• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 13, 2009

    पूर्वराजाको आम्दानी 'कति' ?

    काठमाडौं, साउन २८- पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारलाई बुझाउनु पर्ने करको यथार्थ बिबरण उपलब्ध गराउन अर्थ मन्त्रालयमा पत्र पठाएका छन्। दुई साता अगाडि मन्त्रालयमा पठाएको पत्रमा शाहले आफू र आफ्ना परिवारका नाममा बाँकी रहेको घरजग्गा करसहित बत्ती, पानी, टेलिफोनको महसुलका विषयमा जिज्ञासा राखेका छन्।
    अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्व राजाबाट कर कसरी तिर्न सकिन्छ भनेर पत्र आएको जानकारी बुधबार पत्रकारहरुलाई दिएका हुन्। पूर्व राजा ज्ञानेन्द्रका तर्फबाट भनेर खुल्ने गरी निवेदन दिइए पनि निवेदनमा कसैको हस्ताक्षर छैन। दुई साता अगाडि आएका एक व्यक्तिले सबै बिबरण माग गरिएको निवेदन मन्त्रालयमा दर्ता गराएका थिए।
    शाहले निर्मल निवास, जीवनकुञ्ज र शोभागृहको घरजग्गाकर चुक्ता गर्न निवेदन दिएका छन्। घर जग्गा कर मन्त्रालयले नहेरी स्थानीय निकाय अन्तरगरत काठमाडौं महानगरपालिकाले हेर्दछ। विगतमा राजपरिवारले कर तिर्नु पर्दैनथ्यो। शाहले निर्मल निवास र जीवनकुञ्ज आँफैले प्रयोग गरे पनि कमलादीस्थित शोभागृह भाडामा लगाएका छन्। शाहले भाडा वापत तिर्नुपर्ने करको पनि विबरण माग गरेका छन्।
    शाहले आफू र परिवारले २४ वटा टेलिफोन प्रयोग गरेको भन्दै तिनको बक्यौता पनि माग गरेका छन्। २०६५ साल साउन ४ गते नेपाल टेलिकमलाई बिल भुक्तानी गर्न देखाएको चासोको पत्र पनि निवेदनसँग अर्थमन्त्रालयलाई बुझाइएको छ ।
    यसका साथै आफ्ना ती निवासका बत्ती र खानेपानीको महसूल कति तिर्नु पर्ने हो त्यस विषयमा पनि शाहले चासो व्यक्त गरेका छन्। सामुहिक रुपमा महसूल चुक्ता गर्नका लागि दिइएको निवेदनहरुमा निर्मल निवास, जीवनकुञ्ज र शोभागृहबाहेक शाहका छोरी प्रेरणा र भतिजीहरु शीतष्मा, दिलासा र पूजाका निवासहरु रहेका छन्।
    मन्त्रालयले निवेदन लिएर आउने व्यक्तिलाई वारेशनामा लिएर आउन अनुरोध गरेको थियो।

    No comments:

    Post a Comment