• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, March 10, 2010

    टोयोटालाई निकै घाटा : बिक्रीमा सुधार ल्याउन प्रयास

    image
    जापान/ टोयोटा मोटर कर्पोरेसनका अध्यक्षले उत्तरअमेरिकामा टोयोटाका उत्पादनको बिक्रीमा मार्च महिनादेखि सुधार आउने बताएका छन् । गत महिना त्रुटिपूर्ण गाडीहरू फेला परेपछि विश्वभर टोयोटाका गाडीको बिक्रीमा गिरावट आएको छ ।
    जापानी प्रधानमन्त्री युकियो हातोयामासँगको भेटपछि टोयोटाका अध्यक्ष अकियो टोयोडाले अमेरिकामा बजार सुधार गर्न र बिक्री बढाउन होसियारीपूर्वक कदम चालिरहेको बताए । टोयोटाको सबैभन्दा ठूलो बजार मानिएको अमेरिकामा फेब्रुअरी महिनाको बिक्रीमा झन्डै १० प्रतिशतले कमी आएको छ ।
    टोयोटाका त्रुटिपूर्ण गाडी बजारबाट फिर्ता लिनु र र केही मोडललाई बजारमा नै नउतार्नुले टोयोटालाई निकै घाटा लाग्यो । तर, यसको फाइदा फोर्ड र जनरल मोटर्सले लिन सफल भए । फेब्रुअरीमा फोर्ड र जनरल मोटर्सका गाडीको बिक्रीमा उल्लेख्य सुधार आएको थियो । टोयोटाले विश्वभरबाट त्रुटिपूर्ण ८५ लाख कार फिर्ता लिएपछि साख गुमाएको छ ।
    आफ्नो बिक्री बढाउनका लागि टोयोटाले हरसम्भव प्रयास गरिरहेको छ । अमेरिकी उपभोक्ताको मन जित्न टोयोटाले अहिले विभिन्न डिस्काउन्ट अफर ल्याएको छ ।
    आफ्नो टप सेलिङ मोडल क्यामरीमा समेत टोयोटाले शून्य प्रतिशतमा ५ वर्षे फाइनान्स सुविधा दिने बताएको छ । गुमेको साख फिर्ता लिन र उपभोक्ताको विश्वास जित्न टोयोटाका अध्यक्षले विभिन्न देशको भ्रमण गरेका थिए ।
    यस क्रममा अध्यक्ष टोयोडाले ठूला बजार अमेरिका, जापान र चीनका उपभोक्तासँग सार्वजनिक रूपमै माफी मागेका थिए ।
    टोयोटाले अमेरिकामा प्लान्ट बनाउने
    टोयोटा मोटर कम्पनी यतिखेर निकै संकटमा छ । लगातार नाफामा गिरावट आउनु र गुणस्तरमा प्रश्नचिह्न लागेका ८५ लाख गाडी विश्वभरबाट फिर्ता आउनुले टोयोटाको संकटग्रस्त समयमा अझ समस्या थपिदिएको छ ।
    संकटबाट पार पाउन र अमेरिकी बजारबाट गुमेको विश्वास फिर्ता लिन टोयोटाले अमेरिकामा नयाँ प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले आगामी सन् २०११ को जुन महिनामा मिसिसिपी राज्यमा नयाँ प्लान्ट स्थापनाको तयारी गरेको छ ।
    कम्पनीको अमेरिकामा १० वटा कारखाना सञ्चालनमा छन्, जसबाट ३३ हजार ४ सयजनाले रोजगारी पाएका छन् । डिलरलगायतका विभिन्न पक्षका लागि कम्पनीले अप्रत्यक्ष रूपमा १ लाख ६० हजार ७ सय रोजगार सिर्जना गरेको छ ।
    बेरोजगारीबाट पीडित मिसिसिपीमा नयाँ प्लान्ट खोलेर टोयोटाले अमेरिकामा रोजगारीको सिर्जनाका साथै आफ्नो गुमेको साख फिर्ता ल्याउने योजना बनाएको विश्लेषकले बताएका छन् । १० दशमलब ६ प्रतिशत बेरोजगारी दर रहेको मिसिसिपीमा राज्य सरकारले टोयोटालाई तत्काल प्लान्ट सुरु गर्न दबाब दिइरहेको छ । गत सन् २००८ को डिसेम्बरमा टोयोटाले मिसिसिपीमा निर्माण भइरहेको प्लान्टको सबै काम स्थगित गरेको थियो ।
    मिसिसिपीमा निर्माणाधीन प्लान्टमा टोयाटाले पि्रयुसको हाइबि्रड कार बनाउने योजना बनाएको थियो । तर, त्यो योजना बीचमै तुहियो । अब विश्व बजारमा गुणस्तरहीन गाडी सार्वजनिक भएपछि टोयोटाले लाजमर्दो अवस्था भोग्नुपरेको छ । गत जनवरीदेखि टोयोटाको सेयरमूल्य पनि ५ गुनाले घटिसकेको छ । -एजेन्सी

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete