• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, November 13, 2009

    सिडिओको गिद्धे नजर मन्त्रीकॊ संवेदनशील अंगमा ?

    आम्मै के सुन्न परेको होला ? सिडिओलाई गालामा चड्काएपछि राज्यमन्त्री करिना वेगमलाई कारवाहि हौला भन्ने लागेको थियो । तर उल्टै मन्त्रीबाट सिडिओले नराम्रो आरोप खेपेका छन् । आफ्नो संवेदनशील अंग छन खोजेकोले पसा्रका सिडिओलाई चड्काईदिएकौ राज्यमन्त्रीको भनाई छ । मन्त्री बाठी भएकि हन् कि ? सिडिओलाई अझै निरिह बनाउन खोजिएको हो ?
    कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले पसा्र जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यालय परिसरमै गएर पाच पाच थप्पड हानिन् । सिडियो भण्डारी निरिह बने । उनको गल्ती रहेछ मन्त्रीलाई राम्रो स्वागत गर्न नसक्नु र सिमरा एअरपोर्टबाट वीरगंजसम्म आउदा नया गाडी उपलव्ध गराउन नसक्नु । मन्त्री वेगमले सिडियोलाई पिट्नुको कारण पनि यहि भएको जनाएकि थिइन् । तर नेपालका मन्त्री न परे आफ्ना कुरा फेरिरहन्छन् । उनले यतिबेला सिडियोलाई पिट्नुको कारण फेरेकि छन् । सिडिओलाई पिटेपछि उनलाई कारवाही गर्ने माग उठिरहेका बेला। सिडियोले नै आफ्नो संवेदनशील अंंगमा गिद्धे नजर लगाएपछि झापट हानेको दावी पो गर्न थालेकि छन् मन्त्रीले त । यसको आशय करणीको महल अनसार ती निरिह सिडियोलाई कारवाही गर्नुपर्ने माग।पो मन्त्रीको छ । अब नेपालको कानुन दैवले जानुन् भनेर्झै वकिलहरुलै कानुन घुमाएर चोरलाई साधु र साधुलाई चोर बनाउन त सकिहाल्छन् । तैपनि सिडियोका अंगरक्षकले मन्त्रीको विरुद्धमा जिल्ला प्रहरी कार्यालय पसा्रमा सार्वजनिक मद्धा दायर गरेका छन् । निजामति कर्मचारीहरु पनि मन्त्रीलाई कारवाहि गर्नपर्ने भन्दै सडकमा ओर्लिएका छन् । मन्त्री न परिन् । उनलाई कारवाहि गर्ने आट कसको पसा्र प्रहरीले काठमाडौं प्रहरी कार्यालयलाई मन्त्रीलाई पक्रन पर्यो भनेर चिठी पठाएको छ । तर मन्त्री भने सिमराबाट प्लेनमा चढैर काठमाडौंमा झण्डावाल गाडीमा घमिरहेकि छन् । प्रहरीले पक्रन सकेको छैन ।
    मन्त्री बन्न नपाए पार्टी अध्य
    क्ष बिजयकुमार गच्छदारको घरमा पासो लगाएर मर्ने धम्की दिएर पछिल्लो पटक चर्चामा आएकी बेगमलाई वीरगन्जमा रंगीला नेतृ भनेर चिन्ने गरिन्छ । मन्त्रीको पिटाइ खाने यी भँडारी सीडियो पनि कमका मान्छे चाँहि होइनन् रे . उनले पनि सिन्धुलीमा सीडियो भएका बेला धेरै महिलालाई यौन शोण गरैको जनआस्थाका पत्रकार अरुण बरालले आफ्नो फेसबक स्टाटसमार्फत जानकारी दिएका छन् । पछि एउटी महिलाले घटना उजागर गरिदिएपछि ती भण्डारी सिडिओ पनि जिल्ला छाडेर भागेको उनको भनाई छ ।
    जे होस् सरसर्ती हैर्दा सिडिओलाई मन्त्री जस्तो मान्छेले जस्तो विराम गरेपनि कुटि हाल्न चाहि नहुने हो है । सिडिओले गल्ती नै गरेको भए कानुनी बाटो थप्रै छ उनलाई कारवाहि गर्न । हैन र यसअघि एकजना स्थानिय विकास अधिकारीलाई मन्त्री मातृका यादवले शौचालयमै थुनेर कारवाहि गरेका थिए । मातृकालाई केहि भएन त्यतिखेर । यसैले मन्त्री र नेता भएपछि नेपालमा जसलाई जे गरेपनि हुन्छ भन्ने भाडराज चलिरहेको छ ।
    तैपनि नैतिक रुपमा राजिनामा गर्न लगाउने प्रयास फोरम लोकतान्त्रिकले थालेको रैछ । फोरमले यस विषयमा छानवीन समिति बनाउदैछ । यो सराहनीय पनि छ । मानवअधिकारवादीहरुले पनि यो विषयमा चिन्ता जाहेर गरेका छन् । प्रहरीले पक्राउ पुर्जी जारि गरिसकेपछि पनि उच्च सरकारी अधिकारी भन्दै उनलाई पक्राउ गर्न नमिल्ने बहस पनि चलेको छ । उनलाई पक्रन र मुद्धा दर्ता गर्न पनि व्यवस्थापिका संसदको सदस्य भएको नाताले सभामुखको र कार्यपालिका सदस्य भएको नाताले प्रधानमन्त्रीको आदेश चाहिने कानन रैछ नेपालमा । तर यो सरकार वादि हुने फोजदारी मुद्धा हो भनेर एकथरि कानुन व्यवसायीले व्याख्या गरेका छन् । नेपालको अन्तरिम संविधानको धारा ७७ को उपधारा ५ बमोजिम संविधान सभाको कुनैपनि सदस्यलाई संविधान सभाको कार्यकालभित्र पक्राउ गर्न नमिल्ने तर फौजदारी अभियोगमा कुनै सदस्यलाई पक्राउ गर्न यस उपधाराले कुनै वाधा व्यवधान नगर्ने उल्लेख छ ।
    तर करिमा वेगमलाई पक्रन चाहि गाह्रै छ है । पक्राउ गरेर कारवाहि चलायो भने पनि माधव नेपाल आफै अप्ठ्यारोमा पर्नेवाला निश्चित छ । किनभनै ती मन्त्रीमा राजनीतिक विचार पनि छैन ।
    ३३ व
    की करिमा बेगम पसा्र क्षत्र नं। १ बाट निर्वाचित भएकी हुन् । मधेसी जनअधिकार फोरमबाट उनले प्रत्यक्षमा चुनाव जितेकी हुन् । २०६१ सालमा नेपाल सदभावना पार्टीबाट राजनीतिक जीवन प्रारम्भ गरेकी थिइन् उनले । तर राजनीतिक सकि्रयता भने २०६२ सालदेखि शुरु भएको हो । यसबीच उनी पाँच पटक पक्राउ परिसकेकि रैछन् । सदभावना पार्टी महिला माचका वीरगाज नगर अध्यक्ष रहिसकेकी बेगम मधेसी जन अधिकार फोरमका केन्न्द्रीय उपाध्यक्ष हुन् । भारतबाट माध्यमिक तहसम्मको अध्ययन गरेकी बेगमका ३ छोरा १ छोरा छन् । आफ्नो यौनतृष्ण मेट्नका लागि कैटा फेर्दै हिड्ने आदत छ रे उनको । उनको व्यक्तित्व भनेको यत्ति हो । सरकारले कारवाहि गरेर आफ्नो मन्त्री पद फुस्कने वित्तिकै उनी अर्कै राजनीतिक पार्टीमा पौइला जान बेर मान्दिनन् । उपेन्द्र यादवको फोरममा जान सक्छिन् उनी । यसपछि माधव नेपालको सत्ता समिकरण पनि अप्ठ्यारोमा पर्न सक्छ । यसैले मन्त्रीलाई कारवाहि गर्ने आट कसको होला र खै ? उनले गृहमन्त्रालय मातहतको सिडियोलाई थप्पड हानेर गृहमन्त्रीलाई पनि चुनौति दिईरहेकि छन् । यो थप्पड एमालेका गृहमन्त्री भीम रावलका लागि पनि हो ।
    यसैले हे माधव नेपाल । तिम्रा लागि सिडियो ठुलो कि सिडिओ पिट्ने मन्त्री ठुलो हो कि मन्त्रीलाई कारवाही गर । कि सिडिओलाई । त्यसै भनेका रैनछन् तिमीलाई माओवादीले कठपुतली ।
    मन्त्री र सिडिओको यस घटनाका सम्बन्धमा फरक फरक भनाई छन् । नयाँ पत्रिका दैनिकमा आएको समाचार अनसार लौ हेर्नस् राज्यमन्त्री वैगम र सिडियोसाबको भनाई । 
    मैले दुई चड्कन हानेँ : राज्यमन्त्री करिमा बेगम
    यो सिडिओ आएदेखि नै पर्साका जनताले चयनको सास फेर्न पाएका छैनन् । हत्या, हिंसा र अपहरणका घटना दिन दुईगुना रात चौगुना बढेका छन् । एक महिनामै चारवटा जघन्य घटना भए, अझ कतिपय घटनामा त प्रहरी-प्रशासनकै मान्छे पनि संलग्न भएको देखियो ।
    म राज्यमन्त्री भएपछि धेरै जिल्ला गएँ, मन्त्री आउने थाहा पाएपछि सिडिओ फूलमाला लिएर 'एअरपोर्ट' आउँछन् । अरू मन्त्रीका पनि यस्तै अनुभव सुनेकी छु । तर, आफ्नै गृहजिल्लाको सिडिओ मात्तिएको पर्‍यो । एकपटक पनि एअरपोर्ट आएन, जनतालाई हैरान पार्‍यो, मलाई अपमान गर्‍यो ।
    'एअरपोर्ट' मा स्वागत गर्न आएन । ठीकै छ भनेर मैले उसलाई पटक-पटक फोन गरेँ । जतिपटक म जिल्ला आएँ, उतिपटक फोन गरेँ । म गृहजिल्ला आएकी छु, भेट्न आउनोस् भनेर बोलाएँ । तर, उसले कहिले विराटनगर छु, कहिले काठमाडौं छु भनेर जवाफ दियो ।
    जिल्लामा शान्ति छैन, मन्त्री आउँदा पनि सिडिओले 'रेस्पोन्स' गर्दैन । यस्तो के सिडिओ राखेको होला भनेर म आफैँ आश्चर्यमा थिएँ । केही दिनअघि प्रधानमन्त्रीले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको बैठक डाक्नुभएको थियो । मैले गृहमन्त्रीलाई भनेँ, 'पर्सामा त्यस्तो के सिडिओ राख्नुभएको हो ? त्यसले त न जनताको मान गर्छ न मन्त्रीको ?' मेरो कुरा सुनेर गृहमन्त्रीले भन्नुभएको थियो, 'ठीक छ, म त्यसलाई कारबाही गर्छु ।'
    गृहमन्त्रीले कारबाही गर्छु भन्नुभएको थियो, तर कारबाही भएको छैन । कारबाही होला भन्ने आशा थियो । यहीबीच मंगलबार गरिब तथा जहेनदार विद्यार्थीका लागि एउटा कार्यक्रम आयोजना भयो । प्रमुख अतिथिका रूपमा मलाई बोलाइयो, आफ्नै जिल्लामा हुने सामाजिक कामको उद्घाटन गर्ने अवसर मैले चुकाउने कुरै भएन ।
    बिहान नौ बजे विमानस्थल पुगेकी थिएँ, तर गुण एअरको विमान १५ मिनेट 'डिले' भयो । सबा नौ बजे जहाज उड्यो । १० बजे विराटनगर पुगियो । विमानस्थलमा मेरा कार्यकर्ता थिए, तर सिअिडो थिएनन्, उनी आउलान् भन्ने आशा पनि थिएन यसपालि ।
    म सरासर आफ्नै घर गएँ । घर पुगेर सिडिओलाई फोन गरेँ । मलाई कार्यक्रममा जानु थियो । मन्त्री आउँदा गाडी त जिल्ला-प्रमुखले नै मिलाउने हो । मैले त्यही आशा गरेँ । तर, फोन गर्दा सिडिओले अन्टसन्ट कुरा गरे । अन्तिममा एउटा गाडी पठाइदिए । तर, त्यो गाडी यति थोत्रो रहेछ कि चढ्दा मन्त्रीकै बेइज्जत हुने, देशकै बेइज्जत हुने ।
    थोत्रो गाडी देखेर मैले सिडिओलाई फोन गरेँ । 'तपाईं कहाँ हुनुहुन्छ ?' मेरो प्रश्न थियो । 'म त बाहिर छु,' उनले जवाफ दिए । 'तपाईं बाहिरै भए पनि ठीकै छ, तर म तपाईंको कार्यालय आउँदै छु' यति भनेर म जिल्ला प्रशासन कार्यालय गएँ ।
    जिल्ला प्रशासन कार्यालय परिसरमा एकजना उभिएका थिए । मैले उनलाई सोधेँ, 'सिडिओ खोइ ?' मैले जसलाई सोधेँ सिडिओ उनै रहेछन् । उनी नम्र थिएनन् । मै हुँ सिडिओ, किन खोज्नुभयो भन्दै ठाड्ठाडो कुरा गर्न थाले ।
    वादविवाद हुँदै हामी उनको कार्यकक्षमा गयौँ । 'तपाईंले मन्त्रीलाई गर्ने व्यवहार यही हो ?' मैले प्रश्न गरिरहेँ । तर, उनी मन्त्रीसन्त्री यस्तै हुन् भन्दै मुखमुखै लागिरहे । मेरो प्रश्नको जवाफ दिएनन्, उल्टै थर्काउन खोजे ।
    उनले मलाई पटक-पटक आँखा देखाए । मैले आँखा नदेखाउनोस् भनेर चेतावनी दिएँ । उनले पटक-पटक औँला ठड्याए । मैले औँला नठड्याउनोस् भनेर चेतावनी दिएँ । मैले चार-पाँचपटक चेतावनी दिँदा पनि उनले टेरेनन् । मुख-मुखमा औँला ल्याए । मैले त्यसपछि आफूलाई थाम्न सकिनँ, औँला च्याप्प समातेर निमोठिदिएँ, झपाझप दुई झापड चड्काइदिएँ ।
    म आवेगमा थिएँ, दुई झापड हान्दा पनि मेरो रिस अझै मरेको थिएन । तर, मलाई मेरा कार्यकर्ताले समाते । छोडिदिनुहोस् भनेर सम्झाए, बाहिर ल्याए । नत्र अझै बबाल हुन्थ्यो ।
    मैले गाडीका लागि हात उठाएँ, त्यो त एउटा मात्र कारण भयो । तर, मुख्य कारण त्यो होइन । खासमा त पर्साका जनता असुरक्षित छन्, सिडिओलाई मतलबै छैन । जनताको कुरा सिडिओ सुन्दैनन् । मन्त्रीको पनि सुनेनन् । त्यसैले चड्कन खाए ।
    आफ्ना हाकिम कुटिएको भनेर कर्मचारीले आन्दोलन गर्ने भनेका छन् । म त जनप्रतिनिधि, जनताका तर्फबाटै सिडिओ कुटेकी हुँ । माफी माग्ने कुरै छैन । परेको बेहोर्छु ।
    यस घटनापछि प्रधानमन्त्री, गृहमन्त्रीसँग कुरा भएको छैन । हाम्रो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फोन गर्नुभएको थियो । के गर्नुभयो तपाईंले यस्तो भनेर रिसाउनुभयो । उहाँ मेरो अध्यक्ष, डाँट्नु (झपार्नु) भयो । त्यो ठीकै छ । तर, कर्मचारीको दबाबमा म माफी माग्दिनँ । मैले जे गरेँ, ठीक गरँ ।
    कारबाही नभएसम्म आन्दोलन हुन्छः सिडिओ
    करिमा बेगम पर्साबाट सभासद् बन्नुभयो, मन्त्री पनि बन्नुभयो । सबै कुरा ठीकै थियो । तर, जतिपटक उहाँ जिल्ला आउनुहुन्छ, सिडिओ एअरपोर्टमै आओस् भन्ने उहाँलाई लाग्दोरहेछ । मन्त्री आएपछि सम्मान र सुरक्षा दिने हाम्रो काम हो । तर, एअरपोर्ट गएर चाकडी गर्ने काम हाम्रो होइन । करिमा मात्र होइन, जोसुकै मन्त्री आए पनि एअरपोर्ट गइएको छैन, जाने कुरै छैन ।
    कृषिराज्यमन्त्री करिमा बेगम मंगलबार वीरगन्ज आउने कुरा थियो । त्यसका लागि मैले गाडी पठाइदिएको थिएँ । उहाँलाई रोजीको गाडी चाहिने सधैँ । तर, हामीसँग धेरै गाडी नै हुँदैनन् । एउटा जिल्लामा कति नै गाडी हुन्छन् र ?
    उहाँलाई जहिले पनि जिविसको गाडी चाहिने । तर, यसपालि एलडिओ काठमाडौं जानुभएकाले जिविसको गाडी उतै छ । नारायणी सिँचाइको गाडी फिल्डमा गएको थियो । कृषि अनुसन्धानको गाडी खाली रहेछ । त्यो पनि चानचुने होइन, मित्सुबिसी गाडी हो । तर, त्यो गाडी देखेर उहाँलाई पारो चढेछ । सरकारले जिल्लालाई कति गाडी दिएको छ भन्ने नबुझेर मन्त्री रिसाउन मिल्छ ? जिल्ला प्रशासनको मातहतमा नभएका गाडी कहाँबाट खोजेर ल्याउने मैले ।
    गाडी थोत्रो भयो भन्दै राज्यमन्त्रीले फोन गर्नुभयो । मैले हामीसँग त्यही गाडी छ, अरू त उपाय छैन भनेर जवाफ दिएँ । त्यसो भए म तपाईंको कार्यालयमै आउँछु, भेटेरै कुरा गरौँला भनेर फोन राखिदिनुभयो । मैले हुन्छ भनेँ ।
    राज्यमन्त्री आउने भनेपछि म आफ्नो चेम्बरबाट निस्किएर कार्यालयको प्रांगणमा गएँ । कार्यकर्ताको लावालस्करका साथ उहाँ आउनुभयो । मैले उहाँलाई बाहिरै स्वागत गरेँ । भित्र जाऊँ भनेर कार्यकक्षमा लगेँ ।
    मलाई हेप्ने, मन्त्रीलाई हेप्ने, तिमी को हौ भन्दै उहाँले झम्टिनुभयो । मुलुकको एउटा मन्त्री, दसौँ हजार विवेकशील जनताको मत पाएर निर्वाचित जनप्रतिनिधि गुन्डागर्दीमा उत्रनुहोला भनेर सोचेको पनि थिइनँ । तर, उहाँले मलाई झापडमाथि झापड हान्नुभयो । मेरो चस्मा फुट्यो, चस्माले आँखाको किनारमा चोट पनि लाग्यो ।
    पछि-पछि कार्यकर्ता थिए । तिनैका बलमा राज्यमन्त्रीले कार्यालयमै सिडिओमाथि आक्रमण गर्नुभयो । तर, राज्यमन्त्रीभन्दा कार्यकर्ता विवेकी रहेछन् । उनीहरूले तपाईंले यस्तो गर्न सुहाउँदैन भन्दै सम्हालेर उहाँलाई बाहिर लगे । अचम्म लाग्यो, कार्यकर्ताको जति पनि विवेक छैन देशकी मन्त्रीको ।
    कार्यकर्ताले नरोकेका भए राज्यमन्त्रीको ताण्डव अझ बढ्ने थियो । म पनि संयमित भएँ । आफ्नै कार्यकक्षमा हातपात हुँदा पनि मैले हात फर्काइनँ । हात नफर्काएकामा मलाई पछुतो छैन । मैले आफ्नो धर्म पूरा गरेँ ।
    ममाथि कुटपिट हुँदा पत्रकार साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू पनि आश्चर्यमा पर्नुभयो । मैले पत्रकारहरूसँग कुरा गरेँ । तर, त्यसभन्दा ठुल्ठूलो स्वरमा उहाँले गफ दिनुभयो ।
    पहिले गाडी राम्रो भएन भनेर ममाथि आक्रमण गर्नुभयो । निहुँ त्यही मात्र हो । हामीसँग योभन्दा राम्रो गाडी छैन भनेर मैले राम्रोसँग भन्न पनि पाइनँ । तर, आफ्नो गल्ती ढाकछोप गर्न पर्साका जनता असुरक्षित छन्, त्यसैले सिडिओलाई हातपात गरेँ पनि भन्नुभएछ । म यहाँ आएको नौ महिनामा शान्ति-सुरक्षा सुधि्रएको छ, त्यो सबैलाई थाहा छ । मेरो कमजोरी भएको छ भने पनि नियमसंगत कारबाही भए सहन तयार छु । तर, मन्त्री नै आएर सिडिओमाथि हातपात गर्छन् भने यसको चिन्ता मैले मात्र गरेर पुग्दैन, सारा कर्मचारी, जनता र नेपाल सरकारले गर्नुपर्छ ।
    ममाथि कार्यकक्षमै हातपात भएपछि मैले गृहमन्त्रीज्यूलाई सम्पर्क गरेँ । उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । यस विषयलाई मन्त्रिपरिषद्मा लगेर छलफल गराउँछु भन्नुभएको छ । गृहमन्त्रीज्यूको भनाइमा म आशावादी छु । तर, राज्यमन्त्री करिमा बेगमलाई कारबाही नभएसम्म कर्मचारी काममा नर्फकने अडानमा छन् । हुन पनि सिडिओ नै असुरक्षित छन् भने कर्मचारी सुरक्षित कसरी होलान् । आफ्नो सुरक्षाका लागि कर्मचारीको आन्दोलन स्वाभाविक हो ।

    18 comments:

    1. झटारो खरो छ है ।
      ब्लग निकै राम्रो छ । तपाईलाई शुभकामना छ ।
      www.onlinekhaskhas.blogspot.com

      ReplyDelete
    2. tikasubedi53@yahoo.com , - 2009-11-13
      yo mantri ta k euta mahila pani haina. yo jasti dhotini lai mantri pad diyera nepal sarkarle galti gareko chha. mantri jasto bhayera yasto ku karya garne ani ultai nari hu bhandaima jhuto aarop bichara CDO mathi lagaune. yeslai chhito bhanda chhito mantri pad bata hatai karbahi garnai parchha. natra nepal le ajhai thulo chheti bhognu parne hunchha. "j sune tehi bhane".bye

      ReplyDelete
    3. randy rahi6e tyo dhotini sudaniko kalo ghodako jatro lado chaiyeko teslai kathko banayer hal randy

      ReplyDelete
    4. anil_shrestha2006@yahoo.com ,
      lau babaal bhaye6 hamro nepalaaa?

      ReplyDelete
    5. metro_chitawan@yahoo.com ,
      he ma ku ne aaba ta k hi chooc

      ReplyDelete
    6. yo nepal ta radiko rajya bhayo .........jasle j gare pani hune,,,,,,aaba huda hudai ta mero sambedanshil aangama aakha lagayo bhanchhe .........k mantri aayapachhi aakha banda garera basne? yasma 100%karimako galti 6 chahe tyo mantri hos galti garepachhi karbahi hunai parchha ,,,,,,,, jun deshka mantri jo aafno aadhikar ra kartabya bujhna sakdainan bhane tyo deshka jantale k garlan ,,,,,,yo ? pm..madhab nepal kolagi ho.... aantyama karimalai karbahai hunai parchha aani pad chyut pani garnu parcha ,,,,,jantako samu maphi pani magnu parchha ....................rudra bhandari qatar

      ReplyDelete
    7. Patriot Nepali देशभक्त नेपालीNovember 14, 2009 at 1:49 PM

      well done.. n well said

      ReplyDelete
    8. You wrote, I liked: अब नेपालको कानुन दैवले जानुन् भनेर्झै वकिलहरुलै कानुन घुमाएर चोरलाई साधु र साधुलाई चोर बनाउन त सकिहाल्छन्

      ReplyDelete
    9. hoina hari ji...aaphu bachne kura ho mantri ko...मान्छे कुटेर राजनितिक दल भयको फोरम सक्चियर राम्रो दल बन्न समय लाग्छ

      ReplyDelete
    10. यस्तै छ यहाँको चलन ।
      http://www.nepalarab.com
      nepalarab@gmail.com

      ReplyDelete
    11. aimai le dhatnu kun thulo kura bho ?

      ReplyDelete
    12. sonam_65@yahoo.com , www.dcnepal.com - 2009-11-13
      'karima ko hak ma mantri, monkey ko hat ma coconut' bhayo ki jhai lagyo ni

      ReplyDelete
    13. yaha aile jasle j vane pani mantri pad ki ti nari ki nam ma kalank begam kai galti6..sansar ka junsukai desh ma pani jati nai thulo ohoda ka padaadhikari lai pani galti ma sajaye hun6...yadi uslai cdo le tyo ku dristi le here ko thyo vane tyainai bela usle kina yo vanina..yadi tyo thyo nai vane pani kanuno upachar thuprai 6n thiye cdo lai karbahi ko lagi...mantri jasto man6e le kanun ko vasa jandainan ra bal dekhau6n vane janata ko k kura..tyaaile hey Madhab Kumar Nepal PRADHAN MANTRI ji satya ka sath diyera nyaye ko udaharan bana,,janta ko mann jita hoina ra satta kai matra timlai lov 6 vane begam mantrini ko fariya fukayera afai lagau ra usla pradhan mantri banai deu.. khelai khatam..

      ReplyDelete
    14. thapa.prakash76@yahoo.com
      Hello Karima Begum ji hajur ko jhuto kura lai kasle biswash garne. Aru kehi kuro cha bhane Kantipurtv marfaat bhani dinu hola kahile samsad huda party ko ladai huda tapai haru ladnu bhako hami le kantipur tv baat heri raheka chou . tes bela hajur ko mukh baat nai motherchod bhanne tapain ne ho ra aaj kantipurtv ma mero haath samaunu bhanne pani tapain nai ho k aash le biswash garne espasta thaha huncha tapain ko cracter bare. Thnx Prakash Thapa United State of America

      ReplyDelete
    15. nilgiri43@yahoo.com
      Ye kamredharu chinta garnai pardaina jasari tasari makune ra KP le bachi halchhanni. Vidhya bhandarilai jastai aarakchhen diye ta bhaihal6 ni.Aba usko pani ta vidhyako bhanda kam chopilo hola ra................................

      ReplyDelete
    16. hari ji lekh thik cha ya bidesh ma basera pani nepal ko barema chinta garnu bhayako ma badai cha hai sir.....................

      ReplyDelete
    17. karima begam murdabad

      ReplyDelete
    18. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete