• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 18, 2009

    टीकामाथिको आक्रमण र माओवादीको कार्यभार


    पत्रकार टीका बिष्टमाथिको आक्रमणपछि उत्पन्न परिस्थितिलाई समाधान गर्नका लागि समयमै पत्रकार, सरकार तथा आरोपितहरूले विचार पुर्यााउन आवश्यक देखिएको छ। पीडित व्यक्ति, उनका परिवार र अन्यले समेत यो घटनामा माओवादीको संलग्नता रहेको आरोप लगाइरहेका वेला माओवादी पक्षबाट इन्कारी बयानहरू आइरहेका छन्। केही व्यक्तिलाई सरकारले अनुसन्धानका लागि समाउँदा काठमाडौंमा वाइसिएलले वक्तव्य निकालेको छ। यदि, एकीकृत माओवादीको सो घटनामा संलग्नता छैन वा त्यस्तो घटनाप्रति उसलाई पनि दुःख लागेको छ भने माओवादीले समेत पत्रकार बिष्टमाथि आक्रमण गनेहरूको खोजीमा सरकारलाई सहयोग गर्न आवश्यक छ।
    पत्रकारमाथि जंगली शैलीमा जुन आक्रमण भएको छ, त्यसको दोष माओवादीमाथि लाग्नु स्वयं सो पार्टीका लागि बद्नामीको विषय हो। त्यसैले माओवादीले यथाशीघ्र आक्रमणकारीको पहिचान गरी तिनीहरूलाई पार्टीबाट कारबाही गर्न र प्रेस स्वतन्त्रताप्रतिको आ136नो मौखिक प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक छ। अपराधीलाई दलीय संरक्षण प्रदान गर्ने कुराले माओवादीलाई विल्कुल फाइदा पुग्दैन। माओवादीले यसबारे वेलैमा गम्भीरता अपनाउन आवश्यक छ।
    माओवादीले 'हामीले गरेको होइन' भनेर मात्रै पुग्दैन। यदि, माओवादीले पत्रकार बिष्टमाथि आक्रमण गरेको होइन भने माओवादीको मुखुण्डो लगाएर कसले यस्तो घटना गर्यो  त? यसबारे तथ्यसम्म पुगेर माओवादीले सबैलाई छर्लंग पारिदिन सकोस्। अन्यथा 'होइन' भन्ने ओठेजवाफले मात्रै पुग्दैन। माओवादीलाई बद्नाम गराउन कुनै प्रतिक्रियावादी शक्तिले नियोजित रूपमा त्यसो गरेको हो भने यो माओवादी स्वयंले अनुसन्धान गर्नुपर्ने विषय हो।
    अपराधी पत्ता लगाउने कुरामा माओवादीले गरिरहेको असहयोगले के देखाउँछ भने पत्रकार बिष्टमाथिको आक्रमणमा उनीहरूकै संलग्नता हुन सक्छ। विगतमा यदु गौतमदेखि अनेकन व्यक्तिलाई प्रतिपक्षी आवाज बोलेकै कारण सिध्याइएको थियो। टीका बिष्टमाथिको आक्रमण त्यसैको निरन्तरता होइन भने माओवादीले नै त्यसलाई पुष्टि गर्र्न आवश्यक छ।
    स्थानीय प्रहरीले माओवादी कार्यकर्ता समान्ते र माओवादीले छाड्नका लागि दबाब दिने शैलीले घटनाका दोषीमाथि कारबाही हुन सक्दैन। यसका लागि काठमाडौंमै सत्तारुढ एमाले र माओवादीका नेताबीच बिष्टका दोषीमाथि कारबाही गर्नेबारे सहमति बनाउन र संयुक्त छानबिन कमिटी बनाउन आवश्यक छ। माओवादी हेडक्वार्टरले पनि आ136ना कार्यकर्ताले गल्ती गरेको भए, ढाकछोपतिर लाग्नुभन्दा आत्मालोचना गर्नु बेस हुन्छ। ढाकछोप गरेर सत्यलाई धेरै दिनसम्म लुकाइरहन सकिँदैन। बरु यस्ता घटनालाई जतिदिन गुम्स्याइन्छ, उति समस्या र अराजकता बढ्दै जाने डर हुन्छ।- जनआस्था

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete