• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 26, 2009

    पशुपतिका पुजारी क्याबिन र डान्स रेष्टुरेन्टमा

    पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरका भण्डारी रातभर राजधानीका क्याबिन र डान्स रेष्टुरेन्टमा झुम्ने गरेको खुलासा गरेको छ। पशुपतिका भण्डारीद्वय सानुबाबु राजभण्डारी र जितेन्द्र राजभण्डारी एउटा क्याबिन रेष्टुरेन्टमा मदिरापानमा व्यस्त रहेको फोटो पनि समितिले शनिबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गर्यो।
    पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी नियुक्तिका लागि समितिको गठन भएको हो। पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक डा. ऋषिप्रसाद शर्माले भक्तजनले चढाएको भेटी दुरुपयोग गरिएको भन्दै यस्ता भण्डारीहरुलाई तत्कालै हटाउन माग गरे। एउटा फोटोमा त चन्दन लगाएका पुजारीले युवतीलाई अ‍ंगालो मारिरहेको देखिन्छ।
    भारतीय पुजारी राखेपछि चढाइएको भेटी आफूखुसी दुरुपयोग गर्न पाइन्छ भनेर नै भण्डारीहरु भारतीय भट्ट राख्ने पक्षमा रहेको आरोप लगाए। उनले भारतीय भट्ट र भण्डारीहरुले नेपालको पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य आउँदा दिनमा पनि भण्डाफोर गर्दै जानेसमेत चेतावनी दिए। उनले भने, 'पशुपतिमा पानी फोहोर छ, खानेपानी छैन। तीर्थालु बस्ने ठाउँसमेत छैन। भण्डारीहरुले भेटी जाँड रक्सी र यौन दुराचारमा सकेका छन्। यिनलाई हटाउनुपर्छ।'

    पूर्व पुजारी विष्णु दाहालले नियम र पद्धतिलाई धज्जी उडाएको भन्दै हटाउनुपर्ने माग गरे। भण्डारीले माछा, मासु, चुरोट, रक्सीजस्ता इन्द्रीयलाई उत्तेजित पार्ने कुनै पनि चिज खान बर्जित गरेको बताए। उनले भने, 'लसुनसमेत नखाने, सात्विक खाना मात्र खानुपर्ने नियम छ। सत्कर्ममा लाग्ने मात्र भण्डारी र पुजारी हुन पाउँछ।'
    पशुपतिमा चढेको भेटी पारदर्शी बनाउनुपर्ने माग उठ्दैआएको छ। तर, अहिलेसम्म भएको छैन। पौडेल गत पुसमा १७ देखि २३ सम्म पुजारी हुँदा दैनिक ३२ देखि ४० हजारसम्म भेटी सार्वजनिक गरेको बताए। उनले भने, 'त्यसबेला त भक्तजन नै आएका थिएनन्। विवाद थियो।' उनका अनुसार दैनिक दुई लाखसम्म भेटी उठ्छ। शिवरात्रिको दिन ५ करोडजति उठ्ने उनले बताए। तर भेटी अहिलेसम्म पारदर्शी नभएको भन्दै पारदर्शी बनाउने आवाज उठिरकेको छ।

    No comments:

    Post a Comment