• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 13, 2009

    कारवाहीको डरले पो रैछ माओवादीमा प्रवेश गरेको त

    पैसाका लागि जुनसुकै उपाय अपनाउन पछि नपर्ने फाइट डाइरेक्टर राजेन्द्र खड्गी तीनचोटि वाइसिएलको कारवाहीमा परेर अहिले माओवादीमा प्रवेश गरेका छन्। उनी वाइसिएलको निशाना बन्नुको कारण थियो, जापान पठाउने नाममा केही व्यक्तिमाथि आर्थिक ठगी गरेको। वाइसिएल मात्रै होइन, जापान पठाउने नाममा तिनुपर्ने रकम नतिर्दा केही समय प्रहरीको कारबाही पनि खेपिसकेका उनले अब जापानको धन्दा छाडेर कोरियाको काम थालेका छन्।
    कोरिया सरकारको मागबमोजिम नेपाल सरकारले निश्चित म्यानपावर कम्पनीलाई वितरण गर्ने कोटाका आधारमा कोरियामा नेपाली कामदार पठाउने प्रावधान रहेको छ। तर, खड्गीले कोरियाको कामका लागि श्रम स्वीकृति वा म्यानपावर कम्पनी समातेका छैनन्। त्यहाँस्थित केही व्यक्ति र संस्थामार्फत अर्कै कामका लागि भनेर पठाउने र उतै लुक्ने योजनाअनुसार काम थालेको एक पीडितले बताएका छन्। त्यसरी कतिपय व्यक्तिलाई कोरिया पठाउने नाममा रकम लिएर कोरिया पनि नपठाएको र रकम पनि फिर्ता नगरेका कारण पीडितहरू पैसा उठाउने उपाय खोजिरहेका छन्।
    गुन्डागर्दी शैलीमा जसलाई पनि थर्काउन माहिर मानिने राजेन्द्र खड्गीले यसअघि जापानको बाटो सजिलो बनाउन ताइक्वान्दो खेलसित सम्बन्धित रहेर चलचित्र निर्माण गर्ने योजना बनाएका थिए। त्यसअनुसार सिनेमा लेखनको जिम्मा दिइएका सञ्चारकर्मी सुशील देवकोटामाथि उनले साढे तीन लाख रुपैयाँ ठगी मात्रै गरेनन्, धम्की र मानसिक यातना पनि दिए। गलत नियत साँचेर जापानको धन्दा गरेका कारण जीवनभर जापान जान नपाउनेगरी उनी त्यहाँको अध्यागमनको कालोसूचीमा परेका छन्। उनले जापान पठाएका, तर, फर्किएर आएका व्यक्तिले कहिले प्रहरीमा त कहिले वाइसिएलमा उजुरी दिँदै आएका छन्। त्यसमध्ये केही व्यक्तिको रकम उनले फर्काएका छन्, तर सोझा–साझाको रकम अझै फर्काएका छैनन्। पीडितहरू घरमै धाउन थालेपछि हालसालै उनले कालीमाटीस्थित घर बेचेका छन्। त्यो घर बेचेर बल्खु छेउछाउमा उनले आलिसान महल खरिद गरेका छन्, जसमा जापान जाने पीडितहरूको रकम पनि परेको छ।जनआस्था

    No comments:

    Post a Comment