Friday, December 18, 2009

छाड्ने मान्छे म होइन

टीका बिष्ट, 
माओवादी आक्रमणबाट घाइते पत्रकार 

हत्यायोजनासहित माओवादीद्वारा आक्रमण गरिएकी रुकुमकी पत्रकार टीका बिष्ट अहिले चर्चाको विषय बनेकी छन्। उपचारका लागि राजधानीस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएकी बिष्ट क्रमशः स्वस्थ हुादै छिन् र बोलचाल गर्न सक्ने भएकी छन्। माओवादीले उनीमाथिको आक्रमण अस्वीकार गरेको छ, तर बिष्ट किटानीसाथ आफूमाथि माओवादीले नै आक्रमण गरेको बताउाछिन्।
० कस्तो छ अहिले तपाईंको अवस्था?
– गर्धनमा चोट छ। देब्रे हात र घाँटीको एक्स–रे रिपोर्ट आएको छैन। मेरा यी अंग चल्छन्/चल्दैनन्, चलेमा कति चल्छन् भन्ने अझै टुंगो लागेको छैन। मेरो होसचाहिा अहिले पूरै खुलेको छ।
० अहिले सोच्दा त्यो घटनाबारे के भन्नुहुन्छ?
– सपनाजस्तो लागेको छ।
० घटनामा संलग्न व्यक्ति चिन्नुहुन्छ?
– उनीहरूले मुखमा मखुण्डो लगाएका थिए। त्यसैले तिनका अनुहार म चिन्न सक्दिना। तर, तिनीहरू माओवादी नै हुन्।
० कसरी?
– उनीहरूले जुन कुरा गरे, जुन आततायी शैलीमा ममाथि व्यवहार गरे, घटनाअघि जे–जे भएका थिए, यी सबै कुरा हेर्दा ममाथि माओवादीबाहेक अर्को कसैले आक्रमण गर्योा भन्ने मलाई लाग्दैन।
० तपाईंलाई आक्रमण गर्न आउादा उनीहरूले के भने?
– केही भन्नुभन्दा पहिला उनीहरूले मलाई पक्डे। मैले तपाईंहरू को हो, किन यस्तो गर्नुभयो? भनेर सोधेा। उनीहरूले आ136नो परिचय दिएनन्। 'खुब तीर्थाको सिन्दुरको बचाव गर्ने भा'किछस्, अब तेरो पनि अन्त्येष्टि हुादै छ' भन्दै मलाई पक्डिरहे। मैले पनि कडिकडाऊसाग प्रतिकार गर्न चाहेा। त्यसपछि उनीहरू कम बोले।
० आवाज वा हाउभाउबाट उनीहरू चिनेजस्तो लागेन?
– मेरो हात पछाडिबाट बााधेका थिए। त्यसैले यकिनका साथ देख्न सकिना। उनीहरू बोल्नभन्दा आक्रमण गर्नतिर लागे। मचाहिा प्रतिकार गरेर बोलिरहेा, उनीहरू कम बोल्न थाले। उनीहरूले ब्लेड झिकेर मेरो हात काट्न लागे। हात काट्ने वेलामा मैले भनेा, 'किन ब्लेडले काट्छौ, सक्छौ भने खुकुरीले हान न!' उनीहरूले त्यसको जवाफ दिए, 'ब्लेडले काटेर मान्छे मर्दैन भन्ने त हामीलाई पनि थाहा छ नि!, खुकुरी नल्याएर आयौँ होला त? हामीसित नाइनस्टिक पनि छ।' मैले सोधाे, 'तेरो नाइनस्टिकले मलाई के गर्छ त?'
० तपाईंलाई होस् कुन वेलासम्म छ?
– उनीहरूले मेरो टाउको ढुंगामा ठोकुन्जेल मलाई होस छ। जब उनीहरूले ढंुगामा मेरो टाउको बजारे, बजि्रएकोसम्म अहिले याद गर्छु, त्यसपछि केही थाहा छैन। एकैचोटि सल्ले अस्पतालमा एकजना प्रहरी, मेरा दाइ–भाउजू र कमला भन्ने पत्रकार हुनुहुन्थ्यो भन्ने याद छ। तर, फेरि–फेरि होस गुम्दै गयो।
० माओवादीले आक्रमण गरेको होइन भनेको छ। सुन्नुभयो यो कुरा?
– उनीहरूले यसअघिका यस्ता थुप्रै घटनामा पनि 'होइन' भन्दै पन्छिन खोजेको कुरा जगजाहेर छ। विगतमा घटनामा माओवादीका जिम्मेवार व्यक्तिहरू नै पत्रकार हत्यामा संलग्न भएको प्रमाणित भइसकेको छ। जब, दोषी किटान हुन्छ त्यसपछि गल्ती भयो भन्नु त माओवादीको रेडिमेड अभिव्यक्ति नै हो। राज्यले पनि त्यस्ता दोषीलाई कारबाही गर्न नसक्दा एकपछि अर्को गर्दै यस्ता घटना गराउन उनीहरू उद्यत भएका छन्।
० तपाईंमाथि भएको घटनाको विषयमा राज्य कति गम्भीर भएको पाउनुभएको छ?
– होस त बल्ल खुल्दै छ। साथीहरूले भनेअनुसार हेलिकोप्टरबाट मलाई काठमाडौं ल्याउन पनि ढिलाइ गर्यो  रे! पत्रकार महासंघका साथीहरूले मन्त्रीसित कुरा गर्न खोज्दा फोन पनि रिसिभ गरेनन् रे! त्यति सानो ठाउामा पनि राज्यले दोषी पहिचान गरेर पक्राउ गर्न सकेको छैन। यो दुःखलाग्दो कुरा हो। पत्रकार महासंघलगायत पेसागत संघसंगठनको दबाबमा राज्यले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। तर, फेरि उनीहरू छुटिसकेका छन्। राज्यको हकमा योभन्दा व्यभिचारीपन अर्को केही हुन सक्दैन।
० राज्य किन यति गैरजिम्मेवार भयो भन्ने लाग्छ?
– हामी पत्रकारको विषयमा मात्र होइन, शान्ति–सुरक्षाका अन्य विषयमा पनि राज्य जति गम्भीर हुनुपर्ने हो, त्यो छैन। भएका कानुन कार्यान्वयन भएका छैनन्। अझ पत्रकारलगायतका पेसाकर्मीका विषयमा राज्यले अलग ढंगले सोच्नुपर्ने हो। त्यो पनि भएको छैन। पत्रकार महासंघले पटक–पटक यो विषय उठाइरहेको छ, तर राज्यले एउटा कानबाट सुन्छ र अर्को कानबाट उडाउाछ। यही नै स्थिति रहादा हामीमाथिको असुरक्षा झन्–झन् बढेको मैले महसुस गरेकी छु।
० तपाईंमाथि जुन लेखका कारण आक्रमण भयो भनिएको छ, त्यो लेख माओवादीप्रति अलिक बढी नै पूर्वाग्रही भयो भनिएको छ। तपाईंलाई कस्तो लाग्छ?
– अहिले त्यो लेख कुनै एउटा, दुइटा पत्रिका, कुनै गाउा र जिल्लामा मात्र सीमित छैन। त्यो लेख अहिले संसारभरि चासोको विषय बनेको छ। यो प्रश्नको जवाफ मसाग होइन, त्यो लेख पढ्ने नागरिकसित सोध्नूस्। कसले भन्छ, एउटा बहुलवादी खुलासमाजमा लेखकीय स्वतन्त्रता हुादैन? कसले भन्छ, पत्रकारले लेखेकै आधारमा उसको हात काटिनुपर्छ, घााटी रेटिनुपर्छ?
० प्रचण्डपुत्र प्रकाशले फेसबुकमा 'ठीक भो' भनेर प्रतिक्रिया राखेको सुन्नुभयो?
– सुनेकी थिएा। हिजो पनि पारसले यसरी नै आ136नो बाबुको सत्ता टिकाउन यस्तै अभिव्यक्ति दिन्थ्यो। आज पारसको पुनरावृत्ति प्रकाश भएको छ। जनयुद्धको नेतृत्व गरिसकेको अनि देशको प्रधानमन्त्री पनि भइसकेको प्रचण्डको छोरोले आफू कुन रूपमा प्रस्तुत हुनुपर्छ र जनताले आफूबाट के आशा राखेका छन् भनेर सोच्नुभन्दा पनि पारशजस्तो उद्दण्ड, गैरजिम्मेवार भएको छ। जााड खाएको तालमा जहाा पायो, त्यहीा सुत्नेसित के लाग्छ र! मान्छेको दिमागमा जे आयो, त्यही गर्ने त हो नि!
० पेसागत रूपमा योभन्दा अगाडि पनि यस्तो कुनै धम्की खप्नुभयो कि!
– रुकुमकै गरैला– ८ मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर पुन माओवादीको आक्रमणमा परेका थिए। मैले 'विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माओवादी हिरासतमा' भनेर समाचार लेखेकी थिएा। त्यसवेला मलाई माओवादीले धम्की दिएका थिए।
० रुकुममा अहिले माओवादी छाड्ने र एमाले प्रवेश गर्ने लहर चलेको अत्तालिएर तपाईंमाथि यस्तो भएको हो कि?
– कहाा कुन पार्टीका कार्यकर्ता कुन पार्टीमा गए भन्ने कुरा राजनीतिक हिसाब–किताबको कुरा भयो। हामी पेसाकर्मीलाई माओवादी एमालेमा गए पनि अथवा एमालेहरू माओवादीमा गए पनि कुनै प्रभाव पर्ने कुरा होइन। तर, यथार्थ के हो भने, हिजो माओवादीले जनतामा जुन प्रभाव पारेको थियो र जनताले जुन आश गरेका थिए, अहिले त्यो समाप्त भइसकेको छ। हिजो माओवादीलाई माओवादीले मात्र भोट हालेर सरकारमा पठाएका थिएनन्। कतिपय एमाले र कांग्रेसले पनि भोट हालेका थिए। तर, उनीहरूले चुनावमा जे प्रतिबद्धता जनाएका थिए, त्यो पूरा गर्नुको सट्टा फरक राजनीतिक आस्थाका व्यक्तिलाई कुट्ने, मार्ने र हुादा हुादा स्वतन्त्र पेसाकर्मीलाई पनि त्यसैगरी कुट्ने–मार्ने काम गर्न थाले। चुनावका वेला खलंगामा पनि खानेपानी, स्वास्थ्य, विद्यालय बनाइदिन्छु भनेका थिए। तर, जनताले केही पनि पाएनन्। बरु, जनताले माओवादी अझै हत्या–हिंसामा लागेको कुरा मात्रै सुन्न पाए।
० अब रुकुम फर्किनुहुन्छ कि काठमाडौंमै बसेर काम गर्नुहुन्छ?
– पेसा छाड्दिनँ। कहाा काम गर्ने, त्यो स्वास्थ्यस्थितिमा भरपर्ने कुरा भयो। तर, माओवादीले आक्रमण गर्यो  भन्दैमा डराएर पेसा छाड्ने मान्छे म होइन। मेरो ब्याचलरको पढाइ पनि सकिएको छ। रिजल्ट आउान बााकी छ। त्यसपछि बााकी पढाइका लागि पनि सुर्खेत, नेपालगन्ज, दाङ वा काठमाडौं कतै जानुपर्ला। तर, कहाा पढ्ने र कहाा काम गर्ने प्रमुख कुरा होइन, यो पेसाप्रतिको मेरो समर्पण र लगावमा कुनै कमी आउने छैन।
० परिवारका सदस्यले यस्तो ज्यानजाने काम नगर भन्नुहोला नि त!
– मेरो बुबा बितिसक्नुभयो, आमा, दाजु–भाउजूले कहिले पनि त्यस्तो भन्नुभएको छैन। म यस्तो ठाउामा जान्छु, ट्रेनिङ छ भन्दा घरबाट कहिल्यै नजाऊ भन्नुभएको छैन। यही घटना अगाडि पनि त्यो लेखका कारण मलाई थ्रेटहरू आए। आमाले 'छोरी ता खलंगातिर नजा, तालाई पनि मार्लान्, उमा सिंहजस्तो बनाउलान्' भन्नुभा'थ्यो। तर, मैले आमालाई सम्झाएा।
– विश्वमणि ,जनआस्था

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete