• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, March 3, 2010

    हिंसाले डग्दैन कलम


    जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुणकुमार सिंघानियाको हत्याप्रति हामी सम्पादकहरु गहिरो आक्रोश र रोष प्रकट गर्दै त्यसको घोर निन्दा गर्दछौँ। यो हत्याले एकातिर समाजमा कायरता र आपराधिकताको विभत्स रुप देखाउँछ भने अर्कोतिर सरकारको पूर्ण अनुपस्थितिको।
    यो घटना स्पेसटाइम नेटवर्कका प्रबन्ध निर्देशक जमीम शाहको हत्याको एक महिना बित्‍न नपाउँदै त्यतिकै विभत्स रुपमा घटेको छ। सिंघानियाको हत्या लगत्तै जनकपुर टुडेका सम्पादक बृजकुमार यादव र जमिम हत्या प्रकरणमा गिरफ्तार भएका एक मात्र प्रहरी अधिकृतको बयान छापेको निहुँमा नयाँ पत्रिकाका सञ्चारकर्मी मनोज घर्तिमगरलाई पनि अपराधीहरुले हत्याको धम्की दिएका छन्।
    यसअघि यस्तै धम्की कान्तिपुर पब्लिकेशन र द हिमालयन टाइम्सका सञ्चारकर्मीहरुलाई पनि दिइएको छ। बढ्दो असुरक्षामा संचार जगत आफ्नो धर्मबाट डग्ने छ भन्ने अपराधीहरुको कुत्सित मनसायलाई सरकारको संवेदनहीन निस्कृयता र जवाफदेहिताको पूर्ण अभावले सघाएको छ भने राजनीतिका नाममा मौलाउँदै गएको आपराधिकताले स्वतन्त्र प्रेस र नागरिक सुरक्षा लगायत लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई समेत तारो बनाएको छ।
    अपराधीलाई गिरफ्तार गरी कानूनको दायरामा ल्याउनु सरकारले अविलम्ब प्रयत्न गर्नुपर्छ भन्ने हामी जोडदार माग गर्दछौँ। साथै जुनसुकै अवस्थामा पनि जनताको अधिकारको विरासत र धरोहरका रुपमा स्थापित प्रेस स्वतन्त्रतालाई धम्कीका आडमा समर्पण नगर्ने हामी प्रण गर्दछौ।
    अखिलेश उपाध्याय, द काठमाण्डौ पोष्ट
    अजयभद्र खनाल, द हिमालयन टाइम्स
    अमित ढकाल, रिपब्लिका
    किरण नेपाल, हिमाल खबर पत्रिका
    कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका
    जीवेन्द्र सिंखडा, अन्नपूर्ण पोष्ट
    नारायण वाग्ले, नागरिक
    पुष्करलाल श्रेष्ठ, नेपाल समाचारपत्र
    प्रतीक प्रधान, कारोबार
    प्रशान्त अर्याल, नेपाल
    सुधीर शर्मा, कान्तिपुर
    युवराज घिमिरे, राजधानी
    रवि थापा, नेपाली टाइम्स

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete