जातका आधारमा गरिएको आरक्षणका व्यवस्थाले गतिलो सामाजिक संरचना बन्न सकेन ।
तर यतिबेला जातीय पहिचानको माग चर्को रुपमा उठेको छ । बाहुन÷क्षेत्रीले सर्वस्व नै पारे भन्ने भ्रम फैलाइएको पनि छ । आफ्नो पहिचान खोसेको भन्ने आरोपसमेत उनीहरुलाई लगाइएको छ । आदिवासी जनजातिहरुले आफ्नो पहिचान खोसेको र सबल अनि सफल नागरिक बन्न नदिएको भन्ने आरोप लगाएर आन्दोलन गर्दै आएका छन् । बाहुन, क्षेत्री, दशनामी र दलितसमेत एउटै मोर्चामा उभिएर आफ्नो पहिचानका लागि संघर्षरत छन् । तर एकापसमा आन्दोलन गरेर आफ्नो पहिचान स्थापित हुन्छ जस्तो मलाई लाग्दैन । कसले कसको पहिचान खोसेको छ र नेपालमा रु सबैलाई आफ्नो पहिचान र धर्म–संस्कृतिमा हिँड्न कसैले छेकेको छैन । के हो जातीय पहिचान भनेको र किन यसो गरिँदैछ भन्ने ठोस उत्तर कसैसँग छैन ।
आफ्नो धर्म अरुले मान्नैपर्छ भन्ने छैन । एउटा जातको पोशाक अर्कोले लगाउँदैमा जातीय पहिचान स्थापित हुने होइन । एकापसमा बोलिने भाषा आफ्नै जात र सम्प्रदायको भइदिए हुन्थ्यो भनियो भने अर्को जातलाई अन्याय हुन्छ । एउटाको भाषा, पोशाक, धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक संरचना लागू गर्न अर्कोलाई बाध्य पारियो भने उनीहरुप्रति पक्कै अन्याय हुन्छ ।
संविधान र संघीय राज्य बन्ने कता हो कता, यतिबेला जात र भूगोलका आधारमा राज्य माग्ने काम भएको छ । यसरी राज्य माग्नेहरुले बुझ्नैपर्ने एउटा कुरा के हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सबै जातजाति नेपाली हुन् । नाम र भूगोलले कहिल्यै पनि जातीय पहिचान स्थापित हुने होइन । सबैभन्दा पहिलो कुरो सबैलाई नेपाली बनाउन सक्नुप¥यो । यदि सकिँदैन भने र साँच्चै आफ्नो जातीय पहिचान नै स्थापित गर्नु नै छ भने आफ्नै जातका मान्छेलाई भाषा, संस्कृति र रीतिरिवाज सिकाइयो भने स्वतः जातीय पहिचान माथि उठ्छ । पहिलो पहिचान भनेको भाषा, संस्कृति र रीतिरिवाज नै हो, किनभने कतिपय जनजातिलाई आफ्नै भाषा आउँदैन । कतिपय आदिवासीलाई आफ्नै धर्म–संस्कृति थाहा छैन । यसैले गाईलाई देउता मान्नेहरुलाई तर्साउन गाई काटेर खाँदैमा आफ्नो जातीय पहिचान माथि उठ्ने होइन । तल्ला जात भनिएकाहरुलाई छोइछिटो गर्दैमा माथिल्ला जातको जातीय पहिचान स्थापित हुने पटक्कै होइन । जात र भूगोललाई आधार बनाएर कसले, कहाँनेर, कतिबेला, कसरी, कसलाई पछाडि पा¥यो भन्ने गतिलो विवरण कसैसँग छ जस्तो लाग्दैन । कुनै बेला यस्तो अवस्था पनि थियो, राज्यले पनि यस कुरामा विभेद गरेको थियो तर अहिले अवस्था पहिलेको जस्तो छैन । विभेदका सम्बन्धमा अरुका त के कुरा गर्ने, बाहुनहरुकै बीचमा पनि थियो । अब आएर उतिबेला यस्तो थियो भनेर पुरानै ढर्राको कुरा मात्रै गरेर हुन्छ त रु
आज सबै बाहुनले अंग्रेजी पढ्न पाएका छन् । संस्कृत पढ्न बाहुन नै हुनुपर्छ भन्ने छैन । आ–आफ्नो धर्म र सम्प्रदायमा संस्कृति खुलेरै उपभोग गर्न पाइन्छ । आफ्नो धर्म मान्ने अधिकार सबैलाई छ, मात्र आफ्नो धर्म मान्न, आफ्नो भाषा बोल्न, आफ्नो संस्कृतिमा हिँड्न जान्नुप¥यो । मिलेर बसियो भने नेपालभित्र सबैले आफ्नो जातीय पहिचान स्थापना गर्न सक्छन् ।
एउटै धाराको पानी खाएका, एउटै वनजंगलमा घाँसदाउरा गरेका, अन्न उब्जाउन सँगै मेलापात र झरी÷बादल खेपेका फरक जातका छिमेकीलाई अब जातकै आधारमा एकापसमा बाधक बनाएर छुट्याउन खोजियो भने त्योभन्दा ठूलो दुर्भाग्य के होला १
कुनै बेला नेपालमा जनजाति, दलित, मधेसी, महिला, सीमान्तकृत र अल्पसंख्यकहरु पछि परेका थिए । राजनीतिक मूल प्रवाहमा उनीहरु आउन सकेका थिएनन् तर अहिले अवस्था त्यस्तो छैन । यतिबेला गाउँको सानो आकारको समितिदेखि विघटित संविधानसभासम्म गठन गरिएका समिति धेरै समावेशी बन्दै गएका छन् । सामाजिक संरचना पनि उस्तै हिसाबले निर्माण हुँदै गएको छ । अब यसैलाई संस्थागत गर्ने कि पहिलेकै संरचनालाई सम्झँदै वर्तमानका बाहुन÷क्षेत्रीलाई सरापेर बस्ने र ? अब त जातीय संविधान र व्यवस्था होइन, राष्ट्रिय राज्य निर्माण गर्ने बेला हो । हिजो निषेधमा परियो भन्दैमा अरुलाई पनि निषेधको नीति अपनाउनु सान्दर्भिक हुँदैन ।
जातीय नामले पनि कोही अस्तित्वमा आउने होइन । गरिबलाई धनबहादुर नाम राखेर धनी भएको भेटिएको छैन भने बलवान्हरु बलबहादुर नाम राखेपछि मात्रै बलिया भएका होइनन् । नेपालको नाम फेरेर जापान राख्दैमा जापानजस्तै होला त नेपाल ? अब जातीय आन्दोलनमा लागेका नेताहरुले सम्बन्धित पार्टी र समाजबाट आफ्नो पहिचान स्थापित गर्ने सवालमा कहाँनेर अप्ठ्यारो महसुस गरे ? नेपाली समाजलाई भन्न जरूरी छ । होइन भने आफू त्यही संस्था र समाजको नेतृत्वमा रहदँ ासम्म कहे ी नगर्न े अनि अहिले आएर आफ्नो पहिचान अरुले मेटाइदिए भन्ने आरोप लगाउनु न्यायोचित हुन सक्दैन, चाहे त्यो जुनसुकै जात र सम्प्रदायका किन नहोस् !

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-82605741439952465062012-06-21T17:03:00.000+09:002012-06-21T17:04:47.649+09:00अराजक भीडमा जलेको नारायणगढ

गत बुधबार बिहान दस बजेतिर नारायणगढ पुग्दा सहिद चोकस्थित लक्ष्मीनारायण वस्त्रालयवरिपरि मान्छेको भीड थियो । भीड छिचोल्न नसकिएका कारण सवारीसाधनलाई निर्बाध रुपमा सञ्चालन हुनसमेत हम्मेहम्मे भयो । वरिपरि प्रहरीको उपस्थिति थियो । अधिकांश रमितेहरु कोही घरका छतबाट त कोही सडकमै बसेर रमिता हेरिरहेका थिए । होहल्लाका बीचमा भर्खरै नारायणगढ छिर्ने जोकोहीलाई यो रमिता केको भनेर छुट्याउन गाह्रो भयो । सहिदचोकमा के भएको हो र के हुँदैछ भन्ने कुरो भीडबाटै सुरू भएर भीडमै हराउँथ्यो ।

लक्ष्मीनारायण वस्त्रालयले राजस्व छली गरेको भन्ने सुराकीको आधारमा राजस्व अनुसन्धान विभागको टोली सो पसलमा आई अनुसन्धान गर्न खोज्दा स्थानीय व्यावसायी, छरछिमेक र उनका आफन्तले विरोध जनाउने क्रममा त्यो भीड जम्मा भएको रै’छ । यही क्रममा विभागको अनुसन्धान टोलीले पसल सिलसमेत गरिदिएछन् । तर यसरी छापा मार्न आउँदा आफूहरुलाई जानकारी गराएर मात्रै आउनु पर्ने र उद्योगी व्यावसायीको संगठन उद्योग वाणिज्य संघसँग समन्वय गरेर मात्रै आउनु पर्ने त्यहाँ उपस्थित व्यावसायीको भनाइ थियो । अझ टोलीले पसलका साहूसँग दस लाख घूस मागेको भन्ने हल्लासमेत भीडमा चल्यो ।

भीडले पुलचोक पुगेर रोकिराखेको राजस्वको गाडीमा आगजनी गरे

एकछिनसम्म आफैँले सिल गरेको वस्त्रालय र वरिपरिको क्षेत्र अब राजस्वका कर्मचारीको अधीनमा रहेन । व्यापारी र त्यहाँ उपस्थित उद्योग वाणिज्य संघ नारायणगढका केही पदाधिकारीहरुको व्यापक विरोध भएपछि आफैँले लगाएको सिल पनि राजस्वको टोलीले खोलिदियो । नियन्त्रणमा लिएर पोकोपुन्तुरो पारेको कागजात पनि उनीहरुलाई नै जिम्मा लाइदियो । अनि भीडबाट राजस्वका टोलीलाई जिउँदै जलाउने, उनीहरुका घरमा आगो लगाइदिनेसम्मका धम्की आउन थालेपछि टोली त्यहीँ, कतै शरण लिएर बस्यो ।

समय क्रमसँगै भीड बाक्लिँदै थियो । सडक नारायणगढका स्थानीय व्यापारी र बजार गर्न आएका सर्वसाधारणले भरिन थालेपछि प्रहरी पनि सशंकित बन्यो । प्रहरी र राजस्वका टोलीलाई लक्षित गरेर ढुंगा वर्सिन थाले । प्रहरीले पनि अश्रुग्याँस र हवाई फायर गरेर भीडलाई तितरवितर गर्ने प्रयास ग¥यो । त्यो भीडले पुलचोक पुगेर रोकिराखेको राजस्वको गाडीमा आगजनी गरे । गाडीमा जल्दै गरेको आगो निभाउन भरतपुर नगरपालिकाबाट आएको दमकललाई समेत भीडले ढुंगा हानेर लखेट्यो । दमकलसमेत तोडफोड भयो । आगो निभाउन आएका दमकलचालक र त्यहाँका कर्मचारी भीडको ढुंगा खाँदै ज्यान जोगाएर दमकलसहित भागे ।

अनि बजार एक्कासि रणभूमि भयो । सडकभरि ढुंगा÷इँटा छरिन थाले । समाचार संकलन गर्न गएका पत्रकार र घरघरमा बसेका सर्वसाधारण पनि अश्रुग्याँसको प्रहारले आँखा मिच्न थाले । केही बेरपछि गणेश हलनजिकै रहेको प्रहरी बिटमाथि पनि त्यही भीडले रिस पोख्यो । बिट पनि आगोले दनदनी जल्यो । जलेको बिटमाथि पनि भीडले ढुंगा हानिरह्यो । लाग्थ्यो, राजस्वका टोली नै त्यही बिट हो । अनि नारायणगढको बजार नारायणगढकै मान्छेलाई जिम्मा लगाएर प्रहरी भागेपछि स्थिति सम्हालिँदै गयो । यतिबेला चाहिँ नारायणगढ शान्त छ तर एउटा अशान्ति र अराजक शैलीको आलो घाउ लिएर ।

यो घटनाक्रमले के देखायो भने नारायणगढवासीलाई पनि अराजकताले छोएछ । राजस्व विभागको अनुसन्धान गर्ने शैलीको विरोध के आगजनी गरेरै गर्नपर्छ रु कर्मचारीले घूस खाएको र मागेको विरोधको समाधान प्रहरी बिट जलाएर हुन्छ रु अनि सर्वसाधारणलाई सास्ती दिँदैमा र प्रहरीमाथि ढुंगा बर्साउँदैमा राजस्व छलीको आरोप मत्थर पार्न सकिन्छ रु यदि यसो होइन भने त्यो अराजक भीडलाई किन साथ दिए नारायणगढवासीले रु

लक्ष्मीनारायण वस्त्रालयका मालिक लक्ष्मीनारायण श्रेष्ठ नारायणगढका प्रतिष्ठित कपडा व्यापारी हुन् । उनकै पसलबाट धेरै चितवनवासीले कपडा किनेर लगाउँछन् । सर्वसाधारणले कपडा किन्दा त्यो कपडा नारायणगढसम्म ल्याउँदासम्मको बिक्री मूल्य जोडेर पैसा तिर्नपर्छ । कर, घरभाडालगायत अन्य खर्चसमेतलाई जोडेर पसलेले बिक्री मूल्य निर्धारण गर्छन् । नारायणगढमा पाइने नुनदेखि सुनसम्मको भाउ यसरी नै तय गरिन्छ । तर नारायणगढमा पाइने सामानहरु कसरी आएका छन् र यी सामान प्रयोग गरेबापत सर्वसाधारणदेखि मुलुकसम्मलाई के–कस्तो फाइदा भएको छ भन्नेबारे कमैलाई मात्र थाहा छ । हरेक व्यापारीले सामान बेचेर कमाएको नाफा र त्यो सामान पसलसम्म ल्याउँदाको प्रकृया तथा परिणामलाई आधार मानेर राज्यलाई कर बुझाउनुपर्छ । यो हेर्ने निकाय भनेको जिल्लामा आन्तरिक राजस्व कार्यालयले हो, उसले हेर्न नसकेमा केन्द्रमा विभागले हो । यही विवरण हेर्ने सवालमा नै गत बुधबार नारायणगढमा त्यो अराजक स्थितिको सृजना भएको हो ।

विभागका कर्मचारीले छापा मारेको

लक्ष्मीनारायण बस्त्रालयअगाडि जम्मा भएको भीड ।

सर्वसाधारणलाई सामान बेच्ने र सामान ल्याउने सवालमा अधिकांश व्यापारीले राजस्व छल्ने गरेको आरोप लाग्दै आएको छ । राजस्वका कर्मचारी पनि व्यापारीसँग मिलेर यस्तो धन्दामा संलग्न भएको भन्ने सुनिन्छ । जब उनीहरुबीच कुरा मिल्दैन अर्थात् राजस्व छली गरेबापत राजस्वका कर्मचारीले भनेजति रकम व्यापारीले उनीहरुलाई दिन सक्दैनन्, उनीहरु अनुसन्धान र छापाको शैली अपनाएर पसलेहरुमाथि धाबा बोल्छन् अनि यस्ता घटना बाहिर आउँछन् । सकेसम्म कागज मिलाएर व्यापारी र राजस्वका कर्मचारीले राज्यलाई खोक्रो बनाउँछन् । नसके एकापसमा आरोप–प्रत्यारोप गरेर घटना सडकमा निस्कन्छ, सर्वसाधारण जनताचाहिँ सधैंँ मारमा । उनीहरुबीच कुरो मिले आफैँलाई पैसाको घाटा । कुरो नमिलेर घटना बाहिर आयो भने उही सधैँको जस्तो सडक सास्ती ।

लक्ष्मीनारायण वस्त्रालयले राज्यको नीति–नियमअनुसार नियमित कर बुझाइरहेको पनि हुनसक्छ । राजस्वका कर्मचारीले असल नियतले नै वस्त्रालयमाथि शंका गरी अनुसन्धानका लागि सिल लगाएको पनि हुनसक्छ । तर न राजस्वका कर्मचारीको असल नियत सर्वसाधारणले जान्ने मौका पाए, न त वस्त्रालय राज्यका नीति–नियमअनुसार चलेको भन्ने सर्वसाधारणलाई जानकारी प्राप्त भयो । साँच्चै लक्ष्मीनारायणले कर छलेकै थियो भने आफ्नो अनुसन्धानलाई फितलो पार्दै आफैँले लगाएको सिल किन तोडे राजस्वका टोलीले रु अनि लक्ष्मीनारायणको पनि नियत सफा थियो भने राजस्वका टोलीले गरेको अनुसन्धानलाई प्रभावित गर्ने किसिमले आगजनी गर्नेदेखि टोलीलाई बन्धक बनाउने घटनासम्ममा नारायणगढवासी किन साक्षी भए रु

अनुसन्धान र छापा भन्ने कार्य सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर गरियो भने प्रभावकारी हुँदैन । ‘तँ चोर होस्, तँलाई पक्रन आउँछु’ भनेर प्रहरी आयो भने चोर घरमै बस्छ कि कुलेलम ठोक्छ रु यो सबैले जान्ने कुरो हो । यहाँ भन्न खोजिएको बाजा बजाएर र झ्याली पिटेर गरेको अनुसन्धान पटक्कै प्रभावकारी हुँदैन भन्ने हो । यदि सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर अनुसन्धान गर्ने शैली राजस्वको छ भने यसो गर्न हुँदैन । यो शैली बदलिनुपर्छ, साथसाथै राजस्वका हरेक निकायका कार्यशैली पनि पारदर्शी हुनुपर्छ । आफ्नो स्वार्थका लागि मात्रै व्यापारी र कर्मचारीबीच कागज मिलाएर खाने प्रवृत्तिको अन्त्य हुनु जरूरी छ । यसो गरियो भने मात्रै व्यापारीले पनि सही तरिकाले व्यापार गर्न सक्छन् अनि राजस्वको अनुसन्धान पनि प्रभावकारी र पारदर्शी बन्न सक्छ ।

घटना घटिसकेपछि उद्योग वाणिज्य संघले आगजनी र तोडफोडमा व्यापारीको संलग्नता नभएको भनिरहँदा यस्तो दण्डहीनतालाई प्रश्रय दिने आफ्नै व्यापारी र भीडको पहिचान गर्न किन सकिरहेको छैन रु किनभने भीडले निकालेका आवाज सधैँ राम्रा र हाम्रा मात्रै होइनन् भन्ने कुरो सच्चा व्यावसायीले बुझ्न सक्नुपर्छ, होइन भने नारायणगढमा भएको अराजकतालाई जिम्मा लिन सक्नुपर्छ ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-83413931274498964202012-06-04T13:10:00.000+09:002012-06-04T13:10:10.643+09:00शान्ति र संविधानको यात्रामा बदल्नुपर्ने भूमिका

जनताले व्यग्र प्रतिक्षाका साथ कुरेर
बसेपनि आखिर नयाँ संविधान पाउन सकेनन् । चार वर्षअघि निर्वाचनमार्फत बनेको
संविधानसभा पनि निकम्मा सावित भयो । संविधान बनाउन गएकाहरुमध्ये कोहि
संविधान बन्न नसकेकोमा रोएरै भए पनि चित्त बुझाइरहेका छन् त कोहि
एकअर्कालाई सत्तोसराप गरेर । संविधान सभा विघटन गरेर प्रधानमन्त्रीले आगामी
मंसिर ७ मा नयाँ जनादेशका लागि भन्दै निर्वाचनको घोषणा गरेका छन् ।

यो
राजनीतिक उथलपुथलले अबका बाँकि दिन राजनीतिक दलहरु र अन्य नेपाली
समुदायकाबीचमा हिलो छ्यापाछ्याप र दोषारोपण गर्नेबाहेक अरु केहि पनि हुदैन
भन्ने संकेत देखाईसकेको छ ।वितेका चार वर्ष संविधानका लागि भन्दै देशले
धेरै आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक संकट वेहोर्यो । संविधान सभाको
निर्वाचन अघिको अवस्थाका बारेमा त झन् कुरै नगरौं । यही अवस्था रहिरहेमा यो
संकट अझै लम्बिने निश्चित छ । राम्रो चिज पाउन हरेक नराम्रा र अप्ठेरा
स्थितिको पनि सामना गर्नपर्छ । हरेक निराशाका बीचमा आशाका रेखाहरु पनि
कोरिएका हुन्छन् । अब यही आशाका रेखाहरु पहिल्याएर अगाडि बढ्नेबाहेक अरु
विकल्प छैन हामीसंग ।
हाम्रा जति सबै राम्रा र राम्रा जति सबै
हाम्रा भन्ने राजनीतिक दल र यीनका नेतृत्वपछाडि अन्धोभक्त बनेर हिड्ने
नेपाली समाजको परिपाटीले नै देशको हालत यस्तो भएको हो । संविधान नबन्नुमा
जति राजनीतिक दल र नेताहरु दोषी छन्, त्यति नै हामी नेपाली जनता पनि दोषी
छौं । उनीहरुका राम्रा कामका बारे समर्थन र नराम्रा कामका बारे बेलैमा
खबरदारी गर्न सकेका भए देशले आजका दिनमा संविधान पाउँथ्यो । तर सकिएन ।
नेताहरुले भने भन्दैमा जहाँ भन्यो त्यहिं, जतिबेला भन्यो त्यतिबेला जुलुस,
नाराबाजी र हड्तालमा सामेल भइदिएपछि कसरी बन्छ त संविधान ? संविधान सभा भंग
हुने चाल पाएपछि बल्ल कुकुर भुकेजसरी संविधान सभाहलमा भुक्ने सभासद्हरुको
चालबाजी सभासद् बनेकै दिनदेखि आफ्ना नेतालाई खबरदारी गर्नपट्टी लागेका भए
देशमा यो अनिष्ट हुने थिएन । अहिले आएर चुहाएको गोहीका आँशु कतिदिन टिक्छ र
? जनतालाई संविधान दिन नसक्नुको दोष यतिबेला जिम्मेवार तहमा बसेकाहरुबाट
एकले अर्कालाई थोपर्ने काम भएको छ । अनि हामी तिनै नेताका बोलीमा लोली
मिलाइरहेका छौं । आफ्ना नेताले अरुलाई गरेको गाली सुनेर अझै ताली मारिरहेका
छौं । अझै पनि तिनका बोलीमा लोली मिलाउने र गालीमा ताली मार्ने हामी जनता
कस्ता ? अब हामी अरुका र कसैका होइन, आफ्नो बन्न सिकौं ।
हुन त
देश चल्ने राजनीतिले हो । राज्यको नीति नै राजनीति हो । तर यो नीति परिचालन
गर्ने सवालमा नेताहरुले गम्भीर गल्ती गरे । अझै पनि यही गल्तीका पछाडि
दौडिएर देशलाई अर्को भूमरीमा हाल्ने सहयोगी भूमिका अब नेपाली जनताले
बदल्नैपर्छ । राजनीतिलाई चटक्कै त्याग्नेभन्दा पनि राजनीतिका नाममा हुने
गलत क्रियाकलाप र नेताहरुको भुलभुलैयालाई त्याग्न सकियो भने राजनीति पनि
सप्रिन्छ । अनि नेताहरु पनि सुध्रन्छन् ।संविधान नबन्नुमा एकले अर्कोलाई
दोष लगाउनुमा केहि तुक छैन ।

संविधान बनाउन गएका सभासद्को भन्दा पनि वितेका
दिनमा राजनीतिक दलका नेतृत्वहरुको चलखेल बढि भयो । सडक नारा लगाउने, बन्द
हडताल गरेर जनतालाई सास्ती दिनेका कुरा मात्रै नेताहरुले बढि सुने ।
पछिल्लो समयमा संघियताका नाममा जातजातीबीच फाटो ल्याउने काम भयो । शाही
शासनकाललाई बिर्साउने जसरी पत्रकारहरुलाई कुट्ने र तर्साउने काम भयो ।
मान्छे यति अराजक बने कि कोहि पनि कसैको नियन्त्रणमा रहन सकेनन् । अमुक
भीडका कुरा मात्रै सुन्ने, उनीहरुका माग पुरा गर्नपट्टी राजनीतिक दलको
सिफारिसमा सरकार पनि लाग्यो । एउटा भीडले उपद्रो मच्चाउन सक्यो भने उसले जे
र जति मागेपनि दिने संस्कार विकसित भयो नेपालमा । यस्तो लाग्थ्यो,
माग्नेले जे पनि र जतिपनि माग्ने । माग्न हुनेपनि माग्ने । माग्न नहुने पनि
माग्ने । अनि दिनेले जति पनि दिने । दिन मिल्ने पनि दिने । दिन नमिल्ने
पनि दिने । मानौं, यो देश बोल्नेहरुको मात्रै हो । मौन बस्नेहरुका लागि
हुँदै होईन । जनजातीका नाममा आन्दोलन भयो । थारुहरुका नाममा देश ठप्प भयो ।
ऐतिहासिक
जनआन्दोलनलाई विर्साउने किसिमले सुदुरपश्चिममा जल्यो । मधेशी समुदायले आगो
बाले । बाहुन क्षेत्री समेत आन्दोलनमा उत्रिए । अखण्डताका नाममा चितवनमा
पनि तनाव भयो । सबैले तेर्साएका माग कागजका खेस्रामा पुरा पनि भए । तर
व्यवहारमा भएन । देश र हाम्रो समुदाय उस्तै र यस्तै रह्यो । अलिअलि
बँचेखुचेको नेपाली समुदायबीचको स्वाभिमान र इमान्दारिता पनि जातीयता र
क्षत्रीयताका नाममा गरिएका आन्दोलनले तहसनहस बनाइदियो । यदि आन्दोलनले नै
सबैथोक हुनेभए किन चाहिएको थियो संविधानसभाको निर्वाचन ? किन बनाएको
तेत्राविधि सभासद् ? यसैले अब हामीले बुझ्नैपर्छ, सबैको निकास आन्दोलन
मात्रै होइन ।

सबै माग राजनीतिक दल र सरकारले मात्रै पुरा गर्न सक्दैन ।
अझै पनि हामी अबुझ र विवेकहिन भयौं भने देश ठप्प हुन्छ । देशमा फेरि
आन्दोलन, बन्द हड्ताल हुन्छ । संविधान बन्न नसकेको झोंकमा राजनीतिक दलका
नेताबाट एकले अर्कोलाई गर्ने गालीका भजनमण्डली मात्रै बनियो भने शान्ति र
संविधानको यात्रा अझ अनिश्चित छ । आन्दोलन गर्नेपरे विचारको आन्दोलन गरौं ।
ढुंगामुढा र बन्दको होइन । अरुका विचारलाई सम्मान गरेर केहि समय वाकयुद्ध
गरौं ।

हतियारको बलले होइन, अध्ययनले निखारिएर शीतयुद्ध गरौं । बन्दलाई
सधैंका लागि बन्द गर्ने साहस तपाई हामी एक्लै परेपनि गरौं । अझै पहाड
खसिसकेको छैन । केहि समय हामी हाम्रा नेताका भजनमण्डली नबनिकन उनीहरुलाई
उनीहरुकै बीचमा राखेर आत्मसमीक्षा गर्न दिइयो भने पक्कै पनि देशले शान्ति र
संविधान पाउँछ । शान्ति र संविधानप्रति उनीहरु प्रतिवद्ध भए भने विधि,
प्रकृया र समय कुनै ठूलो कुरै होइन ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-46480171550123697862011-10-10T10:06:00.000+09:002011-10-10T10:06:03.630+09:00पत्रकार एकललाई किन एक्ल्याएको ?

विराटनगरका पत्रकार खिलानाथ ढकाल कुटिएको समाचारबारे पक्कै पनि आम नेपाली पाठक जानकार नै छन् । अझै पनि ढकालमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथि नै भएको गम्भीर आक्रमणको रुपमा सबैले लिएका छन् र आक्रमणको संस्थागत विरोध पनि भईरहेको छ । यो अझै जारी छ । विरानटगरमा पत्रकार कुटिएकै बेला धादिङमा पनि एकजना पत्रकारमाथि अर्को आक्रमण भयो । सुदुरपश्चिममा आधारभूत पत्रकारिता तालिम संचालन गर्न काठमाडौंबाट हिडेका चितवनका पत्रकार एकल सिलवाल त्यो आक्रमणका शिकार भए । यो समाचारलाई नेपालका संचारमाध्यमले स्थान दिएको मेरो जानकारीमा छैन । न उनीमाथि आक्रमण भएको समाचार बाहिर आयो, न त संचारसम्बद्ध संघसंस्थाहरु र अन्य निकायले पनि यो कुराको विरोध गर्ने साहस नै गर्न सके । संचारमाध्यममा ठाउँ नपाइसकेपछि एकलले आफू कुटिएको विलौना फेसबुक र एउटा ब्लगबाटै सार्वजनिक गरेका थिए ।

पत्रकार ढकाल कुटिएपछि यसको संस्थागत विरोध जायज थियो, यो आगामी दिनमा हुनुपनि पर्छ । देशविदेशमा भएको विरोध कार्यक्रमपछि ढकालले धेरै जनमत पनि बटुले । साथै पत्रकारलाई कुटेपछि गर्नुपर्ने विरोधको सामना सम्बन्धित पक्षले राम्रैसंग बुझ्यो पनि होला । देशविदेशमा रहेका जनमानसले देखाएको यो मायाले पत्रकारका अगाडि अपराधको केहि जोर चल्दैन भन्ने कुरा निर्भिकतापूर्वक काम गर्ने सञ्चारकर्मीहरुले पनि बुझे । उनीहरुलाई पत्रकारिताप्रति झनै उत्साह बढेर अयो । तर जति ढकालको मुद्धा चर्किएर यो अवस्थामा आइपुग्यो, संगसंगै एकलले चाहि किन कसैको सहारा पाउन सकेनन् ? नेपाली मिडिया, मिडियाकर्मी र नागरिक समाजले ढकाललाई जति साथ दिए, एकललाई किन दिन सकेनन् ? आखिर घटना फरक भएपनि कुटाइ पत्रकारले खाएकै हो । दुखाइ फरक भएपनि व्यथा एउटै हो ।

एकलका अनुसार वैशाख २५ गते काठमाण्डौको तीनथानामा महाकाली यातायातको बसको ठक्करबाट धादिङ छत्रे देउरालीकी एक महिलाको ज्यान गएको रहेछ । बस र त्यसका चालकलाई कालिमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएछ । पीडित परिवार र बस व्यवसायीका बीच वार्ता पनि भएछ । वार्ता भएपनि पीडितका माग पुरा भएको रहेनछ । माग पूरा गर्न सक्ने शक्तिशाली व्यक्ति वार्तामा नआएको भन्दै पीडितहरु आक्रोशित भएछन् । जेठ ११ गते मागलाई सम्बोधन गर्ने वातावरण मिलाउन महाकाली यातायातको अर्को बसलाई नियन्त्रणमा लिई बसमा सवार यात्रुलाई पीडितहरुले बन्धक बनाए । पत्रकार एकल पनि त्यहि बसमा चढेर सुदुपश्चिममा पत्रकारिता तालिम दिन हिंडेका रहेछन् । यसरी विनाकारण यात्रुलाई बन्धक बनाएको विषय एउटा पत्रकारले टुलुटुलु हेरेर बस्नुपनि भएन । त्यहाँको गतिविधिलाई क्यामरामा कैद गर्दा नाडीमा फलामका सिक्री, औंलामा फलामकै तिखा औंठीहरु र कानमा मुन्द्रा लगाएर सयौंको संख्यामा “पीडित” बनेर आएका स्थानीयहरुले पत्रकार एकललाई मरणासन्न हुनेगरि पिटेका हुन् । त्यहाँ उनलाई “रामधुलाई” मात्रै गरिएन, उनले प्रयोग गरिएको क्यामेरा पनि कामै नलाग्ने गरि तोडफोड भयो । भएको यहि हो । तर अरुले त विरोध किन गर्थे र ? पत्रकार सम्बद्ध निकायले पनि यो घटनालाई विरोध गरि मोफसलमा बसेर पत्रकारिता गरिरहेका एकल जस्ताको आत्मबल बढाउने काम गरेन । यसो भएपछि सर्वसाधारण पनि सधै आफूलाई असुरक्षित ठान्ने नै भए । त्यो दिनको घटनाका प्रत्यक्षदर्शी धादिङको प्रहरीप्रशासन पनि रहेछ । यत्रो घटना हुँदा पनि सञ्चारमाध्यम र आम पत्रकारको साझा संगठन वेखबर जस्तो बन्नुलाई नेपाली जनताले कसरी लिने ? पक्कै एकललाई एक्ल्याइनुका पछाडि उनी कुनै राजनीतिक पार्टीका कार्यकर्ता थिएनन् । अर्को, नेपालमा ठूला भनिएका “ब्रोडसिट” आकारका मिडियाका आधिकारिक पत्रकार पनि थिएनन् उनी । पत्रकार महासंघमा सांगठनिक पहुँच जमाउन पत्रकार सहित राजनीतिक कार्यकर्ता पनि हुनुपर्ने अघोषित नियमको विरुद्ध उभिई उनले महासंघमा दश वर्षसम्म नियमित बनाएको सदस्यतालाई महाधिवेशनताका त्यागेको चर्चा पनि छ । धादिङमा उनीमाथि भएको घटना महासंघको सदस्यता त्यागेपछिको हो । तर उनी पत्रकारितामा निरन्तर अझ बढि क्रियाशिल हुँदै आइरहेका छन् ।

एकलले कुटाई खाएको केहि दिनको फरकमा चितवनमा पत्रकारलाई “अपमान” गरेको सम्बन्धि एउटा अर्को घटना भयो । काठमाडौंका पत्रकार चढेको भाडाका गाडीलाई चितवनको आँपटारीमा रोकेछन् । रोक्नुको कारण बसपार्क शुल्क उठाउन रहेछ । चितवनमा भाडामा यात्रु बोक्ने सवैले बसपार्क शुल्क तिर्नु पर्छ । सवै गाडी बसपार्क भएर जाँदैनन् । अनि त्यस्ता गाडीलाई चेक गर्न भनेर आँपटारी, पुलचोक र गोन्द्राङमा चेक पोष्ट छ । बसपार्क नछिर्ने र बसपार्कको शुल्क नतिरेका भाडाका यात्रु बसलाई ती ठाउँमा दोब्बर शुल्क लिने गरिन्छ । दोब्बर शुल्क जरिवानको रुपमा लिने गरेको हो । बसपार्क शुल्क नतिरी आउँदा यहि शुल्क लिनेबारे पत्रकार र चेकपोष्टमा बसेका कर्मचारीबीच भनाभन चल्यो । पत्रकारमाथि अपशव्द प्रयोग गर्ने काम भएछ । यो घटनालाई चितवनको पत्रकार महासंघले गम्भीर तरिकाले लियो । विवाद बढ्दै गएपछि मुद्धा स्थानीय प्रहरी कार्यालयसम्म पुगेछ । प्रहरी कार्यालयमा पनि कर्मचारीले पत्रकारलाई गालीगलौज गर्न छाडेनछन् । पछि पत्रकार महासंघ चितवनले यो विवादलाई मत्थर पारयो । पत्रकारहरुलाई अपमान गर्ने चेकपोष्टका कर्मचारीले माफी मागे । चितवनदेखि काठमाडौंसम्मका सञ्चारमाध्यममा यो घटनाले राम्रै स्थान पायो, पत्रकारमाथि गरिएको विरोधको रुपमा । पत्रकारमाथि गरिएको अपमानको सबैले खुलेर संस्थागत विरोध जनाउने काम गरे । तर काठमाडौंका पत्रकारका अगाडि बहादुरी देखाउन हतारो गरेको महासंघले चितवनकै सिमानामा पर्ने धादिङमा आफ्नै जिल्लाको पत्रकार मरणासन्न हुनेगरि पिटिदा भने वास्ता गरेन । यी सबै घटनाले नेपाली समाजमा पत्रकारका संघसंस्था पनि हुनेखानेको पछि मात्रै दौडन थालेको हो कि भन्ने संकेत दिएको छ । ठूला भनिएका मिडिया र राजधानीमा बसेर पत्रकारिता गर्नेलाई छिसिक्क केहि हुनेवित्तिकै आन्दोलनको हतारो गरिहाल्ने र त्यो स्थानसम्म पहुँच नजमाएकाहरुलाई केहि भइहाले पनि वास्ता नगर्ने परिपाटी विकसित हुँदै जानु पक्कै राम्रो होइन ।

सबै पेशा हरेक कोणबाट अझै राम्रो बन्न सकिरहेको छैन । पत्रकारिता पेशा पनि यसमा पर्छ । जेसुकै बोल्न, लेख्न र देखाउन परयो भने नेपालमा केहि मान्छेहरु पत्रकार बन्ने चलन मौलाउँदै गएको छ । पत्रकार भईसकेपछि कसैले केहि गर्न नसक्ने, गरिहालेपनि ठूला मिडिया र संघसंस्थाको ओत लागिया भने राम्रैसंग जीवन निर्वाह गर्न सकिने भएकाले ती मान्छे यो पेशाप्रति आकर्षित भइरहेका पनि छन् । जसले गर्दा नेपालमा चाहेर पनि पत्रकारिता र पत्रकार स्वतन्त्र बन्न सकिरहेको छैन । ठूला भनिएका मिडियामा संलग्न नभई स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका पछाडि परेको बेलामा बोल्ने न कुनै संगठन छ, न त सञ्चारगृह, नागरिक समाज र सरकार नै । एकललाई परेको मर्काले यहि संकेत गर्छ ।

धादिङमा एकल सिलवाललाई कुट्नेहरुको पहिचान अझै किन हुन सकेको छैन ? त्यस दिन एकल पत्रकार मात्र थिएनन््, एउटा यात्रु पनि थिए । आजभोली वस व्यवसायीले गर्ने गल्ती र गल्तीका विरुद्ध स्थानीय पीडितहरुले राख्ने अनावश्यक मागले राजमार्गमा यात्रा गर्नेहरुले तनाव वेहोर्नु परिरहेको छ । अझ जुनसुकै माग पुरा गर्न राजमार्गमा सवार यात्रुलाई बन्धक बनाउने चलन बढ्दै गइरहेको छ । यसका विरुद्ध लेख्ने र बोल्ने आँट गरेको पत्रकारको पक्षमा राज्यको निकाय मात्र होइन, पत्रकारको संघसंस्था र मूलधारका भनिएका मिडियाले आवाज उठाउने पर्ने होइन र ? तपाईलाई के लाग्छ कुन्नि, मलाई पत्रकार एकललाई एक्ल्याए जस्तो लाग्यो है । कानुनका अगाडि त सबै समान हुनुपर्ने हो नि ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-52013986414707590072011-07-31T23:32:00.002+09:002011-07-31T23:34:43.799+09:00मैले बुझेको एनआरएनए जापान

सार्क मुलुकभन्दा बाहिर विभिन्न पेशा, व्यवसाय र अध्ययन गरि बसेका नेपालीलाई एनआरएन अर्थात् गैरआवासीय नेपाली भन्ने गरिन्छ । यसैले जापानमा बसेका नेपाली पनि एनआरएन हुन् । यिनै नेपालीको साझा संस्थालाई एनआरएनए जापान भनेर परिभाषित गरिएको छ । अरु देशमा जस्तै जापानमा पनि लगातार १८२ दिनभन्दा बढि बसिसकेपछि दुई हजार यन सदस्यता शुल्क तिरेर यसको सदस्यता लिन सकिन्छ ।

जापानमा वैध रुपमा बसेका नेपालीको संख्या मात्रै करिब २० हजारको हाराहारीमा छ । गणनामा नआएका नेपालीलाई पनि समेट्ने हो भने यो संख्या अझै बढ्छ । तर एनआरएनए जापानमा आवद्ध नेपालीहरु दुई हजारको हाराहारीमा छन् । संघको वैध सदस्य संख्या धेरै कम छ । जापानमा बसेका नेपालीहरुको संख्यालाई आधार मान्दा एनआरएनए जापानले ज्यादै कम नेपालीलाई मात्रै समेटेको छ । यसरी समेटिएका नेपाली पनि अधिकांश “सुकिलामुकिला” मात्रै छन् । अब प्रश्न उठ्छ, के एनआरएनए जापान आफैमा जापानका नेपालीको अभिभावक हो त ?

आगामी १४ तारिख टोक्योमा हुने अधिवेशनलाई लक्षित गरी यो संघको चर्चालाई उम्मेदवारहरुले चुलीमा पुरयाईदिए । सर्वसम्मत तरिकाले नयाँ नेतृत्व आएको खण्डमा यो संघमा सदस्यहरु बढ्दैनन् । यदि निर्वाचन नै हुने पक्कापक्की भयो भने मात्रै सदस्यहरु ह्वात्तै बढ्ने सम्भावना छ । किनभने यसको नेतृत्व हत्याउने दाउमा लागेकाहरुले आफ्ना नजिकका मान्छे र आसेपासेलाई “भोट ब्याङ्क”को रुपमा सदस्य बनाउन सदस्यता फारम र पैसा खल्तीमा लिएर हिंडेका छन् । निर्वाचनको मुखमा विभिन्न क्षत्रीय अधिवेशनमा बढेको सदस्यको अनुपातले पनि यो कुरालाई पुष्टि गरेको छ ।

विदेशमा रहेका नेपाली संगठित हुनु राम्रो काम थियो । स्वतन्त्र संस्थाका रुपमा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापित भएर अघि बढ्नु आफैमा राम्रो कदम पनि हो । तर समयको क्रमसंगै संघलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि विदेशमा रहेका नेपालीले यसलाई पद र पैसासंग तुलना गरेर “प्रतिष्ठा”को विषय बनाए । संस्थाप्रतिको लगाव र सम्मानको हिसाब गर्दा जापानका नेपालीले यो संघलाई विश्वास गर्ने आधार भेटिदैन । किनभने संघमा सदस्य बन्ने हैसियत राखेका नेपालीमध्ये दश प्रतिशत नेपालीलाई पनि जापानको एनआरएनएले राम्रोसंग समेट्न सकेको छैन । यो ज्यादै लाजमर्दो कुरा हो । यद्दपि दश जना गैरआवासीय नेपाली मिले भने जापानमा अर्को एनआरएनए जन्मन सक्ने यसको केन्द्रीय विधानमा उल्लेख छ । यसो भयो भने अहिले चिनिएको एनआरएनए कता जाने ? बेलैमा नेतृत्वले सोंच्न जरुरी छ ।

जापानमा रहेका अरु गैरआवासीय नेपालीको त कुरै छाडौ, यसैमा आवद्ध नेपाली को कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारेमा नेतृत्व मौन छ । उसंग नेपालीका बारेमा प्रष्ट डाटा छैन । जबसम्म जापानमा रहेका नेपालीको स्पष्ट तथ्यांक तयार पारिदैन, तबसम्म नेपाल र नेपालीका लागि केहि गर्न सकिदैन । आफ्नै वरीपरि भएका नेपालीका बारेमा जानकारी नलिइ स्वदेशमा रहेका नेपालीका बारेमा जापानमा चिन्ता लिनु “नजिकको तीर्थ हेलाँ” भनेजस्तै हो ।

विदेश आउनु कसैका लागि रहर हो भने कसैका लागि बाध्यता । विदेश आएकामध्ये धेरै एनआरएनको एउटै उद्देश्य पैसा कमाउनु पनि हो । यसो हुनु हामी र हाम्रो गरिवी नै प्रमुख कारण हो । यसैले विदेश आउने बाटो अर्थात्, भीसालागि लागि जापान आउन नेपालीले अनेक “चोरबाटो” पनि अपनाएका छन् । सफलता पाउनु नपाउनु आफ्नो ठाउँमा छ । तर अनुहार र भीसा स्टाटस हेरेर जापानमा रहेका नेपालीलाई मूल्याँकन गर्ने चलन बढ्दै गएको छ । यहाँ सामान्य तरिकाले आएर सामान्य काम गरिरहेका मान्छेसंग पनि विलक्षण प्रतिभा लुकेको हुन्छ । हाम्रो देश नेपालमा पनि गतिलो तरिकाको शिक्षा, रोजगार र गरिखाने धन्दा भएको भए शायद मान्छेले यसरी जापानलाई आवश्यकता र महत्व दिन्थेनन् होला । यसैले एनआरएनए जापानले आफ्नो क्षेत्रमा रहेका नेपालीको पहिचान गरि जापानबाटै भएपनि देशको लागि गर्न सक्ने योगदानको बहस चलाउनु आवश्यक छ ।

विदेश आएर लामो समय व्यतित गरिसकेपछि आफूले कमाएको केहि अंश खर्च गरेर सामाजिक बन्न चाहनेहरुका लागि एनआरएनए अहिले आएर गतिलो माध्यम भएको छ । नेतृत्वका लागि “सुकिलामुकिला”ले रहर गर्नु यो अर्थमा कुनै नौलो र ठूलो कुरा पनि भएन । यसैले त मान्छेहरु भन्ने गर्छन्, यो गरीवको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो । यो नेपालमा बसेका मान्छेले लगाएको आरोप होइन । एनआरएनहरुले एनआरएनएलाई लगाएको यो आरोपको खण्डन व्यवहारमा अझै भएको पाइएको छैन । पैसा नभएकाहरु एनआरएनएमा लाग्न हुँदैन भन्नेहरु नेतृत्वमा छन् । कतिले मिल्दैनसम्म भन्छन् । साथमा पैसा नभइ एकाध तरिकाले छिरेकाहरुको संगठनमा कुनै सुनुवाइ हुँदैन भन्नेहरु पनि छन् । मान्छेको भनाईले मात्रै होइन, व्यवहारले पनि त्यहि देखाउँछ । जापान भनेर के गर्नु ? यहाँ हवाइजहाज किन्ने हैसियत राखेका नेपालीदेखि रेल चढ्ने हैसियत नभएका नेपाली पनि छन् ।

अब एनआरएनए जापानमा छिर्न २००० येन र वार्षिक रुपमा २००० येन नै नविकरण शुल्क तिरेर यसको सदस्यता टिकाइराख्ने सवालमा फरक फरक आर्थिक हैसियत भएका नेपालीलाई एउटै हैसियतमा राख्नु उचित होला त ? ठिकै छ, सदस्य पनि बन्ला , नविकरण पनि गर्ला । तर बेलाबेलामा हुने वैठक भेलामा अझ धेरै खर्च गरेर उपस्थित हुने हैसियत कमै नेपालीको मात्र छ । यसैले पनि पैसा हुनेहरु मात्रै एनआरएनएमा बस्नुपर्छ भन्ने आवाजले ठूलो अर्थ बोकेको छ । यस्ता कुराहरुमाथि एनआरएनए नेतृत्वले छलफल चलाउन जरुरी छ ।

अहिलेको एनआरएनए जापानले चटके निर्णय गरेको रैछ, १४ तारिखको अधिवेशनमा भाग लिन पाँच जना बराबर एक जना मात्रै प्रतिनिधि बन्न पाउने । प्रतिनिधि बन्न कि क्षत्रीय समितिले सिफरिस गर्नुपर्ने, कि त प्रतिनिधि बन्ने व्यक्तिले दुई जना प्रस्तावक र दुइजना समर्थकको हस्ताक्षर सहितको सिफारिस लिएर केन्द्रमा “विन्तीपत्र” चढाउन जाने । यसरी एकपटक प्रतिनिधि, प्रस्तावक र समर्थक बनेको व्यक्ति अर्को व्यक्तिका लागि प्रतिनिधि, प्रस्तावक र समर्थक केहि पनि बन्न नपाउने । यस्तो अव्यवहारिक कदम आफैमा हासउठ्दो त छदैछ, यसले कत्तिको गम्भीर समस्या उत्पन्न गराउँछ भन्ने हेक्का नेतृत्वमा बसेकालाई ज्ञान नभए जस्तो लाग्यो । क्षत्रीय समितिलाई निर्णयको अधिकार दिनु प्रजातान्त्रिक पद्धतिको उपहास त हुँदै हो । किनभने उसले आफूलाई मन परेका मान्छेलाई जिताउनका लागि मात्रै “भोट व्यांक”को सपथ खुवाएर प्रतिनिधि बनाउँछ । प्रस्तावक र समर्थकको सिफारिस लिएर प्रतिनिधिको लागि विन्तीपत्र हाले भने केहि हदसम्म यो प्रजातान्त्रिक हुनसक्ला । तर यसको मापन गर्ने आधार के ? आफ्नै सदस्यहरुको गतिलो तथ्याँक नभएको एनआरएनए जापानसंग अब बन्ने प्रतिनिधि, प्रस्तावक र समर्थकको आधिकारिक हस्ताक्षर कसरी प्रमाणित हुन सक्छ ? यसका लागि बेलैमा क्षेत्रीय भेला बोलाएर सबैका सामु प्रतिनिधि छान्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।

हालै जापानबाट वेवकाष्ट भएको एउटा अनलाइन मिडियामा सुनामी पीडितको सन्दर्भमा आर्थिक अनियमितता भएको कुरा बाहिर आयो । तर टोकियोमा रहेका अधिकांश संघसंस्थाले यसलाई खण्डन गरि “होइन” भने । उनीहरुको विचारमा यो “निराधार आरोप” र “तथ्यहिन समाचार” थियो । एनआरएनए जापानले आफ्नो आधिकारिक वेवसाइडमा राखेको जापानका नेपाली सञ्चारमाध्यम मध्येको एक अनलाइन पोर्टलमा त्यो समाचार उल्लेख थियो । “सञ्चारमाध्यम” मा आएको समाचारलाई “निराधार र कपोलकल्पित” बनाउन जति मिहिनेत गरियो, अहिलेसम्म यसको वास्तविकता र हरहिसाबको आधिकारिक फाँटवारी संस्थागत रुपमा एनआरएनए जापानको नेतृत्वले बाहिर ल्याउन आवश्यक ठानेन । अब यसलाई के भन्ने ? “दालमे कुछ काला हे” त भन्नै परयो । एनआरएनए जापानले आधिकारिक मानेको संचारमाध्यममा प्रकाशित समाचार सही नहुन पनि सक्छ । तर विषय उठिसकेपछि मिहिन तरिकाले आम नेपाली जनतालाई जवाफ दिईयो भने संगठन र नेतृत्वमाथि बारम्बार प्रश्न उठाउने ठाउँ रहँदैन । यस्ता कुराहरुको तथ्यपरक जवाफ दिन सकिएन र ढिला गरियो भने पनि समाचारलाई “कपोलकल्पित” बनाउन बसेको भेलालाई जापानमा रहेका नेपालीले “चोरको खुट्टा काट् भन्दा उचालेको रहेछ” भनि बुझ्नेछन् । यसैले आर्थिक पारदर्शीताका लागि नेतृत्व पंक्तिले गम्भीर भएर सोच्दै यथार्थ के हो ? बाहिर ल्याउन आवश्यक छ ।

यतिबेला “मानवतस्कर” हरुले जापानमा आकर्षक तलब र कामको लोभ देखाएर सोझा र गरीव नेपालीसंग लाखौं रुपैया असुल्दै यहाँ ल्याई अलपत्र पारेको घटना बढ्दै गएको छ । गरीव नेपालीको पैसा, समय र मिहिनेतमा खेलवाड गरि रातारात “धनी” भएकाहरुले कमाइको केहि अंश सामाजिक काममा खर्चेको बहाना बनाएर एनआरएनएलाई आश्रयस्थल बनाएका पनि छन् । यसको छानवीन हुनु जरुरी छ । जापानमा रहेका नेपालीका समस्याका पोका धेरै छन् । समाधान गर्ने जिम्मा एनआरएनएको भने होइन । तर यो संस्थाले धेरै पहल गर्नसक्छ । जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानलाई आफ्नो कर्मघरको अभिभावक सम्झिसकेपछि यसको नेतृत्व पंक्तिमा भएका र अब आउन चाहनेहरुले यहाँ रहेका हरेक नेपालीका समस्यालाई समाधान गर्न नसकेपनि बुझ्न चाहि सक्नुपर्छ । जापान आएको सक्षम नेपालीले नेपाल र नेपालीका लागि गरेको सहयोग तबमात्रै सार्थक हुन्छ, जब सबै नेपालीले कमाइको सानो अंश नेपाल विकासको लागि खर्चिन सक्छन् ।

समस्या हरेकका आ–आफ्ना छन्, जापानमा । सबैले चाहे भने गर्न नसकिने पनि केहि होइन । नेपालको विकास टाढाको कुरा भयो । सुरु यहिं जापान बसेका नेपालीलाई सहयोग गरेर गर्न सकिन्छ । पहिलो कुरो, जापानमा रहेका सम्पूर्ण नेपालीको तथ्यांक संकलन गरेर उनीहरुको अवस्था बुझ्ने । यसपछि आयश्रोतको आधारमा सदस्यता र नविकरण शुल्क निर्धारण गरेर उनीहरुलाई एनआरएनए जापानको सदस्यता दिलाउन सकिन्छ । नेपालीलाई काम लगाएर श्रम अनुसार ज्याला नदिने “मालिक”हरुको विगवीगी बढ्दो छ । यसलाई तह लगाउन अनुगमनको खाँचो छ । त्यस्ता “मालिक” लाई एनआरएनएको अभियानमा सरिक नगराइदिने हो भने मर्कामा परेका धेरै नेपाली खुशी हुनेथिए । भाषा र जापानी अध्यागमन कानुनको अभावमा नेपालीहरु धेरै अप्ठेरोमा परिरहेका छन् । भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका एनआरएनहरुले समुह बनाई त्यस्ता नेपालीलाई हप्ताको एकपटक भएपनि प्रशिक्षित गरिदिन सक्छ । नेपालीहरु एकै ठाउँमा भेला भएर कार्यक्रम गर्नु त राम्रो कुरा हो ।

तर जापानमा हुने जुनसुकै कार्यक्रमका सहभागि प्रायः एउटै अनुहारका हुन्छन् भन्दा अत्युक्ति नहोला । समय र पायक मिलाएर हरेक वर्ग र क्षेत्रका नेपालीलाई पनि कार्यक्रममा सहभागि गराए एनआरएनएको गरिमा बढ्न सक्छ । हरेक संस्थाको अधिवेशन भनेको विगतको कार्यसमीक्षा र आगामी कार्ययोजना साथै भावी नेतृत्वका लागि हुनेगर्छ । एनआरएनए जापानको आगामी अधिवेशन पनि यसैमा केन्द्रीत छ । तर अहिलेको चहलपहल हेर्दा भावी नेतृत्वको कसरतले बाँकि काम अधुरा र गौण हुने निश्चित छ । यसैले नेतृत्व चयनका बारे बेलैमा बुद्धि पुरयाउन जरुरी छ । हालै विद्यार्थीहरुको संस्था नेसाजले कम्प्युटर सिस्टमबाट चयन गरेको नेतृत्व प्रकृयालाई एनआरएनएले उपयोग गरयो भने धेरै राम्रो हुनेछ । अनि बल्ल नेपालीका साझा मुद्धामा छलफल गर्न पाइनेछ । एक पटकको नेपाली सधैंको नेपाली बन्न सक्छ । यी भनेको विना पैसामा गर्न सकिने कुरा हुन् । अब हामी सबैले जापानमा हुने विभिन्न भेला, वैठक र कार्यक्रममा लाग्ने समय, पैसा र खानपीनलाई कम गरी नेपाल र नेपालीको विकास जापानबाटै सुरु गरे कसो होला ?

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2tag:blogger.com,1999:blog-338017515278251279.post-12617851051978276342011-07-07T14:59:00.000+09:002011-07-07T14:59:13.494+09:00पत्रकारहरु र आम मान्छे
इन्द्रध्वज क्षेत्री

'सबै जनावर समान छन्, केही बढी समान छन् ।' जर्ज अरवेलको प्रसिद्ध कृति एनिमल फार्मको यो वाक्य समाजमा समानताका नाममा हुने असमानता जनाउन विभिन्न परिस्थितिमा प्रयोग गर्ने गरिन्छ । शीतयुद्धकालमा समाजवादी सोभियत संघसँग आबद्ध गणराज्यहरूमा निर्माण भएको खास कुलीन वर्गलाई देखाएर समाजवादी व्यवस्थामाथि प्रहार गर्न यो वाक्य धेरैले प्रयोग गर्ने गर्थे । सोभियत संघको पतनपछि पनि यो वाक्यले हामीलाई गिज्याउन छाडेको छैन ।

वास्तवमा यस्ता बढी समानहरू समाजमा विभिन्न परिस्थितिमा निर्माण हुन्छन् । कानुनका अगाडि सबै समान हुने मन्त्र बोक्ने उदार प्रजातान्त्रिक व्यवस्थामा यो समानता केवल दर्शनमा मात्रै सीमित छ । बरु असमानताको निर्माण नै यो व्यवस्थाको मूल लक्ष्य हो । यस्तै बढी समानहरूको निर्माणमा अहिले आवाजविहीनहरूको आवाज भनिने नेपालको पत्रकारिता जगत् पनि रुमल्लिइरहेको छ ।
पत्रकारिताको व्यावसायिक आचारबारे लामो समयसम्म बहस आकषिर्त गर्ने देखिन्छ । प्रसंग हो विराटनगरका पत्रकार लानाथ ढकालमाथि एमालेसंबद्ध युवा संघ मोरङका उपाध्यक्ष परशुराम बस्नेतको निर्देशनमा भएको भनिएको आक्रमणको । घटनामा गम्भीर घाइते भएका ढकाल उपचारपछि घर फर्केका छन्, तर घटना सेलाइसकेको छैन । बरु यसले सञ्चारमाध्यम वा
त्यही घटनाको केही दिनअघि -जेठ ११ गते) हिमाल खबरपत्रिकाका संवाददाता एकल सिलवाललाई धादिङको जोगीमारामा एउटा भीडले मरणासन्न हुने गरी कुट्यो र क्यामेरा तोडफोडपछि छाडिदियो । उनको वेदना कसैले सुनेन । कुनै साप्ताहिक पत्रिकाले पनि ठाउँ नदिएपछि उनले एउटा ब्लगमा आफ्नो वेदना पोखेका छन् । त्यसबारे पत्रकार महासंघले एउटा विज्ञप्ति पनि निकालेन । अन्य सञ्चारमाध्यम वा उनले काम गर्ने पत्रिकाले पनि यो कुरालाई छापेको छैन । विराटनगर घटनाको ५ दिनपछि जेठ २७ मा बारामा एकजना सरकारी कर्मचारी धिरज महतोको हत्या भयो । त्यो घटनाले पनि सञ्चारमाध्यममा खासै महत्त्व पाउन सकेन ।

यी घटनालाई समग्रमा हेर्दा नेपालको पत्रकारिताले थुप्रै किसिमले 'बढी समान' हरूको निर्माण गरेको स्पष्ट हुन्छ । आम मानिसभन्दा पत्रकार बढी समान छन् । आम मानिसको जीउधनभन्दा पत्रकारको जीउधन बढी महत्त्वपूर्ण छ अर्थात् मानिसको बाँच्न पाउने हकभन्दा प्रेस स्वतन्त्रता बढी महत्त्वपूर्ण हो । अर्कोतर्फ पत्रकारबीच नै पनि केही बढी समानहरू छन् । त्यहाँ यी बढी समानहरूका पनि तह हुन सक्छन् । जस्तैः शक्तिशाली 'ब्रोडसिट' पत्रिकामा काम गर्नेहरू, ठूला दलसँग संबद्धहरू आदि अलि बढी समान हुन् र जिल्लामा काम गर्नेहरू, दलित पत्रकारहरू अथवा कुनै दलको संरक्षण प्राप्त नगर्नेहरू कम समान हुन सक्छन् ।

सञ्चारकर्मीहरूले ढकालमाथि भएको आक्रमणलाई मानिसको सूचनाको हकमाथिको चुनौती र स्वतन्त्र प्रेसमाथिको आक्रमणको रूपमा लिएका छन् । यी दुवै तर्कसँग असहमति हुन सकिँदैन । पत्रकारले निसङ्कोच र निर्भयसाथ काम गर्न पाउनुपर्छ । घटनापछि सञ्चारमाध्यमहरूले गरेको कभरेज हेर्दा यो घटनालाई देशमा संविधान निर्माण र शान्ति प्रक्रियाभन्दा पनि महत्त्वपूर्ण एजेन्डा बनाइएको छ । सबैखाले सञ्चारमाध्यममा यो घटनाको प्रचुर र व्यापक 'कभरेज' भएको छ । तर, कानुनको शासन र जनताको सूचनाको हकका लागि गरिएको भनिएको यो आन्दोलन कतै प्रत्युत्पादक त भएको छैन ? जुन किसिमले पत्रिकाहरूले घटनाका आरोपित भनिएका परशुराम बस्नेत, उनको सम्पत्ति र व्यवहारबारे विवरणहरू बाहिर ल्याएका छन्, ढकालमाथि आक्रमण हुनुअघि नै यी कुरा किन बाहिर आउन सकेनन् ? किन यति धेरै ज्यादतीबारे समाचार लेख्ने प्रयास गरिएन ? यसले एकजना 'गुन्डा' का अगाडि नेपालको समग्र पत्रकारिता नै नतमस्तक हुँदोरहेछ भन्ने देखाउँछ । अहिले आएर फटाफट उनका कर्तुतबारे खोतल्दै जाँदा समग्र पत्रकारिताले आफ्नै कमजोरीप्रति

पनि कुरीकुरी गरिरहेको छ, अरू कति यस्ता 'डन' होलान् जसका क्रियाकलापप्रति नेपालको पत्रकारिताले आँखा चिम्लिरहेको होला ?

सञ्चारमाध्यमहरू लामो समय एउटै घटना वा व्यक्तिका पछाडि दौडिरहँदा अन्य महत्त्वपूर्ण विषय छुट्ने जोखिम रहन्छ । अर्कोतर्फ राज्य वा अन्य शक्तिशाली निकायले बेलाबेलामा ध्यान अन्यत्रै खिच्न यस्ता मुद्दाहरूको निर्माण गरिदिन्छन् र सञ्चारमाध्यमहरूको ध्यान अन्यत्र मोडिइरहेका बेला आफ्ना खराब क्रियाकलापबारेका समाचारलाई गाड्ने (डम्प गर्ने) गर्छन् । यसले गर्दा झन् जनताको सूचनाको हकमाथि उल्टो आघात पुर्याउँछ । यो प्रकरणका कारण पनि यस्तै कुनै घटना भएका छन् कि ? उदाहरण लिऊँ बजेटको मुखमा आएर सञ्चारमाध्यमको ध्यान त्यता मोडिँदा अरबौं रुपैयाँको कर छली प्रकरणको अनुसन्धानमा ढिलाइ पो भइरहेको छ कि ? अथवा उनीहरूलाई सहुलियत दिने गरी बजेट निर्माण पो हुँदै छ कि ? अथवा सेना समायोजन प्रक्रिया अवरुद्ध हुनुका पछाडि सञ्चारमाध्यममार्फत उचित दबाब पो पुगेन कि ?

अब कुरा गरौं पत्रकार महासंघको आन्दोलनको । एउटा कुरा स्पष्ट छ, देशमा कानुनी शासन स्थापनाका लागि हाल सबैभन्दा ठूलो समस्या भनेको संक्रमणकालीन अवस्था हो । जतिसक्दो चाँडो शान्ति प्रक्रिया र संविधान निर्माण पूरा हुन्छ, त्यति नै छिटो यो समस्याको समाधान हुन सक्छ । यस्तो अवस्थामा पत्रकारिता जगत्कै हितका लागि पनि सबैभन्दा महत्त्वपूर्ण कुरा जारी संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गराउन सकारात्मक हस्तक्षेप जरुरी छ । तर यो आन्दोलनले त यी सबै प्रक्रियालाई ओझेलमा पारेका छन् । कल्पना गरौं त, यी सबै प्रयत्नका बाबजुद परशुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न सकेन वा उनी अदालतबाट दोषी किटान हुन सकेनन् भने के होला ? पत्रकार महासंघको यो आन्दोलनको औचित्य के रहला ? अथवा उनी निर्दोष साबित भए भने उनको चुरीफुरी कति बढ्ला ? के यही एउटा घटनालाई आधार बनाएर सरकार समग्र रूपमा असफल भएको भन्ने जनमत सिर्जना गर्न त खोजिँदै छैन ? अब त परशुरामले प्रहरीसमक्ष आत्मसमर्पण नै गरे भने पनि उनी त 'हिरो' बनिसके । उनले चलाइरहेको व्यवसाय (गुन्डागर्दी वा अन्य) आगामी दिनमा झनै बढ्नेछ । समग्र पत्रकारिता जगत् बरु कहीँ न कहीँ जानी वा नजानी कसैको गोटी बन्न पुगेको छ र अभिजातवर्गहरूको निर्माण जारी छ । Source : @kantipur Daily
हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com1tag:blogger.com,1999:blog-338017515278251279.post-48116653790480178942011-06-29T09:07:00.001+09:002011-06-29T09:09:10.273+09:00एमाले नेता ज्ञवाली जापान छिर्न नपाउनुको अर्थ

हुन त देवी ज्ञवाली जापान आउन नसक्नुभएको सम्बन्धि आर्टिकल माईसंसारमा आईसकेको छ । प्रारम्भिक चरणमा सम्बन्धित पक्षहरुसंग गरिएको कुराकानीमा आधारित भई त्यो आर्टिकल तयार पारिएको थियो । माईसंसारमा आईसकेपछि पाठकहरुले दिएको सुझावहरु र आएका नयाँ विषयवस्तुहरुसंग सम्बन्धित रहि सरोकारवाला व्यक्तिहरुसंग फेरि सम्पर्क गरिसकेपछि अपडेट सहित पुन यो आर्टिकल प्रकाशित गरेको जानकारी गराउँछु । पाठकहरुले दिएका विश्वसनीय आधार र सुझावप्रति कृतज्ञ छु ।

“कतिबेला आउने होला ?” नागोया एअरपोर्टमा देवी ज्ञवालीको पर्खाईमा ।

देवी ज्ञवाली जापानको एअरपोर्टबाटै फिर्ता भएको सम्बन्धि विषयवस्तु र समाचार टोक्यो नेपाल डट कम, वीलभ नेपाल डट कम, अनलाइन खबर समुद्रपारी, माईसंसार डट कम, दृष्टि साप्ताहिक, कालिका एफ एम चितवन, माइसंसार डट कम र नेपाल जापान डट कममा पनि प्रकाशित भईसकेको छ । टोक्यो नेपाल डट कमले समाचार टिप्पणी र एनडिएफ जापानका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरेको विज्ञप्ति पनि प्रकाशित गरिसकेको छ ।--लेखक

जुन १६ तारिख विहीवारका दिन नेकपा एमालेका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली जापानका नेपालीले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन नेपालबाट ड्रागन एअरमा हङकङ हुँदै उडे । तर जापानको नागोयास्थित चुबु अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा त्यहाँको अध्यागमनले ज्ञवालीलाई रोक्यो । नेपाली लोकतान्त्रिक मञ्च जापानले आयोजना गरेको “नेपालको दीगो शान्ति स्थापनामा प्रवासी नेपालीहरुको भूमिका” विषयक कार्यक्रममा भाग लिन र यहि संस्थाले प्रकाशन गरेको “सूर्योदय स्मारिका २०६८” विमोचन गर्न प्रमुख अतिथिको रुपमा ज्ञवाली जापान आउन लागेका थिए । लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा काम गर्ने यो आयोजक संस्थालाई एनडिएफ जापानको नामले पनि चिनिन्छ । जापानी समय अनुसार राती ९ः०५ मा ओर्लिएका ज्ञवालीलाई “रिसिभ” गर्न ८ बजे नै एअरपोर्ट गएकाहरु राती १२ बजेसम्म बसेर रित्तो हात फर्किएका थिए ।

सरकारमा रहेको पार्टी एमालेका निर्वाचित केन्द्रीय सदस्य, त्यहिमाथि शालिन र बौद्धिक नेता रुपमा चिनिन्छ नेपाली राजनीतिमा ज्ञवालीलाई । उनी भरतपुर नगरपालिकाका उपमेयर समेत भईसकेका छन् । यद्दपि कार्यक्रमको बहाना बनाएर जापानमा लुकी लुकी पैसा कमाउने उनको उद्देश्य पटक्कै थिएन । किनभने जुन २४ तारिखमा त उनलाई नेपाल जसरी पनि फर्कनु नै थियो ।

नेपालस्थित जापानी राजदूतावासबाट भीसा पाएर पनि जापानको अध्यागमनले ज्ञवालीलाई रोक्नका पछाडि के कारण होला ? यतिबेला आम नेपाली समुदायमा यो चासोको विषय बनेको छ । चिन्ता आयोजकदेखि देवी ज्ञवालीसम्मकालाई परेको छ । विभिन्न चोरबाटो समातेर जापान छिरेका नेपालीहरुको संख्या जापानमा कम छैन । जो वर्षौसम्म पनि अनाधिकृत ढंगले जापानमा बसिरहेका छन् । तर नेपाली समुदायको बीचमा पूर्वघोषित कार्यक्रम सम्पन्न गरी फेरि नेपाल फर्कने पवीत्र उद्देश्यका साथ जापान आउन लागेका ज्ञवालीलाई बीच बाटामै तगारो लगाउनुको अर्थ जापानले नेपाललाई नपत्याएकै हो त ? यो घटनाले आयोजक संस्था नै गलत हो या ज्ञवालीको नियत खराब हो भन्ने कुराको प्रश्न उब्जाएको छ । साथै ज्ञवालीको जापान आगमनका लागि डकुमेण्ट तयार पार्नेदेखि लिएर खर्चको प्रायोजन गर्ने एनडिएफ जापानमाथि पनि प्रश्न तेस्र्याइदिएको छ ।

ज्ञवाली आउने दिन म पनि उनलाई लिन विमानस्थलमा गएको थिएँ । किनभने म आफैले सम्पादन गरेको सूर्योदय स्मारिकाको १९ तारिख आईतबार टोकियोमा भव्य कार्यक्रमको बीच उनैबाट विमोचन हुँदै थियो । एनडिएफ जापानको प्रचार विभाग प्रमुखका हैसियतमा सुरुमा देवी ज्ञवालीलाई जापान ल्याउने प्रस्ताव पनि मैले नै गरेको थिएँ । एअरपोर्ट जाने क्रममा आयोजक संस्थाका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे र पत्रकार कविकिरण न्यौपाने पनि संगै थिए । हङकङबाट ज्ञवालीलाई उडाएर ल्याएको क्याथे प्यासिफिक ल्याण्डिङ भईसकेपछि ज्ञवाली निस्कने बाटो ढुकेर हामीले उनलाई कुरिरहेका थियौं । अध्यक्ष डा.घिमिरे फूल लिएर उनलाई स्वागत गर्न तयारी हालतमा थिए । तर करिब ४५ मिनेटपछि दुईजना जापानीज हाम्रो सामु आए । अध्यागमनले ज्ञवालीलाई केरकार गरेको र ज्ञवालीले उपलव्ध गराएको अध्यक्ष घिमिरेको फोन नं.मा फोन नउठेपछि शंकाको घेरामा राखेको ती जापानीजको भनाई थियो । यसैले एकपटक भित्र अध्यागमन विभागमा सम्पर्क गर्न उनीहरुले सुझाव पनि दिए । उनीहरु हङकङबाट ज्ञवालीसंगै आएका रहेछन् । यो जानकारी आएपछि घिमिरे विमानस्थल सोधपुछ शाखा खोज्नपट्टि लागे । यहि बीचमा मेरो मोवाइलमा पनि भित्र अध्यागमनबाट फोन आयो । उसले घिमिरेलाई खोजेपछि मैले उनी यहाँ नभएकोले एकछिनपछि फोन गर्न लगाउँछु भनें । तर एकैछिनमा घिमिरेकै मोवाइलमा अध्यागमनबाट फोन आयो र उनीहरुबीच लामो कुराकानी भयो ।

यतिबेला रातको करिब १० बजिसकेको थियो । जहाज ल्याण्डिङ गरेको करिब एक घण्टाभित्र सबै मान्छे अध्यागमनको फलामे ढोका पार गरेर आफ्नो मान्छेको जिम्मामा आईसक्छन् । तर ज्ञवाली चाहि हाम्रो जिम्मामा आउनुको सट्टा उनकै विषयमा अध्यागमन अधिकारीसंग अध्यक्ष घिमिरेको ट्याकल चलिरह्यो । अध्यागमन अधिकारीहरुसित घिमिरेको फोनमा “ट्याकल” भईरहँदा त्यहिबेला एनडिएफका प्रमुख सल्लाहकार डा. राजेन्द्रप्रसाद पराजुलीले टोकियोबाट मलाई फोन गरे ।

“देवीजी निस्कनुभो बाहिर ?”–उनले सोधे ।

“अँहँ । अझै निस्कनुभा छैन । अल्लि अठ्यारो पार्ला जस्तो लाग्यो इमिग्रेसनले ।”– घिमिरेले फोनमा गरेको एकोहोरो वार्ता सुन्दा उनलाई यो जानकारी दिन मलाई अप्ठ्यारो थिएन । अक्सर फोन हुँदा रमाइला र मीठा कुरा गर्ने डा. राजेन्द्रको आवाज एकाएक नर्भस भएको पाएपछि मैले थपे,– “केहि उपाय लगाउनुपर्ला जस्तो छ ।” देवी ज्ञवालीलाई जापान बोलाएर स्मारिका विमोचन गर्न लगाउने प्रकृयामा उनी पनि निकै खटेका थिए ।

“किन देवी ज्ञवाली नै ल्याउने ? अरु नेता छैनन् र एमालेमा ?” केहि साथीले गर्ने प्रश्नमा उनी देवी ज्ञवालीको पक्षमा तत्काल प्रतिकृया दिने गर्थे, “विदेशमा हुने कार्यक्रममा अवसर नपाएको । भूगोलमा खटेको नेता अनि शालिन र बौद्धिक व्यक्तित्वका धनी । सधैं ठूला पदमा बसेका नेतालाई मात्रै विदेश ल्याउनुपर्छ र ?” डा. पराजुली स्मारिका प्रकाशन समितिका सदस्य पनि हुन् ।

अध्यागमन अधिकारीसंग भएको फोनवार्ता सकिएपछि डा. घिमिरे पनि अल्लि निराश जस्तै देखिए । उनले यतिमात्रै भने,“अझै अनुसन्धान गर्दैछन् । तर सजिलै छोड्ला जस्तो छैन ।” अल्लि अप्ठ्यारो स्थिति सिर्जना भईसकेपछि टोकियोमा रहेका सूर्य पाठक र सुन्दर पौडेल लगायतलाई पनि देवी ज्ञवालीको विषयमा “अपडेट” गर्ने काम भयो । यतिबेला रातको साढे ११ बजिसकेको थियो । राजदूत गणेश योन्जन तामाङलाई फोन गरेको उठेन । पछि उनैले घिमिरेलाई फोन गरेर ज्ञवालीको विषयमा जानकारी मागे । तत्काल राजदूतले अध्यागमनमा फोन गरेर केहि अप्ठेरो भएमा आफ्नो र नेपाली दूतावासको जिम्मामा ज्ञवालीलाई छाडिदिन आग्रह गरे । अध्यागमनबाट सकारात्मक जवाफ आएकोले करिब दश मिनेटपछि ज्ञवाली बाहिर निस्कने राजदूतबाट जानकारी आयो । यो बीचमा अन्य क्षेत्र र तरिकाबाट पनि ज्ञवालीलाई बाहिर निकाल्ने प्रयास जारि रह्यो । साथै भित्र अध्यागमन अधिकारीबाट समेत घिमिरेसंग फोनवार्ता भईरहेको थियो । त्यहिमाथि राजदूतले समेत “देवीजी अब बाहिर निस्कन लाग्नुभएको छ” भनिसकेपछि हामीले समस्या समाधान भईसकेको ठानेका थियौं ।

रातको १२ बज्यो । अन्तर्राष्ट्रिय उडान भरेर यात्रुलाई “रिसिभ” गर्न आएका मान्छेहरु विमानस्थलमा सबै सकिए । रेलसेवा बन्द भईसकेको थियो । हामी तीनजना मात्रै बाँकि थियौं । ज्ञवाली आउने आशा जीवितै भएपनि सबैको अनुहारमा निराशा झल्कन्थ्यो । उनलाई स्वागत गर्न ल्याएको फूल पनि ओइलाइसकेको थियो । यत्तिकैमा विमानस्थल सुरक्षार्थ खटिएको एक जना सेक्युरिटी गार्ड हामी भएतिर आए । आउनुपर्ने जहाजका यात्रु सबै “क्लियर” भएकाले हामीहरु त्यहाँ बस्नुको उद्देश्य ती गार्डलाई जान्न मन लाग्यो । उनलाई सबै कुरा बताएपछि कुरो जे सुकै भएपनि “यो ठाउँ क्लियर” गर्नुपर्ने उनको भनाई थियो । यसैले त्यो ठाउँ छाडेर अल्लि पर अर्कै ठाउँ खोज्नपट्टि लाग्यौं । यति नै बेला अध्यामगनबाट घिमिरेको मोवाइलमा फेरि फोन आयो । किनभने यो विषयमा घिमिरेले नै अध्यागमनसंग डिल गरिरहेका थिए । अध्यागमनले घिमिरेलाई यतिमात्रै भन्यो,“तपाईहरुको आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र प्रोफाइलप्रति हामी सन्तुष्ट हुन सकेनौं । यसैले हामीले देवी ज्ञवालीलाई जापान छिर्न नदिई नेपाल पठाउने निधो गर्यौं । यो हाम्रो अन्तिम डिसिजन भयो । यसमा ज्ञवाली पनि मञ्जुर हुनुभयो । उहाँ भोली दिउँसोको उडानमा नेपाल फर्कदै हुनुहुन्छ । अब तपाईहरु जान सक्नुहुन्छ ।” अध्यागमनको यो निर्णयले हामी सबै निराश भयौं । केहि समयअघिसम्म ज्ञवालीको विषयमा अपडेट गरिरहेकाहरु चिन्ता मान्न थाले । अध्यागमनलाई चित्त नबुझेपछि जो जसुकैलाई पनि आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र प्रोफाइलप्रति असन्तुष्ट भनेर प्रतिकृया दिईन्छ । तर भित्री गुदो कुरोको लागि चाहि आत्मसमीक्षा गर्नैपर्ने हुन्छ ।

देवी ज्ञवालीलाई प्रमुख अतिथि बनाएर नागोया र टोकियोमा गरिने कार्यक्रमको भव्य तयारी भईसकेको थियो । अतिथिहरुलाई निमन्त्रणा पुगिसकेको थियो । त्यहिमाथि संस्थाले निकाल्न लागेको सूर्योदय स्मारिकाको विमोचनका लागि नेपालबाट ल्याएको किताब र व्यानर समेत उहासंगै थियो । ज्ञवालीलाई बाहिर आउन नदिएपनि त्यो सामान दिनका लागि हामीले गरेको अनुरोध पनि अध्यागमनले मानेन । यति भईसकेपछि लडाईमा हारेर लखतरान भएको सिपाही झैं विमानस्थल छोड्नु बाहेक हामीसंग अर्को विकल्प थिएन । राती नै भएपनि चिन्ता र चासोले गर्दा एनडिएफ जापानका जिम्मेवार पदाधिकारीहरुलाई यी सबै कुराको जानकारी भयो ।

कोठामा पुग्दा रातको २ बजिसकेको थियो । एमाले महासचिव ईश्वर पोखरेल र पत्रकार विष्णु छिमेकीलाई औपचारिक रुपमा यो विषयमा प्रत्यक्ष जानकारी गराईयो । प्रधानमन्त्री झलनाथ खनाल र विदेश विभाग प्रमुख केपी शर्मा वलीसंग सम्पर्क हुन सकेन । यद्दपि उहाँहरुका निकटवर्तीका कारण खबर पुरयाउने काम भने भयो । भोलीपल्ट विहानै भएपनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराईयो । जापान अध्यामगनले यो डिसिजन गरेपनि उहाँहरुलाई जानकारी गराएको खण्डमा नेपालस्थित जापानी दूतावासबाट देवी ज्ञवालीलाई कार्यक्रममा सहभागि गराउन सकिन्छ कि भन्ने झिनो आशा बाँकि नै थियो हामीमा । रात छिप्पिदै गईसकेकाले यो सम्भव चाहि थिएन । हामी कसैलाई निद्रा त लागेकै थिएन, त्यहिमाथि त्यो रात हामीले नेपाल र जापानमा रहेका धेरै मान्छेका मीठो निद्रा खल्बलाएर अन्याय गरिरहेका थियौं । राजधानी टोकियोमा रहेका संस्थाका पदाधिकारीहरुको हालत पनि उस्तै थियो । एमालेकै कोटामा राजदूत भएर जापान आएकै कारणले होला, राजदूत योञ्जनको तनाव पनि कम्ति थिएन । सबैको तनावले काम गर्न छाडेपछि भोली विहान कुर्नुबाहेक अर्को उपाय भएन । भोलीपल्ट शुक्रबार विहान पनि नेपालदेखि जापानसम्म उहाँलाई छुटाउन निकै पहल भए । तर विहानै जापानी समय अनुसार १०ः१५ को उडानबाट उहाँ जाने पक्का भएपछि थप प्रयास गर्न छाडि यो “युद्ध” हारेको बल्ल स्वीकार गरियो । उहाँको उपस्थितिमा हुने सबै कार्यक्रम “प्राविधिक कारणबश” स्थगित गरेको सूचना जारी भयो । तर यो जारी सूचनासंगै जापानवासी आम नेपालीका माझमा कौतुहलता बढ्दै थियो, आखिर किन यस्तो भयो होला ? भन्ने ।

देवी ज्ञवाली नेपाल फर्किएको पक्का भएपनि उहाँबाटै यो विषयमा आधिकारिक कुरा नआएसम्म खबरलाई सनसनी बनाउनु आवश्यक पनि थिएन । किनभने त्यत्तिको जिम्मेवार नेताले पक्कै अध्यागमन अधिकारीसंग पनि आफ्नै खालको ट्याकल गरेको हुनुपर्छ र सजिलै नेपाल फर्किनुभएको छैन भन्ने हामीलाई लाग्यो । यसको लागि शुक्रबार मध्यरातको समय कुर्नुपर्ने भयो । किनभने उहाँ शुक्रबार रातीमात्रै नेपाल पुग्ने कुरा अध्यागमनबाट जानकारी पाएका थियौं । त्यस रात उहाँको फोन लागेन । जापानी समय अनुसार शनिवार विहान ९ बजे उहाँसंग कुरा भयो । संयोग के परेछ भने कुक भीसामा टोकियो आएका एकजना चितवनका वासिन्दा पनि अर्को ठाउँमा काम गरेवापत अध्यागमन प्रहरीले पक्राउ गरेपछि नेपाल फर्केका रहेछन् । ज्ञवाली र उनको हङकङमा भेट भएको रैछ । यसरी फर्केकाहरु नेपालको अध्यागमनको निगरानीमा समेत पर्दारहेछन् । ती कर्मचारीले उनीहरुको कागजपत्रका आधारमा विदेशमा गरेको गल्तीको कसुर जाँचेपछि मात्रै त्रिभुवन विमानस्थल पार गर्न पाईने रहेछ । राती ती कर्मचारी विमानस्थलमा नभएका कारण ज्ञवाली र अर्का नेपालीको वास त्रिभुवन विमानस्थलमै वित्यो । शनिवार विहान ११ बजे अध्यागमन कर्मचारी आएपछि मात्रै उनीहरु बाहिर निस्केका थिए । पक्कै हङकङदेखि नेपालसम्मको यात्रा, अनि रातभरको विमानस्थलको वसाइका बेला ती नेपालीबाट जापानका नेपालीको अवस्थाबारे धेरै कुरा बुझ्ने अवसर ज्ञवालीले पाए ।

ज्ञवालीका अनुसार सुरुमा आयोजक संस्था र अध्यक्ष घिमिरेको प्रोफाइलमाथि प्रश्न उठाएको अध्यागमनले अन्त्यमा गएर जापानमा रहेका अन्य नेपाली समुदायका गलत क्रियाकलापमाथि बढि चासो देखाउँदै उनलाई पनि त्यहि दर्जामा राखेको प्रष्ट हुन्छ । तर अध्यक्ष घिमिरेले यसरी संस्थाको नाममा कोहि पनि जापानमा लुकिछिपी बसेको आफ्नो जानकारीमा नआएको बताए । एनडिएफ जापान र आफ्नो नाममा जमानी बसेर कोहि पनि यहाँ लुकिछिपि नबसेको घिमिरेको दावी छ । तर अध्यागमनको आशय शुरुमा विभिन्न कार्यक्रमको बहाना बनाएर कुनै संस्थाको आयोजना र प्रायोजनमा नेपाली जापान छिर्दा रहेछन् । अनि केहि समपछि “माओवादी पीडित” या अरु कुनै बहाना बनाएर शरणार्थी बन्ने लहर नै चलेको रहेछ । यस्ता नक्कली शरणार्थीहरुका कारण नै ज्ञवालीलाई जापान छिर्न अल्लि अप्ठेरो भएकै हो । राजदूतका अनुसार पनि जापानमा शरणार्थी मुद्धा लडिरहेका नेपालीको संख्या करिब १७० रहेको छ ।

तर देवी ज्ञवालीको हकमा चाहि जापानको अध्यागमनले एनडिएफ जापानको प्रोफाइललाई गलत ढंगले बुझेको र अध्यागमन कार्यालयमा भाषा अनुवाद गर्नेले त्यहाँका अधिकारीलाई पनि गलत तरिकाले व्याख्या गरेको अध्यक्ष घिमिरेको तर्क छ । अरु सबै कुरामा सम्झौता गर्न सकिएपनि अन्तमा आयोजकसंग पर्याप्त आर्थिक स्रोत नभएको भन्ने कारण देखाउनु भनेको ज्ञवालीलाई जापान छिर्न नदिने अध्यागमनको एउटा बहानाका रुपमा लिन सकिने उनको भनाई छ । उनीसंग रातो पासपोर्ट पनि थिएन । साधारण राहदानीका भरमा जापान आउँदा ज्ञवालीसंग भने १ सय ३० अमेरिकी डलर र १० हजार जापानी येन मात्रै थियो ।आयोजकले खाने, बस्ने र यातायात खर्च बेहोर्ने अवस्थामा देवी ज्ञवालीले आफ्नो साथमा ल्याएको यो रकमलाई पकेट खर्च को रुपमा केहि दिन जापान बस्न पर्याप्त नै मान्नुपर्दछ । ।किनकि ज्ञवालीलाई नेपालबाट बोलाएर जापानमा रहँदा हुने खर्च गर्नका लागि पनि एनडिएफसंग पर्याप्त आर्थिक स्रोत रहेको अध्यक्ष घिमिरे बताउँछन् । साथै पछिल्लो समयमा गएको जनवरीमा पनि एनडिएफकै निमन्त्रणामा एमाले महासचिव ईश्वर पोखरेल, अनेमसंघ सचिवालय सदस्य मीरा ध्वजु, एमाले सम्पर्क विभाग सचिव डा. भीष्म अधिकारी जापानमा कार्यक्रम गरि नेपाल फर्किएका थिए । यसपछि पनि आफ्नो व्यक्तिगत निमन्त्रणामा परिवारका मान्छेहरु जापान आई नेपाल फर्किएको घिमिरेले बताए । त्यसो त डा. घिमिरे पनि जापानमा “प्रोफेसर स्टाटस” भएका मान्छे हुन् । “ज्ञवालीले पनि परिचय खुल्ने सबै कागजात बोकेको, उहाँसंग पनि केहि पैसा रहेको र स्वमय् दुतावास जमानी बसेर नेपाल फर्काउँछु भन्दा पनि अध्यागमन तयार नभएको, ज्ञवालीसंग दुतावास र आयोजकलाई दोहोरो संवाद गर्न नदिएको कारण अध्यागमन र हामीबीचको बुझाइमा केहि समस्या भएकैले उहाँलाई जापान प्रवेश गर्न नदिएको भन्ने तत्कालको हाम्रो बुझाई छ ।” ज्ञवाली नेपाल फर्कनुको कारण प्रष्ट्याउँदै उनले निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीको केन्द्रीय नेताको रुपमा चिनाउँदा अध्यागमनले चाहि ज्ञवालीलाई “माओवादी” का रुपमा बुझेको घिमिरेको भनाई थियो ।

अध्यागमनले धेरै शंका गर्न थालेपछि अन्तिममा फोनमा भएपनि राजदूत र आयोजकलाई भेट्न ज्ञवालीले निवेदन गरे । तर यसो गर्न पनि दिईएन । “त्यसो भए एक घण्टाका लागि मात्रै भएपनि मलाई बाहिर गएर आयोजकलाई भेट्न दिनुहोस्” भन्ने ज्ञवालीको अनुरोध पनि अध्यागमनले मानेन ।

“तपाई जापान छिर्नको लागि अब अपिल गर्नपर्छ ।” अध्यागमनले भन्यो । “अपिलको सुनुवाइ कहिले हुन्छ त ?” ज्ञवालीले प्रश्न गरे । “सामान्यतया छ महिनाभित्र” अध्यागमनबाट जवाफ आयो । त्यसोभए एनडिएफको कार्यक्रममा सहभागी हुन नपाए अपिलको कुनैपनि अर्थ नहुने भन्दै ज्ञवाली नेपाल फर्कन मञ्जुर भएका रहेछन् । किनभने उनलाई तत्काल एमालेकै मिटिंगमा सहभागी हुनुथियो । जापानको त्यो रात ज्ञवालीले अध्यागमनकै एक्लै एउटा कोठामा विताए । उनलाई खानेकुराको व्यवस्था गरिएको थिएन ।

ज्ञवालीलाई फर्काइएको घटनाबाट एनडिएफ जापान जिम्मेवार हुनैपर्छ, यसमा दुईमत छैन । तर राजनीतिक आस्थाका आधारमा यो घटनालाई “खुच्चिङ” भन्नुको चाहि कुनै अर्थ छैन । किनभने यसअघि माओवादी नेता सीपी गजुरेललाइ पनि यसैगरि नागोया विमानस्थलमा रोकिएको थियो, पछि राजदूत नै जमानी बसेर उनलाई छाडेका थिए । देवी ज्ञवालीका लागि पनि राजदूत जमानी बस्न खोजेका हुन् ।

यो समस्या आउनु भनेको नेपालको राजनीतिक नेतृत्वलाई जापान सरकारले हेर्ने दृष्टिकोणमा कमी आएकै हो । नेपालीे राजनीतिमा इमान्दारिता भएको भए नेपालका नेतालाई जापानको यो बेइमानी हुने थिएन । देवी ज्ञवालीले पनि यो कुरो बुझ्नु जरुरी छ । संगसंगै जापानमा रहेका नेपाली समुदायले जापान सरकारको विश्वास नजितेकै हुन् । किनभने नेपालीको समग्र प्रोफाइल पनि सन्तोषजनक छ जस्तो लाग्दैन । जापान बस्नकै लागि नक्कली शरणार्थीको कागज पेश गरेर अध्यागमनलाई छक्याउने खेल त नेपालीबाट भएकै छ, त्यहिमाथि नेपाली तथा इण्डियन रेष्टुरेण्टमा काम गर्ने कामदारहरुले श्रम अनुसारको ज्याला पाएका छैनन् । यस प्रकारका थुप्रै उजुरीहरु एनआरएनदेखि मजदुरका संगठनसम्म आएपनि जापानका “गन्यमान्य” समेत मुछिने डरले सबै मौन छन् । अनि “दले” को फन्दामा परि जापान आउन चर्को पैसा तिर्नेहरुको जमात पनि यहाँ कम छैन । अब यहाँका नेपाली समुदायबाट भएका गल्तीलाई दूतावासको पहलमा बेलैमा समाधान गर्न जरुरी छ । खराब नियतले जापान छिर्नेका लागि “मानव तस्करीहरु” ले अनेक चोरबाटाहरु त रचिहाल्छन् । तर यहि अवस्था रहेमा देवी ज्ञवाली झैं असल नियतले जापान आउन खोज्नेहरुका लागि भने “धान खाने मुसो, चोट पाउने भ्यागुतो” भईरहन्छ ।

नेपालको शान्ति प्रकृयामा जापानमै रहेर विद्यावारिधी गरिरहेका सूर्य पाठक यो घटनाले गरीब र कमजोर देशको नागरिकलाई स्वतन्त्रता र मानव अधिकारको प्रयोग गर्ने अधिकारबाट सभ्य देशले वञ्चित गरिरहेको बताउँछन् । “कमजोर र गरीब देशको नागरिक हुनुको पीडा कस्तो हुन्छ, शायद परदेशमा बसेका नेपालीलाई अनुभूति छ । किनभने ठूला देशको व्यवहारमा नेपाली त नागरिक नै होइनन् जस्तो भईसक्यो ।” एमालेका नेता समेत रहेका पाठकको तर्क छ ।

एनडिएफ जापानभित्र देवी ज्ञवालीको विषयलाई लिएर पदाधिकारीहरुबीच सल्किएको “भुसको आगो” निभाउने पहल कसैबाट भएको छैन । समय बढ्दै जाँदा यसको नैतिक जिम्मेवारी पनि कसैले लिएका छैनन् । अध्यागमनले त देवी ज्ञवालीलाई प्रष्ट कारण सहित फर्काइदिएको छ । कसैलाई एअरपोर्टपाटै फर्काउनु वा भीसा नै नदिनु भनेको सम्बन्धित संस्था र स्पोन्सर गर्ने व्यक्तिको प्रोफाइल गलत हुनु, चित्तबुझ्दो जवाफ अधिकारीलाई दिन नसक्नु र आवश्यक कागजात र पैसाको कमी हुनु नै साझा कारण हो । यसको आधार के त ? आत्मसमीक्षा हुनु जरुरी छ । अध्यागमन अधिकारीको भनाई उद्दृत गर्दै देवी ज्ञवालीले भने “एनडिएफ जापानका अध्यक्षले यस अघि नै अरु कसैलाई बोलाएर जापानमा लुकाइ छिपाइ राखेका रहेछन् । यहि भएर मलाई समेत जापान छिर्न समस्या परयो ।” साथै घिमिरे र ज्ञवाली स्वयम्ले अध्यागमन अधिकारीलाई चित्तबुझ्दो जवाफ दिन नसकेकै हो । यतिसम्म कि जापानमा कहाँ बस्ने, के गर्ने, भन्ने सम्बन्धमा डा घिमिरे ले  “सेड्युल” पेपर बनाएर नपठाउँदा पक्कै दुई जनाबीचको कुरा बाझिएको अनुमान गर्न सकिन्छ । अध्यागमन अधिकारीले देवी ज्ञवालीसंग प्रश्न गरिरहँदा न उनीसंग धेरै पैसा थियो, न त सेड्युल पेपर र होटल बुकिङ अनि क्रेडिट कार्ड नै । पटक पटक विदेश गएको र आर्थिक स्तर राम्रो भएको नेताले यी सबै कुरा आफै जुटाउन सक्थ्यो होला, तर देवी ज्ञवाली जस्ता नेताबाट यो सम्भव पनि थिएन ।

हरिप्रसाद पोखरेलhttp://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com2