• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, May 28, 2010

    डा.भक्तमान माओवादी कव्जामा :

    रामहरिपछि अब भक्तमानको पालो !
    दीपक दाहाल/सुन्दर खनाल,काठमाडौं जेठ १४ - दस दिनदेखि बेपत्ता भरतपुरको बिपी मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ माओवादी कब्जामा रहेको खुलासा भएको छ। नाम उल्लेख गर्न नचाहने उच्च अनुसन्धान स्रोतका अनुसार उनी जीवित छन्। 
    अस्पतालको विषयमा माओवादी महासचिव रामबहादुर थापासँग मतभेद र पार्टीसम्बद्ध आर्थिक कारणले उनको अपहरण भएको स्रोत बताउँछ।
    थापा आफू निकट अस्पतालकी एक कर्मचारीको विषयमा पनि श्रेष्ठसँग चिढिएका थिए। उनले ती कर्मचारीसँग स्पष्टीकरण मागी तलब रोक्का गरेका थिए। कार्यकाल सकिन लागे पनि अस्पताल सञ्चालक समितिमा उनको बहुमत थियो। त्यस आधारमा कार्यकाल थपिने पक्काजस्तै थियो। उनको अवधि सकिन अढाइ महिना बाँकी छ।
    श्रेष्ठ माओवादी पालामा कार्यकारी निर्देशक बनाइएका हुन्। माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्यसमेत छन्। स्रोतअनुसार उनीसँग केही माओवादी नेताले ठूलै रकम मोलमोलाइ गरिरहेका थिए। 'पैसा र पदकै लागि यो अपहरण भएको देखिन्छ,' उच्च अनुसन्धान स्रोतले भन्यो, 'कति पैसा के भनी मागिएको प्रष्ट छैन।'
    श्रेष्ठले आफैं संलग्न पार्टीसँगको 'डिल' भएकाले परिवारलाई केही नभनेको अनुसन्धानकर्मीको अनुमान छ। घटना छानबीनका लागि डा. केदारनरसिंह केसीको संयोजकत्वमा गठित नागरिकस्तरको समितिले पनि माओवादी संलग्न रहेको आशंका गरेको थियो। निर्देशक नियुक्त गराउँदादेखि पछिल्लो आमहडतालमा डाक्टरबाट संकलित रकमसमेत यो अपहरण काण्डसँग जोडिएको स्रोतले बतायो। उनले सञ्चय कोष तथा अन्य स्रोतबाट मागिएको रकम जोहो गरेको अनुमान छ।
    श्रेष्ठकी श्रीमती शिलुले उनको सकुशल रिहाइको शर्तमा जेसुकै दिन र त्याग्न तयार भएको सञ्चार माध्यमसँग बताएकी थिइन्। पदीय विवादका कारण अपहरण भएका उनको भनाइ थियो।
    बेपत्ता हुनु चार दिनअघि काठमाडौं आएका श्रेष्ठले अस्पतालमा दुई सय शैया थप्न स्वीकृति पाएका थिए। यसले उनी खुसी देखिएको लेखा अधिकृत पिताम्बर उपाध्याय र सवारी चालक कृष्णबहादुर थापाको बयानमा छ।
    'जनयुद्ध'मा माओवादीलाई सहयोग गरेका श्रेष्ठको अध्यक्ष पुष्पकमल दाहालसँग सिधै सम्पर्क भएकाले उनले स्थानीय नेतृत्वलाई नटेरी काम गरेको निकटले बताए। महासचिव थापालगायत जिल्ला तहका नेता चिढिनुको कारण यो पनि हो। अस्पतालका लागि करिब २२ करोड रुपैयाँ पर्ने उपकरण किन्न स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले बढाएको प्रस्ताव उनले अस्वीकृत गरेपछि अन्य दलका जिल्लास्तरीय नेता रिसाएको अनुसन्धानबाट खुलेको छ। तर, उनीहरू नागरिक छानबीन समितिको प्रतिवेदनविरूद्ध एकगठ छन्। अनुसन्धान टोलीले शुक्रबार उनीहरूसँग अन्तर्क्रिया गर्दैछ।
    डा. श्रेष्ठ बेपत्ता हुनुअघि चितवन अस्पतालमा कसको शल्यक्रियाका लागि बोलाइएको हो, शल्यक्रिया भए/नभएको भन्दै अस्पतालबाटै अपहरण भएको समितिको आशंका थियो। घटनाबारे अन्योल उत्पन्न गराउनमात्रै गाडी र ब्रिफकेस छुट्टाछुट्टै छाडिएको अनुसन्धान अधिकारीको ठहर छ।
    राति अबेरसम्म घर नफर्किएका उनको मोबाइल एक्कासि 'स्विच अफ' भएपछि समयमा प्रहरीलाई खबर भएन। त्यस क्रममा अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटाले माओवादी जिल्ला इन्चार्जलाई फोन गरे। इन्चार्जले 'तपाईंले केही गर्नुपर्दैन, पुलिसलाई मै खबर गर्छु' भने। राति साढे २ बजेमात्रै पुलिसलाई खबर गरिएको थियो।
    परिवारले माओवादी उच्च नेतृत्वसँग भेटी रिहाइको पहल गरिरहेको छ। माओवादी निकट स्रोतअनुसार बुधबार माओवादी नेतृ हिसिला यमीले सचिव थापा र वाइसिएल अध्यक्ष गणेशमान पुनसँग परिवार सदस्यलाई भेटाएकी थिइन्। 'मैले गराउनसक्ने यत्ति हो,' भेटपछि यमीले परिवारका सदस्यलाई भनेको उद्धृत गर्दै माओवादी स्रोतले भन्यो।
    यसैबीच माओवादी स्थायी समिति बैठकले सदस्य अमिक शेरचनको संयोजकत्वमा छुट्टै छानबिन समिति गठन गरेको छ। समितिमा सभासद् चित्रबहादुर श्रेष्ठ र धर्म आचार्य छन्। 'घटनामा माओवादी संलग्नताको कल्पनै गर्न सकिन्न,' संयोजक शेरचनले बिहीबार नागरिकसँग भने, 'छानबिनमा जो दोषी देखिए पनि नलुकाई निर्णय सार्वजनिक गरिनेछ।'
    उनले घटनाको १० दिन बितिसक्दा पनि सरकारले कुनै धारणा र प्रारम्भिक अवस्था देखाउन नसकेको भन्दै माओवादी आफैं अग्रसर भएको दाबी गरे। 'उहाँलाई सकुशल फेला पार्नु हाम्रो उद्देश्य हो, त्यसका लागि विभिन्न उपाय अपउनाउँछौ,' उनले भने।
    श्रेष्ठ विद्यार्थी कालदेखि आफ्नो साथी र कुशल चिकित्सक भएकाले अवस्था पत्ता लगाउन अग्रसर भएको शेरचनले बताए। चितवन दारेचौरमा ब्रिफकेस र पोखरामा गाडी भेटिनुले घटना तोडमोड भएको स्पष्ट हुने उनले दाबी गरे।
    (http://www.nagariknews.com/society/crime/13913-2010-05-28-03-02-07.html)
    माओवादीद्वारा समाचारको भर्त्सना 
    शुक्रवारको नागरिकमा प्रकाशित 'बेपत्ता डाक्टर माओवादी कब्जामा' भन्ने समाचार झुटो भएको माओवादीले बताएको छ। शुक्रवार बिहान बसेको माओवादी स्थायी समिति बैठकले समाचारलाई 'प्रायोजित' र 'षड्यन्त्रपूर्ण' भएको ठहर गरेको हो।
    समाचारको खण्डन गर्दै माओवादीले 'घटनाका दोषीसम्म पुग्ने अनुसन्धान निकाय र विभिन्न निकायको अनुसन्धान पहललाई अन्यत्र मोड्ने कसरतको रुपमा समाचार आएको ठहर गरेको छ।
    यसअघि माओवादीले अमिक शेरचनको संयोजकत्वमा डा. भक्तमान श्रेष्ठ बेपत्ता बारे छानबिन समिति गठन गरेको थियो। समितिमा सभासद् चित्रबहादुर श्रेष्ठ र धर्म आचार्य छन्।
    उनले घटनाको १० दिन बितिसक्दा पनि सरकारले कुनै धारणा र प्रारम्भिक अवस्था देखाउन नसकेको भन्दै माओवादी आफैं अग्रसर भएको दाबी गरेका थिए।
    श्रेष्ठ विद्यार्थी कालदेखि आफ्नो साथी र कुशल चिकित्सक भएकाले अवस्था पत्ता लगाउन अग्रसर भएको माओवादी नेता शेरचनले नागरिकलाई बताएका थिए।
    भरतपुरको बिपी मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ ११ दिनदेखि बेपत्ता छन्।
    http://www.nagariknews.com/politics/party-politics/13939-2010-05-28-08-35-37.html 
    माओवादीले 'नागरिक' जलाए
    शुक्रवार प्रकाशित समाचारलाई लिएर एनेकपा माओवादीले राजधानी सहित मुलुकका विभिन्न ठाउँमा नागरिक तथा रिपब्लिका दैनिक जलाएका छन्। काठमाडौं न्युरोड,भक्तपुरको कैशलटार तथा ललिपुरको लगनखेलमा नगारिक तथा रिपब्लिका दैनिक जलाए। माओवादी कार्यकर्ताले मुलुकका अन्य ठाउँमा पनि पत्रिका वितरणमा अवरोध पुर्‍याएका छन्।
    बाग्लुङमा नागरिक दैनिक र रिपब्लिका दैनिक शुक्रवार जलाइएको छ। माओवादी जिल्ला सक्रेटरी टेकबहादुर केसी नेतृत्वको समूहले पत्रिका बिक्रेता ज्ञानकुञ्ज स्टेसनरीबाट जबरजस्ती पत्रिका कब्जामा लिएर जलाएका छन्।
    पत्रिका जलाउँदै माओवादी सक्रेटरी नागरिकले माओवादीविरुद्धमा समाचार लेखेकाले जलाउनु परेको बताए। 'माओवादीलाई फसाउन डाक्टरको अपहरण माओवादीले गरेको भनिएको हो। त्यो घटनामा माओवादीको संलग्नता छैन।'
    चितवनस्थित नागरिकन्युजकर्मीका अनुसार माओवादीले चितवनमा पनि नागरिक र रिपब्लिका शुक्रवार अंक जलाएका छन्। यसैगरी पाल्पा र स्याङ्जामा समेत माओवादी कार्यकर्ताले पत्रिका वितरणमा अवरोध पुर्‍याएका छन्।
    http://www.nagariknews.com/society/nation/13941-2010-05-28-09-21-34.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete