• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, November 10, 2009

    अम्बानी दाजुभाइले ५० करोडको मुद्दाका लागि १२ अर्ब भारु सके

    नयाँदिल्ली कात्तिक २४(एजेन्सी) कर्पोरेट विवाद कति महँगो हुन्छ भन्ने उदाहरण अम्बानी दाजुभाइको ग्यास विवादले देखाएको छ। अनिल अम्बानी र मुकेश अम्बानी बीचको ग्यास विवादले दुवैले अहिलेसम्म १२ अर्ब भारु विवादमै खर्च गरेका छन्। 
    तर यो दुबैको ग्यास विवादमा ५० करोडको मात्र नाफा/नोक्सानको सवाल छ। दुवै भाईले सर्वोच्च अदालतबाट ग्यास आफ्नो पक्षमा पार्न पैसा पानी सरह बगाइरहेका छन्। पछिल्लो चार वर्षमा रिलायन्स इन्डस्ट्रिज(आरआईएल) र आरएनआरएलले अदालती खर्चमा १२ अर्ब भारु सकिसकेका छन्। यो सर्वोच्च अदालतमा पुग्नु भन्दा अघिको खर्च हो।
    सर्वोच्च अदालतमा आफ्नो मुद्धाको पैरबी गर्न दिग्गज अधिवक्ता नियुक्त गरेका छन्। अदालतमा आफ्नो पक्षमा पैरवीका लागि दुवै दाजुभाईले राम जेठमलानी, मुकुल रोहतगी र हश साल्वे रहेका छन्। साल्वे मुकेशको तर्फबाट पैरवी गर्दैछन्। जेठमलानी र रोहतगी अनिलको तर्फबाट बहस गर्दैछन्।
    जेठमलानीले एउटा सामान्य मुद्दाको लागि २५ लाख भारु लिन्छन् भने प्रत्येक सुनुवाईको पाँच लाख छुटै लिन्छन्। मुकुलले प्रत्येक मुद्दाका लागि पाँच लाख लिन्छन्। यो मात्र होइन सर्वोच्चमा रिट दर्ताको लागि मात्र वकिलले एक लाख भन्दा बढी लिन्छन्।
    यसमा लेखापढी, टाइपिङ, फोटोकपीमा लाखौ रुपियाँ खर्च हुन्छ। औसतमा दुई सय पेजको ४२ भोलुम भएको दस्तावेज टाइप र फोटोकपी गर्न १५ लाख भन्दा बढी खर्च हुन्छ। यस्तै सिनियर र जुनियर वकिलको लागि छुटै रकम दिनुपर्छ। यो सबै मिलाउँदा सर्बोच्चमा मात्र १ करोड २५ लाख भारु भन्दा बढी खर्च हुन्छ।
    यो बाहेक सरकारी वकिलको शुल्क र दस्तावेजको खर्च अलग्गै हुन्छ।http://nagariknews.com/economy/consumer/6929-2009-11-10-12-11-41.html

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete