• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, August 10, 2009

    तीजको रहर आयो बरिलै...

    मकर श्रेष्ठ
    भक्तपुर, रातो सारी, हातभरि चुरा,

    गालामा लाली र गरगहनाले झपक्क सजिएका सयौं महिला बिहानदेखि दिउँसोभर छमछमी नाचे

    माडबारी लगाएर रहर पुग्यो,

    अब त म पनि झुम्का लगाउँछु...

    लोक गायिका सुनिता दुलाल र सुमन अधिकारीको गीत चर्को स्वरमा बज्दै थियो । तीज आउन अर्झ}{ डेढ साता बाँकी रहँदा बालकोटका महिलाले शुक्रबार दर खाँदै रमाइलो गरे । हपहपी गर्मीमा पनि उनीहरू दिनभर नाच्दै रमाए ।

    पुख्र्यौली अन्तै भए पनि बालकोट र दधिकोटमा बस्दै आएका महिलाको पाञ्चायन महिला बचत तथा ऋण सहकारी संस्थाले दर खाने कार्यक्रम गरेको थियो । तीजको रमझम देखाउन उनीहरूले घरी आफैँ गीत गाउँदै नाचे भने घरी क्यासेटको सहारा लिएर नाचे । गाउँमा यस्तोखाले नाचगान कमै देखिन्थ्यो ।

    रातो पहिरनमा सजिएका महिला एकै तालमा नाच्दै थप्पडी बजाएर गीत गाउन व्यस्त हुँदाको दृश्य रमाइलो थियो । जहिलेसुकै देख्न नपाइने यस्तो दृश्य नियाल्न वरपरका बासिन्दा भ'mुम्मिए । तीजको रहर आयो बरिलै...भाकामा नृत्य गरेपछि सुरु रमझममा युवतीदेखि, वृद्धासम्मले खुलेर कम्मर मर्काए ।

    रातो सारी, हातभरि चुरा, गालामा लाली र नानाथरि गरगहनाले सजिएका एकसय सत्तरी महिला बिहानदेखि दिउँसोभर सँगै छमछमी नाचेका थिए । तीजको स्वागतमा नाच्ने प्रायः विवाहित थिए । उमेरले बूढी भए पनि तरुनीको हूलमा खलखली पसिना चुहाएर नाचिरहेकी थिइन् दोलखा फस्कुबाट आएर बालकोट ९ मा बस्ने ५२ वषर्ीया मैयादेवी ढुङ्गेल ।

    'उमेरले बूढी भएर के गनर्ु, रमाइलो गर्न मन मरेको छैन,' उनी भन्दै थिइन्, 'जवानीमा जस्तैगरी छमछमी नाच्न मज्जा लाग्छ ।' १२ वर्षदेखि बालकोट नयाँ बस्तीमा बस्दै आएकी ढुङ्गेलले सामूहिक दर खाँदै नाचजानमा रम्न पाएकोमा सन्तोष मानिन् । यसपल्टको दर खाने जमघटले रमाइलो भएको भन्दै स्थानीय सीता शर्माले थपिन्, 'धेरै नयाँ साथी चिन्ने मौका पाइयो ।'

    सबै समुदायका महिलाको उल्लेख्य सहभागिताले तीजको रमझमलाई औधी रंगीचंगी बनाएको थियो । उपत्यकाबाहिरबाट आएर बस्ने फरकफरक समुदायका महिलाहरू एकैथलोमा भेला भएर रमाइलो गर्दा गाउँको याद झल्झली आएको भोजपुर केउरेनिपानीकी लक्ष्मी भट्टराईले बताइन् । 'संस्कृतिले सबैलाई नजिक्याउने रहेछ,' नाच्दा नाच्दै उनी भन्दै थिइन् ।

    रातो पहिरनमा हरियो पोते लगाएकी ६० की पुण्यवती चौलागाईंले दर खाएर नाचगान संस्कति जोगाउने काम भएकामा खुसी मानिन् । अरूबेला प्रायः व्यस्त हुने महिलाहरू तीजको रमझममा प'mुर्सद निकालेर एकआपसमा भेटी खुसी साटासाट गर्ने माध्यमका रूपमा पनि लिँदै थिए ।

    गरगहनाले झकिझकाउ भएर

    दर खाँदै नाच्न व्यस्त संस्थाकी अध्यक्ष संगीता श्रेष्ठले प्रतिमहिला एकसय ५० रुपैयाँ संकलन गरेर दर खाँदै रमाइलो गरेकोे बताइन् । महिलाले पतिको दीर्घायुको कामना गर्दै शिवको पूजाअर्चना गरी व्रत बसेर हरितालिका तीज मनाउने परम्परा छ । यस वर्षको तीज भदौ सातमा छ ।

    डेढ वर्षअघि स्थापना भएको सहकारी संस्था विवाहित महिलालाई लक्षित गरेर खोलिएको श्रेष्ठले बताइन् । दुईसय सदस्य रहेको संस्थामा मासिक प्रतिव्यक्ति दुई सय संकलन गर्ने गरिएको छ । डेढ वर्षको अवधिमा बीसलाख रुपैयाँ संकलन भइसकेको छ ।



    No comments:

    Post a Comment