• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, February 17, 2011

    पत्रकार महासंघ चितवनमा प्रेस चौतारीको वर्चस्व ,अध्यक्षमा जनक अर्याल


    भरतपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको बुधबार र बिहीबार दुई दिनसम्म चलेको अधिवेशनले प्रेस चौतारीका उम्मेदवार जनक अर्यालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
    उपाध्यक्ष र सचिवलगायतका महत्वपूर्ण पदहरुमा पनि प्रेस चौतारीकै उम्मेदवारहरु विजयी भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।
    समितिको उपाध्यक्षमा रमेशकुमार पौडेल, सचिवमा राधेश्याम खतिवडा अत्यधिक मत ल्याई विजयी हुनुभएको छ । अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका अध्यक्ष पदका उम्मेदवार दिनेशकुमार थपलियाले ५३ मतमात्र प्राप्त गर्नुभएको छ । विजयी हुनुभएका अर्यालले ६४ मत प्राप्त गर्नुभएको थियो ।
    अध्यक्ष पदकै अर्का प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका सुरेशचन्द्र अधिकारीले ३८ र स्वतन्त्र उम्मेदवार सूर्यप्रकाश कँडेलले ८ मत प्राप्त गर्नुभयो ।
    त्यस्तै उपाध्यक्ष पदमा ६९ मत ल्याई रमेशकुमार पौडेल विजयी हुनुभएको छ । उपाध्यक्ष पदकै दुई अन्य उम्मेदवारहरु प्रेस युनियनका बसन्त पराजुलीले ४२ र क्रान्तिकारी पत्रकारसंघकी शान्ता अधिकारीले ५० मत ल्याउनुभएको छ ।
    सचिव पदमा क्रान्तिकारी र युनियनका उम्मेदवार प्रकाश ज्ञवाली र नारायण अधिकारीले क्रमशः ४२ र ५५ मत प्राप्त गर्नुभयो । सचिवका विजयी उम्मेदवार प्रेस चौतारीका राधेश्याम खतिवडाले ६० मत प्राप्त गर्नुभयो ।
    त्यस्तै कोषाध्यक्ष पदमा पनि प्रेस चौतारीका उम्मेदवार कृष्णचन्द्र भट्टराईले ९६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका विष्णु दवाडीले जम्मा ४५ मत प्राप्त गर्नुभयो ।सहसचिव पदमा ८३ मत ल्याई प्रेस चौतारीकै उम्मेदवार प्रतिमा सिलवाल विजयी हुनुभएको छ । सोही पदका लागि उम्मेदवारी दिएका प्रेस युनियनका अर्जुन अधिकारीले ३५ र क्रान्तिकारी पत्रकार संघका रविलाल भट्टले ४० मत प्राप्त गर्नुभयो ।
    खुल्ला ६ जना सदस्यहरुतर्फ होमनाथ सापकोटा ८० विनोदबाबु रिजाल ७८ ईश्वरी अधिकारी ७१ अमृता गुरुङ ७० मोहन बस्याल ६७ र विश्वास पौडेलले ६१ मत ल्याई विजयी हुनुभएको छ ।
    खुल्लातर्फकै अन्य पराजित उम्मेदवारहरु बबिलाल तामाङले ५९ आशिष अधिकारी ४५ सन्तोष देवकोटा ५४ गोविन्द घिमिरे ५१ कपिलप्रसाद खनाल ४४ अनिल ढकाल ५७ रमेश वस्ताकोटी ४७ र सुर्दशन शर्माले २२ मत ल्याउनुभएको छ ।
    त्यस्तै महिला कोटामा प्रेस चौतारीका सविता श्रेष्ठ ६४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनकी सरिता पौडेलले ६४ मत ल्याउनुभएको छ ।
    मधेशी कोटामा पे्रस युनियनका उम्मेदवार प्रविण दत्तले ७७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस चौतारीका कोमलचन्द्र भगतले ७० मत ल्याउनुभएको छ ।
    त्यस्तै दलित कोटामा पनि प्रेस चौतारीका उम्मेदवार मदन विक ७८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अजय गोर्खालीले ६६ मत ल्याउनुभएको छ ।
    आदिवासी जनजातितर्फ प्रेस चौतारीकै उम्मेदवार सन्तकुमार चौधरी निर्विरोध हुनुभएको छ ।
    त्यसैगरी २५ पदका लागि ४७ जनाको उम्मेदवारी परेको केन्द्रीय सभासदको निर्वाचनमा अमर प्रधानले सर्वाधिक १२५ मत ल्याई निर्वाचित हुनुभएको छ । विष्णु छिमेकी र सुरज पौडेलले क्रमशः १०७ मत र कृष्ण गिरीले १०४ मत ल्याई सभासद पदमा विजयी हुनुभएको छ ।
    अन्य विजयी सभासदहरुमा क्रमशः शिवजी गायक ८८ शिशिर िसंखडा ९२ कमल पराजुली ८५ रामबाबु सुवेदी ७९ ईश्वर जोशी ७९ शालिग्राम नेपाल ८२ दीपक आचार्य ६९ रोहिणी त्रिपाठी ८३ नारायण ढंुगाना ७३ नारायण सापकोटा ७७ र नवराज ढकाल ७० विजयी हुनुभएको छ ।त्यस्तै गणशेखर शर्मा ८७ द्वारिका नेपाल ७९ तीर्थ नेपाल ७५ चिन्तामणि पौडेल ६८ गोपाल परियार ६७ विष्णु पौडेल ८६ वीरबहादुर िसंजाली ६६ अर्जुन शर्मा ६९ सूर्य पाठक ६९ र सिर्जना अर्याल ८३ सभासद पदमा विजयी हुनुभएको छ ।
    पत्रकार सुवेदी र अधिकारी सम्मानित
    भरतपुर । चितवन पोष्ट राष्ट्रिय दैनिकका सहायक सम्पादक रामबाबु सुवेदी सम्मानित हुनुभएको छ ।  तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार-२०६७ बाट सुवेदी सम्मानित हुनुभएको हो । कदरपत्रसहित सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सुवेदी विगत ४ वर्षदेखि चितवन पोष्टको सहसम्पादक पदमा रहेर कार्य गर्दै आउनुभएको छ । सुवेदीसँगै हाम्रो एफएमका स्टेशन म्यानेजर नारायण अधिकारी पनि सम्मानित हुनुभएको छ । 
    तिलचन साँखीका छोरा बुद्धिसागर साँखीलाई महासंघले नगद पाँचहजार र लत्ताकपडा प्रदान गरेको थियो ।  यसैगरी मरणोपरान्त सम्मानबाट स्व। पत्रकार रामेश्वर मरहठ्ठालाई सम्मानित गरिएको 
    छ । सो सम्मान रामेश्वरकी श्रीमती सीता मरहठ्ठाले ग्रहण गर्नुभयो । त्यसैगरी स्व। पत्रकार मदनमोहन जोशीको सम्मान जोशीकी श्रीमती पूर्णिमाले ग्रहण गर्नुभएको थियो ।
    समाचार साभार ः चितवन पोष्ट
    फोटो साभार ः पारदर्शी

    2 comments:

    1. dharai khusi lagao samachar padna pauda.any way congratulation to all winners.

      ReplyDelete
    2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete