• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, November 23, 2009

    नेपालीलाई आँखा देखाउन जापानी नेपाल छिरे

    भगवती तिमल्सिना (सेतीदेवी भञ्ज्याङ, काठमाडौं) जापानी नागरिक माचुदा १५ वर्षो अवधिमा १२औं पटक नेपाल आएका छन्। उदेश्य हो- नेपालीलाई आँखा देखाउनु। पर्यटकको रुपमा नेपाल छिरेका माचुदाको अहिले परिचय बदलिएको छ र समाजसेवी बनेका छन्।
    यी माचुदा शनिबार व्यस्त थिए काठमाडौंको दक्षिणी भेगमा पर्ने सेतीदेवी भञ्ज्याङमा आयोजित आँखा शिविरमा। उनले पहिलोपटक देखेको भन्दा धेरै फेरिइसक्यो काठमाडौं तर उद्देश्य बदलिएको छैन। ‘म नेपालीहरूलाई आँखा देख्ने बनाउन तल्लीन छु’ -उनले नेपाल समाचारपत्रसँग भने।
    सन् १९९४ मा नेपाल आउँदा उनले नेपालीहरूको आँखा कमजोर भएको, आफ्नो खर्चले उपचार गर्न नसक्ने अवस्था रहेको र कतिपयको धूवाँ र धुलोले आँखा गुमेको देखेका रहेछन्।
    माचुदाले र्फकने बेलामा मसँग अर्कोपटक आउँदा आँखाका विशेषज्ञ लिएर आउँछु भनेर भनेका थिए, विश्वास लागेको थिएन तर साँच्चै नै एकपटक होइन बाह्रौं पटकसम्म विशेषज्ञ ल्याएर सेवा गरिरहेका छन्। -माचुदासँग पहिलो भ्रमणमा भेट भएका फोटो पत्रकार दिवाकर मास्केले सम्झिए।
    माचुदा कतिपय वर्षा त आँखा शिविर गर्न दुई/तीनपटक पनि नेपाल आउने गरेका छन्। धेरै मानिसहरू त अचम्म मान्छन् तर पनि माचुदा सम्पूर्ण विशेषज्ञ ल्याउने र शिविर चलाउने खर्च एक्लै बेहोर्दै आएका रहेछन्। एक पटकको आँखा शिविर आयोजना गर्नका लागि उनले ५ लाखको हाराहारीमा रकम जुटाउनुपर्छ। जनशक्ति, चस्मा, औषधि, प्राविधिक शुल्क, व्यवस्थापन, खानपान र बसाइलगायत खर्च हुने ठाउँ थुप्रै छन्।
    काठमाडौंको सेतीदेवी सहकारी संस्थासँग सहकार्य गर्दै उनले १२औं पटक दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि अब तुरुन्तै १३औं शिविरको तयारीमा जुट्नेछन्।
    जापानमा उनका साथीहरू र उनी मिलेर चस्मा पसल सञ्चालन गरेका छन्। त्यहाँका पाँच वटा चस्मा पसलमा ३० जना कर्मचारीलाई तलब खुवाउनेदेखि नेपालीलाई निःशुल्क उपचार गराउनेसम्मको जिम्मेवारी पाएका माचुदा त्यस कम्पनीको कार्यकारी निर्देशक हुन्।
    उनले आफ्ना सहयोगीहरूको समेत मन जितेर नेपालीको सेवामा जुटेका छन्। उनी भन्छन्- ‘म नेपालीहरूको आँखा देखाउँने काममा बाँचुन्जेल लागिपर्छु अहिलेसम्म उनले धादिङको कल्लेरी, काठमाडौको सेतीदेवी भञ्ज्याङ, काभ्रेको पातलेखेत, पाँचखाल, काठमाडौंकै साँखु, ककनी, ललितपुरको बुङ्मतीलगायतका क्षेत्रमा आँखा शिविर गरेर झन्डै ६ हजार जनालाई निःशुल्क सेवा प्रदान गरिसकेका छन्।
    यो एउटा जापानी नागरिकले नेपाली जनतालाई लगाएको कहिल्यै बिर्सन नसकिने गुन भएको सेतीदेवी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष हरिशचन्द्र श्रेष्ठको भनाइ छ। शिविरमा नेत्ररोग विशेषज्ञ डा. पीयूषराज पाण्डेको नेतृत्वमा खटिएका प्राविधिक निरा शर्मा, सहयोगी गोविन्द न्यौपाने, मैया खनालको टोलीले आँखा परीक्षण गरेका थिए भने माचुदाको नेतृत्वमा आएका तीन जना सहयोगीले चस्मा र औषधि वितरण गरेका थिए।
    डा. पाण्डेका अनुसार शनिबार उपचारका लागि आएका रोगीहरूमा अधिकांश मोतियाविन्दुको शल्यक्रिया गरेर पनि पुनः आँखा नदेख्ने भएका, आँखा चिलाउने, आँसु बगिरहने, मोतियाविन्दु भएका र अन्य समस्याबाट पीडित भएका व्यक्तिहरू रहेका थिए। आइतबार स्थानीय विद्यालयका विद्यार्थीहरूको आँखा जाँच गरिएको थियो।
    जाँचका क्रममा विद्यार्थीहरूमा आँखाको शक्ति कमी, भिटामिन ‘ए’को कमी, सरसफाइमा कमी र बालबालिकाले समयमा उपचार नपाएको डा. पाण्डेले जानकारी दिनुभयो। यो शिविरबाट स्थानीय ४ सय जनाले निःशुल्क उपचार पाएको आयोजकले जनाएका छन्। 

    http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=5218

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete