• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, May 20, 2010

    हिजोको बिहार आजको नेपाल

    रामचन्द्र भट्ट 
    मार्च २९, २०१० को इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार, कुनै समय पटना सहरका उद्योग, व्यापार साँझ ५ नबज्दै बन्द हुन्थे। पटनामा दुई दर्जन जति अपराधी गिरोह क्रियाशील थियो। व्यवसायीले सुरक्षाका लागि त्यस्ता गिरोहलाई महिनावारी बुझाउनुपर्थ्यो। एउटा गिरोहलाईमात्र दिए अर्कोबाट अपहरण, हत्या हुने डर हुने भएकाले सबैलाई पैसा बुझाउनुपर्थ्यो।
    'अब बिहारलाई आपराधिक स्थलको उदाहरणका दिन पाइँदैन,' केही दिनअघि काठमाडौंमा भारतीय राजदूत राकेश सुदले भनेका थिए। नेपालका उद्योगी, व्यापारीले यहाँको सुरक्षा व्यवस्था बिहारजस्तै गएगुज्रेको भनेर सरकारसँग सुरक्षा मागेकै बेला भारतीय राजदूतले बिहारको सुरक्षा व्यवस्थामा सुधार भएको दाबी गरेका हुन्। सुदले भनेका थिए, 'अहिले भारतमा उद्योग, व्यबसायको निम्ति सबैभन्दा आकर्षक स्थल बिहार बनिरहेको तथ्य बिर्सन मिल्दैन।' अर्थात्, नेपालको सुरक्षा अवस्था बिहारको भन्दा धेरै बिग्रेको छ। अहिले बिहारको आर्थिक बृद्धिदर मात्र ११ प्रतिशत छ। सारा उद्योगपतिलाई आकर्षित गर्न बिभिन्न प्याकेज ल्याइरहेको छ।
    पहिले बिहारले भोगेको समस्या अहिले नेपालमा सरेको छ। साँझ नपर्दै तराईका सहर सुनसान हुन्छन्। उद्योग गरेर रोजगारी सिजएना गर्छु र आफू पनि कमाउँछु भन्नेहरूले कसरी बाँच्ने भन्नेमा ध्यान केन्द्रीत गर्नु परेको छ। उद्योग खोल्नु त विनाश निम्त्याउनुजस्तो भएको छ। मजदुरका नाममा हुने अराजक क्रियाकलाप र आपराधिक समूहले गर्ने मोटो रकमको चन्दा माग, अनि त्यो पूरा नगरे अपहरण, हत्या, कुटपिटजस्ता घटना सहनु उद्यमीहरूको नियति बनेको छ।
    'मेरो भाइको ससुराली बिहारमा छ। ऊ अहिले यहाँको उद्योग बन्द गर्ने तयारीमा छ। गएको वर्षदेखि उसले उतै लगानी बढाइरहेको छ,' एकजना उद्योगपतिले केही दिनअघि वास्तविकता बयान गरेका थिए। उनी पनि विस्तारै उतै लगानी गर्ने विचारमा छन्। बिहारले उद्योगपतिलाई दिएको सम्मान, लगानीको वातावरणले अहिले नेपालका धेरै उद्यमी तानिएका छन्।
    नीतीशकुमार मुख्यमन्त्री भएपछि बिहारमा लगानी गर्न आउनेलाई निकै सम्मान दिने गरिएको छ। उद्योगपतिले मागेको अवस्थामा राज्यले वैयक्तिक सुरक्षाकर्मी दिइरहेको छ। बिजुलीको सुबिधा, जग्गा र कर छुट दिएर अहिले बिहार लगानी भित्र्याउनमा केन्द्रित छ। एक पटक भित्रिसकेको लगानी कठिन परिस्थिति नआएसम्म फिर्ता जाँदैन भन्ने तथ्यलाई त्यहाँका मुख्यमन्त्रीले बुझेको देखियो।
    बिहारमा उद्योग खोल्न आउनेले जग्गाको चिन्ता लिनुपर्दैन। हामीकहाँ आज रोपनीको २० हजारमा किनबेच भैरहेको जग्गामा कसैले उद्योग खोल्ने तयारी गर्‍यो भने रातारात रोपनीको १० लाख पुग्छ। बिजुली उद्योगी आफैंले पुर्‍याउनुपर्छ। सडक आफैंले बनाउनुपर्छ। शान्ति सुरक्षाको प्रबन्ध राज्यको प्राथमिकताभित्र पर्दैन। एउटा नीति बन्न वर्षौ लाग्छ। उद्योग व्यापारमैत्री वातावरणभन्दा पनि कसरी सत्तामा जाने र शासन गर्ने भन्नेमा दलहरूको बढ्ता ध्यान छ। ऊर्जा संकट, मजदुर र उद्योगपतिका बीचमा बिग्रदो सम्बन्ध, पटकपटकको बन्द हड्तालले गर्दा यहाँ उद्योग चलाउने वातावरण छैन भन्ने प्रमाणित भएको छ।
    नेपालमा उद्यमी व्यवसायीले भोग्नु परेको सबैभन्दा ठूलो चुनौती कानुनी शासनको अभाव हो। एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन र डिएफआइडीको प्रतिवेदनअनुसार माओवादी आन्दोलन सुरु हुनुभन्दा अघि कानुनी शासनमा नेपालको सूचकांक ५१ दशमलव ४ थियो। त्यतिखेर दक्षिण एसियाली मुलुकको औसत सूचकांक ३३ दशमलव ९ मात्र थियो। सन् २००७ मा आइपुग्दा भने नेपालको सूचकांक ३१ मा झरेको छ।
    कानुनी शासन कमजोर हुँदा असुरक्षा बढेको हो। असुरक्षाका बीचमा कुनै पनि लगानीकर्ता आउँदैन। जवरजस्ती चन्दा, अपहरण, कुटपिट, हत्या लगायतका घटना अहिले भारतसँग सिमाना जोडिएका जिल्लाका सबैभन्दा ठूला समस्या हुन्। जसले यहाँका उद्योगलाई बिहारतिर धकेल्दैछ।
    पछिल्लो समयमा नेपालीले भुटानमा समेत लगानी गर्न थालेका छन्। यस तथ्यलाई अरूले होइन उद्योगमन्त्री महेन्द्र राय यादवलेनै सार्वजनिक गरेका हुन्। दुई साताअघि लघु उद्यमीको एउटा कार्यक्रममा उनले नेपालीले भुटानमा समेत लगानी गर्न लागेको वताएका हुन्। नेपालीलाई सिधै भुटानमा लगानी गर्न कठिनाई भएपनि भारतीयसँग सहकार्य गरेर र भारतमा रहेका नातेदारको नाममा त्यहाँ लगानी भैरहेको छ। भुटान लगानीको लागि उपयुक्त थलो बन्नुको कारण त्यहाँ लोडसेडिङ र बन्द, हड्ताल नहुनु हो। 
    http://nagariknews.com/opinions/98-opinion/13349-2010-05-14-04-30-41.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete