• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 19, 2009

    तिहारमा माला पनि महंगो हुने

    घरबगैँचामा मखमली र सयपत्री फूल ढकमक्क फूलेपछि बल्ल तिहार आएको याद हुनेगर्छ तर यस वर्षको तिहार अलिक चाँडो परेकाले तिहारमा बढी बिक्री हुने सयपत्री र मखमली फूलको माला अलिक अभाव हुने पुष्प व्यावसायीहरू बताउँछन् ।
    तिहार चाँडै भएकाले यहाँ फूल धेरै आयात गर्नुपर्ने र नेपाली व्यापारीहरू माला खरिदका लागि कोलकतामा बढी जाँदा कोलकतामा नै मालाको मूल्य वृद्धिद्घ भएकाले नेपालमा मालाको भाउ बढ्न सक्ने फ्लोरी कल्चर एसोसियसनका अध्यक्ष अरुण क्षेत्रीले बताए । उनका अनुसार मालाको मूल्य कति हुन्छ भन्ने अझै निश्चित हुन सकेको छैन ।
    कृषक, पुष्प व्यवसायी भन्दा पनि तिहारको मौकामा अरू व्यापारीले पनि आफूखुशी व्यापार गर्ने हुँदा बजारभाउ कता जान्छ भन्न नसकिने क्षेत्रीले स्पष्ट पारे ।
    तिहारको मौका छोपेर भारतीय व्यापारीसमेत फूलमालाको व्यापार गर्न नेपालमा आउँछन् । क्षेत्रीले पुष्प व्यवसायीले कर तिर्ने तर अन्य टापटिपे व्यापारीले मौकाको व्यापार गर्दा पुष्प व्यवसायी मारमा परेको उल्लेख गर्दै यसमा सरकारले नियन्त्रण गर्नुपर्ने बताए ।
    तिहारमा विशेष गरी घर, पसल, कलकारखाना, उद्योग-व्यवसायमा लक्ष्मीपूजा गर्न सजाउन सयपत्री फूलको माला प्रयोग हुन्छ भने भाइटीकाका लागि मखमली फूलका माला लगाइदिने प्रचलन रहेको छ । यसबाहेक तिहारको सबैजसो सजावटमा सयपत्रीको प्रयोग बढी हुने हुँदा सबैभन्दा बढी सयपत्रीको मालाको खपत हुने गर्दछ ।
    नेपालमा गोदावरी र मखमली फूलको उत्पादन पर्याप्त हुने हुनाले यसको आयात गर्नु नपर्ने भए पनि सबैभन्दा बढी खपत हुने सयपत्री भने ठूलो मात्रामा आयात हुने गरेको छ । तिहारमा देशभिरमा सयपत्रीको करिब पाँचलाख थान मालाको माग हुने अनुमान गरिएको छ ।
    अघिल्ला वर्षहरूमा मागको ५० प्रतिशत मात्र आयात हुने गरेको भए पनि यसपटक त्योभन्दा बढी अयात हुने सम्भावना छ । यसपटक पुष्प व्यवसायीले साढे तीनदेखि चारलाखसम्म सयपत्रीका माला आयात गर्ने भएका छन् । एक लाखभन्दा बढी माला स्थानीय व्यवसायीले उत्पादन गरेको र अन्य कृषकहरूले ल्याउने माला बजारमा उपलब्ध हुने एसोसियसनले जनाएको छ ।
    सयपत्रीको आयात हुने बाह्य मुलुकमा भारत मात्र रहेको छ भने उपत्यकाका लागि नेपालभित्र काभ्रे पलाञ्चोक, सिन्धपाल्चोक, नुवाकोट, धादिङ र जनकपुरबाट बढी मात्रामा भित्रने गरेको छ । मखमली फूलको उत्पादन नेपालमा मात्र हुने फ्लोरीकल्चर एसोसियसनको अध्यक्ष क्षेत्रीले बताए ।

    No comments:

    Post a Comment