• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 30, 2009

    राजधानीकै अर्को 'निल' स्कुल

    ओमआस्था राई, काठमाडौं, साउन १५- घडीको सूईले बिहानको दश देखाउँदा राजधानीका प्रायः सबै विद्यालयमा पढाइ सुरु हुन्छ। ललितपुरको एउटा विद्यालयमा भने यतिबेला छुट्टीको घण्टी बज्न लागेको हुन्छ। ११ बज्दा-नबज्दै विद्यार्थी आ-आफ्ना घर पुगिसकेका हुन्छन्।

    पाटनढोका नजिकैको चण्डी विद्याश्रम माविमा ४० बर्षदेखि लगातार दुई सिफ्ट पढाइ हुँदै आएको छ। बिहान ६ देखि ११ बजेसम्म निमावि र मावि तहको पढाइ हुन्छ। बिहानको सिफ्ट सकिएपछि साँझ ५ बजेसम्म प्रावि तहको कक्षा चल्छ।

    मावि भएकै बर्षदेखि यहाँ बिहान र बेलुकी दुई सिफ्टमा पढाइ हुँदै आएको छ,' निमित्त प्रधानाध्यापक भरत अमात्य भन्छन्। २००४ सालमा स्थापित चण्डी विद्याश्रम २०३० सालमा मावि भएको हो। मावि भए पनि कक्षा कोठा थप्न नसकिएकोले दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपरेको उनी बताउँछन्।

    पिम्बहाल निवासी चन्द्रकान्त राजोपाध्यायको घरबाट सुरु भएको विद्यालय अलिपछि नकबहीस्थित लोका कृति विहारमा सरेको थियो। गत बर्ष विभिन्न दातृ संस्थाले मिलेर चाकुपाटमा सात कोठे भवन बनाइदिएपछि विद्यालयले विहारका साँघुरा र अध्याँरा कोठामा कक्षा सञ्चालन गर्नुपर्ने समस्याबाट मुक्ति पायो।

    नयाँ भवनमा पनि प्रशस्त कोठा नभएकाले एकै सिफ्टमा कक्षा चलाउन सकिएको छैन। सात कोठामध्ये दुई वटामा कार्यालय र भण्डार छन्। बाँकी पाँच कोठामा बिहान र दिउँसो पालैपालो गरी प्रावि र निमावि-माविको पढाइ हुन्छ।

    दुई सिफ्टमा हुने पढाइ नै चण्डी विद्याश्रमको शैक्षिक गुणस्तर खस्किनुको मुख्य कारण भएको निचोड शिक्षकहरुको छ। एउटै सिफ्टमा पढाइ सञ्चालन गर्न नसकेसम्म हाम्रो पढाइको स्तर उँभो लाग्दैन,' शिक्षक माधव रिसाल भन्छन्।

    दुई सिफ्टको व्यवस्थाले कसरी पढाइ बिगारेको छ त ? सम्भवतः शिक्षिका सरिता श्रेष्ठको अनुभवले यसको सबैभन्दा राम्रो जवाफ दिन्छ। धेरै विद्यार्थीले सरिताको गृहकार्य गर्दैनन्। प्रायः सबैको एउटै कारण हुन्छः भ्याउँदै भ्याइएन।

    हाम्रा धेरैजसो विद्यार्थी अर्काको घरमा काम गर्न बसेका छन्,' श्रेष्ठ भन्छिन्, ँउनीहरू सबै घरधन्दा भ्याएर राति १२ बजेतिरमात्रै सुत्छन् र विहान पाँचै बजे उठ्छन्। राम्रो सुत्न पनि नपाउने विद्यार्थीले कसरी सधैं गृहकार्य गर्न सक्छन् ?'

    खाना बनाउने, भाडाकुँडा माझ्ने, लुगा धुने र भुइँ पुछ्नेजस्ता सबै काम भ्याउनुपर्ने विद्यार्थीले विहानै विद्यालय धाउनुपर्दा पढाइमा राम्रो ध्यान दिन नसकेको श्रेष्ठ बताउँछिन्। ँराति राम्रो नसुतेकाले उनीहरू कक्षामै उङ्छन्,' श्रेष्ठ भन्छिन्, ँदिउँसोको पढाइ भयो भने उनीहरूले राम्ररी सुत्न पाउँछन् र पढाइमा ध्यान दिन सक्छन्।'

    कुनै बेला पाटन क्षेत्रकै नामी विद्यालय मानिने चण्डी विद्याश्रमको एसएलसी नतिजा यस बर्ष ँनिल' रह्यो। ५७ विद्यार्थीले एसएलसी दिएकामा कोही उत्तीर्ण हुन सकेनन्। झण्डै ३५ विद्यार्थीले त पूरक परीक्षाको अवसर पनि पाएनन्।

    अघिल्लो बर्षको नतिजा पनि चित्तबुभ\mदो थिएन। धेरै विद्यार्थी ँटेस्ट' परीक्षामै अनुत्तीर्ण भएकाले ७ जनाले मात्रै एसएलसीमा सहभागी हुने अवसर पाएका थिए। तर, तर तीमध्ये पनि झण्डै आधाजसो अनुत्तीर्ण भए।

    ँयसपालि नियमित र पोहोर टेस्टमा फेल सबै विद्यार्थीलाई एसएलसीमा सहभागी गराएका थियौं,' निमित्त प्रधानाध्यापक अमात्य भन्छन्, ँतर, कोही पास भएनन्।' आउँदो बर्ष नियमित र यसपालि फेल भएका गरी झन् बढी विद्यार्थी हुनेछ।

    यस बर्षको जस्तो लज्जास्पद एसएलसी नतिजा चण्डी विद्याश्रमले विगतमा कहिल्यै भोग्नु नपरेको अमात्य बताउँछन्। ँयसपालि त लाजै भयो,'
    उनी भन्छन्, ँशिक्षा कार्यालय जाँदा समेत खप्की खानुपर्ने स्थिति आयो।'

    तर, चण्डी विद्याश्रमका शिक्षकहरू विद्यालयको माथमा लागेको दाग मेट्नतर्फ अग्रसर भएको देखिँदैन। ँनिल' नतिजापछि उनीहरुले वैठक बसे पनि अर्को बर्ष राम्रो नतिजा ल्याउने कुनै ठोस योजना बनाएका छैनन्। शिक्षकहरू प्रधानाध्यापक ँअक्षम' भएको आरोप लाउँदै नयाँ नेतृत्वले मात्रै सुधार गर्नसक्ने बताउँछन्।

    निमित्त प्रधानाध्यापक अमात्य भने आफूसँग पूर्ण अधिकार नरहेकोले धेरै अपेक्षा गर्न नमिल्ने बताउँछन्। ँचार बर्षअघि मलाई ६ महिनाभित्र प्रधानाध्यापक बनाउने गरी निमित्त बनाइएको थियो,' उनी भन्छन्, ँअझै निमित्त छु, यस्तोमा के गर्नु ?'

    विद्यालयका केही शिक्षकको अर्कै नोकरी र व्यवसाय पनि छ। तर, अमात्य आफूलाई केही थाहा नभएको बताउँछन्। भन्छन्, ँथाहा नै पाएँ पनि के गर्न सक्छु र ? म त निमित्त न हुँ, कुनै शिक्षकलाई केही भन्ने अधिकार मसँग छैन।'

    चण्डी विद्याश्रममा पहिले पाटनवासीकै छोराछोरी पढ्थे। अहिले बाहिरबाट रोजगारीका लागि काठमाडौं आई डेरा गरी बस्ने गरिब परिवारका छोराछोरी पढ्छन्। सम्पन्न परिवारले आफ्ना घरमा काम गर्न ल्याएका बालबालिका पनि धेरै छन्।

    कमजोर विद्यार्थी र दुई सिफ्टको पढाइले बिगि्रएको चण्डी विद्याश्रमलाई प्रधानाध्यापकको चरम निराशा र उनीप्रति शिक्षकहरुको अविश्वासले झन् रसातलमा पुर्‍याएको छ। अहिले यो विद्यालय बाबु र आमाको झगडाले भाँडिएको कुनै दुखिया घरजस्तै बन्न पुगेको छ।

    No comments:

    Post a Comment