• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, March 12, 2010

    ज्ञानेन्द्र-खुमबहादुर भेट गराए कालीबाबाले

    केशव थोकर 
    http://nagariknews.com/nagarik-blog/85-blog/11132-2010-03-08-11-51-04.html
    रुद्रचण्डी महायज्ञमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्दै पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का। सबै तस्विरहरु : केशव थोकर

    पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथको वनकाली पुगेको थिएँ। म पुग्दा राष्ट्रिय झन्डा र हातमा फूलमाला बोकेको समूह पूर्वराजाको स्वागतका लागि तयार देखिन्थ्यो। सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। पर्खाइको ४५ मिनेटपछि हरियो रंगको प्राडो हुइँकिदै आयो। गाडीमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल थिए।

    गाडीबाट ओर्लंदा समर्थकलाई अभिभादनशैलीमा नमस्ते गर्दै पूर्वराजा ज्ञानेन्द्र।
    नमस्ते गर्दै गाडीबाट ओर्लिएका ज्ञानेन्द्रलाई पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काले स्वागत गरे। ज्ञानेन्द्र आउने थाहा पाएका खड्का मभन्दा पहिलैदेखि यज्ञस्थलमा कुरिरहेका थिए। यज्ञस्थलमा आउनासाथ ज्ञानेन्द्र कालीबाबाको नजिकै गए। बाबाको दाहिनेपट्टि उनका लागि बस्न चकटी तयार थियो। उनी त्यहीँ बसे। बाबाले ज्ञानेन्द्र र कोमललाई माला लगाइदिँदा विस्तारै कुराकानी समेत भयो। कुराकानीको बीचमा काली बाबाले दुई पटक खुमबहादुर खड्कालाई नजिकै बोलाएर ज्ञानेन्द्रसँग कुराकानी गराए। कुराकानी भएको स्थान म रहेभन्दा १५ फिट जति टाढा थियो।

    विस्तारै भएको त्यो कुराकानी के थियो मैले सुन्न सकिनँ। झन्डै १५ मिनेट समय बिताएपछि उनी फेरि उनले यज्ञको परिक्रमा गरे। परिक्रमा गरे लगत्तै उनी हरियो रंगको प्राडोमा सवार भएर बाहिरिए।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete